‘देश’ माफियाको कब्जामा – युवराज सफल
भन्न त देशमा लोकतन्त्र मात्र हैन गणतन्त्र नै आएको छ भनिन्छ । प्रत्येक व्यक्तिको मूखवाट यो गणतन्त्रले केही दिएन भन्ने गुनासा सुनिन थालेको छ । गणतन्त्रको नाममा आज छाडातन्त्र ,लुटतन्त्र ,भद्रगोल र अस्तव्यस्तता छाएको छ । खासमा यो देश नेपाल कसले चलाई रहेको छ त भन्ने कुरा स्वयंम नेपाली नागरिक त के आफूले मूलुक हाँकी रहेको दावी गर्ने राजनीतिक पार्टीलाई समेत यो देशको शासन सत्ता देखि दैनिक प्रशासनिक कार्य कसले ,कसरी र कसको इसारामा चलाई रहेको छ भन्ने कुरा थाहा छैन । त्यही भएर होला कुनै बेला चर्चित शाहीकालीन एक मन्त्रीले देश त पशुपतिनाथले चलाएका रहेछन् भनेका थिए । नेपालको सरकार गठन देखि एउटा शौचालयको निर्माण गर्ने काम सम्म अब बाहिरकै इशारामा गर्न थालिएको छ । आज कुन प्रशासनिक केन्द्रवाट कसले के सेवा सुविधा पायो या कसले के गर्यो भन्ने कुरा आम नागरिकलाई त के ती प्रशासनिक निकायका हाकिमहरुलाई समेत थाहा हुन छाडेको छ । भित्र भित्रै कालावजारी गरिएको छ , देश र नागरिकलाई गुमराहमा राखेर काम गर्ने गरिएको छ । यसवाट के प्रष्ट हुन्छ भने देश माफियाको कब्जामा छ । भित्र भित्रै माफिया संजालले नेपाललाई धमिराले खाएको काठ झै खोक्रो पारी खाएको छ । तर पनि आजको दिनसम्म त्यो माफियातन्त्रलाई तह लगाउन सरकारी निकाय , राजनीतिक पार्टी नागरिक समाजले कुनै चासो दिएका छैनन् । बरु सरकार र राजनीतिक पार्टी कसरी माफियालाई संरक्षण गर्न सकिन्छ भन्ने खेलमा लागेका छन् र माफियासँग मिलेर करोडौँ रुपैयाँ कसरी हात पार्ने भन्ने धुनमा समेत लागेका छन् ।
यतिखेर देशमा स्वास्थ्य , शिक्षा ,यातायात ,भौतिक पर्ूवाधार तथा निर्माण ,सूचना तथा संचार ,वन तथा जमिन पेट्रोलियम पर्दाथ लगायतका कुराहरुमा प्रत्यक्ष माफिया हावी भएका छन् । आजको दिनसम्म माफियाहरुले आफ्नो संजाल जोडका तोडसम्म विस्तार गरेका छन् । माफियाको चपेटामा सिँगो देश नै परेको छ । माफियाहरुले एक पछि अर्को वितण्डा मच्चाउँदै आएका छन् । देशमा माफियाान्त्र हावी भएको छ । माफियो प्रत्यक्ष निर्देशनमा सरकारका प्रधानमन्त्री देखि मन्त्री र सचिवहरुले कार्य गर्दै आएका छन् । माफियाको दवावमा राम्रा कार्य गर्ने उच्च अधिकारीहरुको सरुवा गर्ने गरिएको छ त गद्वारहरुलाई आकर्ष ठाँउमा पोस्टिङ गर्ने कार्य गरिएको छ । आम माफिया प्रवृतिको विरोध गर्नेहरुलाई सरकारले समेत पाखा लगाउने कार्य गरेको छ । माफिया तन्त्रलाई सधैँको लागि निमिट्यान्न पार्न भन्दा पनि माफियावाट कसरी करोडौँ असुल्ने भन्ने विषयमा सरोकारवालाहरु लागेका छन् । माफियासँग सरकारका वरिष्ठ मन्त्रीहरुले समेत अनावश्यक हिमचिम गर्नुले पनि माफियाहरुको मनोवल बढीरहेको छ भने आम नागरिकहरुको मनोवल पलप्रतिपल गिरिरहेको छ ।
माफियाहरुले देशव्यापी रुपमा आफ्नो संजाल विस्तार गरेका छन् । विभिन्न आवरणमा विभिन्न धन्दा चलाई रहेका छन् । माफियाको दादागिरीले सिंगो राज्य र नागरिक तर्सिएका छन् । जूनसुकै ठाँउमा पनि उनीहरुको हाली मुहाली छ । कसैले पनि उनीहरुको गलत हर्कत र क्रियाकलापलाई रोक्न खोजेको देखिदैँन । आफूलाई देशको रक्षक ठान्ने सरकार पनि माफियासँग लम्पसार परेको छ । माफिया संजालसँग झुक्ने र माफियाले जे जे भन्छन् त्यो मान्दै जाने प्रवृति देखा परेको छ । माफियाहरुले एउटा यस्तो नेर्टवर्क खडा गरेका छन् कि त्यो नेर्टवर्क भत्काउन न त यहाँका प्रशासकहरुले नै पहल गरेका छन् न त प्रहरीले नै । उल्टै यहाँका प्रशासक र प्रहरीहरुले नै माफियाहरुलाई जोगाउने ,उन्मूक्ति दिने र संरक्षण गर्ने कार्य गरेका छन् । सरकारी संयन्त्रबाट नै संरक्षण प्राप्त गरेपछि माफियाहरु भ्fmन् हषिर्त भएका छन् तर आम नागरिकको कुरा कसले सुन्ने र उनीहरुको पीडा कसले बुझने – नागरिकले नागरिक राज्यको अनुभूति कहिले गर्न पाउने – अत नेपालमा हावी भएका विभिन्न माफिया ,तिनका हर्कत र तिनले देश अनि आम र्सवसाधारणलाई पारेका असर बारे संक्षेपमा चर्चा गरौँ ।
स्वास्थ्य क्षेत्रमा माफियाको जालो
न्ोपालको स्वास्थ्य क्षेत्र यतिखेर माफियाको जालोमा परेको छ माफियाको साङ्लोमा बेरिएको स्वास्थ्य क्षेत्रलाई उकास्न खासै कसैले चासो देखाएका छैनन् । माफियाहरुले पद ,पैसा र शक्तिको उन्मादमा मापदण्ड नपुगी विभिन्न स्वास्थ्य प्रतिष्ठानहरु खोलेका छन् । उनीहरुले न्यूनतम मापदण्ड समेत पूरा नगरी स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरु ख्ाोलि रहेका छन् । त्यस्ता स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरुमा विभिन्न कारण विरामी मर्ने तथा अन्य दुःख कष्टहरुको सामना गर्न परेको देखिन्छ । त्यस्तै केही स्वास्थ्य संस्थामा मानव अंगहरुको तस्करी गर्ने समेत देखिएको छ । विरामीको सेवा गर्ने नाममा मान्छेको ज्यान मार्ने संस्कार पनि हामीले भोग्दै आएका छौँ । अझ उपचारको क्रममा अप्रेशन गर्दा समेत डाक्टरको लार्पावाहील सयौँ विरामीको ज्यान गएको छ । स्वास्थ्य क्षेत्रको माफियाहरुले विभिन्न कमशल औषधीहरु समेत प्रयोगमा ल्याएका छन् । म्याद नाघेका र गुणस्तरहिन औषधी प्रयोग गरी विरामीलाई मृत्यूको मूखमा समेत पुर्याएका छन् ।
तर त्यस्ता माफियाहरुलाई कार्वाही गर्न खोज्दा ती माफियाहरुले विभिन्न हड्ताल तथा आन्दोलनहरु संचालन गर्ने तथा अन्य कार्यक्रमको समेत आयोजना गरी आफ्नो बद्मासी तथा कमजोरीलाई लुकाउने प्ा्रयास गरी रहेका छन् र देशको सरकार पनि तिनै माफियाहरुको आन्दोलन देखि तर्सिएर उनीहरुलाई माफी दिने र उनीहरुको क्रियाकलापमा साथ दिन पुगेको देखिन्छ । तर्सथ स्वास्थ्य क्षेत्र माफियाको शिकार भएको छ ।
यातायात क्षेत्रमा माफिया राज
आम नागरिकलाई छिटो छरितो रुपमा यातायात सेवा पुर्ायाउछौँ भनी स्थापना भएको विभिन्न यातायात कम्पनि तथा संस्था पनि आजको परिवेशमा माफियाको कव्जामा परेको छ । माफियाहरुले यातायात क्षेत्रमा पनि आफ्नो प्रभूत्व जमाई सकेका छन् । आज यातायात माफियाको कारण सिंगो यातायात क्षत्रमा डामाडोल भएको छ । माफियाकै कारण यातायात क्षेत्रमा भरपर्दो सेवा सुविधा दिन भनी स्थापना भएका यातायात कम्पनिहरुले कार्य गर्न समेत पाएका छैनन् तर माफिायाहरुको माफियातन्त्र नराम्रो सँग झाँगिएको छ । माफियातन्त्रको कारण आज नेपालको यातायात क्षेत्र उठ्नै नसक्ने गरी थला परेको छ ।
यातायात माफियाहरुले उठ्नै नसक्ने गरी यातायात क्षेत्रलाई तहश नहश र डामाडोल पार्ने कोशिस गरेका छन् र पारेका छन् पनि । आम र्सवसाधारणहरुलाई अनेक कष्ट र पीडा दिने गरेका छन् । विशेषत उनीहरुले अहिले यातायातमा सिण्डिकेट लागु गरेका छन् । आफूले मात्र एकलौटी यातायात साधन चलाउन थालेका छन् । स्वस्थ प्रतिस्पर्धा देखि डराएका छन् । क्षमता भन्दा बढी यात्रु राखेका छन् ,विभिन्न सडक दुर्घटनाहरु घटाएका छन् । यातायात माफियाहरुले जस्तो सुकैलाई पनि लाइसेन्स दिलाएका छन् । यस्तो कारणले गर्दा आज यातायात क्षेत्र पनि कथित माफियाहरुको चंगुलमा फसेको छ । माफियाहरुको कारण यातायात क्षेत्र डामाडोल भएको छ । तर आजको मिति सम्म सरकारले यातायात माफियाहरुलाई कार्वाही गर्न सकेको छैन । बरु उल्टै उनीहरुको आन्दोलनसँग झुकेर पटक पटक उन्मूक्ति दिने गरेको छ ।
भित्र भित्रै माफियाहरुले यातायात क्षेत्रमा खतरनाक अवस्था ल्याई सकेका छन् । उनीहरुलाई त्यस्तो कार्यमा सम्बन्धित मन्त्रालयको मन्त्री ,सचिव देखि अरु विभिन्न निकायले समेत साथ दिएका हुन्छन् । यदि जून मन्त्री ,सचिव र अन्य सम्बन्धित निकायका व्यक्तिहरुले माफिया अनूकुल कार्य गरेनन् भने उनीहरुको राजिनामा सरुवा लगायत कार्यमा माफियाहरु ल्ागि परेका हुन्छन् । यस्ता क्रियालकलाप हर्ेदा नेपालको यातायात क्षेत्रमा पनि माफियाले रा जगर्न थालि सकेको कुरा जून र घाम जतिनै र्छलङ्ग भएको छ । अब यी यातायात क्षेत्रका डन माफियाहरुलाई कसले कार्वाही गर्ने र नागरिक मैत्री यातायात व्यवस्थालाई कसले कार्यान्वयन गर्ने – प्रश्न आम रुपमा खडा भएको छ ।
शिक्षामा क्षेत्रमा माफिया हावी
हाम्रो देशको शिक्षा क्षेत्रमा माफियातन्त्र हावी भएको छ । शैक्षिक माफियाहरुले शिक्षा क्षेत्रलाई अस्त व्यस्त पारेका छन् । शैक्षिक अवस्थालाई डामाडोल पारी आफ्नो निहित स्वार्थ पूरा गरी रहेका छन् । शैक्षिक क्षेत्रमा अनेक समस्या तथा उल्झन ल्याउन माफियातन्त्र हावी भएको छ ।माफियाहरुकै कारण गूणस्तरीय शिक्षा प्राप्त हुन सकेको छैन भने एकातिर विभिन्न नक्कली शैक्षिक संस्थान एवम् प्रतिष्ठानहरु खुली रहेका छन् । माफियातन्त्रकै कारण शिक्षा क्षेत्रमा सम्मानजनक तथा स्वस्थ प्रतिस्पर्धा हुन सकेको छैनन् । शिक्षा क्षेत्रका माफियाहरुले नक्कली शैक्षिक संस्था खोल्ने ,नक्कली र भ्रायूक्त पाठ्यक्रम पठन पाठन गराउने ,गूणस्तरहिन शिक्षा दिने ,परिक्षाका प्रश्नपत्रहरु ब्ााहिर आउट गर्ने जस्ता कार्यहरु गरेका छन् । तर शैक्षिक माफियाहरुको त्यो रवैयालाई रोक्न सरकार र सम्बन्धित निकायले चासो नदिदा सम्रग शिक्षा क्षेत्र बेहाल अवस्थामा पुगेको छ ।
भौतिक पर्ूवाधारमा माफिया साङ्लो
राष्ट्र तथा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष असर पार्ने गरी भौतिक पर्ूवाधारमा पनि माफिया साङ्लो रहेको छ । माफियाहरुले कमसल सामान प्रयोग गरी कमसल सडक तथा पूल बनाउने गरेका छन् । उनीहरुले गूणस्तरहिन सामान प्रयोग गरी गूणस्तरहिन रोड तथा पूलको निर्माण गर्ने गरेका छन् त्यस्ता बाटो तथा पूल बनाउदा करोडौँ रुपैयाँ कमिसन खाने गरेका छन् । जसका कारण आज सिँग्ाो नागरिकले पीडा भोग्न परिरहेको छ । भौतिक पर्ूवाधार तथा निर्माणमा माफियाहरुले ठूलो राज गरेका छन् ।उनीहरुले सिँगो निर्माणको कामको जिम्मा लिई रहेका छन् । आफ्नै ढंगले कार्य गरिरहेका छन् ।उनीहरुकै कारण आज देशभर कति पूल भत्किए तथा कति भत्कन थालेका छन् ।
उर्जा तथा तेल माफियाको रामकहानी
अहिले उर्जा तथा तेल माफियाहरुको पनि राइँदार्ँइ चलेको छ । उर्जा माफियाहरु ल्ाोड्सेढिङको नाममा करोडौँ कमाउने दाउमा छन् । नेपालमा लोडसेढिङ हँुदा त्यो बखत लाखौँ थान इर्न्भर्टरको व्यापार गर्न इण्डियन व्यापारीहरु ज्ाोडतोड्का साथ लागेका छन् । र त्यो इर्न्भर्टर बेचिदिए वापत आउने कमिसन खान नेपालका इर्न्भर्टर व्यापारीहरु ज्यान छोडेर लागेका छन् ।त्यस्तै नेपालका तेल माफियाहरु प्नि तेलको कृत्रिम हाहाकार ल्याई ठूलो मात्रामा तेल तस्करी गरी पछि महंगो मूल्यमा बेच्न र आम उपभोक्तालाई ठग्न तेल माफियाहरु ल्ाागि परेका छन् । उनीहरुले तेलमा पटक पटक मूल्यवृद्वि गर्न र आम र्सवसाधरणलाई ठग्ननै आफ्नो धन्दा तथा पेशा ठानेको हुन सक्छ । अत यस्ता माफियाहरुलाई चाँडै कार्वाही गरिनु पर्दछ ।
बनमा माफियातन्त्र
हरियो बन नेपालको धन भन्ने पूरानो उखान यतिखेर सच्चिएर हरियो बन तस्करको धन भन्ने स्थितिमा पुगेको छ । बन माफियाहरुले जथाभावि रुख काट्न अवैध रुपमा विभिन्न गतिविधि अगाडि बढाएका छन् । थुप्रै जंगलहरुलाई विनास गरी रहेका छन् ,जंगललाई कमाई खाने भाँडो बनाएका छन् तर यो सब देख्दा देख्दै हाम्रो देशको सरकार बन माफियाहरुलाई कार्वाही गर्नवाट एक हिसावले पछि हटेको छ । बन माफियाहरुले सिंगो बनमा तस्करी गरिरहेका छन्
।