देशमा प्रतिगमनको खतरा – युवराज सफल

२०७१ माघ २२ गते, बिहीबार

देशमा पटक पटक प्रतिगमनका घटना घटेका छन् । विगत केही वर्षेखि आम नेपाली नागरिकले अर्को भयानक ठूलो प्रतिगमनको सामना गर्न पर्ने अवस्थाको सिर्जना भएको छ । हिजोका दिनहरुमा नेपाली नागरिकहरुलाई प्रतिगमन भयो अब अग्रगमनको लागि सडकमा उत्रेर अगाडि बढौँ भन्ने राजनीतिक पार्टी नेताहरुद्वारा नै अबको प्रतिगमन हँुदैछ । दशकौँ देखी आफ्नो संविधान आफैँ बनाउने नेपाली नागरिकको चाहनामा तुषारापात गर्दै पहिलो संविधान सभाबाट संविधान बन्न नदिन कथित प्रतिगामीहरुले ठूलो चलखेल गरेका थिए । तर आज दोस्रो संविधान सभाको निर्वाचनवाट बनेको संविधान सभाले पनि संविधान दिन सक्ने माथि आज चौतर्फी प्रश्न चिन्ह उठेको छ । यो संविधानमार्फ देशलाई अग्रगमनको साटो पश्चगमनतिर लैजान एउटा ठूलो जमात लागि सकेको छ । उनीहरु नेपाली नागरिकले रगत बगाएर ल्याएको ऐतिहासिक उपलब्धीलाई मासेर फेरि मूलुकलाई भयानक ठूलो प्रतिगमनतिर धकेल्न चाहिरहेका छन् । संविधान सभाभित्रै रहेका प्रतिगामीहरु वैधानिक ढंगवाट नै प्रतिगामी कदम चाल्न उन्मुख भएका छन् । साँचो अर्थमा भन्ने हो भने नेपालमा पहिलो संविधान सभाको जानाजान गरिएको विघटन देखि नै नयाँ प्रतिगमनको शुरुवात भएको थियो । बहालवाला प्रधानन्याधिश खिलराज रेग्मीलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाउने असफल दलहरुको निर्ण्राय कदमवाट अर्को प्रतिगमनको शुरुवात भएको थियो । त्यसपछि आज सम्म जे जे प्रतिगामी कामहरु भएका छन् ती सबै नयाँ प्रतिगमनको लागि सहयोगी हुने कार्य भई रहेका छन् । विभिन्न पार्टी नेताहरु प्रतिगमनको लागि तयार भएर रहेका छन् । उनीहरु संक्रमणकालीन अवस्थाको फाईदा उठाउँदै प्रतिगामी कदम चाल्न उन्मूख भएका छन् । सायद प्रतिगामीहरु धमिलो पानीमा माछा मार्ने काम गर्न चाहन्छन् । नेपाली नागरिकले आन्दोलनको बलमा स्थापित गरेका साँच्चैका परिवर्तनका धरोहरलाई सदा सदाको लागि देशवाट विमूख गर्न चाहन्छन् ।
विभिन्न व्यक्ति तथा समुह विभिन्न आवरणमा प्रतिगामी कदम चाल्न मौका हेरिरहेका छन् । कसरी र कुन रुपमा प्रतिगामी वातावरणको सिर्जना गर्न सकिन्छ भनेर जोखाना हेनमा प्रतिगामीहरु व्यस्तछन् । प्रतिगामीहरुले अनेक चरित्र निर्वाह गरेका छन् । कोही प्रतिगामीहरु अग्रगमनको खोल ओढेर प्रतिगामी कदम चाल्न मौका हेर्दै छन् त कोही क्रान्तिकारी धारको खोल ओढेर प्रतिगामी कदम चाल्न खोज्दै छन् । उनीहरुको त्यस्तो हर्कतलाई बेलैम बुझन सक्नुपर्दछ । यदि त्यस्तो प्रतिगामीहरुको हर्कत बुझेर त्यसलाई नियन्त्रण गर्न सकेनौँ भने अब मूलुकले अर्को दुर्घटनाको सामना गर्न पर्दछ ।
