सवारी दुर्घटनाका कारक चालक – रमेश गिरी
विभिन्न संचार मध्यमहरुबाट प्राप्त समाचार अनुसार बिक्रम सम्बत २०७१/०६/२० का दिन डोटीबाट धनगढीको लागि हिडेर दुर्घटनामा परेको पहाडी बसको क्षमता ३४ सिट भन्दा बढी नरहेको अनुमान सहजै लगाउन सकिन्छ / अहिले सम्म यातायात व्यवस्था बिभागले ४२ सिट भन्दा ठुलो बस कुनै पनि पहाडी रुटमा हाल्न सकेको देखिएको छैन / तर अत्यन्त जोखिमपूर्ण पहाडी रुटमा सिट अनुसार यात्री बसालेर हिडालने र यात्रीलाई सुरक्षित यात्रा गराई सुरक्षित गन्तब्य स्थानमा पुराउने गरेको पनि कमि नै भेटिने गरेकोछ/ यातायात व्यवस्था बिभागको जिम्मेवारी अनुसार समय तालिका बनाइ देश भित्र २४ सै घण्टा गाडी संचालनमा ल्याउनु पर्ने हो/ भलै स्थान र समय अनुसार चालकलाई थप सुबिधा उपलब्ध गराई गाडी चलाउनु पर्ने हो / जसले गर्दा यात्रीहरुले आबश्यकता अनुसार यातायातको साधन प्राप्त गर्न सकुन / देश एक सेकेन्ड पनि निदाउने अबस्थामा नरहनु पर्ने हो / यातायात क्षेत्रले देश बिकाशको लागि उदाहरणीय काम गरेर देखाउन सके अबश्य राम्रो नै हुनेछ/ के त्यो अवसर यातायात विभागले दिन सक्ला?
काठमाडौँ उपत्यका भित्र यातायात चुस्त दुरुस्त रहेको र दुर्घटनामा कमि आएको भनेर संचार माध्यम र ट्राफिक प्रहरीले फलाकि रहदा देशका अन्य भागमा थुप्रै दुर्घटना हुन पुगेका छन/ त्यो मध्यको एउटा ठुलो दुर्घटना डोटी छतिवनको रहेकोछ/ जसमा ३० जनाको ज्यान गैसकेको बताइएको छ भने संचार कै कमीले गर्दा अंगभंग हुने र थप मृत्यु हुने क्रम जारी रहेको अबस्थामा एकिन तथ्यांक आउन बाँकी नै छ/ संचार माध्यमको अनुसार उक्त पहाडी बसले भित्र र माथि हुडमा गरि करिब १२५ जना यात्री लिएर हिडेको बाताइएकोछ/ जब कि प्रत्यक बसमा सिट अनुसार यात्रीको बिमा गरिएको हुन्छ भने सिट भन्दा माथि टिकेट प्राप्त नगर्ने यात्रीको बिमा पनि लागु हुदैन / यति बन्देज हुदा हुदै जोखिम मोलेर यात्रा गर्ने यात्रीले १२५ जनालाई तीन भाग गरि ४२ जनाले एउटा बस रिजर्भ गरि हिडेको भए तीन वटा बसले काम पाउने थिए भने सबै जना यात्रुहरु सुरक्षित स्थानमा पुग्ने थिए / जति पैसा भए पनि नपुग्ने बस मालिकले बसको क्षमता भन्दा बढी यात्रु हालेर नहिड्न निर्देशन दिएको कतै भेटिदैन / किन भने दुर्घटना भए पनि बसको बिमा गरिएको हुन्छ र सिट भन्दा माथि यात्रु हाले बापत कुनै किसिमको कानुनी सजाय भोग्नु परेको छैन / ट्राफिक प्रहरीको आखाँ छल्न एक किलोमिटर वर वा परबाट यात्रु ओरालेर हिडाउने र प्रहरीको नजर कोल्टे परे पछी पुनः बसमा चढाउने परम्परा कायम नै रहेकोछ/
अहिले डोटीको दुर्घटना हुदा राज्य निदाएकोछ/ घाइतेहरुले यातायातको साधन नपाएर मर्नेहरुको संख्या बढिरहेकोछ / एकातिर बसको अवस्था देख्दा देख्दै जबरजस्ती बसमा चढ्ने यात्रीहरु नै मृतकै भए पनि सजाएको भागिदारी हुनु जरुरि छ भने यत्रो ठुलो दुर्घटना हुने तयारी हुदा थाहा पाउन नसक्ने ट्राफिक प्रहरी पनि सजाएको भागिदारी हुनु पर्ने हुन्छ/ त्यो भन्दा ठुलो अपराधीकै रुपमा चालक र बस मालिकलाइ कारबाही गर्नु पर्ने हुन्छ/ जसले गर्दा आगामी दिनमा थप यस्ता दुर्घटना हुनबाट जोगिने छन् / मर्ने त मरेर गयो. सकस त उनीहरुसंग सम्बन्धित बाच्ने अभिभावक वा बच्चाहरुलाई नै हुने गरेकोछ/ यातायातको साधन नहुदा सरकारसंग हेलिकप्टर त थियो नै / जनताले तिरेको करबाट चल्ने सरकारले जनताकै बारेमा रत्ती भर पनि चिन्तन गर्न सकेको छैन/ यस्तो अबस्थामा जनताको लागि अबश्य पनि हेलिकप्टर प्रयोग गर्नु पर्ने हुन्थ्यो/ आहिले सम्म कानमा तेल हालेर बसेकोछ/ जुन अबस्थामा नेपाली सरकार छ भन्नु पनि लाजमर्दो नै भएकोछ/
एकातिर आफ्नो सस्कार र सस्कृतिलाई बढावा दिदै कुनै पनि हालतमा आफ्ना मान्यजनको हातबाट टिका लागाउनु पर्छ भन्ने मान्यताले काम गरेको छ भने अर्कोतिर दशैँलाइ नै मनाउनको लागि रास्ट्रीय रुटिंगलाई बन्द गरेर यातायात बिभाग बसिदिनाले यस्तो दुर्घटना निम्तेको कुरामा कुनै दुइमत देखिदैन/ बाटोको अबस्था र गाडीको अबस्था मुल्यांकन गरि हिड्ने परम्पराको बिकाश गर्नु आजको आबस्यकता भएकोछ/ जबकी अन्य बिकसित देशहरुमा देश नै ठप्प हुने गरि बिदा गरिएको कहिँ कतै भेटिदैन/ कामदारले छुट्टी पाउनु उसको अधिकार हो भने सोही कामदारले राज्यबाट सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार हो / प्रहरी सेवाले आफुलाई रुटिनमा राख्न सके जस्तै अन्य बिभागहरुले पनि मिलाउन सके अबश्य पनि भाडामा मनोमानी हुने थिएन र यात्रीहरुले सास्ती भोग्नु पर्ने थिएन/ क्यु फ्री चलेका बसहरुले राजधानीमा मनपरी भाडा असुलेको देखिएको थियो भने बिद्दयार्थी कार्डले दशैँ भरी कुनै काम गरेको थिएन/ त्यसकारण कानुनको नियन्त्रण भन्दा बाहिर रहेर चल्न खोज्ने सवारी साधनलाइ कानुनको दायरामा ल्याउने र पुरै साझा बसको माताहतमा रहेर काम गर्ने गरि यातायातको लागि कार्डको व्यवस्था गरेमा भाडाको मनपरी तन्त्रबाट जोगिदै यात्रुहरुले सुरक्षित यात्राको महसुस गर्न सक्ने थिए/
व्यक्तिगत रुपमा साना गाडी चलाएर सडक जाम गर्नु र इन्धनमा महंगी ल्याउनु बाहेक अरु केहि उपलब्धि देखिदैन/ भविष्यमा रास्ट्रको लागि सबै भन्दा ठुलो समस्या यहि अहिलेको यातायात प्रणाली नै बनेर आउनेछ/ काठमाडौँ उपत्यका भित्र पुरै साझा बस र त्यो पनि सोलारबाट चल्ने सिस्टमको बिकाश गरि सडक जाममा कमि ल्याउनु पर्छ भने बाहिरबाट आयात हुने इन्धनमा कमि ल्याई रास्ट्रीय उत्पादनलाइ बढावा दिएर विदेश निकाशी तर्फ राज्यले ध्यान केन्द्रित गर्नु आजको आबश्यकता हो /
(लेखक- नेपाली जनप्रगतिशील मोर्चा मध्यपुर्ब समन्वय समितिका अध्यक्ष हुन्)