२०औं जनयुद्ध दिवस र प्रतिगमन – धनीराम सिम्खडा
सदियौ देखि सामन्ती दासत्वमा पिल्सिएको नेपाली समाज लाई सशस्त्र जनयुद्धको माध्यमबाट आमूल परिवर्तन गरि गरिब किसान मजदुर हरुको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापनार्थ २०५२ साल फाल्गुन १गरे जनयुद्धको शंखघोष भयो ।सामन्ती राजतन्त्र र संसदीय वुर्जुवा ब्यवस्था लाई अन्त्य गर्न आफ्नो बलि चढाउने महान् सहिद हरु लाई श्रद्धाञ्जली ।
जनयुद्ध शुरूवात को दिन देशभर छ देखि आठ हजार कार्वाही सम्पन्न भएका थिए। जनयुद्धलाई प्रचार प्रसार ,वालिङ ,पेन्टिङ ,पोस्टर पर्चाहरु वितरण गरेर छापामार जुलुस ,मसाल जुलुसबाट अगाडि बढ्दै सेविटेज सिज कार्वाही सम्मले प्रतिक्रियावादी दलाल सामन्त सुदखोर जाली फटाहहरुको सतोपुत्लो उढ्यो । देशभरीमा प्रतिनिधि मुलक निर्णायक छ वटा कार्वाही भएका थिए ।रुकुमको आठबिसकोट राडिज्युला प्रहरी चौकी कब्जा, रोल्पाको होलेरी प्रहरी चौकी कब्जा, सिन्धुलीको सिन्धुलिगढी प्रहरी चैकी कब्जा, गोर्खा च्याङ्लि स्थित साना किसान आयोजना सेवोटेज, काभ्रेको एक सुदखोर सामन्त बाट लाखौंको तमसुक तथा अन्न सम्पत्ति भाडाकुडा कब्जा ,काठमाडौंको पेप्सिकोला कारखाना सेवोटेज गरेर जनयुद्धको शुरूवात, यी तहल्काबाट शासकहरुको घैटोमा घाम लगाइएको थियो ।
एउटा प्रक्रियाबाट अर्को प्रक्रियामा रुपान्तरण बिस्तारै बिस्तारै होईन छलाङद्वारा गुणात्मक परिवर्तन द्वारा हुने गर्दछ ।छलाङ गुणात्मक परिवर्तन र क्रान्ति भनेको क्रमिक विकास नभएर क्रमभंङको स्थिती हो ।विचारलाई व्यवहारमा रुपान्तरण गर्नु ,सचेत पक्षबाट क्रमिक विकास होइन ,छलाङको योजना पर्छ भन्ने नै माक्र्सवादी दन्द्वात्मक सार हो ।जनयुद्धको यो उचाई बाट नेपालका शोषणबाट उत्पीडनमा परेका क्षेत्र ,लिङ्ग, वर्ग, समुदायको अधिकारको आवाज बनेर अगाडि बढेको इतिहास ताजै छ।नेपाली गरिब, किसान, मजदुर ,जनताको अथाह सहभागिताबाट नेपाली जनयुद्ध छिटो समयमा मैलाएको हो ।हजारौं सहिदको बलिदानबाट नेपाली जनयुद्धले गुणात्मक फड्को मारेको हो । सामन्ती राजतन्त्र उसका मतियारहरुलाई नेपाली समाजबाट लखेटेर सहर र केन्द्रमा कैद गरेर आफ्नो प्रभाव जमाएको थियो ।गाउँमा जनसत्ता ,जनसरकार र जनअदालतबाट नयाँ जनवादी सत्ताको अभ्यास हुँदै थियो ।जनताको विशाल जनमुक्ति सेनाले दुश्मनका किल्लाहरु खरानी पार्दै देश र जनताको सुरक्षा गरेको थियो ।८०% ग्रामीण भु भाग विद्रोहीको नियन्त्रणमा थियो भने पुरानो प्रतिक्रियावादी सत्ता करिब करिब पतनको दिशामा उन्मुख थियो। जनयुद्धको सुरुवात देखी अहिलेसम्म करिब सत्र हजार मानिसहरू सहिद भए हजारौं बेपत्ता छन्। यी सम्पुर्ण सहिद बेपत्ता घाइतेहरुको अधुरो लक्ष्यलाई पूरा गर्नु हामी बाचेकाहरुको कर्तव्य ह।कैयौं युद्ध मोर्चामा आफूसग भएको साथी गुमाउनु पर्यो, वेदना भावना रोदन र आशुलाई विचारको कडिले बाधेर वर्गदुश्मन माथी तिब्र आक्रोश पिडा र घृणा गरेर बदलाभाव लिने साहसबाट दुश्मनलाई पराजित गरेर विजयी बन्नु एक मालेमावादी सिद्धान्तको विजयी हुनु हो । गौरवमय क्रान्तिमा महान् सहिद रामवृक्ष यादव ,सुरेश वाग्ले ,रित बहादुर खड्का, शेरमान कुवार, सुनिल, परिवर्तन, जित ,योद्धा ,बहुविर, अनिश, कल्याण, दिनेश, रामजी, लोकेश ,निशान मण्डल, सलिम, वसन्त ,रविन, प्रहार ,अरुण ,रोशन ,विराट ,श्याम ,तिर्थ गौतम ,विजय घलेहरु देखि दोरम्बाका सहिद गौर हत्याकाण्डका सहिद, वेनिका सहिद ,जुम्लाका सहिद ,अर्घाखाँची ,पिलि, खारा, लिस्ने, गाम, लगायत सयौं कार्वाहिमा आफ्नो ज्यान हासी हासि कुर्वान गर्ने सहिदहरुले देखाएको बाटो लिएको लक्ष्य र बाकी अधुरो क्रान्तिलाई हामी सबै मिलेर पूरा गरौ !