अत नेपालमा कस कसले प्रतिगामी कदम चाल्न थालेका छन् । कुन कुन आवरणमा प्रतिगामीहरु चलखेल गर्दैछन् ,तिनले के के वितण्डा मच्चाउन सक्दछन् । तिनका के के स्वार्थ रहेका छन् । तिनीहरुलाई कसले परिचालन गरेका छन् आदि विषयमा नेपाली नागरिकले ख्याल राख्न पर्दछ । साथै देश र नागरिकलाई बर्वादीको रसातलमा हाल्ने त्यो कदमको विरुद्वमा सशक्त आन्दोलन मात्र होइन महा आन्दोलन गर्न पर्दछ । नयाँ प्रतिगामी कदमवाट देशलाई बचाउन पर्छ । प्रत्येक नागरिक अब सचेत हुनपर्छ ,जागरुक हुन पर्छ । हर प्रकारका प्रतिगामी षड्यन्त्रहरुलाई चिरफार गर्न पर्छ । प्रतिगामी कदमवाट सबैलाई मूक्ति दिलाई अग्रगमनको रक्षार्थ अघि बढ्नु हामी सबैको साझा दायित्व हो ।
हामी नेपाली नागरिकले थुप्रै अन्याय अत्याचार ,शोषण दमन र उत्पीडन भोगेका छौँ । प्रत्येक अत्याचार र दमनका विरुद्व हामीले संर्घष्ा गरेका छौँ । हामीले कहिल्ये डराएर घुँडा टकेको इतिहास छैन । नेपाली नागरिकलाई थिचोमिचो गर्ने ,अन्याय अत्याचार गर्ने कथित जनदुष्मनहरुलाई नेपाली नागरिकले कहिल्ये पनि माफी दिएका छैनन् । ढिलो चाँडो उनीहरुको अन्त्य भएकै छ । अचेल हामी कहाँ कोही नयाँ प्रतिगामी त कोही पुराना प्रतिगामीहरु अनेक रुपमा सल्बलाउन थालेका छन् । स्वाभिमान र स्वतन्त्रताका प्रतिमूर्ति रहेका नेपाली नागरिकले नव छोटे महाराजहरुलाई अव टिकि खान दिने छैनन् । तिनका साम्राज्यमा व्रि्रोहको आगो झोस्न उनीहरुलाई कसैले सिकाई रहन पर्दैन । आज प्रत्येक नागरिकको दिमागमा चेतना र जागरणका लहर भरिएका छन् । अब उनीहरुका सामु कुनै प्रतिगामीले प्रतिगामी कदम नचाले हुन्छ यदि चाल्न दुष्साहास गरेको खण्डमा तिनको पतन निश्चित छ ।
हाम्रो देशमा भावी दिनमा हुने नयाँ प्रतिगमनकारी पात्र र सम्भावित प्रतिगामी घटनाका झलकहरु प्ा्रस्तुत गर्दा सान्दर्भिक होला । एकपटक ध्यान दृष्टिले हेदा अब नेपाली राजनीतिमा निम्न प्रतिगामी झलकहरु देखिने छ ।
संक्षेपमा तिनको चर्चा गरौँ ।
दृश्य नं . १ प्रतिगामी कदम – अहिले एकथरि प्रतिगमनकारीहरु संविधान सभामार्फ संविधान निर्माण गरी जारी गर्र्छौ भन्दै हिँड्न थालेका छन् । हिजोको समयमा ०४७ सालको संविधानलाई नै विश्वको सबैभन्दा उत्कृष्ट संविधान भन्दै त्यसको जयजयकार गर्ने कथित प्रतिगामीहरु आज नयाँ संविधान बनाउने कुरा गर्दैछन् । जसलाई संविधान सभा भनेको केहो थाहा छैन ,जो संविधान सभाको नाम लिनसाथ झस्कन्थ्यो त्यस्ता महा हरामीहरु आज संविधान सभाको असली