संविधान सभामा साक्षी किनारा कि बिद्रोह ? युवराज सफल
संविधान निर्माण गर्ने भन्दै करोडौँ खर्चेर देखाइएको महंगो प्रहशनवाट जन्मिएको भनिएको कथित संविधान सभाभित्र अहिले विभिन्न नाटक मञ्चन गर्न थालिएको छ । विभिन्न पात्र र प्रवृतिको कारण यतिखेर संविधान सभा रुपी लास सभा विवाद ,चर्चा र अनेक प्रपञ्च रच्ने थलोको रुपमा स्थापित हुन थालेको छ । अचेल त्यहाँ विभिन्न खालका घटनाहरु घट्न थालेका छन् । रुपमा हेदा एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा संविधान सभाभित्र र बाहिर आन्दोलन गरेजस्तो देखिएपनि सारमा भने उनीहरुको अर्कै स्वार्थ रहेको देखिन थालेको छ । प्रचण्ड नेतृत्वको मोर्चाले संविधान सभाभित्र प्रतिरोधको नाममा वितण्डा मच्चाएको छ । संविधान सभाको बैठकमा टेवल र कुर्सीुटाएका मात्र छैनन् उनीहरुले सांघातिक आक्रमण समेत गरेका छन् । हिजोको दिनमा हामीहरुले यो चुनाब प्रतिगामी हर्कत हो यस्तोमा सहभागी नहोउभन्दा संसार जिते झैँ गरी चुनाबमा जाने प्रचण्डहरुले काँग्रेस एमालेले यो अबस्थामा ल्याई पुर्याउँछन् भन्ने कुरा मनमा राख्न पर्दथ्यो । तर थाहा छैन आफूलाई नेपाली राजनीतिको गिरिजाप्रसाद कोइरालापछिको शिखरपुरुष ठान्ने प्रचण्डले किन बुझेनन् । कि प्रचण्डहरु कुरा बुझदा बुझदै पनि बुझ पचाई रहेका छन् या प्रचण्डहरुलाई जे जे भएपनि खुरुक्क मान्नु भन्ने विदेशी दवाव या हस्तक्षेप छ – हैन भने प्रचण्डहरु किन लुरु लुरु अडान छोड्दै अगाडि बढीरहेका छन् अनि जनताको नजरमा भ्रमको खेती गर्दै संविधान सभाभित्र दुनियाँ नौटंकी देखाईरहेका छन् । प्रचण्ड र उनी नेतृत्वमा रहेको भनिएको मोर्चाको गतिविधि देख्दा अचम्म लागि रहेको छ यतिखेर ।
संविधान सभामार्फ आफ्नो भागबण्डा सुनिश्चित गर्नको लागि आन्दोलनको घोषणा गरिएको हो कि साँच्चै जनताको संविधान निर्माणको लागि आन्दोलन गरिएको हो आज आम मानिसहरु प्रचण्ड नेतृत्वको मोर्चाले संचालन गरेको आन्दोलनवारे समीक्षा गरिरहेका छन् । विभिन्न मान्छेले विभिन्न प्रतिकृया दिन थालेका छन् । तर्सथ अब यो मोर्चासँग जम्मा दुइ ओटा विकल्प रहेका छन् । पहिलो विकल्प काँग्रेस एमालेहरुले भनेजस्तो संविधान निर्माणमा हो मा हो मिलाउँदै साक्षी किनारा बस्ने र अर्को विकल्प भनेको संविधान सभावाट व्रि्रोह गर्ने । यदि यी दुइ काम गर्न सकेनन् भने त्यो मोर्चाको काम छैन , त्यसलाई आजकै मितिदेखि विघटन गरिदिए हुन्छ । यदि साँच्चै जनताको संविधान निर्माण गर्नकै खातिर मोर्चा गठन र आन्दोलन गरिएको हो भने अब बेलैमा उनीहरुले बुद्वि पुर्याउन पर्छ हैन भने थप पश्चातापको आगोले पोल्नेछ ।
तर आजको मितिसम्ममा आन्दोलनरत पक्षहरुले स्पष्ट बाटो पहिल्याउन सकेका छैनन् । संविधान सभा बहिष्कार गर्ने कि त्यो संविधान सभालाई मानेरै जाने भन्नेमा उनीहरु अलमलमा मात्र परेका छैनन् ठूलो रनभुल्लमा परेका छन् । मोर्चामा आवद्व नेताहरु नै फरक फरक कित्तामा बाँढिएका छन् । त्यस्तै गरी पार्टीीभत्रका शीष नेताहरु पनि स्पष्ट छैनन् त्यसैले पनि संविधान निर्माणमा थप जटिलता उत्पन्न भएको छ । खासमा भन्ने हो भने आन्दोलनरत पक्षले आफ्नो ढुलमुले चरित्रलाई उदांगो पारेका छन् । न त आन्दोलनलाई नै प्रभावकारी बनाउन सकेका छन् न त संविधान सभामै सशक्त भुमिका खेल्न सकेका छन् । उनीहरुको कारण आज देश नै अनिर्ण्रो बन्दी बन्न पुगेको छ । यो मोर्चाले प्रभावकारी भूमिका निर्वाह गर्ने हो भने पक्कै पनि नेपाली राजनीतिले नयाँ कोर्षलिने थियो । अझ जनताको संविधान जनताले नै बनाउने अधिकार सुनिश्चित हुने थियो ।
तर्सथ विशेषत संविधान निर्माणको अनेक प्रकृयासँग असन्तुष्ट भएको प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले अब आगामी दिनमा कस्तो कार्यदिशा लिनुपर्छ ,अबको उसको गन्तव्य के हुनपर्छ ,उसले भावी दिनमा के गर्न सक्छ या गर्छ आदि विषयमा आम नागरिक र राजनीतिक विश्लेषकहरुको लागि चासोको र चिन्ताको विषय हुन सक्छ । त्यसैले पनि विपक्षीहरुले संविधान सभामा रहेर साक्षी किनारा मात्र बसी प्रतिगामी संविधान ल्याउन मार्गप्रशस्त गर्दछन् कि त संविधान सभावाट राजिनामा दिएर सामूहिक व्रि्रोह गर्दछन् त्यो भने हेन बाँकी नै छ तर पनि सम्भावित घटनाक्रम बारे संक्षेपमा चर्चा परिचर्चा गर्दा उचित र्ठहला कि ?
प्रतिगामी संविधान निर्माणको साक्षी किनारा बन्ने खतरा
दोस्रो संविधान सभाको निर्वाचन समयदेखि आज सम्मको घटनाक्रम हेदा आन्दोलनमा उत्रिएको भनिएको ३० दलीय मोर्चा प्रतिगामी संविधान निर्माणमा साक्षी किनारा मात्र बस्नेमा कुनै शंका छैन । किनकी विगतमा प्रचण्डले जसरी धोका दिए ,असन्तुष्ट पक्षलाई सहमतिमा नल्याई जसरी सैनिक परिचालन गरेर संविधान सभाको निर्वाचन गर्न कसिए । त्यस्तै बहालवाला प्रधानन्याधिशको नेतृत्वमा सरकार गठन गर्न उनैले पहिलो पटक प्रस्ताव ल्याए । यसो हर्ेदा खेरी यो सबै उनको खेल थियो त्यो आरोप लाग्छ भन्ने डरले मात्र आज प्रचण्ड अनावश्यक रुपमा क्रान्तिकारी बन्न खोजेका छन् । अझ भन्दा नक्कली सिङ देखाएर दुनियाँलाई तर्सरा खोजिरहेका छन् । मोर्चा हाक्ने जिम्मेवारी पाएका नेता प्रचण्डको दिनमै तीन पटक बोली फेरिन थालेको छ । अघिल्लो दिनमात्र अब यो संविधान सभावाट जनताको संविधान बन्न नसक्ने भयो भन्दै विप्लव र वैद्यसँग सहकार्य गर्छुुनेर वक्तव्य दिने प्रचण्ड दिन वित्न नपाउदैँ अब १ महिना बाटो हेर्ने भन्ने निर्ण्राा पुगेका छन् । यसरी दिनका दिन बोली फेर्ने प्रचण्डले संविधान सभा छोडेर व्रि्रोह गर्ने सम्भावना छँदैछैन । यदि प्रचण्डले त्यो निर्ण्र्ागरे भने त्यो चमत्कार मात्र नभएर उनको भाषामा र्छलाङ नै हुनेछ एक उत्कृष्ट क्रान्तिकारी ऐतिहासिक कदम हुनेछ ।
प्रचण्डले आन्दोलन गर्छुुत्र के भनेका थिए आज शुशिल ,केपी ,माधव ,देउवाको टाउको खाएको छ । स्रोतका अनुसार देउवा ,केपी ,माधवहरुले प्रचण्डलाई आवश्यक प्रशिक्षण दिई रहेका छन् अझ भनौँ तपाईहरु विप्लव र बैद्यको पछि नलाग्नुस् ,संविधान सभा बहिष्कार नगर्नुस् ,संविधान सभा बहिष्कारको औचित्य पुष्टि गर्न सक्नुहुन्न भनिरहेका छन् । त्यस्तै हालसालै भारतीय राजदुत रन्जित रे ले पनि यस्तै सल्लाह दिएका छन् यसैले पनि प्रचण्डले संविधान सभा बहिष्कार गर्ने सम्भावना छैन र मोर्चामा लागेका अरु लोभीपापीहरुले त झन बहिष्कार गर्ने सम्भावना नै देखिँदैन ।
यतिखेर प्रचण्ड नरम्रोसँग तनावको भूमरिमा परेका छन् । उनले एउटा तिरवाट दर्जनौ शिकार मार्न खोजी रहेका छन् । संविधान सभाको बहिष्कार गर्छुन्दै उनी अहिले आफ्नो राजनीतिक भविष्यलाई खोजी रहेका छन् । यदि उनलाई कार्यकारी राष्ट्रपति बनाउने गरी सम्झौता गरिने भयो भने उनी दश हात माथि उफ्रेर सहमतिमा आउने छन् मोर्चा र मोर्चाका अन्य घटकलाई समेत लात मार्न पछि पर्दैनन् । जनताको संविधान ल्याउनको लागि उनले यो सबै गरिरहेका छैनन् । उनी त आफ्नो राजनीतिक भविष्यलाई दरिलो बनाउन चाहिरहेका छन् त्यसैको लागि आज उनी छिनमै डाक्टर ,छिनमै वैद्य र छिनमै झाँक्री बनिरहेका छन् । यो सबै गर्नु उनको बाध्यता हो । आज यतिखेर उनलाई ठूलो संकट परेको छ अरुले भनेझै लुरु लुरु मान्दै जाउ भने अलि अलि भएको क्रान्तिकारी खोल निस्केला र विप्लव वैद्यले प्रचण्ड सकियो भनी पत्तासाफ गर्लान् भन्ने डर यता क्रान्तिकारी भएको अभिनय गरौँ भने उताकाले खवरदार भनेर औँला उठाउलान् भन्ने डर । यही चिन्ताले उनी दुवै चरित्र सशक्त निर्वाह गरि रहेका छन् । संविधान सभामा तोडफोड गरेर क्रान्तिकारी भएको सन्देश दिन भ्याएका छन् भने भारतीय राजदुतसँग भेटेर संविधान सभावाटै संविधान बनाउने हो अस्ति भएका कुराहरु मने नाटक मात्र हो भन्न भ्याएका छन् ।
अझ एमाओवादी भित्रै नारायणकाजी र कृष्णवहादुर महराहरु अर्कै धुनमा लागेका छन् । नारायणकाजी र महरा विवादित विषयमा फरक मत राख्दै संविधान चाँडो जारी गरौँ भनी रहेका छन् । महराले त संघीयताको विषयमा फरक मत समेत राखिसकेका छन् । जातीय आधारमा संघीयतामा जान नहुने भनाई उनले र्सार्वजनिक गरेका छन् । संघीयतामा जाँदा ५० बर्षा नेपाल सिद्विने भविष्यवाणी समेत उनले गर्न भ्याएका छन् । यता मधेशी मोर्चाका नेता भनिएका विजय कुमार गच्छादारले त पहिलानै लचक भइ सकेका थिए । उनीले पनि आफ्नो पुरानो घरलाई फाइदा हुने कार्य नगरी प्रचण्डहरुको निम्ति बलिको बोको बन्ने सम्भावना कमै देखिन्छ । विचरा उपेन्द्र यादव र अशोक र्राईहरुले के गर्ने हुन् । अरु दुइ चार भुरे पार्टीीको कुरै छाडौँ ,जसले पद दिन्छु भन्छ उसकै पछि लाग्ने हुन र उसकै गुणगान गाउने हुन् । त्यसकारण पनि अन्तत प्रचण्ड नेतृत्वको मोर्चाले प्रतिगामी संविधान निर्माण गर्न साक्षी किनारा मात्र बस्ने सम्भावना १०० मा ९५ प्रतिशत देखिन्छ ।
संविधान सभाबाट व्रि्रोह गरी सडकमा आउने सम्भावना
