विप्लव कमरेडलाई खुल्ला पत्र – युवराज सफल

२०७१ पुष १५ गते, मंगलवार

आदरणीय कमरेड अभिवादन् ,
आराम रही आरामको कामना । खास लेख्नै पर्ने विषय केही नभए पनि पछिल्लो समयमा कमरेडको नाममा दुइ शव्द नलेखि यो मनले धरै पाएन । आज नेपाली राजनीतिक वृतमा यहाँको चर्चा पुस माघको जाडोभन्दा पनि बढी चुलिएको छ । प्रत्येक नागरिकहरु आज तपाई र तपाईको पार्टी सम्बन्धमा चर्चा परिचर्चा गरि रहेका छन् । हरेक कोणवाट विश्लेषण र समीक्षा गर्न थालेका छन् । नेपाली राजनीतिमा यहाँको उपस्थितिले नयाँ तरङ्ग ल्याईदिएको कुरा देश दुनियाँलाई थाहा छ । अझ यहाँहरुले फेरि पनि सशस्त्र युद्व गर्ने प्रसंग उठाउदा समाजका जाली ,फटाहा ,तस्कर ,माफिया ,भ्रष्ट ,दलाल लगायत अन्य व्यभिचारीहरुको सात्तो पुत्लो गएको छ । त्यस्तै आफूलाई यो देशको ठेकेदार ठान्ने कथित प्रतिगामी पार्टीतथा देशी विदेशी शक्ति केन्द्रमा पनि अनौठो तरङ्ग पैदा गरेको छ भने आम नागरिकमा एउटा आसाको सन्देश प्रवाह गरेको छ । तर्सथ तपाई एउटा महान् क्रान्तिकारी योद्वा हुनुको नाताले यहाँलाई केही कुरा भन्न मन लाग्यो र त्यसलाई खुल्ला रुपमा नै प्रेषित गर्न चाहे ।
यहाँको राजनीतिक व्यक्तित्व वारेमा केही कुरा
दश वर्षो महान् जनयुद्वमा महत्वपूण भूमिका खेल्नु हुने तपाईको सादगी जीवन एवम् क्रान्तिकारी व्यवहारवारे दुनियाँलाई जानकारी छ । पहिला देखिनै यहाँले आफूलाई सच्चा क्रान्तिकारी नेताको रुपमा स्थापित गराउनु भएको कुरा समेत कसै सामू छिपेको छैन । अझ पार्टीीभत्र तत्कालीन हेडक्वार्टर प्रचण्ड माथि सिधा कुरा राख्ने र आफ्ना अडानहरु समेत व्यक्त गर्न सक्न होनहार नेताको रुपमा समेत यहाँले परिचय बनाउनु भएको छ । त्यस्तै आर्थिक विवाद साँस्कृतिक विचलनमा समेत नपरी यहाँले आफ्नै इमान्दार र अनुशासनको परिचय दिनु भएको छ ।

शान्ति सम्झौतापछि शहर पसेका धेरै कमरेडहरुले छेपारोको झैँ रङ फेरिरहेका थिए । कतिले घर बनाएका थिए ,कतिले जग्गा जमिन र अन्य सम्पत्ति जोडेका थिए । कोही सरकारमा जान र गएर देशको ढुकुटी लुट्न मरिहत्ते गरिरहेको बेलामा तर यहाँमा धन सम्पत्ति कमाउने र पदीय जिम्मेवारी सम्हाल्ने कुरामा कुनै चासो देखिएन । यहाँको रहनसहन ,चालन चलन भेषभुषा आदिमा कुनै पनि नकारात्मक परिवर्तन आएको थिएन । एक हिसावले भन्ने हो भन्ने यहाँमा एउटा असल कम्यूनिष्ट नेतामा हुन पर्ने गूण र विशेषता कायम नै थियो । जसलाई आजसम्म पनि यहाँले बचाई राख्नु भएको छ ।
त्यस्तै पार्टीीत्र पनि सधैँ क्रान्तिकारी तथा जनवादी धारको नेतृत्व यहाँले नै गर्नु भएको थियो भन्ने कुरा पछिल्लो दिनमा यहाँले नेकपा माओवादी गठन गरेवाट प्रष्ट भएको थियो । बारम्वार पार्टीे क्रान्तिकारी धार जोगाउन यहाँले गरेका हर पहलहरु समेत आम नागरिकहरुले बुझेका थिए । तत्कालीन एमाओवादीवाट अलग हुनमा पनि मूख्यतया यहाँकै हात थियो ,अरुले त केवल नयाँ पार्टीीठनको नाटक मात्र रचेका रहेछन् भन्ने कुरा आज आएर र्छलङ्ग भएको छ । वैद्य ,वादल ,गुरुङ र गजुरेल खेमा एमाओवादीमा जान ठिक्क पर्नुले पनि नयाँ पार्टीनर्माण त उनीहरुको नाटक मात्र थियो भन्ने कुराको एउटा ज्वलन्त उदाहारण हो ।
अझ कथित दोस्रो संविधान सभाको निर्वाचन बहिष्कार गर्ने कार्यक्रमको बेलमा तपाईको खेमाले भौतिक तथा बैचारिक रुपमा बहिष्कारका सम्पूण कार्यक्रममा अत्यन्तै प्रभावकारिताको साथ सहभागिता जनाएको र पार्टीे अर्को खेमा बहिष्कारको नाममा काँग्रेस एमालेलाई करोडौँको भोट बेचेर पैसा कुम्ल्याउन थालेको सत्य पनि तपाईलाई थाहै छ । त्यस्तै गरी आफैँले बहिष्कार गरेको संविधान सभामा कहिले ८० सिट त कहिले कति सिटको बार्गेनिङ गर्दै हिँड्ने गरेको दृष्टान्त पनि यहाँले पक्कै पनि देख्नु भयो होला । त्यसै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कालमा ३३ दलीय मोर्चाको तर्फाट विरोधको विज्ञप्ती प्रकाशन गर्ने अनि रिपोर्टस क्लवको कार्यक्रममा मोदीलाई स्वागत गर्न आतुर छौँ भनी वक्तव्य दिने र मोदीले भेटेनन् भनेर गुनासो गरेको कुरा पनि थाहा भएकै कुरा हो । साथै पीडिए र पीटिएको विरोध गर्ने दिउँसो र राति भारतीय दुतावासको रात्री भोजमा सरिक भई अनेक खुसामद गर्ने गरेको कुरा पनि दुनियाँलाई थाहा छ ।यर्सथ यहाँले आफूलाई हरेक समयमा एक इमान्दार राजनीतिक व्यक्तित्वको रुपमा स्थापित गराउनु भएको छ ।
प्रतिगामीहरुको पोल्टामा संविधान सभा
बहालवाला प्रधानन्याधिशको नेतृत्वमा रहेको कठ्पुतली सरकारले विदेशी योजना मूताविक गराएको कथित संविधान सभाको दोस्रो निर्वाचनवाट वैधानिक रुपमा नै संविधान सभा प्रतिगामीहरुको पोल्टामा पुगेको छ । जसले हिजो संविधान सभाको नामै सुन्न चाहदैनथ्यो आज तिनै प्रतिगामीहरु संविधान सभाका असली हिमायती कहलिन खोजेका छन् । संविधान सभालाई आफ्नो विर्ता बपौति सोचि रहेका छन् । इतिहास पल्टाएर हेर्ने हो भने ती प्रतिगामी शासकहरुले संविधान सभाको माग गर्नेहरुलाई आतंककारी घोषणा गर्दै टाउकाको मोल समेत तोक्न भ्याएका थिए । आज तिनै प्रतिगामीहरु तपाई हामीलाई लाजै नमानिकन् संविधान सभाविरोधी र संविधान विरोधी तत्व घोषणा गरिरहेका छन् । अग्रगामी जनपक्षीय संविधान बनेको देख्न नचाँहने शक्तिहरुकै हाली मूहाली चलेको छ संविधान सभामा । तर्सथ अब यस्तो पंगू र निर्रथक संविधान सभाले कुनै पनि प्रकारको संविधान रुपी खोस्टो जारी गर्न सक्ने छैन । यदि नेपाली नागरिकलाई फेरि पनि ०४७ सालकै संविधान दिने दुष्प्रयास गर्दछन् भने आम नागरिकले तत्काल त्यस्तो कालो बासी संविधानलाई त्यही दिन आगो लगाउनेछन् । तर्सथ अब हामी सबै मिलेर प्रतिगामीहरुको कव्जामा रहेको संविधान सभालाई विघटन गर्न दवाव दिनुको अर्को विकल्प छैन ।
यसरी बनाउँ संविधान
खास गरी नेपाली नागरिकले निकास दिने जनपक्षीय संविधान चाहिरहेका छन् । तर प्रतिगामीहरु ज्नताको संविधान बन्न नदिन अनेक प्रपञ्च रचिरहेका छन् । अनेक बाहनामा जनतको संविधान बन्न नदिन अनेक भाँजो हाल्न उनीहरुलाई भ्याई नभ्याई छ । तर्सथ अब र्सवपक्षीय राजनीतिक सभाको आयोजना गरी संविधान निर्माणको लागि व्यापक छलफल गरी विवादित विषयहरुलाई त्यहीँवाट टुङ्ग्याएर संविधान निर्माण गर्न पर्छ । विभिन्न कोठे बैठकको आयोजना गरी गुप्त बैठकमा गरिएका काला कर्तुत तथा सम्झौता हरु हामी नेपाली नागरिकहरुलाई मान्य हुने छैन । अत र्सवपक्षीय राजनीतिक सभावाट नै सबै अग्रगामी शक्तिहरुलाई अटाउन सक्ने संविधान निर्माण गर्न पर्दछ । त्यसको लागि सम्पूण देशभक्त ,राष्ट्रवादी ,वामपन्थी ,क्रान्तिकारी तथा प्रगतिशिल समूदाय हातमा हात र काँधमा काँध मिलाएर अगाडि बढ्नुको अर्को विकल्प छैन ।
नागरिक राज्यको स्थापना गर्ने अभियानमा लागौँ
आजको दिनसम्म नेपाली नागरिकले नागरिक राज्यको आभाष गर्न पाएका छैनन् । राणाकाल ,पञ्चेकाल र बहूदलकाल आदिले नेपाली नागरिकलाई पीडा शिवाय अरु दिन सकेको छैन । नेपाली नागरिकहरु सधैँ विभिन्न समस्या तथा पीडामा परिरहेका छन् भनेको बेला न्याय पाइरहेका छैनन् सुरक्षा पाइ रहेका छैनन् । यस्तै व्यापक भ्रष्टाचार ,अनियमितता लगायतका गतिविधिहरु ब्ाढेका छन् । तर्सथ अब प्रत्येक नागरिक एजकजुट भई नागरिक राज्यको स्थापना गर्ने महाअभियानमा लाग्न ढिला भई सकेको छ । यसका लागि आम नागरिकलाई जगाउँदै नागरिक राज्यका आधारभूत सिद्वान्तहरु नागरिक सरकार ,नागरिक न्यायलय ,नागरिक अनुसन्धान आयोग ,नागरिक विकास प्राधिकरण ,नागरिक सहायता कोष ,नागरिक सुरक्षा बल लगायत कुराहरुको उठान गर्न र उल्लेखित कुराहरु प्राप्त गनेेदशामा अगाडि बढ्न ढिला भई सकेको छ । यसका लागि पनि यहाँले आवश्यक निर्ण्रालिनु हुनेछ भन्ने कुरामा म र आम नेपाली नागरिक आशावादी छन्

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु