धमिलिएको राजनीति – राजेन्द्र चिमौरिया
सत्तासिन पक्षले संविधानसभामा सहमतिलाई पन्छाएर प्रक्रियालाई अगाडि बढाएपछि देशको राजनीति धमिलिएको छ । नेपाली काँग्रेस र एमाले राजनीतिक परिवर्तनका लागि होमिएका दलहरुलाई पाखा लगाएर नाममात्रको एक थान संविधान दिने प्रपञ्चमा जुटिरहेका छन् । वर्तमान संविधानसभा जसमा देशका सबै राजनीतिक दल र जनताको विश्वास, सहयोग र्समर्थन र साथ छैन यसले नेपाली जनताले चाहेको संविधान बनाउँछ भन्नु आपैमा लाजमर्दो कुरा हो । यो संविधानसभा प्रतिगामी शक्तिको डिजाइनमा बनेको थियो र प्रतिगामीहरुको डिजाइनमा नै अगाडि बढेको छ । यही तथ्य बुझन नसक्दा देशका परिवर्तनकारी शक्तिहरुले यो संविधानसभालाई स्वीकारेका थिए । पछिल्लो समयमा आएर नेपाली काँग्रेस र एमालेले संविधानसभामा जुन हर्कत देखाए त्यसबाट एमाओवादी सहितका दलहरुले यो संविधानसभा भ्रम रहेछ, छल गर्ने थलो बनाइएको रहेछ भनेर बुझिसकेका छन् । यस्तो अवस्थामा देशी र विदेशी प्रतिक्रियावादीहरुको योजना अब संविधानसभा नामको डबलीबाट पुरा हुन नसक्ने निश्चित छ । तर्सथ अब नेकपा माओवादीले भनेजस्तो संविधानसभा भित्र रहेका र बाहिर रहेका सबै दलहरु एकजुट भएर यो संविधानसभाको विघटनको लागि एकजुट हुनुपर्छ । अब वर्तमान संविधानसभा विघटन नै मुलुकको संकट निकासको एकमात्र विकल्प हो । त्यसैले अब नेकपा माओवादीले भने जस्तो वर्तमान संविधानसभाको विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको आयोजना हुनुपर्छ र त्यही सभाबाट मुलुकको तमाम संकटको समाधान निकाल्नुपर्छ । आजको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ, चेतना भया ।