आजसम्मको अवस्था हेदा प्रचण्ड नेतृत्वको मोर्चा संविधान सभा बहिष्कार गर्दै आन्दोलनमा आउने सम्भावना मरेर ५ प्रतिशत देखिन्छ तर अझसम्म त्यतिमा पनि बलियो आधार देखिएको छैन । किनकी हिजो जसरी उनीहरु सारा कुरा विर्सर्ेेगलत प्रकृयावाट भएको निर्वाचनमा सामेल भए त्यहाँ देखि उनीहरुले बाटो विराएका थिए । संविधान सभाको निर्वाचनमा अचम्मको हार बेहोरेपछि प्रचण्डले संविधान सभामा सहभगिता नजनाउने भनेर दुनियाँलाई घुर्क्याएका थिए । तर अन्तत उनी संविधान सभामा गएरै छाडे । त्यतिखेर पार्टी हारेको कारण पार्टीीेता तथा कार्यकर्ताहरुले आफ्नो राजिनामा माग्दछन् भनेर उनीले सो चलाखी गरेका थिए । र आज उनले काँग्रेस एम्ााले अनि राप्रपाले भनेजस्तो प्रतिगामी संविधान ल्याउनकै निम्ति भित्रभित्रै सहमति गरिसकेका छन् । त्यही सहमति गरेर र उनी हिजो गलत प्रकृयावाट सम्पन्न गराइएको निर्वाचनमा सामेल हुन पुगे । बाहिर बाहिर पहिचानको कुरा गर्ने भित्र भित्रै अर्कै कुरा गर्ने प्रचण्डको कलालाई नबुझने पटमर्ूख तथा महामुख हरुलाई के भन्नु – कहिले उनीहरुले कुरा बुझनु । काँग्रेस एमालेसँग लत्रिएको भन्ने आरोपवाट बच्न मात्र प्रचण्ड र मोर्चाका अन्य दलहरुले आन्दोलनको नाटक गरेका हुन् । यदि यीनीहरु साँच्चै जनताको संविधान निर्माण गर्न चाहन्थेँ भने पक्कै पनि संविधान सभावाट राजिनामा दिन सक्थे । यर्सथ पनि उनीहरु संविधान सभा त्यागेर सडकमा आउने सम्भावना कम भएको हो । एक वर्षम्म संविधान सभामा बसेर तलब भत्ता खाएर मस्ती गर्ने अनि अन्तिममा सडकमा आउदा कसरी नाक मूख देखाउने भन्ने चिन्ता पनि यीनमा भएको हुनपर्छ ।
अर्को कुरा यदि ३० दलीय मोर्चा संविधान सभा त्यागेर आन्दोलनमा आउन चाहे पनि उनीहरु सडकमा आउन सक्दैनन् । किनकी उनीहरु आफ्नो स्वनिर्ण्राा चल्ने छैनन् । पारिको आदेशलाई अटेर गर्ने र आफ्नो निर्ण्र्ााआफैँ गर्ने हैसियतमा उनीहरु पुगेका छैनन् । उनीहरुको पार्टी चावी अन्यत्रै रहेको छ त्यसैले पनि मोर्चा संविधान सभा छाड्न सक्दैन ।
तर साँच्चिकै देश र नागरिकको पक्षमा अग्रगामी संविधान बनाउने हो भने अब ३० दलीय मोर्चा दोस्रो संविधान सभा धोका थियो ,नाटक थियो ,यसवाट प्रतिगामी संविधान बन्ने हो हामी यस प्रकृयामा सहभागी हुदैनौँ भन्दै सामुहिक रुपमा संविधान सभावाट राजिनामा दिन पर्छ र संविधान सभाको औचित्य छैन भन्ने कुरामा सहमति जनाई अन्य विधिवाट संविधान बनाउने बाटोमा अग्रसर हुन पर्दछ । नेपाली नागरिक र राष्ट्रको भलाई पनि यसैमा छ । यदि उनीहरुले बेलैमा राजिनामा दिएर सडकमा आए भने संविधान सभाको औचित्य समाप्त हुन्छ र देशले नयाँ राजनीतिक गति निर्धारण गर्छ । हेरौँ ३० दलीय मोर्चाले के निर्ण्र्ाागर्छ , प्रतिगामी संविधान निर्माणमा साक्षी किनारा बस्छ कि त संविधान सभा बहिष्कार गरी सडक वा आन्दोलनवाट नेपाली जनताको अग्रगामी संविधान निर्माण गर्न सशक्त भूमिका खेल्छ त्यो हर्ेन केही समय कुर्नै पर्छ धैय गर्ने पर्छ ।