क्रान्तिबाट भाग्न कसैलाई पनि छुट छैन – धनीराम सिम्खडा
२०६९ साल असार १-४ सम्म चलेको राष्ट्रिय भेलाले नवसंशोधनवाद बाट सम्बन्ध बिच्छेद गरि नयाँ जनवादी क्रान्ति लाई सार्थक बिन्दुमा पुर्याउने उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टी – माओवादी को गठन भएको हो !
१.पार्टी शुद्धीकरण र एकता
नेपाली क्रान्तिको झण्डा लाई झुक्न नदिन र सहिद,बेपत्ता र घाइतेको बलिदान लाई सम्मान गर्दै क्रान्तिकारी आदर्शको जगमा अपुरो जनयुद्धको सपनाहरू पूरा गर्न यो नेकपा माओवादी पार्टी निर्माण भएको हो यी पछिल्ला तीन वर्षमा जुन किसिम बाट पार्टी सामुहिक साहसका साथ अगाडि बढ्नु पर्ने हो त्यो गति देखिएन फेरि पनी पार्टी मा गुट उपगुट संकीर्णता को गन्ध आईरयो अकर्मण्यता र दुबिधा युक्त सोचमा अगाडि बढेको छ अब सबैमा हुने निजि विचार अहंकार लाई त्यागी जनवादी केन्द्रीयता को आधारमा पार्टी शुद्धीकरण हुन आवश्यक छ सबैले त्याग गर्न सक्ने सर्वहारा आचरण अंगाल्दै जुझारु क्रान्तिकारी स्पातीलो हुन आवश्यक छ !
२. कार्यदिशाको बारे
पार्टी कार्यदिशा को विवादका कारण पार्टी बिभाजन भएको कटु यथार्थलाई नबिर्सन सम्पुर्ण कमरेड हरु लाई ध्यानाकर्षण गर्न चाहान्छु !बौद्ध को राष्ट्रिय भेला बाट पार्टीको कार्यदिशा जनयुद्धको जगमा जनबिद्रोह नै हो यसलाई लागू गर्ने क्रममा नेतृत्व अलि उदार लचक र उदासीन देखिएको यथार्थ हो त्यसलाई भने अनुसार पार्टी ले कार्यन्वयन गर्न नसक्नु कमजोरि हो यसलाई मनन गर्दै स्पष्ट पार्टीको मार्गचित्र वा कार्यदिशा निर्माण गर्न आवश्यक देखिन्छ !लामो संक्रमण कालमा रहदा पार्टी नेताकार्यकर्ता देखि जनता सम्म नैराश्यता आउनु स्वभाविक हो पार्टी को पोखरामा सम्पन्न केन्द्रिय समिति बैठकमा कमरेड किरण र कमरेड विप्लव को दुई प्रस्ताव आए व्यापक छलफल बाट पार्टी केन्द्रिय समिति बैठकले ठोस कार्यदिशा दिन सकेन एक वर्ष भित्र विशेष महाधिवेशन गरेर ठोस कार्यदिशा दिने भन्ने निष्कर्ष सहित बैठक टुङियो ! कमरेड किरण जनयुद्धको जगमा जनबिद्रोहमा जाने कार्यदिशा अंगाल्नु हुन्छ भने कमरेड विप्लव सशस्त्र जनयुद्ध मा जाने कार्यदिशा अंगाल्नु हुन्छ अब नेताहरू छिटोभन्दा छिटो विशेष महाधिवेशन गरि पार्टी नेतृत्व र पार्टीको ठोस कार्यदिशा तयार गरि क्रान्ति को थालनी गर्नुहोस् भन्ने अनुरोध छ केही छुट्टीएर क्रान्ति गर्ने कोहि एकीकृत माओवादी संग पार्टी एकता गर्ने कुरा नगर्नुहोस् हुन्छ सबै मिलेर जानुहोस तर पार्टी एकता गर्न नहतारिनु होस् सकभर जनवादी क्रान्ति पूरा गर्ने महान योजना विचार लक्ष्य का साथ अघि बढौ होईन आफ्नो गोरुको बाह्रै टक्का भन्नुहुन्छ भने तपाईं हरु गफडी क्रान्ति गर्दै कार्यकर्ता जनतालाई उल्लू नबनाउनु होस दुनियाँ हसाउने काम नगरौ पार्टी कमजोर नपारौं पार्टी बचाऔं
३. निष्कर्ष
क्रान्ति फुटेर होईन जुटेर गरौ आत्म केन्द्रित ब्यक्तिवाद लाई तिरस्कार गरौ खुल्ला र स्पष्ट होऔ जलझेल र षड्यन्त्र होईन माक्र्सवाद लागू गरौ संशोधवाद होईन कसैले क्रान्ति लाई लागू गर्न पछाडी हट्छ भने त्यो क्रान्तिकारी हुन सक्दैन देशको आवश्यकता जनताको चाहाना लाई पूरा गरौं द्वन्द्ववाद लागू गरौ संघर्ष,एकता र रुपान्तरण लाई आत्मसात गर्दै सहिदको सपनाहरू पूरा गरौ यदि क्रान्ति बाट कोहि भाग्ने टाढा हुने गर्छ भने त्यो आत्मसमर्पणवादी कायर गद्दार हो त्यसका विरुद्ध निर्मम संघर्ष गरौ क्रान्ति बाट भाग्न कसैलाई पनि छुट छैन, चेतना भया