हिमायती अनि नयाँ संविधान निर्माणका ठेकेदार भएका छन् । अहिले नेपालमा सबैभन्दा ठूलो प्रतिगमन भनेको यही हो । जसले फेरि पनि नयाँ संविधानको नाममा ०४७ सालकै संविधानलाई पर्ुनस्थापना गरी देशलाई ०६२ /०६३ सालको जनआन्दोलनभन्दा अगाडिको अवस्थामा पुर्‍याउन खोजीरहेका छन् । हिजो जनआन्दोलनलाई विभिन्न किसीमले होच्याउने केपी ओली र शुशिल कोइरालाहरु आज गणतन्त्र र संविधान सभाका असली हिमायती कहलिएका छन् । थाहा छैन आज उनीहरु कुन नाक र मुख लिएर आफूलाई सच्चा गणतन्त्रवादी र संविधान सभाको पक्षपाती ठानिरहेका छन् । देश र नागरिकको अधिकारको विपक्षमा जाने ती प्रतिगामीहरुलाई लाज लाग्न पर्ने हो तर पनि किन तिनीहरुलाई लाज र सरम लाग्न सकेको छैन । जनताका दुष्मनहरुलाई डाँडो कटाएर सिमा पार गराउन पर्ने ठाँउमा आज देश चलाउने तालाचावी उनीहरुले नै लिएका छन् । उनीहरु राज्यको डाडु पन्यू आफैँले लिएर बसेका छन् । यदि हिजो ती प्रतिगामीहरुलाई बेलैमा सफाया गरिदिएको भए सायद देशले यो प्रतिगमनको सामना गर्न पर्ने थिएन ।
खास गरी ०४७ सालको संविधानका पक्षपातीहरु नौ वर्तमान संविधान सभाको पक्षपाती भएका कारण देशमा प्रतिगामी संविधानको निर्माण गरेर भयानक प्रतिगामी कदम चालिदैँ छ । जुन प्रतिगामी कदमवाट नेपाली जनताले पटक पटक गरेका संर्घष्ाका उपलव्धिहरुलाई सिध्याउन खोजिरहेको छ । तर्सथ अब हामी सबै नागरिकहरु एकजुट भएर काँग्रेस एमाले ,राप्रपा नेपाल र राप्रपा जस्ता पार्टी प्रतिगामी नेताहरुलाई सदाको लागि परास्त गर्न पर्छ । उनीहरुले यो बेलामा जति बेला पनि प्रतिगमन गर्न सक्दछन् यस्ताको महाहर्कतवाट देशलाई जोगाउन र ०४७ सालको संविधान पर्ुनस्थापना गरी देशलाई नयाँ प्रतिगामी कदम तिर लैजान खोज्नेहरुको विरुद्वमा सशक्त आवाज उठाउनका साथै यिनका विरुद्वमा अर्को निर्णायक संर्घष गर्नु आवश्यक छ ।
दृश्य नं. २ सम्भावित प्रतिगामी कदमः
यता एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा पहिचान सहितको संघीयता भन्दै नेपाल जस्तो बहुजातीय राष्ट्रमा जातीको नाममा राज्यको नामाकरण गरेर उनीहरुलाई पहिचान दिन पर्ने अडानमा लागेको छ । पहिचान भनेको केहो भनी त्यसको सही अर्थ नेपाली नागरिकलाई बुझाएर नागरिकवाट अनुमोदन गराएर संघीय राज्यको नाम जे जे राखे पनि कसैलाई आपत्तिको विषय हुने छैन । तर जसरी आज पहिचानको नाममा जातीय राज्यको स्वरुप झल्कने गरी संघीय प्रदेशको नामाकरण गर्न खोजिदैँछ यदि आम नागरिकलाई नबुझाई तथा उनीहरुवाट अनुमोदन नगर्राई त्यस्तो गरियो भनी देशमा जातीय द्वन्द्व निम्तिने पक्का छ । सयौँ वर्षेखि मिलेर बसिरहेका नेपालीहरु आपसमा जातीय सद्भाव विथोल्दै एक अर्काको विरुद्वमा लड्ने पक्का पक्की छ । यदि त्यस्तो भयो भने देश सुडान जस्तो भएर जाने पक्का पक्की छ । अर्को तिर कसैले पनि कल्पना नगरेको एउटा भयंकर प्रतिगामी कदम चाल्न एमाओवादी अध्यक्ष प्रचण्ड लागि रहेका छन् । त्यो केहो भने प्रचण्ड यतिखेर साँच्चै पहिचानको लागि लडि रहेका छैनन् । पहिचानको नाममा उनी यतिखेर देशमा राजनीतिक अस्थिरता खडा गरी त्यसैको पेरिफेरीमा आफ्नो राजनीतिक स्वार्थ पुरा गराउन खोजि रहेका छन् । अझ स्पष्ट भाषामा भन्ने हो भने प्रचण्ड नेपालमा भएका सम्पूण जातजातिलाई उचालेर भड्काएर उनीहरुको सदियौँ वर्षेखिको जातीय सद्भावलाई विथोलेर एउटा क्राईसेस ल्याउन चाहन्छन् र त्यो क्राइसेससँग खेल्दै आफ्नो निहित राजनीतिक स्वार्थ पुरा गर्ने उनको अभिष्ट रहेको छ । अवस्था कहाँ सम्म पुग्ने देखिन्छ भने जसरी आज विभिन्न देशमा जातीय सद्भाव विथोलियो भन्दै हाम्रा नेपाली सेनाहरु शान्ति सेनाको रुपमा काम गर्न खटिएका छन् भोलि हाम्रो देशमा पनि जातीय सद्भाव विथोलियो जातीय हिँसा भड्कियो भन्दै विदेशी सेनाहरु वैधानिक रुपमा बस्न बेर लगाउदैनन् । हिजो पनि अमेरिकी दलालहरुको संस्था संयुक्त राष्ट्र संघ नामक संस्थाका सिपाहीहरु संयौका संख्यामा हाम्रो देशमा कैयँन वर्षबसेका हुन । अब फेरि पनि तिनीहरुलाई हाम्रो देशमा जातीय सद्भाव विथोलियो ,जातीय दंगा एवम् हिंसा भड्कियो अब तिमीहरुले मध्यस्तकर्ताको भूमिका खेल्न पर्‍यो भन्दै बोलाउन बेर छैन । प्रचण्डहरु विदेशी हस्तक्षेप गर्न विदेशीहरुलाई आफैँले आमन्त्रित गरिरहेका छन् । जात जातिको नाममा राज्यको नामाकरण जनतावाट प्रत्यक्ष अनुमोदन नगरी हचुवामा गर्दा देश सुडान ,हाइटी र कंगोको जस्तो अन्त्यहिन जातीय द्वन्द्वमा पर्ने छ । यो अर्को खतरनाक प्रतिगामी कदम हो । प्रचण्डहरु अग्रगमनको नाम लिएर प्रतिगमन गर्न तम्सिएका छन् । यस्ता प्रतिगामी कदमलाई निस्तेज पार्न सम्पूण देशभक्त ,प्रगतिशिल ,क्रान्तिकारी र राष्ट्रवादी शक्तिहरु एक ठाँउमा उभिन पर्छ तब मात्र यी र यी जस्ता प्रतिगामी कदमहरुलाई नागरिक संर्घष्ाद्वारा रोक्न सकिन्छ । यदि हामीले बेलैमा यसलाई रोक्न सकेनौँ भने हाम्रो आखैँ अगाडि देश जलेर खरानी भएको दृश्य हर्ेन पर्नेछ तर्सथ बेलैमा हामी सचेत भएर अगाडि बढौँ सबै खाले प्रतिगामी कदमलाई राकौँ ।
दृश्य नं. ३ सम्भावित प्रतिगामी कदम ः
