अभिजात वर्गदेखि हाेसियार – भारत दाहाल

२०७१ कार्तिक १९ गते, बुधबार


नेपालकाे संकट विस्तारै राष्ट्रिय-साँस्कृतिक अान्दाेलनका रूपमा मुखर हुने संभावनाहरू बढ्न थालेका छन्। तर यसलार्इ बुझ्ने प्रश्नमा उत्न्न हुन सक्ने समस्याले याे साम्प्रदायीक द्वन्दका रूपमा परिणत हुने खतरा पनि छ। नेपालकाे संदर्भमा साँस्कृतिक अान्दाेलनलार्इ २ वटा अाधारहरूबाट परिभाषित गर्न अावश्यक छ। यसकाे पहिलाे अाधार राष्ट्रियता हाे। वैदेशीक गुलामी र देशकाे नव अाैपनिवेशीक प्रणाालिकाे निषेधकाे दिशामा यसलार्इ अघि बढाउनु पर्दछ।
दाेश्राे अाधार यसकाे व्याख्यामा निहित छ। कतिपय अभिजात वर्गीय तत्वहरूले यसलार्इ धार्मिक सँस्कृतिका रूपमा मात्र परिभाषित गर्न खा्ेजिरहेका छन्, जाे नेपालकाे संकट समाधानका लागि पर्याप्त छैन। उनीहरूले सँस्कृतिलार्इ इश्वरकाे दार्शनिक परिकल्पना र परम्परागत अाचारविचारहरूलार्इ मात्र सँस्कृतिका रूपमा प्रस्तुत गर्न खाेजेका छन्। सँस्कृति भनेकाे माव जीवनलार्इ व्यवस्थित गर्ने जीवन पद्धति हाे।
यहाँकाे खाद्य सँस्कृतिमा चाउचाउ प्रवृति हुर्किएकाे छ। “मम्मी र ड्याड” सँस्कृतिले नेपालकाे पारिवारीक मूल्यलार्इ तहस नहस बनाएकाे छ। बजार अर्थ सँस्कृतिले देशलार्इ विदेशी माल बजारमा पतन गराएर उपभाेक्तावादकाे साम्राज्य खडा गरेकाे छ। नव उदारवादी राजनीतिक सँस्कृतिले शासन प्रणाालिकाे पूरै अपराधिकरण गरेकाे छ। नाफा केन्द्रीत विकासकाे मान्यताले प्राकृतिक पर्यावरणलार्इ मृत्यूमा बदल्दै लगेकाे छ। समुदायहरू र पारम्परिक रितिरीवाहरूकाे गैससकरण हुँदै गएकाे छ। तिज जस्ता पर्वहरू रक्सीकाे बाेतल अगाडी राखेर एनजिअाेहरूकाे अायाेजनामा रेष्टुँराहरूमा हुन थालेका छन्। देशकाे भूगाेलसम्म विदेशीहरूकाे अतिक्रमणमा परेकाे छ। यी सबै समस्याहरूकाे एकिकृत तस्विर नेपालकाे गहिरिंदाे संकट हाे। तसर्थ याे राष्ट्रिय-साँस्कृतिक संकट हाे।
हाल मिडीयाहरूमा छाउन थालेकाे साँस्कृतिक अवधारणाले देशकाे संकटकाे समग्रतालार्इ समात्न चाहेकाे छैन। किनभने साँस्कृतिक अान्दाेलनलार्इ धार्मि सँस्कृतिसंग मात्र जाेड्ने सबैतिरका नेतृत्हवका मानिसहरू समान वर्रूगबाट अाएका छन्। साम्राज्यवादसंग उनीहरूकाे स्वार्थकाे गठबन्धन छ। उनीहरूकाे व्यक्तिगत नाफा नाेक्सानकाे प्रश्न छ। त्यसैले याे वर्गले देश जनताकाे जनजीवनकाे प्रतिनिधित्व गरेर ससँस्कृतिकाे कुरा गर्दैन। हरेक विषयका अाफ्नाे वर्गस्वार्थ अनुसारका व्याख्या हुन्छन्। यसले सँस्कृतिकाे एउटा अंशलार्इ समातेर राजनीतिक साैदाबाजिकाे हतियार बनाउन र अाधारभूत कुराहरूमा साम्राज्यवादकाे ताबेदारी गरेर बस्न चाहन्छ। यथार्थता के हाे भने जबसम्म नेपालकाे समग्र राष्ट्रिय सँस्कृतिकाे रक्षा हुन सक्दैन, तबसम्म धार्मिक सँस्कृति पनि सुरक्षित हुन सक्दैन, किनभने यसकाे क्षयका जराहरू समाजकाे गर्भमा निहित छन्।
साँस्कृतिक अान्दाेला राष्ट्रिय सँस्कृतिकाे अायामबाट अलग्गिएर साम्प्रदायीक उत्तेजनाका रूपमा मात्र परिणत नहाेस् भन्नका लागि यसबारे समयमैं बहसकाे थालनि हुन र अभिजात वर्गकाे चलखेललार्इ राेक्न जरूरी छ। ००७ सालदेखिकाे समस्या नै यहि हाे। नेपालकाे समस्यालार्इ कहिले दलहरूकाे राजनीतिक समस्याका रूपमा, कहिले नव उदारवादकाे साम्राज्यवादी मान्यताका रूपमा, कहिले पारिवारीक सत्ताकाे अक्षुण्णताका रूपमा, कहिले जातिय भावनाका रूपमा त कहिले धर्म निरपेक्षताकाे भँडुवा साेंचका रूपमा मात्र समाधान गर्न खाेज्दा समस्या निरन्तरकाे गाेलचक्करका रूपमा घुमिरहेकाे छ। कतिपय मानिसहरूले हिन्दुवादकाे कुरा पनि यहि काेणबाट उठार्इरहेका छन्। अब यस्ताे गाेलचक्कर दाेहरिन दिनु हुँदैन

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नक्कली कम्युनिस्ट हुनुको परिणाम

२०८२ भाद्र ३ गते, मंगलवार

के हो समाजवाद ?

२०८२ भाद्र ३ गते, मंगलवार