नेकपा माओबादी किन ? – सन्तोष बुढा मगर
नेकपा-माओबादीको बिभाजनबाट निश्चय कोही पनि खुशी छैनन् । स्वयं हामी बिप्लब पक्षका साथीहरु पनि खुशी मनाउ गरेका छैनौं, तर यो बाध्यता हो र इतिहासको आवश्यकता हो, भन्ठानेका छौं । कतिपय निर्ण्रारु मन नलाग्दा नलाग्दै पनि इतिहासको आवश्यकताले कदम लिनु पर्ने हुँदो रहेछ । हाम्रो राजनीतिक जीवनमा ३ बर्षभत्र लागालागै दुइ दुखद बिभाजनका घटनाहरु आफैले बेहोर्नु पर्ने भयो । यस पटकको पहलकर्ता मध्ये म पनि एक हो । अघिल्लो पटक प्रचण्डसंगको सम्बन्ध बिच्छेद गर्दा पनि हाम्रो महत्वपूण् भूमिका थियो, तर म पहिलो पहल गर्ने समुहमा थिएन तर यस पाली आबश्यकताले पहिलो समुहमा नै राखीदियो । किन हामीले बिश्वास गरेको क. मोहन बैद्य -किरण)को पार्टीबट पनि अलग हुनु पर्यो ?यो किन गर्यौं ? यो महत्वपूण प्रश्न हो । यसलाई लिपीबद्ध गर्न र केही प्रत्याउन आबश्यक छ । अनेक कोणबाट आउने भ्रम र अन्यौलताबाट क्रान्तिकारी जनता र कार्यकर्ताहरुलाई मुक्त पार्नु क्रान्तिको जिम्माबारी हो ।
१० बर्षो जनयद्धको बिधिवत समाप्ती पछि एकिकृत माओबादी भित्र क. बाबुराम भट्टर्राईको दक्षिणपन्थी अवसरबादी लाइन र पछिल्लो चरणमा खास गरी चुनबाङ बैठक पछि क. प्रचण्डको नवसंशोधनबादी बिचार र मध्यपन्थी लाइनका बिरुद्ध लामो भित्री संर्घष पछि २०६९ साल आषाढ ४ गते बौद्ध भेलाबाट क. किरणको नेतृत्वमा एकीकृत माओबादीबाट सम्बन्ध बिच्छेद गरी नेकपा-माओबादी नामको अर्को माओबादी घोषणा गर्ने पनि स्वयं हामीहरु नै थियौं । त्यस बेला यसको नेतृत्व गर्ने पहिलो समुहमा क. किरण, क. गौरव, क. देब गुरुङ, क. बिप्लव लगायतका कमरेडहरु हुनु हुन्थ्यो । यसमा पनि क. बिप्लवको बिशेष भूमिका थियो । त्यस बेला पनि केही कमरेडहरु लर्याङ फर्याङ गर्दै बार्गेनिङ गर्ने वा अलग्ा भएर पनि संबिधानसभा वरपर फन्को मार्न खोज्ने चिन्तन र प्रबृत्ति बेला बेलामा झुल्कीरहन्थ्यो । यस प्रकारको नदेखिंदो अवसरबादका कारण यो पछिल्लो बिभाजनलाई अनिबार्य तुल्यायो ।
पहिलो पटकको बिभाजनका प्रमुख कारणमा तत्कालिन नेतृत्व क. प्रचण्डको बर्ग बिचलन, बर्ग दुश्मन सामु आत्मर्समर्पण र र्सबहारा बर्गप्रति गद्धारी, पार्टीीकताको नाममा पार्टीीत्र बिजातीय तत्वहरु हुली पार्टीको नेतृत्व पंक्तिमा दक्षिणपन्थी अवसरबादीहरुको बहुमत र हालीमुहाली बनाई जनसत्ता, जनपमुक्तिसेना, र संबिधानसभाको बिघटन र बिर्सजन, रगतले सातेर ल्याएका हतियारहरुको र्समर्पण गरी जनयुद्ध र समग्र नेपाली क्रान्ति कै समापन गर्नु रहेको छ । दोस्रो बिभाजनमा यसको नयाँ संस्करणको रुपमा छद्म नवसंशोधनबाद जो रुपमा नवसंशोधनबादको कट्टर बिरोधी जस्तो तर सारमा घोर दक्षिणपन्थी रुझान, सशस्त्र क्रान्ति कै बिरोध गर्ने, संसदबादपरस्त गतिबिधि, सूचनाको चुहावत, दक्षिणपन्थी नवसंशोधनबादसंगको साँठगाँठ, पदाधिकारी र पीबीमा दक्षिणपन्थी अवसरबादको हालीमुहाली, यस्तो अवस्थामा पार्टीीत्र क्रान्तिकारीहरु रहिरहनुको औचित्य र नैतिकता नै नभएकोले यसो गर्नु बाध्यात्मक कदम बन्न पुग्यो ।
