माओवादी एक हुनुको विकल्प छैन – नरेन्द्रजंग पिटर

२०७१ आश्विन २२ गते, बुधबार


प्रचण्ड र किरणबाट फेरि थालिएको माओवादी पार्टी एकता पहलले अहिले आकार लिँदैंछ । दोस्रो चरणमा दुवै पक्षका निर्णायक पङ्क्तिको उपस्थितिमा एकता एजेण्डा केन्द्रित बहस सुरु भए । त्यसको असर आँउदो समयमा माओवादी मात्रै नभई देशकै राजनीति नयाँ तरग बनेर देखिनेछ । जति यो एकता अभियान अगाडि बढ्ने छ यसलाई देब्रे वा दाहिने कोणबाट भाँडने बाहिरी र भित्री प्रयास पनि त्यतिकै बढ्नेछन् ।
माओवादी एकीकृत हुनुपर्छ । माओवादी सुद्धिकृत हुनुपर्छ । जनयुद्धले उठाएका र जनआन्दोलनले वैधानिकता दिएका नारालाई राजकीय स्वरुप दिन पनि आमूल परिवर्तन चााहने शक्तिको एकता विना सम्वभ हुँदैन भन्ने आत्मसातीकरण नै अधिकांश माओवादी कार्यकर्ताको मात्र होइन्, वास्तविक परिवर्तन चाँहने जनताको ठूलो हिस्सा समेतको हो । हरेक जाति, क्षेत्रका अभिजातबाहेक मधेशी, जनजाति, महिला, दलित, मुस्लिम मूलधारबाट धकेलिएकाहरुको चाहाना पनि त्यही हो ।
जनयुद्धसँगै जनयुद्धको संस्कृति र अठोट पनि थियो । भूइमान्छेका सपना संस्कृति र अठोटमा फेरिन्थे । सानो अठोटले भूईमान्छेले बन्दुक समातेनन्, मर्न लाम लागेनन् । अहिले पनि ती नारा असरल्ल छन् । त्यसैले माओवादीको फेरि पनि विकल्प छैन् । तर, शान्ति प्रकृयामा आँउने वित्तिकै माओवादीभित्र समस्या पैदा भए । विद्रोहको राप र ताप खस्कनमा के भो ? कसो भो ? किन भो ? कसरी भो ? भन्ने माओवादी नयाँ एकता प्रकृयासँगै आग्रहहीन निर्मम समीक्षाको आवश्यकता हुन्छ ।
एकता अभ्यासको यो अवस्था एकाएक लहडमा पैदा भएको भने होइन् । ठूलो राजनीतिक क्षति, आक्रोश, अन्यौलता, गाली सकिएर हुर्मत काढिसकेपछि र परिवर्तनका एजेण्डा धरापमा परेपछि दुवै माओवादी नेतृत्वको चेत खुलेको हो ।
जसले नयाँ एजेण्डा उठायो, ऊ स्वयं रनभूल्लमा परेपछि कार्यकर्ता र जनतामा निराशा छाँउनु स्वभाविकै हुन्थ्यो । त्यसको परिणाम चुनावी नतिजाले देखायो । सामाजिक गतिका आप्mनै नियम हुन्छन् । त्यसलाई जस्तोसुकै आदर्श र क्रान्तिकारी शक्तिले एउटा धक्का त दिन सक्छ तर आदेशमा निरन्तरता र अनूकूलता सिर्जना गरिरहन भने सक्दैन् । प्रश्न सकारात्मक नियत हो कि होइन् भन्ने मूल कुरा बन्दैन् । कुरा परिणामको हुन्छ । विद्रोहबाट शान्तियुद्धमा आउँदा फरक मोर्चाको भेउ पाउँन नसक्दा जे जे सीमा समस्या हुन्थे त्यही भयो माओवादीमा ।
