फुजेल प्रकरण ,डलरखेती र नन्दप्रसादको अन्त्य – युवराज सफल

२०७१ आश्विन २१ गते, मंगलवार


तत्कालीन जनयुद्वकालीन समयमा नेकपा -माओवादी)का कार्यकर्ताद्वारा हत्या गरिएका भनिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणले गर्दा आज नेपाली राजनीतिक क्षेत्रमा थप बहश सिर्जना गरिदिएको छ । आम मानिसहरु कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण र सो हत्या प्रकरणले उव्जाएको कैयँन अनुत्तरित प्रश्नको जवाफ खोज्न खोजि रहेका छन् तर हालसम्म कसैले पनि यसवारे आधिकारिक धारणा राख्ने हिम्मत गरेका छैनन् । युद्वकालीन परिवेशमा तत्कालीन सरकार र माओवादीको नाममा हज्जारौँ नागरिकले मृत्यूवरण गर्न परेको ,हज्जारौँ घाइते तथा अंग भंग भएको ,हज्जारौँ बेपत्ता भएको अनि हज्जारौँको ज्यान गएको र हज्जारौँको घरवार विहिन भएको तथ्य कसैले पनि छिपाउन र लुकाउन सक्दैन । त्यो बेलामा राज्य र व्रि्रोही दुवैको तर्फाट निहत्था नागरिकले धेरै पीडा बेहोर्न परेको छ । कुनै एक पक्षलाई दोषी देखाएर अर्को पक्षलाई निर्दोष सावित गर्ने कुनै आधार छैन । यस्ता हज्जारौँ घटनामध्येको एउटा घटना फुजेल प्रकरण हो । अत फुजेल प्रकरण ,फुजेल प्रकरणमा भएको कथित मानव अधिकारवादीहरुले गरेको डलर खेती र कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीको असामयिक निधन बारेमा केही कुरा राख्दा सान्दर्भिक र्ठहला र केही रुपमा भएपनि आम पाठक बर्गलाई फुजेल प्रकरण देखि हालसम्म भएका गतिविधिवारे जान्न र बुझन सजिलो होला भन्ने विश्वासका साथ दुइ शव्द लेख्ने प्रयास गरेको छु । फुजेल प्रकरण नेकपा -माओवादी)ले ०५२ साल फाल्गुण १ गतेदेखि जनवादी राज्य व्यवस्थाको निर्माण गर्ने उद्घोषका साथ जनयुद्वको घोषणा गर्यो । त्यससँगै जनयुद्वमा लाग्नेहरुको पनि सहभागिता बढ्दै गयो । हरेक मान्छेहरु हरेक नियतका साथ जनयुद्वमा लागे । जसले देश र जनताको लागि आफ्नो ज्यान आहुती गर्न चाहन्थे ती महान वीर नेपालीका सच्चा सन्तान आज सहिद भएर संसार सामू चम्कि रहेका छन् र हामी तिनै सहिदका चम्काईमा यो संसारलाई देेखि रहेका छौँ र बाँचिरहेका छौँ । अझ सहिदहरु आफू जलेका छन् हामीलाई उज्यालो प्रदान गरिरहेका छन् र हामी आज सोही उज्यालोका सहारामा बाँचिरहेका छौँ । तर जनयूद्वमा विभिन्न स्वार्थ लिएर हिँडेका पंक्तिको पनि कमि थिएन । जस्तो हत्या ,हिंसा ,बलात्कार ,चोरी ,डकैती ,फिरौति ,लुटपाट ठगी ,व्यक्तिगत रिसिइवी र अन्य विभिन्न नामधारी स्वार्थ लिएर हिँड्ने र त्यो स्वार्थ पूरा गर्नको लागि मात्र जनयूद्वको सहारा लिएका मान्छेहरुको समेत कमि थिएन । आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न र विशेष पैसा कमाउनकै लागि पनि जनयुद्वमा लाग्नेको संख्या गनेर साध्य छैन । हो हिजो आफ्नो ज्यानलाई तरवारको धारमा र बन्दुको गोलीसँग साटेर मूक्तिको लागि प्राण दिने बहादुर नेपाली सन्तानको छेउछाउमा हरियो र्सपहरु त्यही बहादुर सन्तानको भेष धारण गरेर उल्टै कलंक निम्त्याउने खेलमा लागेका थिए । आज तिनै हरिया र्सपहरुको कारण नै सिंगो पार्टर्ीी जिन्दगीमा कहिल्ये नमेटिने कलंकको टिका लगाउन परेको छ । यदि त्यस्ता हरिया र्सपहरुलाई बेलैमा सखाप पार्न सकेको भए आज नत निर्दोष कृष्णप्रसादहरु मारिन्थे नत त्यही नाउमा कथित मानव अधिकारवादीको मुकुण्डो लगाएका डलरवादीहरुले डलरमा चलखेल गर्न पाउथे र न त कृष्णप्रसादका बाबुले न्यायको भिख माग्दा माग्दै आफ्नो ज्यान गुमाउन पर्दथ्यो । र कृष्णप्रसादको हत्या पनि नितान्त व्यक्तिगत रिसिइवी र अन्तरकलहको कारण भएको हो । यो घटनालाई राजनीतिक रंग दिनु र अनावश्यक रुपमा बर्ढाई चर्ढाई गर्नु नै गलत काम हो र थियो । जनयुद्वको कुनै पनि सिद्वान्त सँग सम्बन्ध्ा नराख्ने फूजेलका कृष्णप्रसादको हत्या जसले गरे पनि त्यो एउटा हत्या थियो । हत्या जसले गरेपनि त्यो हत्या गर्नेलाई उहिले कानूनी कार्वाही गर्न पर्दथ्यो । किनभने नेकपा माओवादीले त्यसरी हत्या गर्ने कुरा आफ्नो पार्टीे नीति नभएको प्रष्ट पारिरहेको छ । यसको अर्थ यो हो कि नेकपा माओवादीको मुखूण्डो लगाएर कसैले व्यक्तिगत रिसिइवीको कारण नै कृष्णप्रसादको हत्या गरेको थियो । यत्रो कुरा थाहा हुँदा हुँदै पनि हामी र हाम्रो कानून चुपचाप बस्नु अचम्मको विषय हो । कानुन हत्या गर्ने हत्यारालाई पक्रेर सजाय दिन नसक्दा आज एउटा पार्टीीई हत्यारा जोगाउने पार्टीीनेर आरोप लागेको छ र सिंगो पार्टी छवि धुमिल पार्ने प्रपञ्च रचिएको छ । र त्यो पार्टी पनि सो हत्या प्रकरणमा उचित स्पष्टीकरण नदिँदा र हत्या सम्बन्धी यथार्थ जानकारी बाहिर ल्याउन नसक्दा उसलाई लागेको आरोप सत्य हो या उसले चाहेर पनि बोल्न नसकेको हो भन्ने कुरा बाहिर आएको छ । अत जनयुद्वको आड र भरोसामा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्नेहरुले विभिन्न अपराध गरेका छन् र त्यसको दोष सिंगो पार्टी संगठनले लिन परेको छ र फुजेल प्रकरण पनि हज्जारौँ त्यस्ता घटनामध्येको एउटा कहिल्ये विर्सन नसकिने घटना हो । स्कुल पढ्ने एउटा किशोरलाई पक्रेर मार्न पर्ने कुनै कारण थिएन नेकपा माओवादीसँग किनकि माओवादी जनवादी राज्य सत्ताको निर्माण गर्नको लागि जनयुद्वको मैदानमा लागेको थियो । तर जस जसले व्यक्तिगत स्वार्थ सिद्व गर्न माअेावादीको भेष धारण गरेका थिए तिनकै कारण कृष्णप्रसादको हत्या भएको हो । यो नितान्त पारिवारिक हत्या हो । यो घटनालाई कुनै राजनीतिक आवरणले छिपाउन खोज्नु र यस प्रकरणलाई लुकाउन खोज्नु दुवै मर्ूखता हो । हत्या र यूद्व फरक कुरा हो । बन्दुक बोकेर गोली हान्दा हान्दै कृष्णप्रसादको ज्यान गएको पक्कै थिएन । बम पड्काउदा पड्काउदै पक्कै पनि उनको ज्यान गएको थिएन । केवल पारिवारिक कारण उनको हत्या गरिएको थियो भन्ने कुरा जान्दा जान्दै हाम्रो नियम र कानून र हत्याराको संरक्षण गरेको आरोप लागेको पार्टर्ीीाजको दिनसम्म्ा किन चुपचाप बसिरहेको छ दुनियाँ चकित भएको छ । अत हत्या जस्तो संवेदनशिल विषयमा समेत पार्टीीौन बस्नु भनेको आफूमाथि लागेको आरोप स्वीकार गर्नु हो त्यसकारण अब पार्टर्ीी हत्यामा संलग्न भएको व्यक्तिलाई कार्वाही गर्न तिर लाग्न पर्दछ ,हत्या जस्तो विषयलाई राजनीतिक आवरण दिन हुँदैन हत्या र राजनीतिक व्यवहारलाई उस्तै उस्तै ठान्न हुँदैन । हत्यालाई स्वीकार गरी र हत्यारालाई उन्मूक्ति दिएर हत्या र राजनीतिलाई उस्तै बनाउन कदापी हुदैन । जसले जे भनेपनि हत्या हत्या हो र राजनीति राजनीति हो चाहे त्यो हत्या जो सुकैले गरोस् चाहे राज्यको तर्फाट गरोस् चाहे माओावादीको तर्फाट विशुद्व त्यो हत्या नै हो त्यस्ता अपराधिक मानसिकता र क्रियालकलापलाई राजनीतिक रंग दिदैँ जाने र दोषीलाई राजनीतिक आवरणमा उन्मूक्ति दिदैँ जाने हो भने एक दिन पार्टीी नेताको पनि ज्यान नजाला भन्न सकिन्न । राजनीतिक पार्टी साँच्चे इमानदारिताको साथ काम गर्ने हो भने हत्या गर्ने हत्यारालाई कानूनी कार्वाही गर्न पहल गर्नपर्छ यदि त्यो गरिएन भने हत्याले राजनीतिक बैधानिकता पाउछ र विभिन्न व्यक्तिले विभिन्न बाहानामा पार्टी आडमा र शक्तिको आडमा हत्या र अन्य आपराधिक गतिविधि संचालन गर्दछ र उसलाई कार्बाही नगर्दा त्यस्ता अपराधिहरुको मनोवल बढेर आउछ ,त्यसकारण पनि हत्या जो सुकैले जे सुकै कारण गरेपनि दोषीलाई कार्वाही गर्नै पर्छ । कथित मानव अधिकारवादीवादीहरुको डलर खेती गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणसँगै आफूलाई मानवअधिकारवादी बताउने कथित डलरवादीहरुले ठूलै चलखेल गरेका छन् । कृष्णप्रसादको हत्या प्रकरणलाई लिएर विदेशी राष्ट्रवाट अर्वौ डलर लिएर खाइरहेका छन् र भोलिपनि खाइरहने प्रपञ्च रचेका छन् । कृष्णप्रसादको हत्यारालाई कार्वाही गराउने नाममा आज उनीहरुले अधिकारीका बाबूलाई एघार महिनासम्म खान खान नदिएर आत्महत्या गर्न विवश पारेका छन् । दोषीलाई कार्वाही गर्ने नाममा विदेशवाट अर्वौ डलरमा दाइँ गर्न पल्केका कथित डलरवादीहरुकै कारण आज फेरि नन्दप्रसाद अधिकारीले आफ्नो ज्यान फाल्न परेको छ । न्याय दिन्छु भनी भोकै भोकै राख्ने र आफू डलर ओढ्ने र ओछ्याउने धन्दामा लागेका कथित डलरवादीहरुकै कारण आज यो हत्या जस्तो कुराले राजनीतिक रुप धारण गरेको छ । खालि डलर खाँदै मात्र एउटै घटनालाई समाधान गर्न भन्दा पनि त्यसैलाई उचालेर दुहुनो गाई बनाई सधैँ डलर खाईरहने प्रपञ्चमा कथित मानवअधिकार वादीको मूकुण्डो लगाएकाहरु लागि रहेका छन् भन्ने कुरा बुझन धेरै टाढा जान पर्दैन । जसरी कथित डलरवादीहरुले एकहोरो रुपमा मानव अधिकारको वकालत गरिरहेका छन् त्यसैलाई मागिखाने अनि ठगी खाने साधन बनाएका छन् । यदि उनीहरु साँच्चै आफूलाई सच्चा मानवअधिकारवादी हौँ भनेर प्रमाणित गराउन चाहँन्छन् भने किन स्वतन्त्र रुपमा व्यवहार गर्न सकेनन् । हज्जारौँ कृष्णप्रसादहरुको न्यायको लागि किन आवाज उठाउन सकेनन् । खालि एउटै घटनालाई मात्र किन बारम्वार उचालेर डलर खाने धन्दा चलाई रहेका छन् । यसलाई आम नेपाली नागरिकले कसरी बुझने – हत्यारालाई कार्वाही गराउछौँ भनी एउटा मेरको व्यक्तिको नाम भजाएर विदेशी राष्ट्रवाट करोडौँ डलर खानु अपराध हैन – यसलाई अपराध नभनेर के भन्ने – आज जनजनमा यो प्रश्न खडा भएको छ । सत्य कुरा के हो भने युद्वकालमा हज्जारौँ कृष्णप्रसाद जस्ता नागरिकले विनाकारण मृत्यूको मूखमा पर्न परेको छ । आफ्नो जिन्दगी गुमाउन परेको छ र यस्ता घटनाको स्वतन्त्र रुपमा छानविन गर्न पर्दछ र छानविन पछि दोषी देखिएकालाई अविलम्व कार्बाही गर्न पर्दछ ,यदि त्यसो गरिएन भने यो देशमा कानुनी शासनको उलंघन र दण्डहिनताले नै प्रश्रय पाउछ । तर मानव अधिकारवादीको मूकुण्डो लगाएर डलर खान पल्केकाहरुले यो कुरालाई राम्ररी विचार गरुन । जस्तो कि युद्वविरामको समयमा रामेछापको दोरम्वामा त्यत्रो व्यक्तिको हत्या भयो ,त्यस्तै काभ्रेकै अनेकोटमा घरमा बसेका कलाकारहरुको हत्या भयो ,मैना सुनुवारहरुको पनि बलात्कार पश्चात हत्या भयो तर कथित मानव अधिकारवादीको मुकुण्डो लगाएका डलरवादीहरुले किन यस विषयमा बोल्दैन – कि तिनलाई त्यो डलरले बोल्न दिएको छैन – आम नेपाली नागरिकले यही कुरा सोची रहेका छन् । अत युद्वकालमा भएका जति पनि हत्या ,वेपत्ता ,लगायतका घटनाहरुको निश्पक्ष छानविन गरी दोषीहरुलाई कार्बाही गर्नु आजको आवश्यकता हो । शान्ति प्रकृयालाई तार्किक निश्कर्षा पुर्याउन पनि दोषीहरुलाई आवश्यक छानविन गरी कानुनी कार्वाहीको दायरामा ल्याउन आवश्यक छ । तर सम्पूण घटनालाई वेवास्ता गरी कुनै खास घटनालाई मात्र उचालेर डलरको खेती गर्नु पक्कै पनि राम्रो कार्य होेइन । र सधैँ भरि अर्कालाई उचालेर भोकै राखेर ज्यान फाल्न बाध्य पार्ने र आफूचाहि सधैँ हरियो डलरमा मस्ती गरी आफ्नो संसार हराभरा बनाई अरुको संसार उजाड बनाउनु पक्कै पनि मानव अधिकारकर्मीको धर्म होइन होला । त्यो कुरा हरियो डलरमा तर मार्ने कथित मानव अधिकारको मुकुण्डो पहिरिइएका डलर वादीहरुले सोचून हैन भने तिनले पनि बेलैमा मृत्यूको मूखमा जान पर्ला कथित डलरवादीहरु होसियार । नन्दप्रसादको अन्त्य आफ्नो सन्तानको माया कुन चाँहि बाबू आमालाई हुदैन र त्यस्तै भएको थियो नन्दप्रसादलाई र उनी छोराको हत्या गर्नेहरुलाई कार्वाही गर्न पर्छ भनी पटक पटक अनशन बसे । तर देशी विदेशी तत्वहरुले उनको छोराको हत्याको विषयलाई मागि खाने अनि ठगी खाने भाँडो बनाएको कुरा उनलाई सायदै कसैले सुनायो होला । हरियो डलरमा तर मार्न पल्किएका कथित डलरवादीहरुले नन्दप्रसादलाई केही पनि खान नदिई आफूले करोडौँ डलर खाए र नन्दप्रसादलाई जसरी पनि हामी दोषीलाई कार्वाही गर्दछौँ तपाई अनशन बस्नु भने । डलरवादीहरुको विश्वास गरेका नन्दप्रसादले अनशन बसेको ११ महिनापछि आफ्नो सन्तानको हत्या गर्ने दोषीलाई कार्वाही भएको देख्न नपाउदैँ आफैँ यो संसारवाट विदा माग्न पुगे । खास गरी नेपालको शान्ति प्रक्रियालाई निश्कर्षा पुगेको देख्न नचाँहने देश विदेशी तत्वहरुले कृष्णप्रसाद हत्या प्रकरणलाई अनावश्यक रुपमा उचाल्ने कोशिस गरेका थिए । र यो प्रकरणमा विदेशीहरुले करोडौँ रुपैयाँ डलरको खेती गरे । उनीहरु कुनै न कुनै रुपमा नेपालको शान्ति प्रकृयाको असफलता चाहन्थे सोही कारण कथित विदेशी राष्ट्र र मानव अधिकारको खोल ओढी खुलेआम नन्दप्रसाद अधिकारीहरुलाई मर्न विवश पार्ने ज्यानमाराहरु अन्ततः नन्दप्रसादको छोराको हत्या गर्नेहरुलाई कार्वाही गराउन हैन त्यो नाममा लाखौँ डलर खादैँ अन्ततः विचरा नन्दप्रसादलाई समेत मर्न विवश पारे । यस्ता डलरवादीहरुको डलर खाने कालो कर्तुतसँग सचेत भई अगाडि बढ्न सबैलाई बेलैमा चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु