कमरेड के.पी. ओलीलाई खुला पत्र – खगेन्द्र छन्त्याल

२०७१ माघ २४ गते, शनिबार

कमरेड ओली , जय सलाम !
त्यसो त तिम्रो बोलीको खासै महत्व देख्दिन मैले ! किनकि तिम्रो बोलीमा क्षनिक मनोरन्जनका काईते कुरा बहायक न सिद्दान्तका कुरा ,न दर्शनका कुरा, न विचारका कुरा न द्रिस्तिकोनका कुरा केहि पनि हुदैनन् ! तिम्रा आचार,बिचार र बानि ब्यबहार हेर्दा कतै तिम्रो र राजा महेन्द्रको बंशानुगत सम्बन्ध त छैन ? भन्ने लाग्दछ मलाई ! तिम्रा आनी बानि र कम्युनिस्ट पार्टी बीच कुनै साईनो सम्बन्ध देख्दिन मैले ! ता पनि तिमिले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकिकृत मार्क्शबादी लेनिनबादी राखेको देख्दा मलाई लाजलागेर आउछ ! र मलाई डर पनि लाग्छ कहिले काही ! किनकि तिमीले जस्तै सुशिल दा ले पनि कतै आफ्नो पार्टीको नाम कम्युनिस्ट पार्टी नै राख्ने त होईनन ? किनकि कम्युनिस्ट पार्टीको कसीमा राखेर हेर्दा मार्क्सबाद लेनिनबाद्को कसीमा दाजेर हेर्दा सुशील दा र तिमि अनि सुशील दा को पार्टी र तिम्रो पार्टी का बीच न सियोको टुप्पा जति फरक देखिन्छ न रौ को टुक्रा जत्ति ! शिवरात्रीको दिन पशुपतिमा भांग खायर लत्थियको बाबाजी को बोलि बरु थोरै मार्क्सबाद सम्मत हुनसक्छ तर तिम्रो बोलीमा मार्क्सवादको कुनै अंश भेतिदैन ! त्यही पशुपतिको बादरले बरु थोरै मार्क्सबाद सम्मत ब्यबहार देखाउला तर तिम्रो ब्यबहार कहिँ कतै मार्क्सबाद सम्मत देखिदैन ! फेरि पनि तिमीले आफुलाई कम्युनिस्ट नै ठान्नु र आफ्नो पार्टीको नाम मार्क्सवादी लेनिनबादी नै राख्नु बिडम्बना हो ! र दुनिया भरका कम्युनिस्ट क्रान्तिकारी हरुका निम्ति यो लज्जाको बिसय हो ! तिमीले आज फेरि अर्को कुशब्द बोलेछौ ! तिमीले भनेछौ एमाओबादिमा बसेर मर्नु भन्दा एमालेमा आऊ र मन्त्रि बन ! हामि एमालेमा अवसर दिन्छौ ,स्थान दिन्छौ र सुरक्षा दिन्छौ ! यथार्थमा मृत्यु अबस्यम्भाबी चिज हो ! यसलाई कसैले न रोकेर रोकिन्छ न कसैले छेकेर छेकिन्छ ! एकचोटी मृत्युको क्षन सबैलाई अनिबार्य आउछ ! तसर्थ मान्छेको भौतिक मृत्यु को प्रश्न सहायक बिसय हो ! प्रधान बिसय त मृत्युको प्रकार हो ! मृत्युको प्रकारको बारेमा कमरेड माओ भन्नुहुन्छ : मृत्यु दुई प्रकारको हुन्छ एउटा प्वाख जस्तो हलुङ्गो र अर्को पहाड जस्तो गरुङ्गो ! देश र जनताको मुक्तिको निम्ति लड्ने क्रममा बलिदानी पूर्ण ढंगले गरिने मृत्युबरण पहाड जस्तो गरुङ्गो र व्यक्तिगत स्वार्थको पक्षमा साथै देश र जनताको हकहितको बिरुद्दमा लागि पर्ने क्रममा हुने मृत्यु प्वाख जस्तो हलुङ्गो हुन्छ ! समाजमा धेरै मान्छेहरु मरेर पनि बाची रहेका हुन्छन एकातिर भने अर्को तिर धेरै मान्छेहरु बचेर पनि मरि रहेका हुन्छन ! माओबादी आन्दोलनमा लागेर मृत्यु बरण गर्नु भनेको मरेर पनि देश र जनताको निम्ति बाच्नु हो ! त्यसको बिपरित तिमीले भने झैँ गरि बाच्नु भनेको देश र जनताको निम्ति बचेर पनि मर्नु हो ! फेरि हामि अनभिज्ञ पनि त छैनौ , हामीलाई राम्रो संग थाहा छ तिम्रा मन्त्रि,तिम्रा सुरक्षा र तिम्रा अवसर र स्थान के हो ? हामीलाई थाहा छ मन्त्रीको बन्दा नपुगेर कति तानातान र हानाहान चल्दै छ तिम्रो पार्टीमा ! हामीले देखेकै हो स्थान र अवसर खोज्न बल्खु दरबार आएका तिम्रा आफ्नै सहकर्मी तथा झापा आन्दोलनका एक योद्दा ले बल्खु दरबार परिसर मै आत्मा हत्या गरेको ! हामीलाई ताजै छ तिम्रो पार्टीको तत्कालिन महासचिब र संगठन बिभाग प्रमुखलाई कसैले एक्कै चोटी नारायणी नदीमा हुईकाई दियको ! तसर्थ भो , भो ,चाहिदैन तिम्रा ति मन्त्रि, अवसर,स्थान र सुरक्षा हामीलाई ! आफुसंग नै राख तिम्रा मन्त्रि कुनैदिन तिमीलाई आफ्नो पार्टी सत्ता तिकाउन काम लाग्ने छ ! आफै संग राख तिम्रो अवसर र स्थान ताकि फेरि कुनै सहयोद्दाले तिम्रो आखा कै आगाडी आत्माहत्या गर्न नपरोस ! आफै संग राख तिम्रो त्यो सुरक्षा पनि किनकि तिम्रो चाहना बिपरित देशलाई माया गर्ने तिम्रा कुनै अर्को नेता फेरि नारायणीमा मिल्काईन सक्छन ! त्यतिबेला तिम्रो सुरक्षा सुत्रले काम गरेछ भने कमसेकम देशले एउटा रास्ट्र्बादी नेता गुमाउनुपर्ने छैन ! तथास्तु !!!

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु