प्यारो कमान्डर गुमाउदाको क्षण – धनीराम सिम्खडा

२०७१ मंसिर १६ गते, मंगलवार


कर्णालीको सुसाई रोदनमा परिणत छ ठुलीगाडको चञ्चंलता मौनताको शोकमा स्तब्ध छ आकाशमा उड्ने चरी हरु विरहका भाकामा श्रद्धाञ्जली गित गाउदै छन् महाभारतको बिशाल निडर पहाड श्रद्धाले झुकेको छ ! योद्धाहरु विक्षिप्त मन हरु अमिलो बनाउदै अभिवावक गुमाएको पिडामा शोकाकुल छन् सायद सबैलाई टुहुरो भएको आभास छ !
माओवादी लाई सखाप पार्ने उद्देश्यबाट गठित शाहि सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरी सम्मीलित युनिफाईड कमान्ड लाई धुलो चटाएको आजको दिन हो शेरबहादुर देउवा जनहत्यारो फासिष्ट सरकारले २०६० साल कार्तिक १७ गते युनिफाईड कमाण्ड घोषणा गरेको थियो ! यहि युनिफाईड कमाण्ड ले देशका विभिन्न ठाँउमा हत्या,गिरफ्तार ,दमन ,बलात्कार ,आगजनी र राज्य आतंक मच्चाएको थियो यहि सिलसिलामा २०६० साल मंसिर १५/१६ गरे कैलालीको पहाड डाडाकाडामा हप्ता दिनको अप्रेसन गस्ती लिएर आएको थियो ! यहि मौका छोपेर सेति महाकालि क्षेत्रीय ब्यूरोमा कार्यरत जनमुक्ति सेना नेपाल लिस्ने गाम स्मृति तेस्रो बिग्रेडले करिब दुई दिनको योजनामा उक्त गस्ति टोलि माथी आक्रमण गर्ने योजना बनायो ! मंसिर १६ गते कैलाली जिल्ला पाण्डौन गाविस को खिमडी गाउको मावि स्कुलमा बसेको मौका छोपी पहिलो बर्स्ट फायर GPMG बाट कथित युनिफाईड कमाण्ड माथी सर्पराईज हमला गर्यो !
दुश्मन माथी आक्रमण दिउँसो करिब दुई बजे बाट शुरु भयो आक्रमणको पूरा कमान्ड बिग्रेड कमान्डर क. विविध ले गर्नु भएको थियो कमिसारिङ क. उत्तम को थियो उक्त कार्वाहीमा तीन वटा बटालियन सहभागी थिए ७ नं BN ,9No BN र 21 No BN क्रमशः कमान्डर हरु क प्रहार ,क.विकल्प,क. जीवन र क्षेत्रीय कम्पनी कमान्डर क. श्याम को सहभागिता थियो भने आठ नं बटालियन को कार्यक्षेत्र बाट आउने समय नहुदा क मदन को बटालियन सहभागी हुन पाएन लडाइँ दिनभर देखि राती दुई तीन बजे सम्म लडाइँ चलिरयो जनमुक्ति सेनाले तीन तिर बाट घेरा कसेको थियो केबल एक ठाँउ खाली राखिएको थियो त्यो हो कर्णाली नदि र ठुलीगाड एरिया थियो ! लडाइँ चल्दै जादा शाही सेना कैयन हतियार फ्याँकेर ज्यान जोगाउन भागे केही लडाइँ लडिरहेका थिए आकाशमा हेलिकप्टर ले एट्टिवन बम जंगल छेउछाउ खसाली रहेको थियो अविचलित रूपमा जनसेना लडाइँ लडदै थिए दुश्मन आकुलव्याकुल भएको थियो !छटपटाई रहेको थियो जनसेना ले हतियार खोस्दै नजिक भन्दा नजिक पुगेर आक्रमण तिब्र पार्दै थिए त्यही बेला शाही सेनाले हानेको गोलि लागेर बटालियन कमान्डर क.प्रहार घाइते हुनुभयो उहाँ लगायत थुप्रै साथीहरू घाइते भए घाईते साथीहरू मा क प्रहार,क सक्रिय ,क सौगात ,क संगिन,क आस्था,क कपुर,क नहकुल,क सुनिल,क सर्मिला,लगायत साथी घाइते हुनुभयो कम्पनी सह कमान्डर क समुन्द्र लगाय लडाइँको मैदानमा छ जना कमरेडको शाहदत्त भयो !
ठूलो संख्यामा कमरेडहरु घाइते र सहिद भैइसकेपछी पुर्ण रूपमा शाही सेना लाई कब्जा गर्न सकिएन रिटिड हुनुपर्‍यो ! लडाइँ मा जादा मैले घाइते जनसेनाको first-aid treatement गर्थ्ये मेरो कम्पनी कमान्डर अभिमत थिए उनले मलाई भने म जहाँ जहाँ जान्छु त्यहाँ आईजा मैले आदेशको पालना गरि पिठ्युँमा १५/२० किलो को झोला बोकेर क्ररावालिङ गर्दै थिए त्यही बेला मेरो बटालियन कमान्डर मेरो अगाडी आयो र भन्यो ए भाइ यहाँ किन आएको ? मैले भने दाइ मेरो कम्पनी कमान्डर अभिमत ले म जहाँ जान्छु त्यहीँ आईजा भन्नुभएको छ त्यही जान्छु भने अनि मेरो आदरणीय प्यारो कमान्डर क प्रहार ले भन्नुभयो :- को हो आइजा भन्ने ? त्यसले भनेर हुन्छ यताबाट गएर ती घरमा जा भाइ त्यहाँ घाइते साथीहरु आउछन् साथीहरूलाई उपचार गर्नु भन्नुभयो मैले हुन्छ भने दाई अगाडि बढ्नु भयो म त्यस पछाडिको घरमा पुग्ने बित्तिकै क सुनिलको बायाँ पाखुरामा LMG को गोलि लागेर मरे आमा भन्दै साथी आयो लगत्तै च्यात्तिएको ड्रेस हतार हतार निकाली दिए अनि झोला बाट बाक्लो २/४ वटा bandage निकालेर टाईट पट्टी बाधिदिए तर bleeding रोकिएन फेरि पाखुरा माथी ट्रर्निक्युट बाधेर डबल पट्टी लगाएपछि bleeding रोकियो उनलाई लगेर HP पोस्टमा गएर बसेको थिए एकजना घाइते आयो कमरेड उपचार गर्नुपर्यो भने म तयारी हालतमा थिए पछि घाइते हेर्दा मलाई माया गर्ने मेरो बटालियनको बटालियन कमान्डर क प्रहार नै घाइते भएर आउनु भयो मैले भने दाइ हजुर लाई कस्तो छ घाउ कहाँ छ भनेर सोधे दाइ घोप्टो परेर स्ट्रेचरमा सुत्नु भएको थियो उहाँको पिठ्युँमा सानो प्वाल थियो त्यसबाट बुलबुल रगत बगेको थियो त्यसैलाई घाउ लाई बुढी औंलाले छोपेर राखे अनि सानो पट्टी लगाएर सकेपछि मैले दाइ लाई सोधे कस्तो छ दाइ ,दाईले भन्नुभयो अलि अलि भित्र पोलिरहेको छ केही नमान्नु मलाई ठिक हुन्छ साथीहरूलाई राम्रो संग उपचार गर्नु लडाइँ लड्दै छन साथी अवश्य जित हुन्छ भन्नुभएको थियो त्यसपछि उहालाई मेरो सिलिपिङ ब्याग ओछ्याएर अगाडि पठाइयो पछि फेरि मेरो भाइ सक्रिय घाइते भएर आयो मेरा आँखा आशुले समुन्द्र बनेका थिए चिन्ता लागिरहेको थियो भाइ सक्रियले मेरो खुट्टामा फन्क्क अंगालो हालेर दाइ म मरे भनेपछि मेरो मुटुले ठाँउ छोड्यो मन भक्कानियो भावनाहरु उथलपुथल भएर आए तर पनि आफ्नो मन थाम्दै भाइ लाई सान्त्वना दिए केही हुदैन ठिक हुन्छ भने तर भाई को पेटमा गोलि लागेर छियाछिया भएको थियो आन्द्रा भुँडी निस्केको थियो अलि अलि सकेजती पट्टी गरेर सुरक्षीत स्थान तिर पठाईयो ! लडाइँ पनि सकियो लडाइँ बाट फिर्ता हुने आदेश आयो पछि GPMG group , HP group र कमान्डर ग्रुप अन्तिममा फर्केर गयौं !
जाँदै गर्दा विच बाटोमा दुई जना घाइते लाई रोकेर राखेका थिए पछि उहाँहरूलाई चेकजाँच गर्दा vital sign केही भेट्टाउन सकिएन नाडी ,रक्तचाप,स्वासप्रस्वास ,रक्तसंचार र तापक्रम छैन उहाँको मृत्यु भईसकेको थियो ! बटालियन कमान्डर क.प्रहार, सेक्सन कमान्डर क. सक्रिय थिए उहाँको उच्च बलिदान माओवादी जनयुद्धको पहिलो उच्च बलिदान हो अहिलेसम्म जनमुक्ति सेनाले गरेको बलिदानको सबभन्दा ठुलो शाहदत्त हो !यो शाहदत्तले सिङ्गो पार्टी पंक्ति जनमुक्ति सेनालाई अपुरणिय क्षति भयो हामी सबैलाई स्तब्ध बनायो उहाँको दासंस्कार गरियो सात राउन्ड SLR बाट सलामी दियो ! नरुने कोहि भएन ब्युरो इन्चार्ज प्रभाकर ,सुदर्शन ,राकेश ,गुणराज लोहनी क मुकुन्द ,ओम शर्मा ,उत्तम लगायत नेताकार्यकर्ता हरुले उहाँको पार्थिक शरीर माथि नेकपा माओवादी को झण्डा ओढाएर अन्तिम संस्कार गरिएको थियो ! क. प्रहार साह्रै सरल स्वभावका हुनुहुन्थ्यो उहाँ लगायत सम्पुर्ण सहिद हरुको श्रद्धाञ्जली सभा डोटीको ओखलढुंगा भन्ने ठाँउमा भयो उहाँकि जिवनसंगिनी क. त्रिवेणि ले सहिदको सपनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो उहाँ कि एक छोरी पनि छन् कामरेड प्रहारले युद्धको समयमा सोन्नी रेडियो मात्र बजाउनु हुन्थ्यो त्यही सोनि रेडियोको नाम बाट छोरीको नाम पनि सोनि राख्नुभएको थियो आखाको नानी मुटुको ढुकढुकी क प्रहार लाई कहिल्यै बिर्सिने छैन !वीर सहिद-लाल सलाम।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु