नागरिक राज्यका आधारभूत सिद्वान्त – युवराज सफल

२०७१ मंसिर १९ गते, शुक्रबार


एक्काइशौँ शताव्दी नागरिक युग हो । हामी आज नागरिक युगमा छौँ । यस अवस्थामा हामीले जति चाँडो नागरिक राज्यको प्रत्याभूति गर्न पाउनु नै नागरिकको सौभाग्यहो । आज दुनियाँ भर नै नागरिक राज्यको बारेमा बहश्ा छलफल र विचार विर्मश हुने गरेको छ । आजसम्म नेपाली नागरिकले नागरिक राज्यको आभास महशुस गर्न पाएका छैनन् । कहिले लिच्छवि वंश ,कहिले किराँत वंश ,कहिले मल्ल वंश ,कहिले राणा वंश त कहिले शाह वंशले एकलौटी शासन गरे । उनीहरुको त्यो शासन कालमा नेपाली नागरिकले कहिले पनि नागरिक राज्यको स्थापना भएको देख्न र भोग्न पाएनन् । सदा र्सवदा आम नागरिकहरु उनीहरुकै दास भएर वस्न विवश भए , नागरिक अधिकार देखि अरु विभिन्न कुरा पाउन वाट उनीहरु वञ्चित भएका थिए । अत नागरिक राज्य भनोको केहो – र नागरिक राज्यका आधार भूत सिद्वान्त के के हुन भन्ने वारे संक्षेपमा चर्चा गरौँ ।
नागरिक राज्यको परिभाषा
सामान्यतया जून देशका नागरिकले पूण् रुपमा नागरिक हक ,अधिकार र त्यसको प्रत्याभूति गर्न पाउछन् अथवा उनीहरुको समान अस्तित्वको कदर हुन्छ त्यस्तो राज्यलाई नागरिक राज्य भनिन्छ । नागरिक राज्यमा नागरिकका हरेक कुराको कदर हुन्छ । त्यहाँ सबै नागरिकले समान रुपमा न्याय पाएका हुन्छन् । त्यस्तो राज्य नागरिक राज्य हो जहाँ आम नागरिकले राज्यको हरेक तह र तप्कामा समान रुपमा अवसर र अधिकार पाएका हुन्छन् । नागरिक राज्यमा कुनै पनि कुरामा विभेद हुदैन र त्यस्तो प्रकारको असमान व्यवहार पनि गरिन्न त्यो नै नागरिक राज्य हो । नागरिक राज्यको नागरिकहरु नौ र्सवशक्तिमान हुन्छन् । नागरिकले जे चाहन्छन् त्यो नै हुन्छ ।
न्ाागरिक राज्यका आधारभूत सिद्वान्त
विना आधार नागरिक राज्यको स्थापना हुन सक्दैन । नागरिक राज्यको स्थापना हुन केही आधारहरु चाहिन्छ ।अथवा केही सिद्वान्तहरु चाहिन्छ । नागरिक राज्यको स्थापना हुन चाहिने सिद्वान्त नै नागरिक राज्यका आधारभूत सिद्वान्त हुन । नागरिक राज्यका आधारभूत सिद्वान्त बारे संक्षेपमा चर्चा गरौँ ।
क.नागरिक अधिकारको सुनिश्चितता
नागरिक राज्यको पहिलो आधारभूत सिद्वान्तको रुपमा नागरिक अधिकारको सुनिश्चितता हुनु नै हो । जून देशका नागरिकले समान रुपामा नागरिक अधिकार पाउछन् समान रुपमा जिउने अवसर पाउछन् त्यो राज्य नै वास्तवमै नागरिक राज्य हो ।
ख. नागरिक न्यायलयको स्थापना
नागरिक राज्यको अर्को आधारभूत सिद्वान्त भनेको नागरिक न्यायलयको स्थापना हुनु हो । राज्यमा बसोवास गर्ने सम्पूण् नागरिकले समान रुप्ामा न्याय पाउनु नै नागरिक न्यायलयको प्रमूख सफलता हो । तर हाम्रो देशमा आज सम्म नागरिक न्यायलयको स्थापना हुन सकेको छैन । न्याय क्षेत्रलाई पहँुचवाला हरुले पैसा ,पद र शक्तिको आडमा किनेवच गरी न्याय क्षेत्रलाई प्रभावित पार्ने काम गरेका छन् । उनीहरुले जस्तो सुकै अपराध गरे पनि हतपत्त उनीहरुमाथि छानविन नहुने छानविन पश्चात दोषी देखिएपनि उनीहरु पैसा ,पद र शक्तिको चरम दुरुपयोग गरी सजिलै कार्वाहीबाट बच्ने गरेका छन् । जस्तो कि हिजो राणा शासन कालमा राणाहरुमाथि कसैले छानविन गर्न र कार्वही गर्न सक्दैनथ्यो , तत्कालीन पञ्चायत कालीन राजाहरुलाई पनि कसैले छानविन गर्न र कार्वाही गर्न नसक्ने कुरा संविधानमा उल्लेख थियो । त्यस्तै गरी देशमा बहुदलको स्थापना भएपछि सत्ता र शक्तिको चरम दुरुपयोग गरी अकूत सम्पत्ति कमाएर देश जनतालाई बर्वाद पार्ने कथित राजनीतिक पार्टी नेताहरुलाई कसैले पनि कार्वाही गर्न सकेनन् । उनीहरुले गरेको अन्याय अत्यचारलाई आम नागरिकले सधैँ सहेर बस्न पर्ने देखियो । पछि फेरि अख्त्ियार र सेनालाई जे गरी पनि छुन नसकिने छानविन गर्न नसकिने भन्ने कुरा संविधानमा लेखियो । राज्यको प्रमूख अंगलाई गल्ती गर्दा कार्वाही नसक्ने भनी संविधानमै उल्लेख भएपछि यहीवाट नागरिक न्यायलयको स्थापना भएको छैन भन्ने कुरा प्रमाणित हुन्छ । आज पनि नेपालमा सैनिक शासन छ ,यदि सैनिक शासन छैन भने सेनाले गल्ती गर्दा सेनालाई छानविन गर्ने र कार्वाही गर्ने निकायको किन स्थापना हुन सकेन -अहिले देखाइएको लोकतन्त्र त सैन्य शासनभित्र केवल सैन्य शासनको असल अनुहार छोप्न लगाइएको मूखुण्डो शिवाय केही हैन । कुन नेताले भन्न सक्दछन् नेपालमा लोकतन्त्र आएको छ ,लोकतन्त्र र विदेशीको आँखामा छारो हाल्न मात्र भनिएको हो । नेपालमा कुन चाँहि सरकार प्रमूखले सेनावारे बोल्ने कोशिस गरेका छन् अपवाद बाहेक – त्यस्तै अख्त्ियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले करोडौँ खाने र खुवाउने कार्य गरेका छन् ,तिनलाई कसले कार्वाही गर्ने -तर्सथ अब अपराध गर्ने जो सुकैलाई पनि कार्वाही गर्न नागरिक स्तरमा नागरिक न्यायलयको स्थापना गर्न पर्छ । नागरिक न्यायलयले कसैलाई पनि छाड्ने छैन सदा र्सवदा नागरिक तहवाट खवरदारी र कार्वाही गरिरहनेछ ।
ग. नागरिक अनुसन्धान आयोगको स्थापना
देशमा व्यापक अनियमितता ,भ्रष्टाचार ,शक्ति ,पदको दुरुपयोग लगायतका घटनाहरुमा वृद्वि भएका छन् । विभिन्न घटनामा दोषी भएकाहरुले आजसम्म कार्वाही भोगेका छैनन् । अत अभियोग लागेकाहरुलाई नागरिक स्तरवाट छानिविन गरी दोषीहरुलाई कडा कार्वाही गर्न नागरिक अनुसन्धान आयोगको गठन गर्न पर्छ ,यो नागरिक अनुसन्धान आयोग यति शक्तिशाली हुन पर्छ कि यसले गल्ती गर्ने सामान्य नागरिक देखि राष्ट्रपति ,प्रधानमन्त्री ,प्रधानन्याधिश ,प्रधान सेनापति लगायत उच्च पदस्थ अधिकारीहरुलाई समेत छानविन र कार्वाहीको दायरामा ल्याउन सक्नेछ । अब बन्ने संविधानमै नागरिक अनुसन्धान आयोगको गठन सम्बन्धी प्रावधान राखिनु पर्छ । अपराध गर्ने अपराधी नै हो चाहे त्यो जस्तो सुकै उच्चपदस्थ व्यक्तिनै किन नहोस् यदि हामी नागरिक राज्यमा विश्वास गर्र्छौँ भने तिनीहरुले पनि सजायको भागिदार हुन पर्छ ,नागरिक अनुसन्धान आयोगले त्यस्ताहरुलाई पनि कार्वाही गर्न सक्नु पर्दछ । नागरिक अनुसन्धान आयोगको स्थापना गर्नु पनि नागरिक राज्यको आधारभूत सिद्वान्त हो ।
