माओबादीको प्रथम राष्ट्रिय सम्मेलन र यसका प्रभावका क्षेत्रहरु – विष्णु पन्त
नेपालमा माओबादी आन्दोलन शान्ति प्रक्रियामा प्रवेश गरेपछि दोस्रो संबन्ध विच्छेद सँगसँगै पूनगठित भएको नेकपा माओबादीले यहि २०७१ पुष २३-२६ मा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरी राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा सबैको ध्यान आपूतिर आकषिर्त गर्न सफल भएको छ । अव हिजोको माओबादीको प्रभावलाई आफूमा केन्द्रित गर्न खोजेको छ । माओबादी आन्दोलन अब नेपालमा कतै जिवित छ भने त्यो विप्लब माओबादीमा मात्र बचेको छ भन्ने शन्देश दिन खोज्दै छ । प्रथम राष्ट्रिय सम्मेलनले केही महत्वपूण र चमत्कारीक कामहरु सम्पन्न गरेको छ ।
पहिलो त नयाँ सम्बन्ध विच्छेदलाई बैधानिकता प्रदान गरको छ । खास गरी पहिलो सम्बन्ध विच्छेद प्रचण्ड बाबुरामसँग भई नयाँ पार्टीीसलाई बैद्य समूह भनिन्छ, बन्यो । मूख्यतः किरण र बादलको नेतृत्वमा रहेको पार्टी पनि केही गर्न नसक्ने सुनिश्चित भए पछि, संबन्धविच्छेदको पहल भयो र नयाँ पार्टीीन्यो राष्ट्रिय सम्मेलनले सो संबन्ध विच्छेदलाई औपचारिक रुपमा अनुमोदन गर्दै बैधानिकता प्रदान गर्यो ।
यो प्रथम राष्ट्रिय सम्मेलनको दोस्रो महत्वपूण् काम हो नयाँ पार्टीनयाँ नेतृत्व र नयाँ कार्यदिशाको निर्माण सम्मेलनले पार्टीीे नाम नेकपा माओबादीका रुपमा अनुमोदन गर्दै नयाँ पार्टीींरचना सहितको नयाँ नेतृत्वको निर्माण गरेको छ । पार्टीी महासचिब प्रणालीको विकास गर्दै क. विप्लबलाई महासचिवमा निर्वाचित गर्यो । त्यस्तै स्थायी समिति, पोलिटब्युरो र केन्द्रिय समिति बनायो । त्यसै गरी तल ब्यूरो र जिल्ला संरचनाको निर्माण गर्ने निर्ण्र्ागर्यो । त्यस्तै यो सम्मेलनले नेपाली मौलिक विशेषता झल्निने गरी एकिकृत क्रान्तिको कार्यदिशालाई पारित गर्दै एउटा नयाँ क्रमसँग गर्नै सफल भयो ।
त्यसैगरी प्रथम राष्ट्रिय सम्मेलनको तेसो महत्वपूण काम भनेको एकिकृत क्रान्तिको सिद्धान्तको विकास गर्यो । वर्ग संर्घष्ाको नयाँ मोडल जसमा बल प्रयोगको सिद्धान्तलाई पूण्ारुपमा अंगीकार गर्दै एकिकृत क्रान्तिको सिद्धान्त वा कार्य दिशाको विकास गरिएको छ । अव यो एउटा पार्टीीवशेषको मात्र होइन राष्ट्रिय अन्तराष्ट्रिय बहशको विषय बनेको छ । यसले नयाँ मोडेलको रुपमा विकसित हुने र प्रयोग हुने सुनौलो हतियार बन्न सक्ने संभावना बोकेको छ । खास गरी कार्यदिशाको सर्न्दर्भमा हाल सम्म प्रयोगमा आएको दुइ वटा विश्वव्यापी मोडल दिर्घकालिन जनयुद्ध वा जनव्रि्रोह भन्ने बहसको निरन्तरतामा छलाङ्ग मार्दै एकिकृत क्रान्तिको कार्यदिशाको विकास गरेको छ । त्यस्तै प्रथम राष्ट्रिय सम्मेलनको पाँचौ महत्वपूण् बैचारिक काम भनेको यसले मध्यम वर्गलाई क्रान्तिको आधार शक्तिको रुपमा परिभाषित गरेको छ । मध्यम वर्ग भन्नाले डाक्टर इन्जिनियर, प्रोफेसर, वकिल, कर्मच्ाारी तथा मझौला उद्योग व्यवसायी आदि पर्दछन् । त्यस्तै गरी क्रान्त्रिका आधारभूत वर्गका रुपमा रहेको किसान मजदुर श्रमजीवि वर्गलाई क्रान्तिको महत्वपूण् र नेतृत्वदायी शक्तिका रुपमा परिभाषित गरेको छ ।
राष्ट्रिय सम्मेलनको छैठौ महत्वपूण् काम होः प्रधान अर्न्तविरोधको किटानी । नेपाली जनता र दलाल पुँजीपति वर्ग वीचको अर्न्तविरोधलाई नै प्रधान अर्न्तविरोधका रुपमा संलेषण गरीयो । यसबाट हाम्रा प्रहारका निशाना दलाल पुँजीवादलाई बनाउनु पर्ने आवश्यकतामा जोड दिएको छ । अहिलेको वैदेशिक हस्तक्षेप मार्फ नै हुने गरेको तथ्यलाई प्रष्ट पार्दे राज्यका सबै सबै अंगहरु र क्षेत्रहरु दलालहरुको पकडमा जान सक्ने खतराका विरुद्ध सबै सचेत हुनुपर्ने निष्कर्षनिकालिएको छ । देशमा विद्यमान देशभक्तहरुको प्रभावलाई सवल र समृद्ध पार्दे दलालहरुलाई परास्त गर्न सकिन्छ भन्ने निष्कर्षनिकालिएको छ । दलालहरुलाई एकठाउँमा केन्द्रित नभई र्सवत्र फैलिएर रहेका छन् । दलालहरुले आफ्नो संजाललाई राजनैतिक पार्टीींघ, संस्था, उद्योग कलकारखाना, कर्मचारीतन्त्र, राज्यका अंगहरु सबै क्षेत्रमा विस्तार गरी आफ्नो अभियान चलाईरहेका छन् । यहाँसम्मकी जमिन पनि सामन्त वर्गवाट दलालहरुको हातमा पुगेको स्थितिलाई प्रष्टाइएको छ । तर्सथ दलालहरुले खडा गर्ने हरेक अवरोधका विरुद्ध धावा बोल्ने पार्टीीे आगामी नीति हुने कुरालाई प्रष्ट पारिएको छ ।
क. विप्लवद्धारा प्रस्तावित तथा राष्ट्रिय सम्मेलनबाट पारित राजनितिक दस्तावेजमा नेपाली क्रान्तिको मौलिक कार्यदिशा एकिकृत क्रान्तिको सिद्धान्त लाई विकसित गर्ने मुख्य आधारका रुपमा रहेका ६ वटा नेपाली मौलिक र विशिष्ट विशेषताहरु निम्न रहेका छन्ः -क) सानो र भुपरिवेष्ठित देश
ख) गाउँ र शहरको दुरी घट्नु ।
ग) मध्यमवर्गको विस्तार
घ) जातिय, क्षेत्रिय, लिङ्गीय विभेद
ङ) देशभक्त शक्तिहरुको प्रभाव र
च) दलाल पुजिवादको उदय ।
उक्त प्रस्तावका नयाँ आर्थिक नितिमा निजि सम्पतिलाई निश्चित सिमा सम्म वैधता प्रदान गर्ने र वैदेशिक लगानिलाई राष्ट्रिय हित र योजनामा भित्राउन सकिने संलेषण गरिएको छ । त्यसैगरि उक्त प्रस्तावको राजनैतिक नीतिमा नयाँ बहसको रुपमा आएको जनताको प्रजातन्त्र र दलिय प्रतिस्प्रधात्मक व्यवस्था रहने उल्लेख गरिएको छ । दस्तावेजमा अर्न्तराष्ट्रिय परिस्थितिको व्याख्या गर्दै वर्तमान अर्न्तराष्ट्रिय राजनीतिका मुख्य विशेषताहरु निम्नानुसार भएको उल्लेख गरिएको छः -क) बहुध्रुवको विकास -ख) स्वाधिनताको आन्दोलनहरुमा त्रि्र विकास -ग) शसस्त्र संर्घष्ाको वृद्धि -घ) मुश्लिम दुनिया र अमेरीकी गठबन्धनविचको युद्ध र -ङ) क्रान्तिकारी आन्दोलनको विकास ।
यसरी हेदा २०७१ पुष २३-२६ सम्म चलेको नेपाल कम्युनिष्ट पार्टीमाओवादीको प्रथम राष्ट्रिय सम्मेलनले एउटा नयाँ क्रमभंग गर्दे पार्टीीई एउटा शशक्त क्रान्तिकारी शक्तिका रुपमा पर्ुनगठीत गरेको छ । वास्तवमा राष्ट्रिय वा अर्न्तराष्ट्रिय, मित्रशक्ति होस वा दुश्मन, क्रान्तिकारी होस या प्रतिगामी सबै क्षेत्रले ध्यान दिएको शक्तिका रुपमा उभिएको छ नेकपा माओवादी ।