नयाँ नेपालमा जातीय सवाल – युवराज सफल
हाम्रो देश बहुजातीय मूलुक हो । यहाँ २२५ भन्दा बढी जातजातिहरू रहेका छन् । प्रत्येक जातिका आफ्नै धर्म, संस्कृति, परम्परा, भेषभूषा र भाषा एवम् पृथक रहनसहन रहेका छन् । प्रत्येक जाति आफ्नो जातिले परापूव काल देखि गर्दै आएको विविध प्रचलनलाई सदा सदा अजर र अमर राख्न चाहन्छन् । उनीहरू आफ्नो धर्म, संस्कृति, परम्परा र चालचलन रितीरिवाजलाई कदापी भुल्न सक्दैनन् । तर्सथ उनीहरूको मौलिकतामाथि कसैले धावा बोलेको कुनै जातिलाई पनि मन पर्दैन । विगतको इतिहास हेदा पृथ्वीनारायण शाहको एकीकरण अभियान भन्दा अगाडि नेपाल बाइसे र चौविसे राज्यमा विभाजन भएको पाइन्छ । त्यस समयमा विभिन्न जातीय राज्यहरू अस्तित्वमा रहेका थिए । तर छरिएर रहेका ससाना राज्यहरूमा धावा बौल्दै पृथ्वीनारायण शाहले ती राज्यलाई एकै ठाउँमा मिलाएर सिँगो नेपाल नामाकरण गरेका थिए । भन्नेहरूले कतिसम्म भनेका छन् भने कतिपय जातिहरूलाई राज्य एकीकरणको नाममा पृथ्वीनारायण शाहले हस्तक्षेप गरेको मन परेको थिएन । राज्य एकीकरणसँगै उनीहरूले आफ्नो पहिचान मेटिएको महशूस गरेका थिए । त्यही भएर आजका आदिवासी जनजातिहरू हामीलाई एक भाषा, एक धर्म, एक शिक्षा, एक संस्कृति जवरजस्ती लदाइएको भन्दै पटक पटक राज्यसँग गुनासो गर्ने गर्दछन् । एक हिसाववाट हेर्ने हो भने उनीहरूको गुनासो स्वभाविकै छ । आफ्नो पहिचान मेटिएको कुरा कुनै जाति र समूदायलाई मन पर्ने विषय हैन । प्रत्येक जाति तथा समूदाय आफ्नो जातीय तथा वर्गीय पहिचान सुरक्षित भएको देख्न चाहन्छ । तर्सथ नेपालमा रहेका विभिन्न जाति जनजातिहरू आफूले परम्पराकालदेखि गर्दै आएका आफ्ना ऐतिहासिक धरोहर रूपी पहिचानलाई जीवन्त राख्न चाहन्छ । आफ्नो पहिचान सकिए आफ्नो जाति तथा वर्ग समूदाय सिद्विने जाति वर्ग समूदाय सिद्विए राष्ट्र सिद्विने उनीहरूको विश्लेषण छ । त्यसकारण पनि उनीहरू आफू सक्षम, सवल र समृद्व भए मात्र राष्ट्र एवम् राष्ट्रियता बलियो हुन्छ भन्ने भावना राख्दछन् । यसरी आफ्नो देशलाई अगाध माया गर्नु विभिन्न जाति जनजाति तथा समुदायको ठूलो महानता हो । यो महानताको प्रसंशा गरि र भनी साध्य छैन । जाति जनजाति तथा वर्ग समूदाय कुनै पनि देशका राष्ट्रियताका पहरेदार हुन असली सिपाही हुन् उनीहरूमा जति राष्ट्रियताको भावना अरुमा सायदै होला ।
विगतमा जे जस्तो भएपनि अब नयाँ भनिने नेपालमा सबै जातिले आफ्नो पहिचान सुरक्षित भएको महशुश गर्न पाउन पर्छ, सम्मानपूवक बाँच्न पाउन पर्छ । आफ्नो जातिय परम्परा र संस्कृतिलाई विना अवरोध अपनाउन पाउन पर्छ । कुनै जातिले पनि अन्याय अत्याचार, शोषण, दमन, उत्पीडन र तिरस्कार भोग्न हुदैन । कुनै जाति वा समूदायले त्यस्तो उत्पीडन र विभेद भोग्न नपरोस् यही हो नयाँ नेपाल । प्रत्येक नागरिकले नेपाली भएर गर्वका साथ बाँच्नु नयाँ नेपाल हो । अत अहिले नेपालमा जातीय सवालको बारेमा धेरै कुराहरू उठेका छन् । जातीय सवालमा वैज्ञानिक रूपमा विश्लेषण र व्याख्या हुन नसक्दा आज देशमा जातीय सद्भाव विथोलिने जातीय दंगा भड्किने सम्भावना देखिएको छ । अत हामीले वैज्ञानिक ढंगवाट जातीय सवाललाई समाधान गर्नु आवश्यक छ । अधिकार प्राप्तिको नाममा हुने विभिन्न आन्दोलनलाई आत्मसाथ गर्दै हामीले विभिन्न जातजातिहरूको जायज मागलाई सम्बोधन गर्नुपर्छ । जातीय सवाललाई वैज्ञानिक ढंगवाट सम्बोधन गर्नुपर्छ । संसारमा विभिन्न ढंगवाट जातीय सवालहरूमा समाधान खोजिएको छ । जून देशमा सही ढंगवाट जातीय समस्यालाई समाधान गरिएको छ त्यो देशमा शान्ति समृद्वि र विकास भएको छ । जून देशमा जातीय सवाललाई वैज्ञानिक ढंगवाट समाधान गरिएको छैन त्यो देश विखण्डनको समेत शिकार भएको छ । तर्सथ नेपालको सर्न्दर्भमा पनि वैज्ञानिक ढंगवाट जातीय समस्यालाई समाधान गरिनर्ुपर्छ उनीहरूको जायज र वास्तविक मागलाई सम्वोधन गरिनर्ुपर्छ । जतिवेला उठेको छ त्यति बेला नै यसलाई समाधान गरिनु पर्छ । यदि आज ती मागहरू सम्बोधन गरिएन भने भोलि यसले देशलाई ठूलो दुष्चक्रमा फसाउन सक्छ । तर्सथ नेपालमा जातीय सवालको समाधान कसरी गर्न सकिन्छ भ्ान्ने वारे संक्षेपमा चर्चा गर्दा सान्दर्भिक देखिएला ।
भाषिक अधिकारको व्यवस्था
जातीय सवाललाई सम्बोधन गर्ने हो भने र्सवप्रथम प्रत्येक जातिलाई उसको भाषिक अधिकारको ग्यारेण्टि गर्नु पर्दछ । जवसम्म उनीहरूलाई भाषिक अधिकारको व्यवस्था गरिन्न तवसम्म उनीहरूलाई अधिकार दिइएको मानिन्न । उनीहरूलाई आफ्नो मातृभाषामा पढ्न, लेख्न र बोल्न पाउने वातावरणको विकास गर्न पर्दछ । उनीहरूको मातृभाषामा पढ्न, लेख्न र बोल्ने वातावरण नबनाई केवल कुनै अर्को भाषिक व्यवस्था मात्र गर्न हुदैन । भाषा कुनै पनि जातिको पहिचान हो, भाषा कुनै पनि जातिको लिपी हो । अत प्रत्येक जातिलाई उसको भाषिक अधिकारको व्यवस्था गर्नु पर्दछ । भाषा जवरजस्त लाद्ने विषय हैन । राष्ट्रिय भाषा जुन सुकै भए पनि सबै जातिलाई मातृभाषामा सक्षम, सबल बनाइनु पर्दछ । जुन जाति आफ्नो भाषिक अधिकारवाट बञ्चित हुन्छ उसको इतिहास र अन्य कुराहरू समेत हराएर जान्छ सदा सदा लोप भएर जान्छ । तर्सथ एकल भाषिक व्यवस्थाको अन्त्य गर्दै सबै जातजातिलाई मातृ भाषामा पढ्न पाउने व्यवस्था गर्न पर्दछ । साथै उनीहरूलाई मातृभाषा, राष्ट्रिय भाषा र अन्तराष्ट्रिय भाषा पढ्न, लेख्न र बोल्न पाउने व्यवस्था गरिनुपर्छ ।
साँस्कृतिक तथा धार्मिक अधिकारको व्यवस्था
बहुजातीय मुलुकमा विभिन्न जातजाति रहेका छन् । उनीहरूको विभिन्न साँस्कृतिक मान्यताहरू रहेका छन् । सबैका आ आफ्नो विश्वास र मान्यताहरू रहेका छन् । हरेक जातिले फरक फरक ढंगले आफ्नो संस्कारहरू मानिरहेका छन् । त्यस्तै उनीहरू धर्म पनि फरक रहेको छ । तर आज ती जातिहरू आफ्नो संस्कृति र धर्म कुन हो भनेर छुट्टाउन नसक्ने अवस्थामा पुगेका छन् । अत राज्यले अब प्रत्येक जाति र समूदायलाई आफ्नो धर्म र संस्कृतिको हक प्रदान गर्नु पर्छ । निरंकुश शैलीमा एकलौटी धर्म र संस्कृति लाद्ने प्रयास कसैले गर्न हुँदैन । जसलाई जुन धर्म र संस्कृति अंगाल्न मन लागेको छ उसलाई त्यो मान्न र अंगाल्न दिनुपर्छ । राज्यलाई कसैको धर्म र संस्कृति नास गर्ने हरण गर्ने स्वतन्त्रता छैन न त राज्यका अन्य निकायलाई नै छ । गणतान्त्रिक मूलुकमा सबैको साँस्कृतिक तथा धार्मिक अधिकारको सुरक्षा हुनर्ुपर्छ । तर्सथ परापुव कालदेखि प्रत्येक जातिले मान्दै आएका उनीहरूको धर्म र संस्कृतिमा कसैले पनि कुनै पनि बाहनामा हस्तक्षेप गरिनु हुदैन । कतिपय सबालमा राज्यले जातजातिहरूलाई दिएको अधिकार वा सेवा सुविधामा कटौति गरी उनीहरूको संस्कृतिमा लात हान्ने कोसिस गरेको छ । जस्तो सरकारले विभिन्न जातिलाई जात्रा लगायत अन्य पर्व मनाउन निश्चित बजेटको व्यवस्था गरेको हुन्छ पछिल्लो समयमा ती सुविधामा कटौति गर्न र उनीहरूको अधिकार हनन गर्ने तहमा राज्य पुगेको छ । सोही कारण नेपालका विभिन्न जाति जाति र समुदाय सरकारसँग आफूहरूको पहिचान खोसिएको आरोप लगाई रहेका छन् । साथै अब हामीलाई पहिचान चाहियो भनिरहेका छन् । त्यसकारण पनि राज्यले उनीहरूलाई साँस्कृतिक तथा धार्मिक अधिकार दिन पर्दछ ।
जातिय अस्तित्वको स्वीकार गर्ने व्यवस्थाको निर्माण
विभिन्न जातजातिहरूको जातीय अस्तित्वलाई स्वीकार नगर्दा आज उनीहरू राज्यका कथित अहंकारवादीहरू वाट शोषित एवम् पीडित भएका छन् । उनीहरूको जातीय पहिचान र अस्तित्व खरानी भएको छ । त्यही कारण राज्यवाट राज्यको नीति र यो समाजवाट तिरस्कृत र अपहेलित भएको महशुस गरिरहेका छन् । तर्सथ अब राज्यले प्रत्येक जातिको अस्तित्व र पहिचानलाई सुरक्षित गरिनुपर्छ । कसैले पनि कुनै जातिमाथि आक्षेप लगाउने, पूवाग्रह राख्ने विभेद गर्न पाइँदैन । यदि कसैले त्यस्तो गर्छ भने त्यो जघन्य अपराध हो, यसको चेतना सबैलाई हुनु जरुरत छ । देशमा बस्ने सबै नागरिकले आफ्नो जातिको गौरव गर्दै बाँच्न पाउने अधिकारको आभास पाउन पर्छ । त्यसो गरेमा मात्र जातीय सवालको समाधान हुन्छ ।
जातीय उत्पीडकलाई कार्वाहीको व्यवस्था
हामीले जतिसुकै चर्का, ठूला र आदर्शका कुरा गरेतापनि हाम्रो समाजवाट अझै पनि जातीय छुवाछुत, भेदभाव र उत्पीडनका घटनामा कमि आएका छैनन् । अझै पनि समाजमा कथित माथिल्लो जाति भनाउदाहरूले अनेक प्रकारले उत्पीडन गरेका छन् । गाली बेइजति मात्र हैन शारिरिक देखि मानसिक सम्म हिंसा गरेका छन् । त्यतिलेमात्र नपुगी सानो जात भएकै कारण गाउँ निकाला समेत गरेका छन् । समाजवाट बहिष्कार गर्ने, अनेक नाकावन्दी लगाउने जस्ता अपराधिक हर्कत गरेका छन् अत हामीले त्यस्ता अपराधी जो सुकै भएपनि कार्वाही गर्नुपर्छ र पीडितलाई सम्मान पर्ूवक बाँच्न पाउने वातावरण मिलाउन पर्छ । आफ्नो जाति र समूदायप्रति घृणा हैन आत्मसन्तुष्टि र आत्मगौरव महशुश गर्दै बाँच्न पाउने वातावरणको सिर्जना गर्नु सरकार तथा आम नेपालीको साझा दायित्व हो । यसमा सबैले ध्यान दिनु आवश्यक छ ।
जातजात्रि्रति हेर्ने दृष्टिकोणमा परिवर्तन
हामी नेपाली हौँ, हामी जून जाति र समूदायका नागरिक भएपनि हामी आम नेपाली हौँ । तर्सथ सबैले सबैको अस्तित्व र पहिचानलाई स्वीकार गर्नुपर्छ । एकले अर्कालाई होच्याएर, हेपेर कोही ठूलो हँदैन बरु जसले अर्काको अस्तित्व स्वीकार गर्दैन त्यसको कद घट्दछ । तर्सथ विभेदजन्य गतिविधि हामीले गर्नु हुदैन । जस्तो यदि हाम्रो समाजमा देशमा रहेका आदरणीय विश्वकर्मा ज्यूहरूले फलामका सामान बनाउने काम गर्नु भएन भने हाम्रो हालत के हुन्छ – त्यस्तै कपडा सिलाउने दर्जीहरूले कपडा सिलाउनु भएन भने के हुन्छ – जुत्ता सिलाउनेहरूले जुत्ता सिलाउन छोड्नु भयो भने के हुन्छ – सुन बनाउनेहरूले सुन बनाउन छोड्यो भने के हुन्छ – यस्ता यावत कुराहरूमा हामीले कदापी विचार गरेनौँ र विचार गर्ने आवश्यकता पनि देखेनाँै । आजको दुनियाँ भेदभाव र छुवाछूतको दूनियाँ हैन सम्मान र अस्तित्वको दुनियाँ हो हामी सबैले सबैको अस्तित्व स्वीकार गरौँ हामीले खोजेको र चाहेको समृद्व नेपाल पनि यही हो, यसरी नै समृद्व नेपाल बन्ने हो । एक जातिले अर्को जातिलाई होच्याएर, विभेद गरेर र अन्य हिंसा गरेर हामी समृद्व नेपाल बनाउन सक्दैनौँ । समृद्व नेपाल बनाउन जसलाई हामी नबुझेर त कहिले बुझि बुझि पनि बुझपचाएर सानो जात भनिरहेका छौँ त्यसलाई गम्भीरताका साथ लिने हो भने जसलाई हामीले सानो जात भनिरहेका छँौँ उहाँहरू ज्ाति महान् जात र समूदाय अरु कोही हुनुहुन्न उहाँहरूकै कलाले त आज देश समृद्व भएको छ यो कुरा अलिकति जानेका बुझेका र बुझन खोज्ने हामीहरूले बुझन पर्छ र अरुलाई पनि बुझाउनपर्छ । त्यो नै हामीहरूले जाने बुझेको प्रमाण हो । जातीय उत्पीडन विरुद्वको करोडौँ परियोजनामा काम गरी करोडाँै कुम्ल्याउने अनि समाजमा तिनै डलर धारीहरू विभेदमा उत्रने गरेका छन् अब तिनीहरूले पनि यो कुरालाई मनन् गर्नपर्छ । आजकै मितिवाट सबै जात जाति र समूदायका नागरिकलाई केवल राज्यका उत्कृष्ट सदस्यको रूपमा लिदैँ उनीहरूलाई सम्मान पूवक बाँच्न पाउने वातावरणको सिर्जना गरौँ । काटेमा सबैको रगत रातै हुन्छ, सबैलाई भोक लाग्छ, सबैलाई निन्द्रा लाग्छ अनि पीडामा सबै रुन्छन् र सुखमा सबै हाँस्छन् भने हामी को सानो जात को ठूलो जात – यदि साँचो कुरा भन्ने हो भने जसले सानो जात भनी उत्पीडन गर्छ, भेदभाव गर्छ वास्तवमै उनै यो देशको सबैभन्दा सानो जात भएको मान्छे हो । ठूलो जात हुनलाई ठूलो कर्म गर्नु पर्छ, ठूलो मन राख्नुपर्छ र ठूलो छाती हुनपर्छ । आदर्शका गफ गर्दैमा कोही ठूलो जात हुन सक्दैन । यस कुरामा सबैलाई चेतना भया ।
-लेखक नेपाल गणतान्त्रिक जनता पार्टीध्यक्ष तथा नेपाली नागरिक मोर्चाका संयोजक हुन् ।