नेपालमा अर्को सम्भावित प्रतिगामी कदम समेत चालिने सम्भावना बढेर गएको छ । धर्म निरपेक्षवादी र हिन्दुवादीहरुवीच भयानक संर्घष्ा चर्कने देखिएको छ । बर्षौँ देखि कायम भएको धार्मिक सद्भावलाई विथोल्न आज नयाँ नयाँ प्रतिगमनकारी कदम चाल्न थालिएको छ । विभिन्न धर्मको अस्तित्व भएको भएको नेपालमा केही धर्म नभएको झैँ गरी धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको छ । अन्दाजी ८५ प्रतिशत हिन्दु र अन्य धर्म मान्ने मान्छे भएको यो देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेवाट हिन्दु धर्म मान्नेहरु मर्माहत भएको गुनासो गर्दै छन् र निरन्तर हिन्दुराज्य चाहिन्छ भनिरहेका छन् । यर्सथ अब नेपालमा जातीय सँगै धार्मिक युद्व पनि हुने सम्भावना बढी रहेको छ । विदेशीहरुले नेपाल र नेपालीहरुलाई सिध्याउनकै लागि दिएका धर्म निरपेक्ष भन्ने एजेण्डाले नेपाली नेपालीलाई लडाउने पक्का पक्की छ । त्यसको झल्को त हामीले देखि सकेका छाै ।
नढाँटीकन भन्ने हो भने अमेरिका र युरोपियनहरु संसार भरी क्रिश्चियन धर्म विस्तार गरी धार्मिक साम्राज्य विस्तार गर्न चाहन्छन् त्यसकै उपज हो नेपालमा धर्म निरपेक्षताको नारा घुर्साईएको छ । नेपालमा धार्मिक युद्व मच्चाउन उनीहरु बडो योजनका साथ लागेका छन् । बहुधार्मिक राष्ट्र नेपाललाई आज धर्म निरपेक्ष राष्ट्र भनिएको छ । तर्सथ अब यसलाई संशोधन गरेर धार्मिक स्वतन्त्रता भन्ने शव्द राख्न पर्दछ । हिन्दु राज्यको चर्को वकालत गर्नेहरुले पनि यो कुरा बुझन जरुरी छ कि धर्मको कुनै राज्य बन्न सक्दैन धर्मको नाममा मन्दिर ,गुम्वा ,मस्जिद र चर्चमात्र बन्ने हुन् ।
तर्सथ अब धर्मको नाममा हुने अर्को प्रतिगमनलाई पनि हामीले रोक्न सक्नु पर्दछ यदि यसलाई पनि बेलैमा रोक्न सकेनौँ भने हामी आखैँ अगाडि एक धर्म मान्ने मान्छेले अर्को धर्म मान्ने मान्छेलाई काटेको तथा मारेको दृश्य फिल्मी शैलीमा देख्ने छौँ । अत यसलाई हामीले रोक्न पर्छ धर्मको नाममा राजनीति गरी आफ्नो कालो स्वार्थ पुरा गर्न खोज्ने तप्कालाई आजै देखि रोक्न पर्छ र हामी सबै नेपाली मिलेर राष्ट्रको रक्षा गर्न पर्छ ,स्वाभिमानी बहादुर सिपाही भएर आफ्नो पर्ुखाले देखाएको वीरताको गाथालाई पछ्याउन पर्छ ,धमिलो पानीमा माछा मार्ने र मार्न खोज्ने सबै खाले प्रतिगामीहरुलाई बेलैमा चेतना भया हैन भने प्रतिगामीहरुको जनताको आन्दोलनको अँाधी बेहेरी र विष्फोटनको ज्वालामूखीमा परी जलेर खरानी हुन पर्ला । नयाँ प्रतिगामी कदम चाल्न खोज्ने नव प्रतिगामीहरुको घैँटोमा बेलैमा घाम लागोस् ।
-अध्यक्ष नेपाल गणतान्त्रिक जनता पार्टी तथा संयोजक नेपाली नागरिक मोर्चा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु