पार्टी विभाजन र क्रान्तिकारी शक्ति निर्माणको प्रश्न – विष्णु पन्त
क्रान्तिकारी कार्यदिशाको विकास गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ प्रचण्ड बाबुरामसँग भएको सम्बन्ध विच्छेद पश्चात् बनेको नेकपा-माओवादी जसलाई बजारमा “वैद्य समूह” भनेर पनि चिनिन्छ, त्यो शक्ति फेरी विभाजित बन्यो । दुःख र विडम्बनाको कुरा के भयो भने समयका हिसाबले हामी दर्ुइ तीन वर्षबितायौँ तर वहसका विषयहरू उही छन्, आरोप प्रत्यारोपहरू पुरानै छन्, खाली पात्रहरू फेरिएका मात्र छन् । फेरी पनि उही पेचिलो प्रश्न वहसको केन्द्र बन्यो, त्यो हो – क्रान्तिकारी कार्यदिशाको विकास र कार्यान्वयनको प्रश्न । मूलतः फेरी पनि कार्यान्वयन र तयारीका विषयमा शून्यता छायो र यही मुद्दामा पार्टीविवभाजन सम्म पुग्यो । विभाजनको दृश्य वडो विचित्रको र रोचक देखियो, पुराना, त्यागी, इमान्दार र संर्घष्ाशील भनिएका नेताहरू भएको पार्टीे पोलिटब्युरो सम्म हेदा विप्लव, प्रकाण्ड र धमेन्द्र वास्तोला गरी तीनजना मात्र एकातिर र किरण, गौरव, बादल, देव गुरुङ तथा पम्फा सहित अरु सम्पूण अर्कोतिर । यो दृश्य हेदा धेरैलाई लाग्यो, सम्बन्धविच्छेदको दुस्साहस पो भयो कि ! तर तल ठीक विपरीत ध्रुवीकरण भयो । माथि विप्लव एक्लिएको दृश्यका बाबजुद तल भने त्यसको ठीक उल्टो प्रभावले नेपाली राजनीतिलाई तरङ्गति बनाइ छाड्यो । मलाई सबैभन्दा दर्दनात्मक, पिडादायक र कठिन यो पटकको निर्ण्र्ागर्दा लाग्यो । विचार, स्वभाव र प्रवृत्तिका हिसाबले क्रान्तिकारी बाटो रोज्नु पर्ने तर सम्मान, आस्था र विश्वासका आधारमा बनेको अग्रज नेतृत्वको ठूलो समूहलाई नै छाड्नुपर्ने ! पीडामै भए पनि एउटा निर्ण्र्ात गर्नै पर्दथ्यो र समयमै गरियो ।
हामीले आत्मसमीक्षा गर्नुपर्ने मुख्य विषयवस्तु के छ भने हाम्रा दुश्मनकित्ता वडो सक्रियता, उत्साह र हुँकार सहित हाम्रो नजिकै आइसक्यो, ऊ आफ्नो मिसनमा दृढ छ ऊ झन् आक्रामक बन्ने सुरमा छ तर हामी भने निराश, निस्त्रिmय र घाम तापेर बस्ने स्थितिमा पुग्यौँ । हामीले व्रि्रोहका तीन चार आधार मात्र कार्यकर्तालाई पढायौँ, पहिलो सम्भावना संविधानसभाको दोस्रो निर्वाचनको वरिपरी, दोस्रो संविधान जारी गर्ने बेला अगाडि, तेस्रो संविधान जारी भएपछि भन्ने थियो । तर त्यो एउटा भ्रम मात्र किन थियो भने सबै जनता उठेर सत्ताकब्जा गरी हामीलाई बुझाउँछन्, अनि हामी सत्ता चलाउँछौँ भन्ने तहसम्मको सोचाइ भएजस्तो गरी । किनकि तयारी त हामीले केही पनि गरेका थिएनौँ । विना तयारी व्रि्रोह सम्पन्न हुन्छ भन्ने सपना देख्नु र देखाउनु मिथ्या मात्र थियो । वैचारिक रूपमा पनि हामी कहाँ फस्यौँ भने – दस्तावेजमै उल्लेख भएको व्रि्रोहको झिनो सम्भावना देख्दै टुलुटुलु हेरिरहृयौँ । हामीले हाम्रो अर्को टीठलाग्दो अवस्था पनि पार गर्यौँ, त्यो हो – संविधानसभाको दोस्रो निर्वाचन वहिस्कार सम्म आइपुग्दा वैद्य माओवादीले वहिस्कार गरेको निर्वाचन हुन्छ भनेर कसैले सोचेका थिएनन्, तर त्यो भइ छाड्यो । हामीले भनेको सक्रिय र सशक्त वहिस्कारको गुदी दुश्मनले आँकलन गरिसकेको थियो र त्यो भइ छाड्यो । वास्तवमा चुनाव विथोल्न त्यति ठूलो वलिदानको आवश्यकता थिएन, तर पनि त्यो सकिएन । वहिस्कार आन्दोलनमा पनि पार्टीीकढिक्का भएर लाग्न नसके जस्तो, कुनै पूव तयारी विनाका कमाण्डर तोकिए जस्तो आभाष भएको थियो नै । वहिस्कारकै क्रममा हात, खुट्टा गुमाउनेहरूको भरनपोषणको जिम्मा पार्टीी लिनुपर्छ । तर आम कार्यकर्ताले बुझने स्तरमा वहिस्कार सम्म पार्ट ीीठकै थियो, कार्यकर्ताहरू परिचालित थिए । तर निर्वाचन पश्चात् त पार्टीुरै घाम तापेर बसेजस्तै भयो, शून्यता र अकर्मण्यतामा फस्यो । सामान्य अन्तरक्रिया, विचार, गोष्ठी र प्रेस विज्ञप्तिमा सीमित भयो । उता माघ ८ को संविधान जारी गर्ने डेडलाइन नजिकिदै छ, उनीहरू न्वारान देखिको बल लगाएर लागिरहेका छन्, यता हामी भने बिरामी भएजस्तो वा बुढ्यौली लागेजस्तो सुतेर बसिरहेका छौँ । क्रान्तिकारीहरू अनुकूल वा प्रतिकूल जस्तोसुकै अवस्थामा पनि निस्त्रिmय बस्नु उसको धर्म विपरीत हुन्छ । कुनै पनि वहानावाजीमा हुने निस्त्रिmयताले हामीलाई सिध्याउँछ । निस्त्रिmयता पनि यहाँसम्म बढ्यो कि पार्टीीत्रका पूणाकालीन कार्यकर्ताहरू एक छाक खानकै लागि रुवावासी हुने भयो । विदेशिनु पर्ने र पासपोर्ट बनाउन लाइन लाग्नुपर्ने परिस्थिति बन्यो ।
विभाजनको नजिक नजिक पुग्दा र अहिले सम्म पनि माओवादी आन्दोलन भित्र केही तर्कहरू जबर्जस्त रूपमा उठेका छन् । सबैभन्दा बलियो तर्क के छ भने फुटेरै माओवादी आन्दोलन समाप्त हुने भयो । अहिले हिजोको माओवादी ५, ६ चिरामा विभाजित छ । विभाजनले क्रान्तिलाई फाइदा पुग्दैन, दुश्मनलाई हँसाउँछ भन्ने तर्क विप्लवलाई प्रहार गर्नका लागि उठ्यो । यथास्थितिमा रमिते बन्ने एकताले केही गर्दैन, मुख्य कुरा क्रान्तिकारी कदम सहित अगाडि बढ्नु पर्छ भन्ने अर्को तर्कले पहिलो आरोपलाई विस्थापित गर्यो । त्यसको बदलामा आवेग र दुस्साहसले मात्र केही प्राप्ति हुँदैन भन्ने अर्को तर्क आयो । खाली दुश्मनले गरेका कामहरूको विपक्षमा प्रेस विज्ञप्ति मात्र निकालेर कतै पुगिँदैन भन्ने आयो । खाली वैचारिक निष्ठा, इमान्दारिताले मात्रै अगाडि बढ्न सकिँदैन, उपयुक्त पहल लिन सक्नु पर्छ भन्ने तर्कले धेरैलाई विश्वस्त बनायो ।
वास्तवमा विभाजनसँग विप्लव नेतृत्वको नयाँ नेकपा माओवादी बनेपछि तीन चारवटा सकारात्मक प्रभाव देखिएका छन् । पहिलो हो, दुश्मनको कित्तामा त्रास र आतंक छाएको छ । उनीहरू अलिअलि डराउन थालेका छन् । विप्लवसँगको लडाइ भने कठिन र चुनौतीपूण छ भन्ने आम बुझाइ छ । कतै त्रास पनि छ, मुलुक फेरी ०५२ मा जाने भो भने जे होस विप्लवले केही न केही उपद्रव मच्चाउँछन् भन्ने आम बुझाइ छ । दोस्रो प्रभाव के हो भने – यसले क्रान्तिकारी कित्तालाई तरङ्गति र उत्साहित बनाइदिएको छ । क्रान्ति हुन्छ कि वा अब केही हुन्छ कि भन्ने आशा पलाएको छ । जे होस् आम आक्रोश र व्रि्रोहको अभिभावक बन्ने मौका पाएको छ, विप्लव समूहले । विप्लवका लागि सबभन्दा ठूलो चुनौती के छ भने उनलाई युवाहरूले निर्सत विश्वास र र्समर्थन गरेका छन्, तर एउटै मात्र अपेक्षा छ – अब त केही गर्नु पर्यो । बलियो दुश्मनका विरुद्ध केही गर्नु पनि चुनौतीपूण छ र नगर्नु त झनै आत्मघाती छ । “गर वा मर” का बिचबाट विप्लव माओवादी ठडिएको छ । हिम्मत, साहस र आत्मविश्वासका साथ ऊ उभिएको छ । कसैले विप्लवलाई सिध्याउनासाथ क्रान्ति सिद्धिन्छ भन्ने प्रचार गरेका पनि छन् । नेतृत्वको रक्षाको प्रश्न पनि मुख्य बन्छ यस्तो परिस्थितिमा । नयाँ पार्टीीनेपछिको तेस्रो सकारात्मक प्रभाव हो – विप्लवको नयाँ क्रान्तिको मोडेल ः एकीकृत क्रान्तिको सिद्धान्त वा कार्यदिशा । निश्चितै रूपमा नयाँ पार्टीी नयाँ विचार र कार्यदिशाको माग गर्छ नै । “नयाँ पार्टीपुरानै कार्यदिशा” शोभनीय हुँदैन । जे होस् क्रान्तिकारी कार्यदिशा निर्माणको क्षेत्रमा एउटा क्रमभंगको सुरुवात भएको छ । मुख्यतः कार्यान्वयनमा कसरी जाने भन्ने प्रश्नको हल हुन बाँकी नै छ । जे होस् एउटा नयाँ परीक्षणको तयारी हुँदै छ । राजनीतिक परीक्षणहरू यति महंगा हुन्छन् कि सफल हुनासाथ धेरै अगाडि बढ्ने र असफल हुनासाथ समाप्त नै हुने खतरा हुन्छ । प्रचण्ड, बाबुरामको परीक्षण असफल भएपछि किरण सम्म आयौँ, किरणबाट फायर नै नखोलिए पछि विप्लव सम्म पुगेको छ ।
चौथो सकारात्मक प्रभाव हो, पार्टीरुनर्गठनको अभ्यास सुरु हुनासाथ यो सशक्त र निर्ण्ायक व्रि्रोही शक्तिका रूपमा उदयीमान भएको छ । भोली राज्य जसअर्न्तर्गत सबै संसदवादी, यथास्थितिवादी दलहरू पर्छन्, ती एकातिर र विप्लवको व्रि्रोही शक्ति वा मोर्चा अर्कोतिर हुने निश्चित छ । भोलिको निर्णायक शक्ति संर्घष पनि यी दुइ बिच नै हुने प्रस्टै छ ।
अहिले विप्लवलाई महत्वाकांक्षी, आत्मघाती वा दुश्साहसवादी भन्ने आरोप पनि लागेका छन् । यी कसैका हाइपोथेसिस मात्र हुन्, तर परीक्षणमा सही वा गलत जे पनि सिद्ध हुन सक्छन् । दुस्साहस नै सही क्रान्तिकारीहरूले आफ्नो धर्म निभाउनु पर्छ । लडाइ र युद्धमा अलिअलि दुस्साहसकै आवश्यकता पर्दछ । खतरै मोल्न डराएर सत्ता कब्जा हुन सक्दैन । जब सम्म बल प्रयोगको सिद्धान्त माथि विश्वास गरिन्छ, तबसम्म खतराको सामना गर्नैपर्छ । फेरी व्यक्तिगत महत्वाकांक्षाको सवाल भए त एकता प्रक्रियाबाटै उनी सबथोक प्राप्त गर्ने तागत राख्दछन् । उनी नेतृत्वमा स्थापित भइसकेका व्यक्ति हुन् । उनी सधै लोकप्रियताकै गतिमा छन् । यसले उनी पद नपाएर गएका हुन् भन्ने आरोपलाई तथ्य सहित खण्डन गर्दछ ।
अहिलेको नेपालको धरातलमा प्रतिक्रियावादीहरू आफ्नो अभियानमा लागिपरेकै छन् । त्यसको प्रतिरोधमा कसै न कसैले पहल लिनै पर्दथ्यो, कोही न कोहीले स्टेप चाल्नै पर्दथ्यो, जुन समयको अनिवार्य आवश्यकता थियो । त्यो चुनौतीलाई विप्लव नेतृत्वको नेकपा माओवादीले सामना गर्ने आँट गर्यो । वास्तवमा दुश्मन बलियो हुनुको मुख्य कारण क्रान्तिकारीहरू रमिते बनेर हो, उनीहरू निस्त्रिmय बसेर हो । सानै शक्ति किन नहोस्, क्रान्तिकारीहरू आफ्नो योजनामा हाम फाल्ना साथ दुश्मनहरू कमजोर हुँदै जान्छन् भन्ने सत्य विज्ञानसम्मत छ । हो यो कुरा सही हो कि आन्दोलनमा यिनीहरू पनि सिद्धिन सक्छन् र अरु पनि । यो त संर्घष्ाको र्सार्वभौम नियम नै हो ।
वास्तवमा अहिलेको माओवादी आन्दोलनभित्र दुइवटा मनोविज्ञानका बिचमा भीषण टकराव छ । एकथरी वैचारिक रूपमा पुरै निराश, स्खलित र भयभित छ । यो रियलाइजेसनको तहबाट बुझनु पर्छ । आफूसँग भएका सेना, सत्ता, हतियार दुश्मनलाई बुझाउनु र आत्मर्समर्पण गर्नु त्यसैको परिणाम हो । घुमीफिरी संसदवादी, यथास्थितिवादी वा लोकतन्त्रवादी गोलचक्करमा फस्ने वा वैचारिक सैद्धान्तिक रूपमा मालेमावादबाट विचलित हुने प्रवृत्ति मुख्य छ । दोस्रो प्रवृत्ति – हामी लड्न सक्छौँ, हामी दुश्मनलाई जित्न सक्छौँ । युद्धमा हार जित भइरहन्छन् । एउटै पराजयबाट भाग्नु हुँदैन । हिजो पनि हामीले जितेकै हो र फेरी पनि जित्न सकिन्छ भन्ने प्रवृत्ति छ । यी दुइ प्रवृत्तिका बीचको टकराव भित्रभित्र अनि नदेखिने गरी चलिरहेको छ ।
अन्त्यमा अहिले नेपालमा नयाँ शक्तिको वहस चलिरहेका छन् । पुरानै तरिकाले नेपाली समाजका अन्तर्विरोधहरूको हल गर्न सकिँदैन भन्ने सबैलाई लागिरहेकै छ । वुर्जुवा, संसदवादीहरू पनि आफूलाई नयाँ ढंगले स्थापित गर्न खोज्दैछन् भने क्रान्तिकारी शक्तिहरू पनि पुरानै कार्यदिशा, पुरानै हतियार बोकेर लड्न सकिँदैन भन्ने तर्फाट सोचिरहेका छन् । यहाँसम्म कि प्रतिगामीहरू पनि आफ्ना रणनीतिहरूमा पुनर्विचार गर्दै छन् । लडाइमा दुश्मनको रणनीति, शक्ति र हतियार अनुसारकै आफ्नो कार्यदिशा पनि सुदृढ र सबल बनाउनु जरुरी छ । यही सर्न्दर्भमा विप्लवको एकीकृत क्रान्तिको सिद्धान्तलाई समृद्ध गर्नु पर्दछ । फेरी पनि हामी नयाँ वैचारिक अस्त्रको विकास गर्दै परीक्षणको क्रममा छौँ । कुनै पनि परीक्षण सफल वा असफल जे पनि हुन सक्छ तर फेरी पनि कुनै पनि -न त हार न त जित) अन्तिम र स्थायी हुँदैन । अन्त्यमा भन्नै पर्ने कुरा के छ भने, एउटा र्सवहारा नेता विशाल हृदय लिएर हिँड्नु पर्छ । हामी वैद्य भन्दा ठूलो शक्ति बन्यौँ भनेर बस्नु हुँदैन । लडाइ वा प्रतिस्पर्धा वैद्यसँग होइन, वर्ग दुश्मसँग नै हुनुपर्छ । संयमित भएर मित्र शक्तिसँगको दुरी बढाउनु हुँदैन, वैचारिक संर्घष चलाउनु पर्छ । अब ध्रुवीकरण सही दिशामा केन्द्रित हुनु जरुरी छ ।