क्रान्तिको माध्यमबाट जनताको भाग्य र भविष्य निर्धारण गरौ -धनीराम सिम्खडा

२०७१ माघ ८ गते, बिहीबार

तत्कालीन देउवा सरकारलाई संयुक्त जनमोर्चाको तर्फबाट ४० सुत्रिय माग राखेको थियो जसमा राष्ट्रियता ,जनतन्त्र र जनजिविकाको बारे स्पष्ट माग राखिएको छ ! यी मागहरुलाई बेवास्ता गर्दै देउवा सरकारले जुन किसिमको गल्ती कमजोरी गरेको थियो त्यसको परिणाम राम्रैसग भोग्नुपरेको थियो ! जब २०५२ साल फाल्गुन १ गरे जनयुद्ध घोषणा भयो तब शासकहरुले भन्ने गर्थे यी लाटा रोल्पाली मगरहरुले जाड खाएर हल्ला गरेका हुन दुई चार दिनमा ठिक पारिन्छ यस्तै यस्तै नपत्याउने कुरा गरेर आत्मरती गरिरहेका थिए !
पछि देशभरी सिआईडी सुराकी जाली फटाहा जमिन्दार सुदखोर र प्रहरी चौकी माथी एकैपटक कार्वाही भयो तब प्रतिक्रियावादीहरुले बल्ल आँखा खोलेका थिए ! उनीहरुको सातोपुत्लो उडेको थियो डराएका थिए शरणार्थी बनेर कुत्ताको हैसियतमा लुक्दै थिए भने जनयुद्ध गाउँ गाउँ फैलिएको थियो गाउँ हरु आधार इलाकामा परिणाम हुदैथिए जनताको जनवादी सत्ता चल्दै थियो भने पुरानो प्रतिक्रियावादी राज्यसत्ता दिनानुदिन ध्वस्त हुँदै थियो माओवादी आन्दोलनले देशको विशाल ग्रामिण भु- भाग कब्जा गरिएको थियो जनसत्ता, जन अदालत ,जनसरकार ,आधार ईलाका,जन कम्युन संचालन थिए भने हत्यारो राजतन्त्र र उसको आसेपासे कांग्रेस एमाले चरम फासिवादमा पतन हुँदै थिए !
माओवादी जनसेनाले शाही सत्ताका खुनी किल्लाहरु ध्वस्त पार्दै अगाडि बढिरहेका थिए जनतालाई आतंकित पार्ने दिदिबहिनी आमा हरुको अस्मिता लुट्ने निर्दोष दाजुभाइ बुबाहरुलाई माओवादी आतंककारी भनेर जिउँदै आगोमा फाल्ने आखा निकाल्ने दिदिबहिनी आमा हरुको स्तन काटिदिने बलात्कार गर्ने र अन्त्यमा गोलि हानेर मार्ने जस्ता ज्यादती गर्ने शाहिसत्ता र उसका पाल्तु कुकुर भरौटेहरुलाइ जनमुक्ति सेनाले बदला लिदै थियो माओवादी हरु जतिसुकै कठिन परिस्थितिको पनि सामना गर्ने साहस र आट थियो भोकभोकै नाङ्गै खाली खुट्टा लडाइँ लडिरहेको थियो जुम्लामा हिउँ सग संघर्ष गर्नु पर्यो म्याग्दिमा हप्तौं भोकभोकै लडाइँ लडियो अर्घाखाँचीमा दुश्मनको बीच बाट आफ्नो फोर्स लाई कुशलतापुर्वक सेफ गरियो डोल्पामा कैयन कठिनाइ बेहोर्नु पर्यो अछाम मंगलसैन र साफेबगर मा साहसिक आक्रमण बाट दुश्मनको किल्ला कब्जा गरियो दाङ,खारा लिस्ने गाम,रातामाटे कपुरकोट ,स्याङ्जा,सोलु,भोजपुर ,सतबरिया,कुशुम लगायत शाहिसत्ताको खुनी क्याम्प लाई जनमुक्ति सेनाले ध्वस्त पारेको थियो !
जब माओवादी आन्दोलन सशस्त्र रूपमा अगाडि बढ्दै गयो तब प्रतिक्रियावादी राज्यसत्ता निर्मम र क्रूर बन्दै गयो तर माओवादी सग जित्न नसकेपछि दरबार हत्याकाण्ड मच्चाउदै हत्यारो ज्ञानेन्द्रले कु गरेर सम्पुर्ण शासन सत्ता आफ्नो हातमा लियो कठपुतली सरकार हरु संग माओवादीले वार्ता गर्यो वार्ताबाट कुनै निकास न निस्केपछि जनयुद्ध अगाडि बढ्यो फेरि वार्ता भयो यी दुई तीन चोटिका वार्तामा माओवादीको स्पस्ट माग भनेको गोलमेच सम्मेलन ,अन्तरिम सरकार र संविधानसभाको चुनाव अगाडि सारियो तर ज्ञानेन्द्र र उसका पाल्तुहरु कांग्रेस एमालेले स्विकारेनन वार्ताकै सेरोफेरोमा रामेछापको दोरम्बामा निर्दोष कार्यकर्ता लाई आततायी हत्यारो सेनाले नरसंहार मच्चायो २१ जना माओवादी कार्यकर्ता मारेपछी वार्ताको औचित्य समाप्त भयो !
ज्ञानेन्द्रको कु विरुद्ध संसदवादी सात दल रत्नपार्क वरिपरि घुमिरहेका थिए संसदवादी पार्टीका मुख्री नेताकार्यकर्ता लाई ज्ञानेन्द्रले नजरबन्द गरेर राखेको थियो उनीहरु माओवादी खोज्दै हिडेका थिए हामीलाई बचाइदिनु पर्यो भन्दै बामदेव हरु रोल्पा पुगे सिटौला हरु रोल्पा पुगे अनि माओवादी सग रोल्पा सहमती गरेर आन्दोलन चर्काउने योजना बन्यो माओवादी फौज ढंगबाट देशभर आक्रमण गर्ने र सात दलको आन्दोलन लाई पनि माओवादीले सम्पुर्ण ढंगबाट सहयोग गरेर जाने कुरा बन्यो आन्दोलन घनिभुत सशक्त र जुझारु बन्दै विशाल बन्यो माओवादीले देशभर पाल्पा,स्याङ्जा ,सिन्धुपाल्चोक,थानकोट ,पनौती,झुरझुरे ,सुनवल,खनदह लगायत ठाँउमा शाहिसेना लाई परास्त गरि जनआन्दोलन सफल भयो ! फेरि २०६३ वैशाख १३ गते युद्धविराम भयो वार्ता बाट संविधानसभा निर्वाचन मा जाने अन्तरिम सरकार गठन लगायत सहमती हुँदै संविधानसभा निर्वाचन २०६४ साल चैत २८ गते सम्पन्न भयो ! देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो र २४० वर्षे राजतन्त्रको अन्त्य भयो !
जनयुद्ध ,जन आन्दोलन र मधेस आन्दोलन को मर्म र भावना भनेको केन्द्रीकृत एकात्मक राज्यसत्ता लाई बैज्ञानिक ढंगबाट बाडफाड गरेर संघियता जाने र उत्पीडित,अल्पसंख्यक ,दलित,महिला,मधेसी,कर्णाली जस्ता राज्यको उत्पीडनमा परेका क्षेत्र लिङ्ग जाती समुदाय लाई अधिकार सम्पन्न बनाउने कुरा अन्तरिम संविधान र बिस्तृत शान्ति सम्झौतामा सबैको सहमती छ ! आज देशलाई संघीयतामा लैजादा विखण्डन हुन्छ जनुहुदैन पहिचान सहितको संविधान र संघीयता जारी गर्दा जातिवादी हुन्छ भन्ने कांग्रेस एमाले हरु प्रतिगमन तिर फर्किदैछ्न् उनीहरुलाई पुरानो संविधान र राजा चाहिएको छ एकात्मक व्यवस्था रुचाउँछन् यहि कारण आज छ छ वर्ष सम्म नयाँ संविधान बनेन यो अग्रगामी र पश्चगामी हरु बिचको लडाइँ हो !
अहिले एकीकृत माओवादी लगायत आदिवासी जनजाती मधेसी हरु पहिचान सहितको संघीयता चाहिरहेका छन् भने कांग्रेस एमाले त्यसलाई कुनैपनी हालतमा मान्ने पक्षमा छैनन् यहि रस्साकस्सी अहिले कथित दोस्रो संविधानसभामा हुदैछ हिजोमात्र सभासद हरुको गाईजात्रा हेर्दा लाग्छ उनिहरु संविधान बनाउने होईन दादागिरी गर्ने जस्तो लाग्छ ! संविधानसभा माओवादीको कार्यनीति नारा थियो आज एकीकृत माओवादी यसैलाई रणनीतिक नारा मान्दैछ यो दुर्भाग्य हो जनवादी क्रान्ति सम्पन्न गर्न छोटकरी शान्तिपूर्ण बाटो अवलम्बन गर्दै संविधानसभा लाई कार्यनिती बनाएर प्रतिक्रियावादी राज्यसत्ता कब्जा गर्ने मुल रणनीति थियो तर विडम्बना संविधानसभा असली संविधानसभा नभएर संसदको रूपमा प्रयोग गर्नु संसदमा रमाउनु मन्त्री बन्नु भ्रष्टाचार गर्नु आदि कुराले यो बुझिन्छ कि एकीकृत माओवादी जनताको लागि नभएर सत्ताको लागि तड्पिरहेकोछ !
बन्दुकको नालमा अडकेको राज्यसत्ता लाई बन्दुक बाट नै परास्त गर्नु पर्छ यो माओ को आदर्श विचार लाई आत्मसात गर्दै प्रतिक्रियावादी भ्रष्ट सरकार लाई क्रान्ति बाट परास्त गरौ अब एकपटक अन्तिम लडाइँ नलडी गरिब,किसान ,मजदुर,वर्गको अधिकार सुनिश्चित हुदैन संविधानसभा बाट अब सर्वहारा गरिब,आदिवासीजनजाति,पिछडिएका जातजातिको अधिकार ल्याउन संम्भव छैन संविधानसभा प्रतिक्रियावादी हरुको कब्जामा अपहरणमा परेको छ ! यसबाट खास आशा नगरौ जनयुद्ध वर्गसंघर्ष र क्रान्तिको माध्यम बाट नेपाली श्रमजीवी जनताको भाग्य र भविष्य निर्धारण गरौ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

राज्य र समाजका अन्तर्विरोधहरू

२०८२ पुष १ गते, मंगलवार

चुनाब किन र कसरी !

२०८२ मंसिर ३० गते, सोमबार

मानव समाज र श्रमिक(दलित)समुदाय

२०८२ मंसिर ३० गते, सोमबार