जनयुद्धको उपलब्धिबाट देशमा गणतन्त्र आयो। संघीयता धर्म निरपेक्ष, समानुपातिक जस्ता परिवर्तन भए संविधानसभाबाट नयाँ संविधान बनाउने अभिभारा संविधानसभालाई दिएको थियो । तर आज लामो समय सम्म देशले निकास पाउनुपर्नेमा उल्टै परिवर्तन भएको व्यवस्थालाई खारेज गर्ने कोशिश हुँदैछ ।अग्रगामी बाटो हिड्नु पर्नेमा पश्चगामी बाटो रोजिदैछ ।यो हुनु भनेको प्रतिगन हो । दलाल पुजिपतीहरु ,नेपाली राष्ट्रिय पुजिपतीहरुलाई बिस्थापित गर्दै कालोबजारी ,कमिसन, घुस, भ्रष्टाचार र कृतिम अभाव सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रमा गम्भीर संकट पार्दै देश कंगाल बनाउने दलालहरुको योजना हो । जनताको आन्दोलन बिद्रोहलाई साम्राज्यवाद विस्तारवादले जहिले नि आतंककारी देख्ने गर्दछ ।यो दोष देख्नु साम्राज्यवादको ठुलो गल्ती हो ।! साम्राज्यवाद र विस्तारवादीका असली दलाल कांग्रेस, एमालेको पाउमा लम्पसार परेर प्रचण्ड बाबुरामहरुले भारतीय विस्तारवादको रोहवरमा कथित १२ बुदे सम्झौता गरेर सशस्त्र जनयुद्धको कार्यदिशा परित्याग गरि लोकतान्त्रिक पुजीवादी संसदीय कार्यदिशा अंगालेर सैद्धान्तिक कमजोरी गरेका थिए। त्यसैगरि २०६३ साल मंसिर ५ गते बिस्तृत शान्ति सम्झौताको नाममा जनयुद्धको अन्त्य गर्दै आफूसग भएका भौतिक सम्पती गुमाउँ,बुझाउदै असली संसदीय व्यवस्था अंगालेर अघि बढ्दा सत्ताको संवाद चाख्न पाइने अभिप्राय बाट जनतालाई बिर्सेर जनताको एजेन्डालाई आधा बाटो बाटै रद्धको टोकरीमा फ्याकिएको थियो भने क्रान्तिको झन्डा अलपत्र पारियो ।सरकारमा जाने लोभले २०६३ असार २ गरे कांग्रेस, एमालेसंग ८ बुदे सहमति गरेर जनताको त्याग तपस्या विरता सौर्य बलिदानबाट प्राप्त उपलब्धि जनसरकार ,जन अदालत,जनसत्ता खारेज गरेर उदांगो असली अनुहार देखाए। त्यसपछि खरिपाटी बैठक र पालुङटार भेलाको निर्णय उल्टाउदै संसदीय सुधारवादी लाईन लिदै जनमुक्ति सेनालाई आत्मसमर्पण गराउदै प्रतिक्रियावादी कित्तामा प्रचण्ड बाबुराम उभिएपछि प्रमुख प्रतिगमनको मतियार यिनै लाल गद्दार हरु हुन।अब दलाल भ्रष्टाचारी, सुदखोर ,कमिसनखोरविरुद्ध एकीकृत जनक्रान्ति बलियो वैचारिक संगठनिक र प्रविधिक अस्त्र सस्त्र बनेर क्रान्तिको बाटोमा लामबन्दी छ। देशलाई बन्धकी राखेर राष्ट्रियतालाई बलात्कार गर्ने कांग्रेस, एमाले र नवसामन्ती गद्दारहरु विरुद्ध अन्तिम लडाइँ नलडे सम्म यो देशलाई समुन्नत समृद्धि र अधिकार सम्पन्न बनाउन सकिने छैन ।
२०औं जनयुद्ध दिवसले नेपाली जनताका दुश्मन देशका भ्रष्टाचारी र अग्रगमन परिवर्तन लाई रोक्ने नोकरशाही बादसाह विरुद्ध अन्तिम लडाइँ लडेर गरिब दुखी किसान मजदुरहरुको आशाको धरोहर बनेर अगाडि बढोस् ,यहि छ जनयुद्ध दिवसको शुभकामना !