आजको राजनीतिक निकास संविधान सभाको विघटन – युवराज सफल
नेपाली राजनीतिमा यतिखेर अचम्मको तरङग उत्पन्न भएको छ । विशेषत माघ ८ को मितिले कथित धोकेवाज ,कामचोर ,गफाडी र धुत नेता भनाउदँहरुको सातो पुत्लो जानुका साथै उनीहरुको होस नै उडेको छ । नेपाली नागरिकलाई सधैँ ढाँट छल र अपमान गरेरै आफ्नो कथित राजनीतिक कालो धन्दा टिकाउदैँ आएका जन ब्वाँसोहरु यो पटक नराम्रोसँग फस्ने भएका छन् । अझ भनौँ आफूले खनेको खाल्डोमा आफैँ पर्दै छन् । पहिलो संविधान सभावाट संविधान बनाउन असफल राजनीतिक पार्टी दोस्रो संविधान सभावाट संविधान बनाउछाै भन्दै देशको ढुकुटीवाट अर्वौँ रुपैयाँ खर्च गराएर फेरि आम नागरिकलाई भोट हाल्न लगाएर संविधान सभामा पुगेका छन् । संविधान बनाउने नाममा अनेक खालका काला कामहरु गारिरहेका छन् । केवल सत्तामा पुग्ने र शक्ति आर्जन गरी आफ्नो सिमित व्यक्तिगत एवम् एकमनावादी राजनीतिक स्वार्थ पुरा हुने कार्य गरिरहेका छन् । कसरी सत्तामा पुग्ने – कसरी देशलाई खोक्रो पार्ने र जनतालाई कसरी महामूख बनाउने भन्ने धन्दामा उनीहरुको ध्यान गईरहेको छ । बाहिर बाहिर संविधान निर्माणको ओठेभक्ति देखाएपनि कुनै पनि पार्टी नेताहरु गम्भीर भएर संविधान निर्माणमा लागेका छैनन् । सबै संविधान नबन्नुको दोष एकले अर्कालाई लगाई रहेका छन् । अझ भनौँ राजनीतिक संस्कार ,व्यवहार र आचरणलाई समेत ख्याल नगरी एकले अर्कालाई नङ्ग्याउदैँ र क्रमश आफैँ देश र नागरिक सामू नाङ्गिएका छन् । विगतका अनुभव र हाम्रा विदेशीका चाकडी र दलाली गर्ने नेताहरुको रवैया हेदा नेपालमा संविधान सभावाट जनताको संविधान नबन्ने पक्का पक्की भई सक्यो । जनताको संविधान बनाउछौँ भनी जनताको मत लिएर संविधान सभामा जाने र जनताको अग्रगामी संविधान बनाउन नदिने खेलमा जनविरोधीहरु लागेका छन् । अहिलेको बर्तमान संविधान सभालाई हर्ेदापनि त्यो कुरा प्रमाणित हुन्छ । विश्वका धेरै देशमा संविधान बनाउनकै लागि भनेर संविधान सभाको चुनाब भएको दृष्टान्त भएपनि संविधान सभावाट संविधान बनेका उदाहारणहरु कमै छन् । कतिपय देशमा दजैनाँै पटक संविधान सभाको चुनाब गरिएको तर पनि संविधान नबनेको इतिहास छ । अत नेपालमा पनि दुइ दुइ पटक भएको संविधान सभावाट संविधान नबन्ने प्रष्ट संकेत देखिएको छ ।
आफ्नो लागि आफैँ संविधान बनाउन पाउने जनताको अधिकारलाई स्थापित गर्नकै लागि संविधान सभाको चुनाब गरिएको भनिएतापनि राजनीतिक पार्टीीको व्यवहार हेदा त्यस्तो अवस्था देखिदैँन । उनीहरु ज्नताको प्रतिनिधि कम र राजनीतिक पार्टीीे नेता बढी देखिने गरेका छन् । त्यस्तै संविधान बनाउन कम र आफ्नो पार्टीे विधान बनाउन बढी इच्छा देखाएकै कारण संविधान बनाउन नसकेका हुन । अर्को कुरा नेपाल राष्ट्र र नेपाली नागरिकलाई केन्द्र विन्दुमा राखेर भन्दा पनि विदेशी स्वार्थलाई केन्द्रमा राखेर संविधान निर्माण गर्न खोज्नुले पनि हाम्रो देशमा संविधान बन्न नसकेको हो । अझ हाम्रा राजनीतिक पार्टीी नेताहरु तथा राजनीतिक पार्टीी दलगत स्वार्थ भन्दा माथि उठेर का मगर्न नसक्नुको कारणले पनि संविधान निर्माण हुन नसकेको हो । संविधान निर्माण कसरी र कसले गर्ने भन्ने कुराको ज्ञान हामीलाई नहँुदा पनि संविधान बन्न नसकेको हो । उदाहारणको लागि संविधान बनाउने कुरा कुनै जोकको विषय हैन ,संविधान कुनै भीडले बनाउने हैन ,कुनै जत्था वा समूहले बनाउने हैन । संविधान त विज्ञहरुले बनाउने हो त्यो कुरालाई हामीले कहिलेपनि मनन् गर्न सकेनौँ । समावेशी र समानुपातिकको नाममा निम्न चिन्तन् राख्ने विभिन्न व्यक्तिहरुको संविधान सभामा प्रवेश भयो । उनीहरुले त्यहाँ संविधान निर्माण भन्दा पनि आफ्नो अहंकार घमण्ड र अनेक रवैया तथा हर्कतहरु द्येखाउन थाले फलस्वरुप यी यी जस्तै अनेक कारणले संविधान बन्न सकेन ।
अत यी सब घटनाहरुको भोगाई पछि नेपालमा यस्तै संविधान सभाको निर्वाचन हजार पटक गरेपनि संविधान बन्न सक्दैन भन्ने कुरा प्रमाणित भई सकेको छ । अब जतिसक्दो चाँडो यो प्रतिगामी र पश्चगामीहरुको बाहुल्यता रहेको संविधान सभाको विघटन गर्नु पर्छ र अन्य विकल्पद्वारा जनताको अग्रगामी संविधान सुनिश्चित गर्ने विकल्प खोज्नु पर्छ यदि यो मूदा संविधान सभाले संविधान ल्याायो भने यसले तिनै भूत प्रेत राक्षस र मूर्कुटोहरुको भलाई गर्ने संविधान ल्याउने हुन तर्सथ निम्न कारणले गर्दा बर्तमान संविधान सभाको विघटन र र्सवपक्षीय राजनीतिक महासभामार्फ संविधान निर्माणको कार्यलाई अगाडि बढाउँन पर्छ ।
संविधान सभामा प्रतिगामीको बर्चस्व
दोस्रो संविधान सभा प्रतिगामीहरुको कव्जामा पुगेको छ । जसलाई संविधान सभाको भनेको थाहा नै छैन त्यस्ता महाहरामहरु संविधान सभामा पुगेका छन् र आफूलाई संविधान सभाको रक्षक र अरुलाई भक्षक भनिरहेका छन् । दुनियाँलाई थाहा छ जसले हिजो संविधान सभाको कुरा उठाउनेहरुको विरुद्वमा भयंकर युद्व थोपर्यो । अनेक यातना दियो ,टाउकाको मूल्य तोक्यो ,कैयँनको छातीमा गोली ठोक्यो ,खासमा यी नरपिशाचहरुलाई जनताले कठघारामा उभ्याएर जनफाँसी दिनु पर्दथ्यो तर पनि नेपाली नागरिकले यीनीहरुको पापवाट मूक्ति दिदैँ जनताको संविधान बनाउने अवसर दिएका थिए । तर आज यी भक्षकहरु नौ रक्षक बनी सोझा बाख्राहरुको भीडमा गोठालोको भेषधारण गरी भटाभट बाख्रा खाएजस्तो गरी नेपाली नागरिकको रगत चुसी रहेका छन् । हिजो राणाकालमा पनि राणाविरोधी महासंग्राम चल्यो तर आन्दोलन सम्झौतामा टुंगिएपछि राणा नै प्रधानमन्त्री भए ,त्यस्तै पञ्चायती शासनकालमा पनि आन्दोलन भयो ,त्यो आन्दोलनपछि पञ्चेहरुलाई नै सरकारमा महत्वपूण् जिम्मेवारी दिने कार्य भयो ,त्यस्तै ०६२ पछिको आन्दोलनमा पनि आन्दोलनविरोधीहरुलाई महत्वपूण स्थान दिने कार्य भयो । र विगतमा राजतन्त्रको गुलाम बनी राजामहाराजाहरुले भुँइमा चढाएको सिक्का र भुँइमा झरेको जुठो खाएर जीवन निर्वाह गरेका काँग्रेस एमाले र राप्रपाहरु आज संविधान सभाका असली हिमायती बनेका छन् । यो भन्दा प्रतिगमन अर्को हुन सक्दैन । हिजो अर्काले भुइमा झारेको सिक्का र भुँइमौ झरेको जुठो खाएर हुर्केका यिनलाई नेपाली जनताले भोट दिएर एउटा हैसियतमा पुर्याई दिए ,अझ भनौँ करोडाँै लुट्न पाइने ठाँउमा पुर्याई दिए । तर कुकूरलाई घ्यू पच्दैन भन्ने उखानलाई चरितार्थ गर्दै उनीहरु आफ्नो हिजोको हैसियतमा जान रहर गर्न थालेका छन् । साथै नर्कमा रमाएको फोहोरी सुङगुरलाई र्स्वर्ग मन नपरेको झै उनीहरुलाई र्स्वर्ग मन परेको छैन र उनीहरु प्ेरि नर्कमा आउन खोजी रहेका छन् तर्सथ अहिलेको संविधान सभा नर्क हो यो विघटन गर्ने मात्र हैन यसलाई आगो नै लगाउनुपर्छ हैन भने यो नर्कवाट खतरनाक यमराज निस्कनेछ र यसले न नेपाल रहन दिन्छ न नेपालीलई नै । सबैलाई चेतना भया ।
दानव जन्माउने संविधान सभा नामक भूत सभा
मान्छेहरु यसलाई संविधान सभा भनेर उच्चारण गरिरहेका छन् । नढाँटीभन्दा यो संविधान सभारुपी भूत सभा हो । मसाल सभा हो ,लास सभा हो । किनकी यो भन्दा गएगुज्रेको भूत सभा अरु हुन सक्दैन । नेपाल राष्ट्र र नेपाली नागरिकले आफूलाई अनुकूल पर्ने संविधानको सुनौलो संसार खोजेका छन् तर अहिलेको भूत सभाले प्रतिगमन ,नरसंहार बाहेक अर्को चिज जन्माउन सक्दैन । यदि कसैलाई यसले जनताको संविधान दिन्छ भन्ने भ्रम चलेको छ भने त्यो कोर्रर्ााल्पना शिवाय अरु हुन सक्दैन । मसाघाटवाट मानवको जन्म हुन्छ भन्नु र यो कथित भूत सभावाट संविधान बन्छ भन्नु एउटै कुरा हो । तर्सथ यो संविधान सभा रुपी भूत सभालाई जतिसक्दो चाँडो विघटन गर्नुपर्छ ,आजको ऐतिहासिक आवश्यकता पनि यहि हो ।
हो हल्ला गर्दै गाईजात्रा देखाउने गाईजात्रा सभा
थाहा छैन ६०१ को भीड खडा भएको हो हल्ला गर्ने यो गाईजात्रे सभालाई किन हामी संविधान सभाको उपमा दिइरहेका छौँ । कि हामी यसलाई व्यंग्यात्मक शैलीमा संविधान सभा भनिरहेका छौँ । विगत संविधान सभादेखि आजसम्मको अवस्था हर्ेदा यसलाई संविधान सभा कम र हो हल्ला अनि गाईजात्रा देखाउने सभा बढी देखिन थालेको छ । अझ यसो पनि भन्दा होला यो अल्छि कुम्भकर्ण्रा भेला भएर सुत्ने ,थकाई मार्ने ,हो हल्ला गर्ने अनि टाइमपास गर्ने थलो हो । त्यस्तै रमिते बनिने बनाइने टेवल ठटाउने ,अनाहकमा सन्किएर आक्रोश पोख्ने लगायतका हर्कत देखाउने गाइजात्रे सभा हो यो ,यो गाइजात्रे सभाले इतिहासको कुनैपनि मोडमा संविधान लेख्न सक्दैन यसमा कसैले शंका नगरे हुन्छ । त्यसकारण पनि यस्ता करोडौँ रुपैयाँ खर्चेर यति महंगो गाइजात्रा हर्ेन र त्यस्ता गाइजात्रा देखाउने कलाकाररुपी ठगहरुलाई पाल्न नेपाली नागरिक तयार छैनन् । तर्सथ पनि यो गाइजात्रै सभा आजकै दिनदेखि विघटन हुन पर्छ ।
सुपत्र भन्दै कुपुत्र जन्माउने थलो
यदि कुनै नागरिकलाई बर्तमान संविधान सभारुपी भूत सभाले अग्रगामी जनताको संविधान -जसलाई सुपुत्र नामाकरण गरिएको छ ) ल्याउछन् भन्ने लागेको छ भने यो तिनले देख्ने दिवा सपना र भ्रम्ा शिवाय अरु केही पनि हैन । अन्तत यी प्रतिगामीहरुले पश्चगामी संविधान -जसलाई कुपुत्र भनी नामाकरण गरिएको छ ) ल्याउने हुन् । सम्भावना के देखिदैछ भने हतार हतारमा ०४७ सालको संविधानलाई पर्ुनस्थापना गर्नकै लागि यीनीहरुले माघ ८ मा संविधान दिन्छौँ भनेका हुन् । माघ ८ सम्म सुपुत्रको जन्म हुने सम्भावना छैन । किनकी सुपुत्र जन्माउन गर्भधान भएकै छैन । केवल समलिङ्गीहरु र्गार्भधान गरेका छौँ भन्दै हो हल्ला गर्दै समय विताई रहेका छौँ । जब गर्भाधान नै भएको छैन भन्ने कसरी सुपुत्रको जन्म हुन सक्छ ,यस्ता समलिङ्गीहरुले गर्भाधान गर्न सक्छन् र गर्छन् भनेर पत्याउने हामी नै महामर्ूख हौँ । यत्रो वर्षम्म पनि समलिङ््गी भनेर चिन्दा चिन्दै पनि किन हामी तिनीहरुवाट सुपुत्रको आस गरिरहेका छौँ । किन हामी यी सब कुरा बुझदा बुझदै पनि बुझपचाई रहेका छाँै ,भ्रममा परिरहेका छौँ । ०४७ सालकै काम नलाग्ने भनेर फालिएको त्यो कुपत्रलाई नाम ,र केही स्वरुप फेरेर त्यसलाई सुपुत्र घोषणा गरेर देश र जनताको वीचमा ल्याउन खोजिरहेका छन् । अत यस्तो प्रतिगामी हर्कत गर्ने र स्वार्थ राख्ने यो भूत ,मसान र लास सभाले सुपुत्र जन्माउन सक्दैन । अझ समलिङ्गीहरुले कुनै पनि हालतमा गर्भाधान गर्न सक्दैनन् । यस्ता हावादारी समलिङ्गीहरुको षड्यन्त्रलाई परास्त गरौँ । आजकै दिनवाट कथित संविधान सभा रुपी भूत सभाको अवसान गराउन सबै नागरिक हातमा मसाल बोकौँ ,यसलाई जलाउन चिता तयार गरौँ ,मलामी ,घारो ,कात्रोहरु खोजौँ र यसलाई आजैको दिनवाट सखाप पार्ने प्रण गरौँ र जनताको चाहना भावना बमोजिमको नागरिकमुखी संविधान बनाई नागरिक राज्यको निर्माण गर्न दृढ संकल्प गरी प्रत्येक नेपाली नागरिक हातमा हात र काँधमा काँध अनि साथ साथमा साथ मिलाई अघि बढौँ ।