राजनीतिक सभा विथोलिनुको अर्न्तकथा – युवराज सफल
र्सवपक्षीय राजनीतिक सभामार्फ संविधानका अर्न्तवस्तुमा सहमति भएपश्चात मात्र संविधान सभाको निर्वाचनमा जान पर्ने अडान लिएका तेत्तिस दलीय राष्ट्रिय मोर्चा त्यो माग पुरा नभएको कारण संविधान सभाको दोस्रो निर्वाचनमा समेत सहभागी नभएको कुरा दुनियाँलाई थाहा छ । निर्वाचन सम्पन्न हुनुभन्दा केही दिनअघि तत्कालीन चार दलीय संयन्त्र र आन्दोलनरत पक्षवीच गोलमेच सभा गर्ने सहमति भएको थियो । तर आखिरीमा देशी विदेशी शक्ति केन्द्रको चलखेलका कारण गोलमेच सभा विथोलिएको थियो । र संविधान सभाको निर्वाचन सम्पन्न भई देश यहाँसम्म आई पुग्दा कहिले काही र्सवपक्षीय राजनीतिक सम्मेलनको थोपा नेपाली राजनीतिमा छिट्याउने गरेको छ तर अहिले सम्म राजनीतिक सभाको अविरल बषर्ा हुने र त्यसले निर्णायक रुप धारण गर्न पाएका छैन । एक साता अघि मात्रै सरकार समर्थित दलहरु र आन्दोलनरत पक्षवीच र्सवपक्षीय राजनीतिक सभा भाद्र ३१ ग्ाते गर्ने लिखित सहमति भएको थियो । राजनीतिक सम्मेेलनको लागि चारपक्षवीच एउटा कार्यदलसमेत बनेको थियो । उक्त कार्यदलले राजनीतिक सम्मेलनको स्वरुप ,प्रकृया ,संचालन विधि ,राजनीतिक सभाको अबधि ,राजनीतिक सभाको औचित्य ,उपलब्धी र राजनीतिक सभामा सहभागी हुने पक्षहरुको निर्धारण आदि कुराको आधिकारिक टुंगो लगाउने जिम्मेवारी पाएको थियो । तर पनि आखिरीमा र्सवदलीय राजनीतिक सम्मेलन भाँडिएको छ । यसबाट र्सवपक्षीय राजनीतिक सभा भाँडिनु या विथोलिनुमा कसको प्रमूख हात छ र के कारणले यो विथोलिने अबस्थामा पुग्यो भन्ने जिज्ञासा आम नागरिकलाई रहेको छ । तर्सथ सहमति भई सकेको र्सवदलीय राजनीतिक सभा विथोलिनुको अर्न्तकर्थावारे केही चर्चा गर्दा उपर्युक्त र्ठहला । अत यो लेखमार्फ राजनीतिक सम्मेलन विथोलिनुको विभिन्न कारणहरुवारे संक्षेपमा चर्चा गरौँ ।
ोकपा-माओवादीभित्रको अर्न्तसंर्घष
दुनियाँलाई थाहै भएको कुरा केहो भने जनवादी क्रान्तिमार्फ राज्य सत्ता प्राप्त गर्न सकिन्छ र त्यो राज्य सत्ता प्राप्त गरेपछि मात्र नेपाली जनताको मूक्ति सम्भव छ भन्दै केही वर्षघि तत्कालीन एकीकृत नेकपा माओवादीलाई संशोधनवादी भएको आरोप लगाउदै अलग पार्टीीएको घोषणा समेत गरेको मोहन वैद्य किरण नेतृत्वको नेकपा(माओवादीमा यतिखेर पार्टीे आधिकारिक लाइन के लिने भन्नेमा तीव्र विवाद उत्पन्न भएको छ । पार्टी आन्तरिक विवादकै कारण पनि भाद्र ३१ ग्ातेको राजनीतिक सभा विथोलिनुको एउटा आन्तरिक तर निकै बलियो कारण हो । जस्तो कि दोस्रो संविधानसभाको निर्वाचनको बेलामा माओवादीभित्रको एउटा खेमा जसरी पनि भौतिक रुपमै निर्वाचन विथोल्ने योजनामा थियो भने अर्को एउटा पक्षले चुनावमा भोट हाल्ने उर्दी सहितको प्रेस विज्ञप्ती निकालेको थियो । त्यो विज्ञप्तीको आधिकारिकताको प्रश्न आफ्नै ठाँउमा छ । एउटै पार्टीीभत्र एक थरि भोट हाल्न उर्दी जारी गर्ने अनि अर्को थरि बहिष्कारको लागि सशक्त कार्यक्रम तयार गर्ने यही समस्याको कारण दोस्रो संविधान सभाको निर्वाचन प्रभावकारी रुपले बहिष्कार हुन सकेन । भन्नेहरुले यसो पनि भनेका छन् नेकपा (माओवादीको एउटा खेमाले काँग्रेस एमालेलाई भोट बेचि पैसा लियो ,त्यो विवाद स्वयंम माओवादीको केन्द्रीय समितिको बैठकमा समेत उठेको थियो । त्यही कारण आज माओवादी भित्र शसस्त्र युद्व कि जनव्रि्रोह भन्ने प्रश्नमा विवाद भएको छ । पार्टीीध्यक्ष बैद्य सहितका पक्ष जनयुद्वको बलमा जनव्रि्रोहको कुरा गर्दैछन् भने सचिव विप्लव लगायत एक पक्ष अब फेरि सशस्त्र युद्व नै गर्न पर्छ भन्ने पक्षमा उभिएको छ । अत र्सवपक्षीय राजनीतिक सम्मेलनको विषयमा पनि माओावादी भित्र एकमत हुन नसक्दा सो सम्मेलन विथोलिन पुग्यो ,पार्टीे एकथरि पक्ष नाम मात्रैको सभामा सहभागीता जनाउनुको अर्थ छैन भन्ने र अर्को पक्ष पहिलो सभामा सहभागी भएर आफ्ना कुरा राख्ने पक्षमा थियो । तर नाम मात्रैको राजनीतिक सभामा सहभागी गर्राई दुनियाँलाई रनभुल्ल पार्ने सरकारको योजनालाई मोर्चाले सभामा सहभागीता नजनाएर राम्रै गरेको छ । नाम मात्रैको सभा गरेर त्यसको महत्व र औचित्यलाई समेत सखाप पार्न खोजेको कारण जसरी मोर्चाले तत्कालको लागि अर्को भर पर्दो आधार नभेटिएसम्म त्यसको कर्मकाण्डी सभामा भाग नलिनु राम्रो गरेको छ ।
तेत्तिस दलीय राष्ट्रिय मोर्चाभित्रको समस्या
विगत देखिनै गोलमेच सभाको माग राख्दै आएको मोर्चामा यस बारेमा खासै विवाद थिएन । यद्यपी मोर्चामा यस सम्बन्धी धेरैको धेरै थरि विचारहरु प्रकट भएका थिए । धेरैले के सोचेका थिए भने गोलमेच सभा भनेको अहिले अस्तित्वमा रहेका संसदवादी शक्ति र नेकपा(माओवादीलाई मात्र सहभागी गराएर गर्न खोजिदैँछ । कुनै एउटा टेलिभिजन कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुषालले अहिले संसदमा रहेका र हामी सम्मिलत भएर गोलमेच सम्मेलन गर्ने अभिव्यक्ति दिनुभएको थियो । भुसालको त्यो अभिव्यक्तिवाट मोर्चामा आवद्व प्राय राजनीतिक दल झस्किएका थिए ,कारण थियो माओवादीले आफूलाई खोला तर्दाको लौरो र माथि चढ्दाको भर्याङ बनायो त्यही भएर गोलमेच सभालाई अझ विस्तृत,व्यापक र बृहद् बनाएर लैजान पर्छ भनेर मोर्चामा आवद्व नेताहरुले आवाज उठाए र अन्तत ः सबै पार्टी अस्तित्व स्विकार्दै नेकपा (माओवादी गोलमेच सभाको ठाँउमा र्सवपक्षीय राजनीतिक सभा राख्न सहमत भयो । माओवादीको पछिल्लो त्यो कदमले साँच्चे अन्य नयाँ तथा साना पार्टीीई एउटा आफ्नो अस्तित्व जोगाउने अवसर प्राप्त भएको थियो । तर जब र्सवदलीय राजनीतिक सभा गर्न सहमति जुट्यो र त्यसको तयारीको लागि गठित कार्यदलमा तेत्तिस दलीय राष्ट्रिय मोर्चाको तर्फाट नभई माओवादीको तर्फाट देव गुरुङ र पम्फा भुसालले सहभागिता जनाएपछि फेरि मोर्चामा आबद्व नेताहरु माओवादीसँग सशंकित भए । फेरि अर्को