अहिले क. किरणको नेतृत्वमा नेकपा-माओबादी गठन भएको ठीक २९ महिना पछि क. किरणको नेतृत्वबाट क. बिप्लब समुहले सम्बन्ध बिच्छेद गरेको छ । बिधिवत रुपमा यहि मंसीर ८ गतेका दिन तीन प्रमुख कारणहरु उल्लेख गरी एउटा आधिकारिक पत्र क. किरण कहाँ पठाएर आफूहरु ‘आजका दिनदेखि क. किरणको नृतृत्वको नेकपा-माओबादीबाट सम्बन्ध बिच्छेद गरी अलग भएको र अव उप्रान्त उक्त पार्टी नरहेका’ जानकारी गर्दै बिधिवत रुपमा ड्यास माओबादी बिभाजित हुन पुगेको हो । हामी क. बिप्लव पक्षधरहरु यसको लगतै यहि मंसीर ११ देखि १३ गते सम्म चितवनको शुक्रनगर ९ जप्कामा ३ दिन बैठक बसी पार्टीको नाम नेकपा माओबादी र क. बिप्लवको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरी यसको औपचारिक घोषणा मंसीर १५ गते काठ्माण्डौंमा पत्रकार सम्मेलन मार्फ गर्ने नयाँ निर्ण्र्ााा साथ बैठक सकिएको छ । यो बैठकले आगामी पौष २३ देखि २६ गते सम्म राष्ट्रिय सम्मेलन गर्ने निर्ण्र्ाासमेत गरेको छ ।
अलग पार्टर्ीीोषणा पछि हामीलाई धेरैले बाम खोलपभित्रको दक्षिणपन्थ, महत्वाकाँक्षी, निम्नपूँजीबादी अधर्ैयता र उग्रबादीको आरोप लगाए । हामी यसको जबाफ दिन आबश्यक ठानेनौ किन कि हामी न त उग्रबादी हौं न त महत्वाकाँक्षी न त हामी आरोप लगाए जस्तै अरु नै थियौं । हामीले त इतिहासले दिएको जिम्मेबारी पूरा गरेका मात्र हौं । इतिहासका खास खास घुम्तीहरुमा खास खास पात्र इतिहासले खोज्ने गर्दछ । यस बेला रिस्क मोल्न धेरै मान्छे तयार हुँदैनन् । यस बेला जसले जोखिम मोल्न वा चुनौतिको सामना गर्न तयार हुन्छ, त्यसलाई नसक्ने वा नगर्नेहरुले यस्तै अनेक आरोपहरु लगाउने गर्दछन् । यसैले यति बेला हामीले यति मात्र भन्छौं जसले जे भन्छ त्यो उसको परिचायक हो । दक्षिणपन्थीहरुले उग्रबादी देख्लान्, उग्रबादीहरु दक्षिणपन्थी देख्लान्, मध्यपन्थीहरु अकर्मण्यबादीहरुले अलमलता र दिशाबिहिन देख्ने, संसदबादीहरुले आतंकबादी, अहिंसाबादीहरु हिंसाबादी देख्ने कुरो अनौठो होइन । यो जुन कोणबाट हेरिन्छ त्यस्तै देखिन्छ । को के हो – के हुन्छ – भन्ने कुरा त परिणाम पछि मात्र थाहा हुने कुरा हो । परिणाम आउनुभन्दा अगाडि लगाइने आरोपहरु या त प्रतिशोधका चितकार, कुण्ठा, आत्मग्लानी र आत्मसुरक्षाबादका परिचायक मात्र हुन् या मनगढन्ते मनोगत अलाप मात्र हुन् । यी आशंका, संत्रास र भ्रम सिर्जना गर्न योजनाबद्ध रुपमा गरिने प्रचार मात्र हुन् । हामी क्रान्तिकारीहरु हरेक प्रकारका अवसरबाद र भड्कावबाट र्सतर्क छौं र हर कदम सचेत हुन जरुरी छ ।
प्रचण्डबाट ब्रि्रोह गरेर आए पछि हामी किन प्रचण्डबाट ब्रि्रोह गर्यौं – यसको पुष्टि पनि गर्न सकेनौं । धेरैले के भन्ने गरेका छन् भने पार्टी फुट्यो भने क्रान्ति हुँदैन । क्रान्तिका लागि पार्टीफु’ट्नु हुँदैन सग्लै हुनु पर्दछ । यो आम जनमानसको धारणा हो । सामान्य कार्यकर्ता पंक्तिको धारणा पनि यहि हुन्छ तर जब ब्यवहारमा -क्ष्ल एचबतष्अभ) देख्छौं, कहिं क्रान्ति भएको छ भने कहिं न कहिं पार्टीफुटेर क्रान्ति भएको छैन । २०५२ सालमा पार्टीुटेर नै जनयुद्ध संभव भएको हो । २०२८ सालमा झापेली समुह अर्थात तत्कालिक पूर्बी प्रान्तीय कमिटीले सिङ्गो पार्टीसग सम्बन्ध बिच्छेद गरेर मात्र झापा ब्रि्रोह गरे । लेनिनले बोल्सेभिक पार्टीबनाएको भए मेन्सेभिकले कहिल्यै क्रान्ति गर्न दिने थिएनन् । कमरेड माओले पनि लिलिसान, वाङमिङहरु, चाङ्कोथाओसंग अलग नभएर शहर मै लडिरहेको भए चिनियाँ क्रान्ति संभव थिएन । चारु, गोञ्जालो लगायतले पनि यसरी नै क्रान्ति गरे । सफलता र असफलताको कुरा अर्कै कुरा हो । यदि २०५१ सालमा सूचनाको चुहावत गरिरहने र ब्रि्रोहको लाइनको वकालत गर्दै जनयुद्धको लाइनका बिरुद्ध सचेत रुपले भित्री कुराहरु बाहिर एक्सपोज गर्ने काम भैरहेको अवस्थामा जनयुद्धको कार्ययोजना लागु हुन संभवै थिएन । अहिले पनि जनब्रि्रोहको लाइनमा उभिएका कमरेडहरु एकिकृत क्रान्तिका पक्षमा थिएनन् । ५ जना शिर्षनेताहरुका बीच भएका गोप्य कुराहरु पनि गोप्य नरहने र कुनै न कुनै रुपबाट दुश्मन कहाँ पुग्ने अवस्था हाम्रो पार्टी बिद्यामान थियो । यो ०५० सालको लामाहरुको अर्को संस्करण जस्तै बनेको थियो । यो अवस्थाबाट केही गर्न नसकिने देखिए पछि भावी क्रान्तिको रक्षा र ठूल-ठूला क्षतिबाट पार्टी क्रान्तिलाई बचाउन पनि यो कदम लिनु पर्ने भयो ।
अध्यक्ष र महासचिव लगायतका कमरेडहरु क्रान्तिको कार्यदिशा तय गर्ने भन्दा पनि ब्रि्रोहको कार्यदिशाबाट एकिकृत माओबादीसंग नजिकिने रणनीति लिए पछि क. बिप्लवले यसका बिरुद्ध अहिले एकता होइन क्रान्तिको कार्यदिशा तय गर्नु पर्छ भनी एकिकृत क्रान्तिको कार्यदिशा नामको दस्ताबेज ल्याउनु भयो । यसमा सिनियर कमरेडहरु नयाँ ल्याउन र सोच्न पनि नसक्ने र आफूभन्दा जुनियर कमरेडले ल्याए पछि आफूहरु पछि परेको ग्लानीबोधका साथ अनर्गल लान्छना महात्वाकाँक्षा र ब्यक्तिबादी, एक्लेबीर जस्ता आरोप भिराएर आत्मरति लिने काम भएको छ । बिप्लव कमरेडले वहाँहरुलाई सधैं सम्मान गरेर आउनु भयो । नेता मानेरै आउनु भयो । नयाँ गर्नु हुन्छ, ल्याउनु हुन्छ भनेर अपेक्षा गरेर, पर्खेर बस्नु भयो तर अपेक्षा अनुरुप वहाँहरुबाट यो दुइ र्ढाई बर्षो अवधिमा केही पनि नयाँ चीज लिनुभएन । यो हामी सबैको अपेक्षा थियो । जनताको, कार्यकर्ताको पनि अपेक्षा यहि थियो तर हुन सकेन । फलतः यसले नयाँ बिकल्प खाज्यो । नेतृत्वमा, कार्यदिशामा, कार्ययोजनामा नयाँ बिकल्प खोज्नै पर्ने भयो । यस बेला सापेक्षिक रुपले यो परिस्थितिलाई चिर्ने गरी जसरी क. बिप्लवले कार्यदिशाको बिकल्प दिनु भयो । यो नै एक मात्र बिकल्प बन्न पुग्यो । यसले क्रान्तिकारीहरुको मन जित्न सफल भयो । त्यसकारण यसलाई महत्वाकाँक्षी, ब्यक्तिबादी, उग्रबादी चिन्तन, अलमलता थिएन बरु त्यो अन्यौलता र अकर्मण्यता चिर्ने एक अनिबार्य अग्रगामी कदम थियो । किरण क. र बिप्लव क. को दस्ताबेजमा फरक यति थियो कि यथास्थितिमा बस्ने कि एक कदम अगाडि बढ्ने – दुइ दस्तावबेजको सार यति हो ।
क. बिप्लवको दस्ताबेजको सार यो यथास्थितिलाई चिरेर एक कदम अगाडि बढ्नु पर्छ भन्ने थियो । क. किरणको दस्ताबेज यथास्थितिमा बस्ने कि एक कदम पछाडि हट्ने – भन्ने अकर्मण्यताको बीच उभेको थियो । त्यो दस्ताबेजका पक्षधरहरुमा एक थरीका कमरेडहरुको चाहाना र ध्येय एकिकृत माओबादीसंग एकता गर्ने र संबिधानसभामा जाने थियो । अर्काथरी कमरेडहरुको मत एकतामा पनि तत्काल केही नमिली जान हुन्न र एक कदम अगाडि पनि तत्काल जान हुन्न पर्ख र हेरको नीति अपनाउने भन्ने थियो । यी तीन धार वा बिचार मतका बीच दर्ुइ दस्ताबेजमा मतान्तर भई पार्टर्ीी दर्ुइ लाइन संर्घष्ा चल्दै आयो । कतिपय कमरेडहरुले यसलाई अर्ढाई लाइनको संर्घष्ा पनि भने । किन भने बीचको मध्यपन्थी लाइन भनेको त्यो छुट्टै लाइन होइन । त्यो कहिले दायाँ ढल्कन्छ कहिले बायाँ ु ढल्कन्छ उसको नयाँ छुट्टै लाइन हुँदैन । त्यसैले त्यसलाई अर्ढाई लाइन भन्ने गरिन्छ । हाम्रो पनि ठीक यस्तै भयो । एकथरी कमरेडहरुको जोड कार्यदिशामा ब्रि्रोह, राजनीतिक कार्यनीतिमा गोलमेच सम्मेलन, संगठनमा एमाओबादीसंग एकता, संर्घष्ामा शान्तिपूण र निशस्त्र हुनु पर्छ भन्ने थियो । अहिलेसम्मका बखेडा र आरोपहरुको सार यति हो ।
कमरेड अध्यक्ष सहित कतिपय कमरेडहरुको जोड जसरी पनि पार्टीुट्न नदिने र क्रान्तिकारी पक्ष र दक्षिण धार प्रतिगमनको धारमा र्फकने बीच चोचोमोचो मिलाएर लैजाने थियो । वहाँहरुले कार्यदिशामा अत्यन्त धुलमुले र दोधारे नीति अपनाउनु भयो । वहाँहरु कहिले ब्याख्या वा बिश्लेषणमा जनयुद्ध तर संश्लेषणमा जनब्रि्रोहको गर्दै आउनु भयो । कहिले पहिले ब्रि्रोह गर्ने नसके पछि जनयुद्धमा जाने ब्याख्या गर्दै आउनु भयो । यसको कुनै सेट थिएन र ल्याइएन । अढाइ बर्षयसरी नै पार्टी अलमल र अकर्मण्यताको बीच अनाबश्यक बहसको भूमरीमा फस्यो । अर्काथरी कमरेडहरु त एकमिसे ब्रि्रोहरुको रटान गर्दै आउनु भयो । क. बिप्लवले यी दुबै कार्यदिशाहरुबाट ब्रि्रोह अर्थात क्रान्ति सफल नहुने तर्क सहित ‘एकिकृत क्रान्तिको कार्यदिशा’ पेश गरे पछि यो असंहिष्णु प्रकारको दुइलाइन संर्घष चल्यो । जसमा क. किरण बीचमा बसेर ब्रि्रोहको धारलाई काखी च्यापेर निषेधात्मक रुख अपनाउनु भयो यसको परिणाम सम्बन्ध बिच्छेद एक मात्र बिकल्प बन्न पुग्यो ।
यो कुरा स्मरणयोग्य छ कि अध्यक्ष क. किरण लगायतका क. हरुले आफूहरु यथास्थितिको घेरा पनि काट्न नसक्ने र काट्न खोज्नेलाई पनि घेराबन्दी गरेर अनुशासनको परंपरागत हतियार तेर्स्याउने गरेर पार्टीीत्र हुने संभाबित ब्रि्रोह रोक्ने तरिका अपनाए पछि ब्रि्रोहको तरिका परंपरागत खालको नभई नयाँ ढंगको हुन पुग्यो । यस पालीको ब्रि्रोह बौद्ध भेला गरेर गरिएन किन कि त्यो दोहोरिन नदिन सत्तापक्ष -बहुमतमा रहेका पक्ष ः यहाँ बहुमत भन्नुको अर्थ पदाधिकारी र पीबीमा र फुल सीसीमा माथि भनिएका दुइ प्रबृत्तिहरुको मोर्चा भनिएको हो) र्सतर्क थिए । यो एकिकृत क्रान्तिको सानो टइलर जस्तो भएको छ । किन कि एकिकृत क्रान्तिको कार्यदिशाले खोजेको नयाँपनको भाव पनि यस्तै हो । पुरानो तरिकाले गर्ने ब्रि्रोहलाई सत्तापक्षले गर्न दिदैनन् र नयाँ तरिकाले गर्दै जाँदा हाम्रो आफ्नै बिशेषतामा कुन तरिका अपनाउने त्यस बेलाका सत्तापक्षको रबैयामा भर पर्छ । अहिले नै सबै स्पष्टताको माग गर्नुको अर्थ सबै तरिकाहरु एक्सपोज गरेर दुश्मनलाई जानकारी गरी क्रान्ति गर्न नदिने मनसाय वा नियति छ भन्ने बुझनु पर्ने हुन्छ । नत्र दिन खाई फुलेका दाईहरुले यति कुरा नबुझने भन्ने हुँदैन । साँच्चै नबुझेको भए त यसलाई बैचारिक दर्रि्रता भन्नुपर्ने हुन्छ । कि त नियतिमा बुझनु पर्छ र यसलाई जानी जानी बंग्याउनेलाई संशोधनबाद वा नवसंशोधनबाद भन्नु पर्ने हुन्छ । कि त नभए नभएका कुरा उठाउने बिप्लब क.लाई पटमूख भन्नु पर्छ । र हामी वहाँ बिचारको र्समर्थन गर्नेहरु पनि मर्ूख नै हौ भनेर साबित गर्नु पर्छ । यसको जाँच्ने कसी ब्यवहार हो । एक पटक ब्यवहारमा गएर त हेरौं त्यो पनि तयार नहुने र नानाथरि आरोप भिराउने र अगाडि जानु पर्छ, केही गर्नु पर्छ भन्नेलाई रोक्ने र कार्बाहीको दण्डा तेर्स्याउनुको अर्थ आत्मसुरक्षाबाद र नवसंशोधनबाद उन्मुख रुझान हो भन्न सकिने ठाउँ रहन्छ । त्यसैले स्थापित नेतृत्वले आफ्नो अस्तित्वलाई पनि ख्याल गर्दै बोल्न पर्छ कि ?
अन्तमा नेकपा माओबादी अहिलेको आबश्यकताको उपज हो । अव लोकले भने जस्तै ए बी सी माओबादीमा कि दर्तावाल पार्टी सबिधानसभामा सहभागी भएको घोषित रुपले शान्तिपूण र निशस्त्र बाटो अंगालेको ए माओबादी नै ठिक छ कि सी माओबादीको प्रतिरोधको दिशा नै ठीक छ । बीचमा कुनै गुञ्जायस नै छैन । अझ संसदीय ब्यवस्थामा धेरै दल जरुरी नै छैन कित देमोक्र्टसहरु कि कम्युनिष्टहरु -पिपुल्स रिपब्लिकन पक्षधरहरु) नै हुनु पर्ने हो । यतिका संसदीय कम्युनिष्टको जरुरी नै छैन । संसदीय हिसावले एमाले र एमाओबादी तथा अन्य कम्युनिष्टहरुको आबश्यकता नै छैन । यी सव साम्राज्यबाद र बिस्तारबादका घोषित र अघोषित रुपमा बनाइएका उपयोगका साधन मात्र हुन् । बहुदलको नाममा सत्ताको लोभ देखाएर सा-साना पार्टीीनाएर लुछाचुँडी गर्नु बनाइएको यो बहुदलीय संसदीय ब्यवस्था नै नेपालको बिकासको बाधक बनेर आएको छ । डेमोक्रेसीको नाममा डेमोक्रेसीलाई बिकृत गर्ने, स्वतन्त्रताको नाममा स्वतन्त्रतालाई बिकृत गर्ने, पक्ष र बिपक्षको १८ औं शताब्दीको तरिका अपनाएर दल र संसदलाई पैसामा किन-बेचको साधन बनाउने यी सबै बहुलबादका रुप हुन् । यो नै नेपाल र नेपाली क्रान्तिको बाधक बनेर आएको छ । अवको क्रान्तिको कार्यभार यिनै क्रान्तिका बाधक तत्व समाप्त पारेर मुलुकलाई नवऔपनिबेशिक अबस्थाबाट मुक्त गर्ने र मुलुकभित्र यहाँका अधिकारबिहिन बर्ग र समुदायहरुलाई अधिकार सम्पन्न तुल्याउने हुनेछ । यसै कार्यभारको जिम्मा लिन एकिकृत क्रान्तिको कार्यदिशा आएको छ । यसैसंगै पार्टरीीत्र संसदीय छालको प्रभाव धेरथोर आउने गर्दछ र आइरहेको छ । त्योसंगको बहस नै पार्टीीत्रको दुइलाइन संर्घष्को रुप थियो । त्यससंगको सम्बन्ध बिच्छेदबाट जन्मेको नयाँ उदयमान पार्टीेपाल कम्युनिष्ट पार्टी माओबादी हो । – राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य , नेकपा माओबादी