घ. नागरिक सरकारको स्थापना
नागरिक राज्यको स्थापना हुनको लागि नागरिक सरकारको स्थापना हुनपर्छ । नेपालमा आजसम्म नागरिकहरुले सरकार संचालन गर्न पाएका छैनन् । नागरिको मत लिएर सरकारमा गएकाहरुले नागरिकको हितभन्दा बाहिर गएर काम गरेका उदाहारण हामीले देखि र भोगि सकेका छौँ । नागरिकको स्थार्थभन्दा पनि विदेशीको स्वार्थमा केन्द्रीत भई कार्य गर्न हाम्रा सरकार तथा सरकार प्रमूखहरुको ध्यान गएको छ । जति सरकार बनेपनि कसैले पनि आम नागरिकको हकहितको लागि कार्य गरेको देखिँदैन । आम नागरिकहरु आजसम्म पनि अनेक पीडा भोगेर जिउन विवश भएका छन् । उनीहरुको समस्या ज्यूका त्यू छन् । तर्सथ अब आम नागरिकको हितमा हुने गरी कार्य गर्न आम नागरिकको नेतृत्वमा नागरिक सरकारको स्थापना हुनपर्छ । दलीय सरकारले दलगत स्वार्थभन्दा माथि उठ्न सकेन ,चरम भ्रष्टाचार ,अनियमितता लगायतका कार्यहरुमा उनीहरुको ध्यान गयो भन्ने कुरा उनीहरुको व्यवहारवाट नै प्रष्ट भई सक्यो । नागरिकको हकहितको रक्षा गर्न तथा उनीहरुलाई साँच्चिकै सरकार भएको अनुभूति दिलाउनको लागि पनि हाम्रो देशमा नागरिक सरकारको स्थापना गर्न पर्छ । यसका लागि आम नागरिक सचेत र जागरुक हुन पर्छ ,पटकपटक अरुलाई जिताएर राज्य संचालनको तहमा पुर्याउने नागरिकहरुले अब भने आफैँले राज्य संचालनको जिम्मा लिन पर्छ ,आफ्नो लागि आफैँ गर्न पर्छ अझै पनि कसैको आड र भरोसामा बाँच्न खोज्नु मूखता शिवाय केही हैन ,यस कुरामा सचेत नागरिकको ध्यान जाओस् ।
ङ. नागरिक सहायता कोषको स्थापना
आम नागरिकहरु विभिन्न समस्यावाट आक्रान्त भएका हुन्छन् । उनीहरुले विभिन्न समस्या भोग्दै कहाली लाग्दो जीवन विताई रहेका हुन्छन् । अनेक विपत र विपत्तिवाट ग्रसित नागरिकले त्यसवखत राज्यवाट साथ सहयोगको अपेक्षा गरेको हुन्छ ,यदि यस्तो बेलामा राज्यले नागरिकलाई केही दिन सकेन भने पक्कै पनि आम नागरिकमा चरम निराशा पैदा हुन्छ । अत पीडामा परेका तिनै नागरिकलाई राहात दिन पनि नागरिक सहायता कोषको स्थापना गरिएको हुन पर्छ । पीडा ,अभाव र क्षतिको मूल्यांकन हेरेर उनीहरुलाई राहात तथा सहायता दिन सकिन्छ । अत नागरिक सहायता कोषको स्थापना गर्नु पनि नागरिक राज्यको आधारभूत सिद्वान्त अर्न्तर्गत नै पर्दछ ।
च. नागरिक सुरक्षा बलको स्थापना
नागरिकको पहिलो प्राथमिकता भनेको सुरक्षा हो ,जब कुनै नागरिकले भयमूक्त वातावरणमा जिउन पाउदैन भने त्यस्तो राज्यलाई नागरिक राज्य भन्न सुहाउँदैन । नागरिक राज्य हुनलाई नागरिकको सिंगो सुरक्षा गर्न नागरिक सुरक्षा बलको स्थापना गर्न पर्छ । नागरिक सुरक्षा बलले निष्पक्ष रुपमा आम नागरिकको सुरक्षा गर्न सक्दछ । बर्तम्ाान समयमा आम नागरिकले सुरक्षा निकायावट चाहे अनुसारको सेवा सुविधा पाएका छैनन् । पहुचवालाहरुले नै पद ,पैसा र शक्तिको आडमा सुरक्षाको चरम दुरुपयोग गरि रहेका छन् । भ्रष्ट ,गद्वार र अन्य विकृतिमा लागेकाहरु अहिले पनि कडा सुरक्षा घेरामा बसि रहेका छन् भने अन्यायको विरोध गरी न्यायको पर्खाईम्ाा बसेका नागरिकहरु भने आज अनेक डर ,धाक ,धम्की र त्रासवाट पीडित भएका छन् । तर्सथ सिंगो नागरिकलाई शान्ति ,सुरक्षा र अमनचयनको अनुभूति दिलाउनको लागि नागरिक सुरक्षा बलको स्थापना गर्नुपर्छ । नागरिक सुरक्षा बलको स्थापना पनि नागरिक राज्यको आधारभूत सिद्वान्त भित्र नै पर्दछ ।
छ. नागरिक विकास प्राधिकरणको स्थापना
नागरिक राज्यका सबैभन्दा माथिल्लो दर्जामा रहने कुरा हो । राज्यमा नागरिक भन्दा ठूलो अरु कोही हँुदैन भन्ने कुरा विश्वव्यापी मान्यता हो । तर्सथ नागरिकको चौतर्फी विकासको लागि नागरिक विकास प्राधिकरणको स्थापना गरिनुपर्छ । नागरिक हरेक हिसावले सक्षम ,सवल र सशक्त भएको खण्डमा मात्र देश समृद्व हुन्छ ,देश समृद्व हुन नागरिक समृद्व हुन पर्छ । अत नागरिक राज्यमा नागरिक विकास प्राधिकरणको स्थापना गरिनु पर्छ । प्रत्येक नागरिकको चौतर्फी विकासको लागि नागरिक विकास प्राधिकरणको अपरिहार्यता देखिन्छ । अत नागरिक राज्यको आधारभूत सिद्वान्त मध्ये नागरिक विकास प्राधिकरणको स्थापना पनि एक हो भन्दा फरक नपर्ला ।
निश्कर्षा यो भ्ान्न सकिन्छ कि पहिला संसार भरी बसोवास गर्ने नागरिकहरुमा सचेतना आउन पर्छ । नागरिकहरु सचेत हुन पर्छ ,आफ्नो अधिकार लिनको लागि जागरुक र संर्घषाशिल बन्न पर्छ । जुन दिन संसारका नागरिकहरु स्वत स्फूत रुपमा अधिकार प्राप्तिको लागि संर्घषामा उत्र्नछन् ,व्रि्रोह गर्छन् र त्यो सफल व्रि्रोह पछि उनीहरुको जित हुन्छ ,त्यही जितको खुसियाली सँग्ौ उनीहरुले माथि उल्लेखित कुराहरु सहितको नागरिक राज्यको घोषणा गर्नेछन् । त्यो दिन अर्बौँ नागरिकहरुको खुसियालीको दिन हुनेछ ,विजय ,उल्लास ,उमंग र सफलताको दिन हुनेछ । त्यही दिन कथित शासकहरुको र्स्वर्गमा विनाशको आगो लाग्नेछ अनि आम नागरिकको हितमा हुने गरी नागरिक राज्यको घोषणा हुनेछ । आसा गरौँ आजैको दिनदेखि विश्वभरका नागरिकहरुमा नागरिक राज्यको स्थापना गर्ने सोचको विकास होस् ,नागरिक राज्यको स्थापना गर्न नयाँ चेतना र जागरणका सन्देशहरु प्रवाह हुन मेरो पनि यही शुभकामना । चाडैँ नागरिक राज्यको स्थापना होस् । जय नागरिक वाद ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु