नेपालमा माओवादी आन्दोलन: एक समीक्षा – युवराज सफल
माओ विचारधारालाई आत्मसाथ गर्दै माओवादलाई आफ्नो पार्टीे आधारभूत सिद्वान्त बनाई राजनीतिक गतिविधि अगाडि बढाउने राजनीतिक शक्तिलाई माओवादी भन्ने गरिन्छ । माओ विचारधारालाई बोकेर हिँड्ने राजनीतिक पार्टीीले विभिन्न विचारहरु बोकेर हिँडेका हुन्छन् । जसले वर्गसंर्घष् ,द्वन्द्वात्मक भौतिकवाद ,सशस्त्र युद्व वा संर्घष्ा र र्सवहारा वर्गको अधिनायकत्व आदि विषयहरुलाई समेटेर हिँडेका हुन्छन् । साथै असली माओवादीहरुले जनवादी राज्य व्यवस्थाको निर्माण गर्ने कुरालाई पहिलो प्राथमिकताका साथ राख्ने गर्दछन् । पनि आफूलाई असली माओवादी बताउने समूहको कमी छैन । विशेषत ०५२ सालदेखि तत्कालीन नेकपा माओवादीको स्थापना पश्चात नेपालमा माओवादी आन्दोलनको शुरुवात भएको मानिन्छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संचालन भएको एक दशक लामो माओवादी आन्दोलनले नेपाली कम्यूनिष्ट आन्दोलनमा एउटा उपलब्धी हासिल गर्न सक्यो तर सोचेजति क्रान्तिलाई अगाडि बढाउन सकेनन् । विदेशी शक्तिको दवावमा एक दशक लामो सशस्त्र संर्घष्ालाई समापन गरियो । त्यसपछि माओवादी आन्दोलनमा पनि एक प्रकारको धक्का महशुस भएको छ । विभिन्न आरोप प्रत्यारोप लगाउँदै अहिले नेपाली माओवादी आन्दोलन कमजोर र छिन्न भिन्न भएको छ । एक हिसावले माओवादीहरु कमजोर भएका छन् । विभिन्न गुट उपगुटमा विभाजित भएका छन् । एकले अर्कालाई धोकेवाज ,संशोधनवादी ,विर्सजनवादी पश्चगामी ,उग्रवादी र जडसुत्रवादीको आरोप लगाई रहेका छन् र नयाँ नयाँ माओवादी पार्टीीे स्थापना गर्राई रहेका छन् । अहिले हेदा नेपालमा झण्डै आधा दर्जनको संख्यामा माओवादी नाम भएका पार्टीी अस्तित्वमा रहेका छन् ।
माओवादी आन्दोलनलाई कमजोर पारेको ,सुधारवादी तथा संशोधनवादी भएको लगायतका आरोपहरु ल्ागाउँदै आफूहरु असली माओवादी भएको र अब गद्वारी नगर्ने घोषणाको साथ नयाँ माओवादी पार्टीे निर्माण हुने गरेको छ । अत अहिले विभािन्न व्यक्तिहरुको नेतृत्वमा ती पार्टीी सक्रिय छन् र सांगठनिक रुप्ामा आफ्नो गतिविधि अगाडि बर्ढाई रहेका छन् , क कसको नेतृत्वमा माओवादी पार्टीी संचालन भई रहेका छन् ,क कसले कस्तो कार्यनीति तथा रणनीति अगाडि बर्ढाई रहेका छन् ,वास्तवमा असली माओवादी को हुन – अबको माओवादी आन्दोलन कस्तो हूनपर्छ आदि विषयमा चर्चा परिचर्चा गर्दा सान्दर्भिक होला ।
क. पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादी
दश वर्षो जनयुद्वको नेतृत्व गरी शान्तिप्रकृयासँगै र्सार्वजनिक भएका प्रचण्डले एमाओवादीको नेतृत्व गरी रहेका छन् । तत्कालीन एकता केन्द्रसँग एकता गरी उनले पार्टीीे नाम एकीकृत नेकपा माओवादी बनाए । सोही अनुसार पार्टीे लाईनसमेत परिवर्तन गरी र पार्टीीई आधुनिक कम्यूनिष्ट पार्टर्ीीनाउने घोषणा गरे । र अहिले संविधान सभावाट नै जनताको संविधान बनाउने अभियानमा प्रचण्ड लागेका छन् । देशी विदेशी योजनामा जनयुद्वलाई उपलब्धीहिन सम्झौतामा लगेर विर्सजन गरेको ,सेना र हतियार सत्ताको प्रलोभनमा परेर राज्यलाई बुझाएको ,साम्राज्यवादी तथा विस्तारवादीहरुसँग झुकेको ,माओ विचारधारालाई समाप्त गरेको ,जनवादी क्रान्तिको धारलाई छोडेको आदि संगीन आरोप उनलाई लागेको छ । हिजो एमाले विग्रियो भनेर स्थापना गरेको तत्कालीन नेकपा माओवादी आज एमाओवादी बनेसँगै एमाले भन्दा पनि तल्लो स्तरमा खसेको आरोप विभिन्न व्यक्ति र समूहले लगाई रहेका छन् । सशस्त्र संर्घष्ा र बर्ग संर्घष्ालाई तिलाञ्जलि दिदैँ प्रचण्ड नेतृत्वको माओवादी अहिले अर्को एमाले पार्टीीनी सकेको छ । त्यस पार्टी नेताहरु नाव धनाढ्यको सूचिमा परेका छन् । उच्च नेता देखि सामान्य स्तरका नेताहरुपनि कमाउ धन्दामा लागेका छन् । पार्टी सिद्वान्त र विचार भनेको केहो भन्ने कुरा एकादेशको कथा भएको छ ।
शहरमा ठूल ठूला महल बनाउने ,जग्गा जमिन र धन सम्पत्ति कमाउने लगायतमा ती नेताहरुको ध्यान जान थालेको छ । क्रान्ति भन्ने कुरालाई उनीहरुले आफ्नो दिमागवाट झिकेर फालिदिइ सकेका छन् । र्सवहारा वर्ग भनेको केहो ,जनवादी राज्य व्यवस्था भनेको केहो आदि कुराहरु उनीहरुले विर्सिएका छन् । अव जनवादी गणतन्त्रलाई छोडेर बुर्जुवा गणतन्त्र मात्र हैन केवल लोकतन्त्रलाई स्वीकार गर्न थालि सकेका छन् । जनवादी संविधान त के कथित बुर्जुवा संविधानलाई स्वीकार गर्ने अवस्थामा पुगि सकेका छन् । एक हिसावले उनीहरुले माओवादलाई तिलाञ्जली दिदैँ औपचारिक रुप्ामा आफ्नो दस्तावेजवाट झण्डै झण्डै हर्टाई सकेको अवस्था छ , राजनीतिक लाचारीका कारण हामी माओवादी हैनौँ चाँहि भनिहालेका छैनन् तर पार्टीी कार्यदिशा हर्ेदा माओवादी हो जस्तो लाग्दैन । सो पार्टीी आधुनिक ढंगको माओवादी पार्टीीनाउन खोजेको अनि माओवादी आन्दोलनलाई विकृत ढंगले स्थापित गराउँन खोजेको देखिन्छ । जस्तो सुकै सन्धी सम्झौता गरेर भए पनि सत्ता र शक्तिमा विराजमान हुनपर्छ भन्ने सम्झौतावादी सिद्वान्तलाई एमाओवादीले स्थापित गराएको छ । साथै र्सवहारा वर्गको अधिनायकत्व ,जनवादी राज्य व्यवस्थाको निर्माण ,जनवादी संविधान ,जनसरकार लगायतका युद्वकालीन मुद्वाहरुलाई सपनामा समेत नदेखेको लाजमर्दो अवस्था छ । यसवाट के प्रष्ट हुन्छ भने प्रचण्ड नेतृत्वको एम्ाओवादीले बुर्जुवा गणतन्त्रलाई स्वीकार गरी त्यसैमा मिलिजुलि बाँढिचुढी केही हिस्सा लिएर खान खोजेको आभास मिलेको छ । हिजो युद्वकालीन परिवेशमा उठाएका मागहरु त् केवल सत्तामा पुग्नको लागि आम नागरिकको साथ पाउनको लागि देखार्इर्र्को महंगो नाटक एवम् प्रहशन थियो भन्न सकिन्छ । जून प्रहशनमा हज्जारौँ नागरिकले ज्यान गुमाए ,हज्जारौँ वेपत्ता भए ,हज्जारौँ र्घाईते भए अंगभंग भए ,कतिको काँख रित्तिएको छ ,सिउँदो पुछिएको छ । तर्सथ प्रचण्ड माओवादीको असली अनुहार दुनियाँले देखि सकेका छन् गोरु व्याउँछ भन्नु र प्रचण्डको पार्टीी क्रान्ति गर्छ र जनवादी राज्य व्यवस्थाको निर्माण गर्छ भन्नु एउटै हो ।
ख. मोहन वैद्य किरण नेतृत्वको नेकपा-माओवादी
एमाओवादीसँग असन्तुष्ट भई तत्कालीन पार्टीी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले भक्तपुरको खरिपार्टीी कार्यकर्ता भेला गर्दै प्रचण्डले जनवादी क्रान्तिलाई अगाडि बढाउन नसक्ने भन्दै नेकपा ड्यास माओवादीको गठन गरिएको घोषणा गरे ,विशेषत क्रान्तिकारी युवा नेता नेत्रविक्रम चन्द विप्लवको सक्रियतामा सो पार्टर्ीीनर्माण भएको यदाकदा सुन्ने गरिएको छ । प्रचण्डले क्रान्तिको धार छोडेर क्रान्तिप्रति गद्वारी गरेको कारण बाँकी क्रान्तिको कार्यभार पुरा गरी जनवादी राज्य सत्ताको निर्माण गर्ने उद्घोषका साथ नयाँ पार्टीीठन गरिएको थियो । त्यतिखेर पार्टीीनर्माण गर्दै गर्दा विचार तथा नेतृत्वको विषयमा पनि वहश भएको थियो । हाल अध्यक्ष रहेका किरणलाई संरक्षक बनाएर जाने ,अध्यक्षमा बादल र महासचिवमा विप्लवलाई राखेर जान पर्ने सुझाव क्रान्तिकारी नेता तथा कार्यकर्ताले दिएका थिए । नेता तथा कार्यकर्ताले दिएको सुझावले कुनै स्थान पाएन । पार्टीीथापना गरेको डेढ वर्षा समेत पार्टी स्पष्ट रुप्ामा कुनै राजनीतिक कार्यदिशा लिन सकेनन् । सुस्ताई रहेको सो पार्टीीई दोस्रो संविधान सभाको निर्वाचनले माथि पुर्यायो । उसकै नेतृत्वमा तेत्तिस दलीय मोर्चाको गठन भयो भने ३३ दल मार्फ सो पार्टीी राम्रै चर्चा बटुल्यो । संविधान सभाको चुनाब अघि र पछि पनि ३३ दलीय मोर्चाकै कारण सधैँ चर्चामा रह्यो । संविधान सभाको निर्वाचनको बेलामा यो पार्टीी एक थरि नेताहरु चुनाब बहिष्कार गर्ने स्पष्ट नीति हुदा हुदै पनि आम नागरिकलाई मतदानमा भोट हाल्न प्रेस विज्ञप्ती जारी गर्न लागि परे भने काँग्रेस एमालेलाई भोट बेचि करोडौँ पैसा संकलन गर्न लागे भने एकथरि नेताहरु भाने साँच्चै चुनाब बहिष्कार गर्न लागे ,पार्टीीभत्रकै एउटा खेमाको असहयोगको कारण घोषणा भएका आन्दोलनका कतिपय कार्यक्रम फिर्ता समेत लिइएको थियो । सोही दोधारे चरित्रको कारण कथित निर्वाचनलाई चाहिनेजति रुपमा बहिष्कार र त्यसको सशक्त प्रतिरोध गर्न सकिएन । निर्वाचन पछि पनि सोही पार्टीी नेताहरु खुलेआम सरकारसँग ८० सिट माग्दै बार्गेनिङ गर्दै रहे । बाहिर एउटा र भित्र अर्को कुरा गर्न लागे । स्पष्ट गति लिन नसकेपछि प्रचण्डसँग एकीकरण गर्न पटक पटकको वार्ता गर्न थाले । यी सब कुरा पार्टीीत्रका क्रान्तिकारी नेता तथा कार्यकर्तालाई चित्त बुझेको थिएन । अझ भनौँ पार्टीीई न यता न उताको अवस्थामा राखेको यो ढुलमुले नीतिलाई पार्टीीत्रका क्रान्तिकारी तप्कालाई चित्त बुझेको थिएन । पार्टीे तत्कालीन नीति तथा कार्यदिशा के बनाउने भन्ने कुरामा विवादको कारण आजसम्म सो पार्टी आफ्नो स्पष्ट धारणा अघि र्सार्न सकेको छैन । सो पार्टर्ीी प्रचण्डकै लाइनमा उभिने संकेत देखाएको छ । ढिलो चाँडो एमाओवादीसँग मिल्ने छाँट देखिएकोले यस पार्टी नयाँ कार्यदिशा लिएर अगाडि बढ्ने कुरा अहिले देखिएको छैन । नेपाली माओवादी आन्दोलनलाई नयाँ उचाई दिने सम्भावना समेत देखिन छाडेको छ ।
ग. विप्लव नेतृत्वको नेकपा माओवादी
यता नेकपा ड्यास माओवादीले स्पष्ट धार लिन नसकेको ,ढुलमूले नीति लिएको ,जनवादी क्रान्तिको धारलाई ग्रहण गर्न नसकेको भन्दै पार्टीीचिव तथा क्रान्तिकारी युवा नेता नेत्रविक्रम चन्द विप्लवले हालै नेकपा माओवादी गठन गरेका छन् । हिजो जून उद्वेश्यका साथ पार्टीीनर्माण गरिएको थियो त्यो उद्वेश्यमा पुग्न पार्टी योजना तथा कार्यदिशा अगाडि बढाउन नसकेको भन्दै विप्लवले नयाँ पार्टीोलेको बुझिएको छ । साथै नेपालका माओवादीहरुले क्रान्तिकारी धारलाई सिध्याउदै गएको कारण सो धारलाई जोगाई मूलुक र जनताको अस्तित्व रक्षा गर्न पनि नेकपा माओवादी स्थापना गर्न परेको विप्लव पक्षको भनाई रहेको छ । माओवादी आन्दोलनलाई अगाडि बढाउने सवालमा कान्छो माओवादी भएपनि विप्लव नेतृत्वको पार्टीे जति अरुले स्पष्ट क्रान्तिकारी लाईन देखाउन सकेका छैनन् । जतिवेला मूलुकमा संविधान सभा प्रतिगामीहरुको पोल्टामा परेको र देशको राष्ट्रियता कमजोर भएको बेलामा यो पार्टीीे स्थापना भएको कारण विप्लव नेतृत्वको पार्टीीई आम नागरिकले अर्थपूण रुपमा हेरेका छन् । अझ यस पार्टीी देशका भ्रष्ट दलाल ,जालि फटाहा लगायत अन्य राष्ट्रको दुष्मनहरुलाई कार्वाही गर्ने उद्घोष गरेपछि झन एकाएक यसको चर्चा चुलिएको छ । नेपाली माओवादी आन्दोलनलाई रक्षा गर्ने तथा जोगाउने जिम्मा विप्लव नेतृत्वको माओवादी पार्टीीे काँधमा आएको छ । अहिलेसम्मको अवस्था हेदा विप्लवधार अत्यन्तै क्रान्तिकारी धारको रुपमा अगाडि बढ्ने स्पष्ट संकेत देखिए पनि पार्टीीसरी अगाडि बढ्छ भन्ने हेन उसको आसन्न पहिलो राष्ट्रिय भेलासम्म हेर्नै पर्दछ ।
घ.मातृका यादव नेतृत्वको -नेकपा माओवादी)
माओवादी आन्दोलनमा प्रचण्डले क्रान्ति गदैंन भन्दै खुलेआम घोषणा गरेर – नेकपा माओवादी)गठन गरेका मातृका यादवले सुरु सुरुमा भ्रष्टाचारीलाई कार्वाही गर्ने भन्दै कार्वाही समेत गर्दै हिँडे । त्यतिखेर मातृकाको पार्टीीनेपछि भ्रष्टहरु डरले थुर थुर हुन्थे । पार्टीीत्र पहाडे भन्दै गैरमधेशीको निन्दा गर्दै आएका उनी पछिल्लो समयमा खै किन हो गुपचुप छन् । यतिखेर उनको पार्टीे गतिविधि शुन्य भएको छ ,उनी मधेशीको पनि यादव समुदायको एउटा झुण्ड बोकेर बसिरहेका छन् । व्यापक रुपमा माओवादी आन्दोलनलाई नेतृत्व्ा गर्न सक्ने खुवी उनमा देखिएको छैन । जातीय तथा साम्प्रादायिक राजनीतिमा उनी अल्मलिरहेका छन् ।
ङ .भावना व्रि्रोही नेतृत्वको र्सवहारा कम्यूनिष्ट पार्टीाओवादी
यसै गरी विगतमा नेकपा माओवादीमै रहेर काम गरेर माओवादी आन्दोलन सकियो भन्दै भावना व्रि्रोहीको नेतृत्वमा र्सवहारा कम्यूनिष्ट पार्टीीाओवादीको स्थापना भएको छ । विगतमा ३३ दलीय मोर्चामा समेत सशक्त भूमिका खेलेको यो पार्टीनि अहिले माओवादी आन्दोलन अगाडि बढाउन भनेर लागि परेको छ । माओवादी पार्टीीत्र महिला अध्यक्ष रहेको यो मात्र पहिलो पार्टीो । यस पार्टी र्सवहारा माओवादीको प्रतिनिधित्व आफ्नो पार्टी गर्दै आएका बताउदैँ आएको छ ।
निश्कर्षयो होकि यतिखेर देश संकटमा परेको छ ,प्रतिगामीहरु हरेक हिसाववाट जालझेल र षड्यन्त्र गरेका छन् । देशको अस्तित्व धरापमा परेको छ ,तर्सथ यो अवस्थामा सबै माओवादी शक्ति एकजुट हुदै नागरिक राज्यको निर्माण गर्ने वाटोमा अग्रसर हुनपर्छ । नागरिकलाई र राष्ट्रलाई मूक्ति दिने वाटोमा सबै शक्ति लाग्नपर्छ । नागरिक राज्यको स्थापना नै आजको माओवादी आन्दोलनको एकमात्र लक्ष्य हुनुपर्छ । यहीँवाट मात्र नागरिक सर्वोच्चता सम्भव हुन्छ ,नागरिकको विकास र समृद्वि सम्भव हुन्छ ।