इतिहासकाे वस्तुपरक अध्ययन- भारत दाहाल

२०७१ भाद्र ६ गते, शुक्रबार


हामी स्विकार गराैं वा नगराैं, जति शान्तिवादी बन्न खाेजे पनि १२ बुँदेकाे ग्य्राण्ड डिजाइनले नेपालीहरूमाथि राष्ट्रिय युद्ध थाेपरिसकेकाे छ। जुन दिन दिल्लीकाे ८ दलिय गठबन्धनले जन्मकाे अाधारकाे नागरीकता एेन पारित गरेर ४० लाखभन्दा बढि भारतीयहरूलार्इ नागरीकता दिने पृष्ठभूमी बनाएकाे थियाे, त्यसै दिन राष्ट्रिय युद्ध अपरिहार्य भैसकेकाे थियाे। अहिले बाबुराम र कथित मधेशी गुटहरूका बीचमा छुट्टीने अधिकारका बारेमा विमर्श भैरहेकाे छ। भारतकाे याे मुद्दा त्यसबेलासम्म अाझेलमा पर्ने छैन, जबसम्म तराइका अधिकार विहिन विपन्न मधेशीहरूमाथि त्यहाँका जमिन्दार र पूँजजीपतिहरूकाे अत्याचारलार्इ अन्त्य गरिंदैन। इतिहासमा जति पनि युद्धहरू भएका छन्, ती शासक वर्गबाटै थाेपरिएका छन् वा त्याे दिशामा जान जनतालार्इ बाध्य पारिएका छन्। जनता स्वयंले कहिल्याै पनि युद्धकाे स्वेच्छिक पहल गरेकाे हुँदैन।
हामी तपसिलका विषयमा अल्झेका छाैं, देशद्राेहि भाडाका तत्वहरूका बीचमा भित्रभित्र छुट्टीने अधिकार सहितकाे संविधानका विषयमा मन्त्रणा भैरहेकाे छ र याे झनपछि झन् उँचाे स्वर बन्दै जानेछ। प्रचण्ड र कथित मधेशी गुटहरूकाे सरकार बनेपछि अाइपी गुजरालले साे सरकारले २ देश (पहाड र मधेश)काे प्रतिनिधित्व गरेकाे पनि नांगाे रूपमा गरेकाे स्वागत र सुष्मा स्वराज तथा नरेन्द्र माेदीले गुजराल अवधारणाका अाधारमैं कथित मधेशी गुटहरूलार्इ छुट्टै समुहमा, जाे कथित मधेश अलग देशका रूपमा रहेकाे छ भन्ने मिहिन विषमा अाधारित छ, गरेकाे भेटलार्इ धेरै मामनिसहरूले ध्यानमा राखेका छैनन्। भाजपा सत्ताले कथित मधेशी राष्ट्रियता र हिन्दुवादका दुबै हतियारहरू उठाएर नेपाल नीति अघि बढाउँदैछ।
हामीले यतिबेला देशकाे वस्तुपरक अध्ययन गर्नेबेला छ। समुदायभित्रका केहि गलत मानिसहरूलार्इ अाधार बनाएर सिंगाे समुदायकाे गलत मूल्यांकन गर्दा न्याय मर्छ, समयले गलत बाटाे अख्तियार गर्छ। राज्यकाे पुनर्संरचनाका प्रश्नहरूबारेकाे हाम्राे बहस राष्ट्रयताकाे संदर्भमा मात्र केन्द्रीछ छन्, नकि कुनै समुदाय वा गुटहरूका अाकांक्षामाथि। इतिहासलार्इ साक्षी राखेर भन्ने हाे भने नेपालकाे राष्ट्रियताकाे सबैभन्दा ठूला शत्रु खस र मधेशी वृत्तकाे संपन्न वर्ग र शासक तप्का हाे। तिब्बतबाट निकै पछि स्थानान्तरणा भएकाे वा दलार्इ लामाकाे अनुयायीका रूपमा देखापरेकाे एजेन्टहरूकाे पंक्ति बाहेक नेपालकाे सबैभन्दा पुरानाे बासिन्दाका रूपमा रहेकाे जनजातिय पंक्ति माैलिक रूपमैं राष्ट्रियताकाे एकदमैं भरपर्दाे शक्ति हाे, जसकाे बाैद्ध परम्परा र शैव सँस्कृति यसै भूमीकाे माैलिक उत्पत्ति हाे। बाँकि सबै अंगिकृत हुन्।
यहाँ बहस हुनुपर्ने अर्काे पक्ष भनेकाे राष्ट्रियताका संदर्भमा धर्मसँस्कृतिकाे समर्थनकाे प्रश्न हाे। राष्ट्रयतालार्इ कमजाेर बनाउने गरि कुनै धर्मसँस्कृतिकाे समर्थन गर्न सकिंदैन। किनकी हामीले एउटा राष्ट्रकाे नागरीकका हिसाबले बहसमा संलग्नता देखाएका हाैं, नकि समुदायकाे सदस्यका नाताले। राष्ट्रकाे स्वार्थसंग संबन्ध नभएकाे धर्मसँस्कृति व्यक्तिकाे मामिला मात्र हुन्छ, यस्ता धर्मसँस्कृतिहरूलार्इ राष्ट्रिय बहसकाे विषय बनाउन सकिंदैन। धर्मका नाममा विदेशी अाधिपत्यलार्इ प्राेत्साहन गर्ने कुनै पनि मतका विरूद्धमा नेपालीहरू उभिनु पर्दछ। हाम्राे पहिलाे राेजार्इ स्वाधिन राष्ट्रभित्रकाे संपन्न नागरीक हाे। त्यसकाे पृष्ठपाेषकका रूपमा मात्र धर्मसँस्कृति।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

राज्य र समाजका अन्तर्विरोधहरू

२०८२ पुष १ गते, मंगलवार

चुनाब किन र कसरी !

२०८२ मंसिर ३० गते, सोमबार

मानव समाज र श्रमिक(दलित)समुदाय

२०८२ मंसिर ३० गते, सोमबार