एउटा कुराले पनि मोर्चामा रहेका नेताहरुलाई झस्कायो कारण के थियो भने र्सवदलीय राजनीतिक सभाको आयोजकमा सरकार ,तीन दल र नेकपा(माओवादीलाई राख्ने कुरा भएको थियो । यसवाट के प्रष्ट हुन्थ्यो भने माओवादी अझै संकुचन र सर्ंर्किण मानसिकतामा थियो ,यदि साँच्चे माओवादीले मोर्चालाई ठूलो ठानेको थियो भने र्सवपक्षीय राजनीतिक सभाको मागलाई संस्थागत ढंगवाट उठाउन भूमिका खेल्ने तेत्तिस दलीय मोर्चा किन आयोजकमा अटाउन माओवादीले पहल गरेन ,के कारण माओवादीले मोर्चालाई आयोजकमा रहन दिएन ,के आयोजकमा मोर्चालाई राख्दैमा आकाश खस्दथ्यो अनि धर्ति फुट्थ्यो -मोर्चाका अधिकांश नेताहरुले यो प्रश्न सोधि रहेका छन् । तर मोर्चाको नेतृत्व गरेेको माओवादीले यस प्रश्नको चित्तबुझदो जवाफ दिन सकेको छैन ।
अर्कोतिर र्सवपक्षीय राजनीतिक सभाभित्र गएप्ाछि कसले के विषय राख्ने भन्ने कुरामा समेत मोर्चामा केही समस्या थिए । राजनीतिक सभामा कुरा राख्दा मोर्चाको तर्फाट संयूक्त रुपमा कुरा राख्ने मोर्चामा आवद्व प्रत्येक पार्टर्ीीई विचार राख्न नदिने भन्ने वातावरण समेत निर्माण भएको थियो । यस्तै सो सभामा नेपालको अन्तरिम संविधानको मर्म र भावनालाई समेत कुल्चने गरी केही पार्टीले धारणा राख्ने सोच बनाएका थिए । कोही राजतन्त्र र कोही हिन्दु राज्यको विषयलाई उठान गरी धमिलो पानीमा माछा मार्ने प्रयासमा थिए । कोही नाम मात्रैको राजनीतिक सभामा सहभागी हुनुको अर्थ छैन भन्दै थिए भने कोही भने यो पहिलो छलफल हो र त्यही टेवलमा बसेपछि अरु विषयमा छलफल गर्न पर्छ भन्नेमा थिए । संविधानका अर्न्तवस्तुमा छलफल गरिने भनिएको सभामा अरु अनावश्यक विषयले प्राथमिकता पाउने भएपछि मोर्चाका केही नेतालाई राजनीतिक सभा टाउको दुखाईको विषय भएको थियो । राजनीतिक सभालाई आफ्नो गुमेको सत्तालाई फेरि प्राप्त गर्ने माध्यमको रुपमा उपायोग गर्न केही शक्तिहरु तम्सिएका थिए ।
राजनीतिक सभा गर्न सरकार तयार हुनुलाई धेरैले सकारात्मक रुपमा लिएका थिए । तर पनि समयमै सो सभा हुन सकेन । राजनीतिक सभामा सहभागी हुनकै लागि तेत्तिस दलीय राष्ट्रिय मोर्चामा आवद्व नेताहरु विहानै देखि तयार थिए र यस मामिलामा मोर्चामा पछिल्लो समयमा एकरुपता कायम भएको थियो । पहिलो दिनको सभामा संविधानको मिलेका र नमिलेका कुरा उपलब्ध गराउन माग गर्ने र राजनीतिक सभा आयोजना गरिदिएकोमा सम्बन्धीत पक्षलाई धन्यवाद दिने र राजनीतिक सभाको अबधिलाई बढाउन दवाव सिर्जना गर्ने कुरामा मोर्चा एकढिक्का थियो तर कर्मकाण्डको रुपमा मात्र र्सवदलीय राजनीतिक सभा चाहँने देशी विदेशी शक्तिको कारण मात्र राजनीतिक सभा विथोलिएको हो ।
सरकार र प्रमूख दलको लाचारीपन
संविधान निर्माणका विषयमा सहजता ल्याउनको लागि सरकार र प्रमूख दलहरुले र्सवदलीय राजनीतिक सभाको आयोजना गर्न लागेको ठानी सरकार र दलहरुप्रति तेत्तिस दलीय राष्ट्रिय मोर्चा र आम नेपाली नागरिक ऋणी हुने तयारीमा थिए । तर सरकार र प्रमूख दलहरु आन्दोलनरत दलहरुको आँखामा छारो हाली नाम मात्रैको राजनीतिक सभा गर्न र सो सभा एकदिनमै समापन गर्न हतारिनुले सरकार र प्रमूख दलहरु केवल नाम मात्रैको राजनीतिक सभाको नाममा अर्न्तक्रिया सभाको आयोजना गर्न तयार भएको देखिन्थ्यो । र्सवदलीय राजनीतिक सभाको महत्व र आवश्यकतालाई पर राखेर आयोजना गर्न लागिएको र्सवदलीय राजनीतिक सभा नामको राजनीतिक अर्न्तक्रिया सभाले कुनै र्सार्थक निकास नदिने कारण नै आन्दोलनकारीको तर्फाट नै राजनीतिक सभा बहिष्कार गर्न परेको हो ।
ख्ाास गरी वर्तमान सरकारका प्रधानमन्त्री शुशिल कोइरालाले र्सवदलीय राजनीतिक सभा बोलाउने भनेका थिएनन् उनले त केवल उ गर्नेमात्र भनेका थिए । उ भनेको गोलमेच सभा हो वा राजनीतिक सभा या राजनीतिक अर्न्तक्रिया सभा त्यो उनले ठम्याउन सकेनन् । हुन त कोइरालालाई दोष दिने ठाउँपनि छैन किनकी उनले त र्सवदलीय राजनीतिक सभा भनेको केहो बुझेका नै छैनन् र उनका सहयोगीहरुले र अन्य दलका नेताहरुले र्सवदलीय राजनीतिक सभाको भनेको यस्तो कुरा हो जून ढंगले आन्दोलनकारीहरुले माग गरेका छन् त्यो ढंगवाट गरेको खण्डमा संविधान सभाको नै औचित्य समाप्त हुन्छ भनी कोइरालाको कान भरेपछि उनी ए त्यो भए त उ हुन्छ भन्दै र्सवदलीय राजनीतिक सभा गर्नबाट तर्किएका हुन् ।
यस्तै नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले पनि र्सवदलीय राजनीतिक सभालाई संविधान बन्न नदिने षड्यन्त्रको रुपमा बुझदै त्यसप्रति आलटाल गर्न थाले । संविधानका अर्न्तवस्तुमा केन्द्रीत भई सहमति जुटाउने उद्वेश्यका साथ आयोजना गर्न लागिएको र्सवदलीय राजनीतिक सभामा प्रत्येक मोर्चामा रहेका पार्टीीई बोल्न केवल ५ मिनेट समय निर्धारण गरिएको खबर मिडिया मार्फ र्सार्वजनिक गरिएको थियो । आफूहरुले पाँच बर्षा समेत संविधानका विषयमा सहमति जुटाउन नसक्ने अनि अरुलाई ५ मिनेटमा सहमति गरौँ भन्दै प्रमूख दलका नेताहरु र्सवदलीय राजनीतिक सभा हैन कि नाम मात्रैको खिचडी सभा गर्न तयार भएका थिए । तर्सथ सरकार र प्रमूख दलका नेताको कारण पनि र्सवदलीय राजनीतिक सभा विथोलिएको थियो ।
स्वदेशी तथा विदेशी शक्तिकेन्द्रको चलखेल
नेपाली राजनीतिमा जे र जुनसुकै सहमति भए पनि आखिरीमा भाँडिने प्रचलन पुरानै रोग हो । हुन त सरकार र प्रमुख दलहरुले र्सवदलीय राजनीतिक सभा नहुनुमा तेत्तिस दलीय राष्ट्रिय मोर्चालाई दोष दिएर आफू उम्किने काम गरेका छन् । यो त केवल देखावटी मात्र हो विदेशी शक्तिकेन्द्र र स्वदेशी शक्ति केन्द्रहरुको दवाव र अन्त्यमा संविधान साँच्चै दर्ीघकालीन ,स्थायी र र्सवमान्य बनाउने हो भने फेरि पनि आम राजनीतिक दलहरु र्सवदलीय राजनीतिक सभाको आयोजना गर्न तयार हुन पर्छ त्यसो नगरे त्यस्तो संविधान आन्दोलनको राप र तापले जलेर खरानी हुनेछ त्यस कुरामा सवैलाई चेतना भया ।