हरेक युगान्तकारी विद्रोहपछि समाजको, नेतृत्व पङ्क्तिको, कार्यकर्ताको र देशैको महत्वकांक्षा ह्वात्त बढेका हुन्छन् । विद्रोहकालीन क्षमता शान्तियुद्धले मागेको कला र क्षमता, कार्य कुशलतामा अन्तर आउँछ नै तर युद्धको धङ्धङी पनि विद्रोहीमा त्यत्तिकै रहिरहन्छ । शान्तिपूर्ण वर्ग टकराहटमा शक्तिहरु बीचमा भने तीब्र मौन द्वन्द्व बढेको हुन्छ । विरोधीका सबै आपसी अन्तरविरोध विद्रोहीशक्ति ध्वस्त पार्न अनेक मोर्चामा देखिएता पनि मूल नारा र अभियान भने एकै हुन्छन् । शुभचिन्तक, आमजनता र कार्यकर्तामा भ्रम त्यतिकै छरेर आवेग उत्पन्न गराईन्छ भने त्यसका कयौँ शिर्षकहरु विद्रोहीहरु स्वयंका कृयाकलाप, आचार, विचार ब्यवहार बनेर उनीहरुले नै आप्mना विरोधीलाई पत्तै नपाई दिइरहेका हुन्छन् । तब अंशमा टेकेर समग्रमा आक्रमण हुँन थाल्छ । त्यसैको भेउ पाँउन नसक्दा महत्वाकांक्षाको सकारात्मक ब्यस्थापन गर्न सकिँदैन । मध्यम वर्ग अत्यन्तै अधैर्य हुन्छ भने क्रान्तिको उपलब्धी तत्काल देख्न चाहन्छ । माओवादी मूल नेतृत्वको ठूलो हिस्सा पनि खस उच्च जातिको मध्यम वर्गबाट आएको छ । त्यसैले नै एकातर्फ क्रान्तिको क्षतिपुर्तिका भाव बढेका हुन् भने बढेको महत्वाकाक्षा र आफैँलाई सामाजिकीकरण गर्ने चुनौती सामना गर्न नसक्दा कयौँ नेता र कार्यकर्तामा निराशा छाउन पुग्यो । अझ उपभोक्तावाद, परिवारवाद र चाप्लुसीको घेराबन्दीमा नेतृत्व फस्छ भने त आम कार्यकर्तामा आक्रोश अवश्य पैदा हुन्छ नै । केही अर्कोथरी कृत्रिम आदर्श वकालत गर्न पुग्छन पनि । अतृत्त आत्माको कुण्ठाको छटपटी नयाँ आवरण र आदर्श खोक्दै देखिन थाल्छन् । सवैको परिणाम भने निराशामा धकेलिदै आप्mनै आदर्शको मलामी बन्न पुग्नु हो । तब भने उनीहरुसामु झझल्कोमा मात्रै जनयुद्ध रहन पुग्छ ।
दुवै माओवादी पार्टीमा बढेका अन्तरकलहले दुवैमा विशेष महाधिवेशनको माग ग¥यो । महाधिवेशन, भेला समस्याका समाधान भन्दा नी नयाँ समस्या सिर्जना गर्ने थलो बनेपछि पार्टी एकता नै समस्याको निकास हो भन्नेमा दुवै माओवादी मूल नेतृत्व पुग्यो । अनौपचारिक वार्ताको दोस्रो चरण पनि पुरा गरे । फुट्न सजिलो, जुटन गाह्रो । तिक्ततालाई मित्रतामा फेर्न गाह्रो, आशंका, भ्रर्म चिर्न गाह्रो । तर, मूल एजेण्डामा सहमति भएपछि अरु विषय भनेका क्रमशः कुरा गरे न कुरा मिल्छ, फेरि सहकार्य गरेनै नमिलेका कुरा घट्दै जान्छन् । पार्टी विभाजन पछाडि धेरै पानी कोशी, कर्णालीमा बगिसके । दुवै पक्षले अहिले आआप्mना सीमा, समस्या, आवेग, उत्तेजना फैलाउने पक्ष नियाल्दै आफैँ मर्मबोध गर्दैछन् । वर्गचिन्तन भन्दा अरु सवै भ्रम हुँन भन्ने स्वीकारोक्ति नै ऐनामा देखिने धुलो नभई आप्mनै अनुहारमा लागेको धुलो पोछ्ने अभ्यास एकताको मनोवल बनेको हो ।
जे भयो, चुनावी परिणम ठिकै भयो । धरातलमा उभिएर सोच्न दुवै माओवादीलाई तितो यर्थातको सामना गर्न ललका¥यो । नेपाली कांग्रेस र एमालेले श्रेष्ठता हासिल गरेर अहिले संविधानसभामा जितेका होइनन् । विद्यमान सामाजिक अन्तरविरोध हल गर्न नसकेकै कारण माओवादी अगाडि आएको हो । शान्ति प्रक्रियाको पछिल्लो कालमा माओवादीले आफैले उठाएका जनता र राष्ट्रका एजेण्डाहरुलाई कमजोर बनायो । जनताको विश्वास र अपेक्षालाई गम्भीरतापूर्वक लिएन । माओवादी नेतृत्व आआफ्ना अस्तित्वका लागि लडे । बदलिएको परिस्थितिलाई एकथरिले जडतामै बुझे र एकथरि यो नै सबथोक हो भनेर उपभोक्तावादमा फसे । दुवैले सर्वहारावादी आन्दोलनलाई गतिशील ढंगले लैजान सकेनन् । यो समस्या कम्युनिष्टहरुको माक्र्सवादी बन्न नसक्नुको परिणाम हो ।
फर्केर इतिहास नियालौँ । मोहनबिक्रम सिंहबाट २०४२ सालमा अलग भएपछि निर्माण भएको मशालबाट माओवादी जनयुद्धको मार्गचित्र तयार भएको हो । यसको पूर्वाधार मुलतः प्रचण्ड, किरण र वादलले तयार पारेका हुन । पछि बाबुराम भट्टराईहरु जोडिए । २०६२÷६३ सालसम्म आउँदा धेरै भंगाला जोडिए । इतिहासको समीक्षा सही ढंगले गरिनुपर्छ । एकता भावना र लहडले मात्र हुँदैन, टिक्दैन । इतिहासमा दर्ज भइसकेका कुराहरु, व्यबहारले देखाएका, नंग्याएका विषय र पक्षहरु निर्मम समीक्षा त एकता महाधिवेशनमै होला । माओवादी जनयुद्धको मार्गचित्र निर्माण गर्ने मुख्यतः प्रचण्ड, किरण र वादलमा जनयुद्धकाल र पछि धेरै ठूलो उतारचढाव आयो । उठानमा यी पात्रहरुको जो भूमिका रह्यो, नयाँ सन्दर्भको व्यवस्थापनमा सहमति भने एकैप्रकारको भएन । यसको बुझाइका अन्तरविरोधका कारण पार्टी फूट भयो ।
अहिले उनीहरुले आत्मसमीक्षा गरेको आभास हुन्छ । यो सही छ । उनीहरुलाई लडाएर आफ्नो दुनो सोझ्याएका र सोझ्याउन चाहनेहरुको दाया वा बायाँ कोणबाट प्रतिक्रियाहरु आएका छन् । चाकडी, महिमा मण्डन र गाली गर्न थालिएको छ । यो ठूलो होइन । जसले विरोध वा समर्थन गरेको छ, त्यसको पृष्ठभूमी ती नेतृत्वले केलाउनुपर्छ । आफूभित्र रहेका विकारलाई निर्ममतापूर्वक हटाएर नयाँ कार्यदिशा बनाएर माओवादीले उठाएका जनता र राष्ट्रको एजेण्डालाई कार्यान्वयन गर्ने साहस गर्नैपर्छ ।
माओवादी आन्दोलनबाट वाहिर गएर भारतको ‘आप’ नेपालको समाधान होइन र हिजो बनाएको संघर्षको रोडम्यापलाई यतिवेला सूत्रको रुपमा प्रयोग गर्ने विकल्प पनि होइन । समस्या जहाँ गए पनि जति टुक्रमा भए पनि रोग फेरि ज्यूका त्यू भएपछि एकताको आवस्यकता बढेको हो,जुन सकारात्मक दिशा उन्मुख छ ।
असरल्ल परेका मुद्दाको पुँजीकरण गर्न माओवादीमा एकताको आवश्यक त छ तर त्यसलाई राजनीतिक संस्कृतिले मात्र सुनिश्चितता गर्न सक्छ । जनयुद्ध केन्द्रित एउटा साहित्यिक पुस्तक विमोचनमा यस पङ्क्तिकारले सार्वजनिक रुपमै माओवादी सौन्दर्यचिन्तक चैत्यन्य (मोहन वैद्य किरण) लाई भनेको थियो ‘तत्काल जुन संस्कृतिलाई जनयुद्धको संस्कृति भनियो त्यो एक त खसान सौन्दर्यताको मानक बन्दै अन्तरपार्टी आदर्श र कुरुपताको निर्धारण गथ्र्यो । अर्कोतर्फ राजनीति र फौजी अभियानलाई मात्र प्रमुखता दिँइदा राजनीतिक संस्कृतिको विकासमामा उपेक्षा हुँन पुग्यो । त्यसको परिणाम नेता र कार्यकर्तामा माओवादी आदर्शमा गौरव गर्ने र फेरिएका संबन्धमा त्यसलाई निरन्तरता दिन सकेनन् । जुन कुरा देखेका भोगेका जनता थिए, बदलिएको परिस्थितिमा त्यस्तै प्रत्यक्ष अनुभूत गर्न पाएनन् मात्र हैन् जे कुराको युद्धकालमा माओवादी विरोध गर्थे त्यसैका दास भए भन्न थालेपछि राजनीतिले सामाजिक अपिल गर्नै हैसियत गुमाउँदा जनआकर्षण विकर्षणमा फेरियो । परिणामले पार्टी भित्रका उदासिनता, निरासा, विचार, दर्शनभन्दा सुविधा अनुसारको राजनीति हुँन पुग्यो । प्रतिकूलताका आदर्श अनुकूलतामा बचाउन सकिएन मात्र हैन् स्खलित हुँन पुगे । सनातनी सामन्तवादको विरोध हुँदा नयाँ लालसामन्त र लालअपराधी जन्मन पुगे, त्यसलाई रोक्न कमरेडली संस्कृति विकास गर्न सकिएन । त्यसको मूलदोष नेतृत्वमा गएर पार्टी पूmटका कारण बने ।
जनयुद्धको झझल्को आँउदा मदिरा निषेध, योनीसुचिता, बहुविवाह, परम्परागत चाड पर्वलाई हेर्नेमा या त खसान विभ्रममा थिए या त अति आदर्शवादी कोणबाट निर्देशित थिए । जुन आन्दोलनमा विचारको संस्कृतिककरण गर्न योजनावद्ध प्रयास हुँदैन् त्यो या त नाटक बन्छ या अर्काले मात्र गर्नुपर्ने आदेश वा अपेक्षामा फेरिन्छ । अन्तत्वगत्वा आदर्श अरुले पालन गरिदिनुपर्ने, त्याग अर्काले गरिदिनुपर्ने, सहिद अर्काको घरमा जन्मियोस्, सुविधाको हकदार आप्mना अंश र वंशका हुँन पाइयोस् भन्ने धारणा विकास र सुविधा सिद्धान्त जन्मन्छ । नेतृत्व पङ्क्ति परिवारवादमा फसेपछि पार्टीमा आकर्षण रहँदैन् । माओवादीले देश र पार्टी सामुने परिवार सम्बन्ध निभाउन मात्र हैन् आवश्यकतामा निर्मम भएर तोड्न पनि सक्नुपर्छ भनेर नेल्सन मण्डेला र ह्यिूगो चावेजसँग पनि सिक्न सकेन, बरु टाढाका लहरो पनि तान्दै गयो ।
त्यसको अचुक औषधी भनेको दर्शनले निर्देशन गरेको राजनीति र राजनीतिले माग गरेको राजनीतिक–संस्कृति नै प्रमुख कुरा हुँन सक्थ्यो । तब आलोचनात्मक चेत राख्न सक्थ्यो भने आस र त्रास संगठनका चालक शक्ति बन्न पाँउदैनथे । लालसामन्त, लालदास, लालअपराधीको औकात संंगठनमा बढ्दैनथ्यो । तर माओवादीमा जनयुद्धकालदेखीकै राजनीतिक–संस्कृतिको अभाव नै आप्mना मान्यतालाई पुजीँकरण गर्ने नैतिक पूजीको अभाव बन्न पुग्यो । त्यसैले पार्टी विभाजन हुँदै गए तर समस्या ज्यूका त्यूँ हुँदै दुवै पार्टीमा क्यान्सर झैँ फैलिए । त्यसलाई हल गर्न तिक्तता हैन्, पूmट हैन् निर्मम समीक्षासहितको पार्टी एकता नै हो भन्ने अहिले प्रचण्ड–किरणको ठम्याई हो । यदि निर्मम समीक्षाले दिएको शिक्षा ग्रहण गरेमा माओवादीले नयाँ सन्दर्भको नयाँ एकता केन्द्रको निमार्ण गर्न सक्नेछ भने विगत दुई दशकको अभ्यास र अनुभवको पुजीँकरण गर्न पनि सक्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु