मे १ को महत्व र मजदुर आन्दोलन

२०७२ बैशाख १९ गते, शनिबार

सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरबाट सुरु भएको मजदुरहरुको आन्दोलनले ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरंजन गर्ने मान्यतामा स्थापना गराएको थियो । ८ घण्टा मात्र काम गर्ने मजदुर माग पुरा नगरेपछि सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा लाखौं मजदुरहरुले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । मजदुरको माग पुरा नगर्ने निर्णय तत्कालिन अमेरिकी सरकारको थियो ।
आन्दोलन २ दिन सम्म शान्तिपूर्ण भएतापनि तेस्रो दिनको प्रदर्शन आन्दोलन माथि त्यहाँको सरकारले व्यापक दमन गरेको थियो । ६ मजदुरहरूले त्यहाँ शाहदत प्राप्त गरेका थिए । मजदुर नेताहरू पार्सन, स्पाइस र एंगेल्स लागयतलाई मृत्युदन्ड दिइएको थियो । त्यो, गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततः अमेरिकी सरकार झुक्न बाध्य भएको थियो । २० अगष्ट १८६६ सालमा बाल्टीमोरमा भेला भएका ६० जना मजदुरले सर्वप्रथम ८ घण्टा कामको माँग राख्दै नेसनल लेवर युनियन भन्ने एक सङ्गठनले निर्माण गरेका थिए । आजको मजदुर आन्दोलनमा मे १ को ठूलो ऐतिहसिक महत्व राखेको छ । मजदुरहरुको त्यो अन्तर्राष्ट्रिय महत्वपूर्ण संगठनको नेतृत्व एक प्रतिभाषाली मजदुर नेता एचु सिल्विसले गरेका थिए । उनले अन्तर्राष्ट्रिय नेताहरुसँग बारम्बार पत्र व्यबहार गर्ने गर्दथे । सन् १८६७ सालको अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय लिएको थियो । सन् १८६९ सालमा लेवर युनियनले प्रथम अन्तर्राष्ट्रिय निमन्त्रनलाई स्विकार गरी जरनल काउन्सिलमा एक जना प्रतिनिधि पठाउने निर्णय गरेको बेला यसैबीच मजदुर आन्दोलनका महान नेता एचु सिल्विसको दुःखद पूर्ण निधन भएको थियो । त्यसैले एसु केमरानलाई अन्तर्राष्ट्रिय प्रतिनिधि चुनेर पठाइएको थियो । उहाँ सिकागोबाट प्रकासित हुने वर्किन्मेन्स एड्बोकेट भन्ने पत्रिकाका सम्पादक हुनुहुन्थ्यो । एचु सिल्विसको मृत्यु पछि लेवर युनियनमा खराब ब्यक्तिको प्रबेशले बद्नाम हुँदै बिधटन हुन पुग्यो ।
मे १ का दिन विश्वभर र नेपालमा पनि १२२ औं मे दिवश मनाइन्छ । श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरूद्धमा मजदुरहरूले गरेको आन्दोलनको स्मरण स्वरूप मे दिवश मनाउँदै आउने गरिएको छ । विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनैतिक आन्दोलनमा १ मे को अत्यन्त ठूलो महत्व रहेको छ । नेपालमा वि. सं. २००३ सालमा रघुपति जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन शुरू भएको थियो । नेपालमा मजदुर आन्दोलनको इतिहास त्यति लामो नभएता पनि देशमा चल्ने गरेका राजनैतिक आन्दोलनहरूमा मजदुरहरूले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् र पनि मजदुरहरूले आफ्नै जीवनमा भने परिवर्तनको अनिभूत गर्न अहिलेसम्म पनि पाएका छैनन् । काम गर्ने समयलाई सुनिश्चित गरेर जबसम्म कानुनी रुपमा बाँधिदैन तबसम्म मजदुर बर्गको खुशी र स्वतन्त्रताको लागि गरिने सबै संघर्षको प्रयास निरर्थक हुनेछन् भनेर सन् १९६६ साल सेप्टेम्बरमा जेनेभामा सम्पन्न भएको प्रथम अन्तर्राष्ट्रिय काँग्रेसले आफ्नो धारणा अभिव्यक्त गरेको थियो भने नेसनल लेवर युनियनले उठाएको ८ घण्टा कामको मागलाई कार्ल माक्सले पनि जोडले समर्थन जनाएका थिए । सन् १९६७ सालमा प्रकाशन भएको पुजिको प्रथम खन्डमा माक्र्सले निग्रो र गोरा मजदुरहरुको वर्ग हकहितको कुरा उठाएका छन् । माक्र्सले काला मजदुरहरूको सम्पूर्ण रूपमा मुक्ति नहुँदै गोरा मजदुरहरू पनि मुक्त हुन नसक्ने विचार व्यक्त गर्दै काला र गोरा मजदुरहरूका बीचको भेदलाई आलोचना गरी मजदुरका बीचमा भेद होइन, वर्गीय एकतामा बाधिन माक्र्सले जोड दिएको पाईन्छ । पूंजीपति वर्गले मजदुरहरूका मागहरूलाई सम्बोधन गर्ने दिशामा ध्यान दिएनन । यसैबीच सन् १८८६ को मजदुर आन्दोलन ताक विश्व सर्वहारावर्गका महान नेता कार्ल माक्र्सको निधन भयो ।
मे १ को गौरवपूर्ण परम्परालाई कायम राख्दै मजदुर आन्दोलनलाई सही रूपमा अगाडि बढाउनुपर्ने अझै आवश्यकता देखिन्छ । मजदुरवर्ग क्रान्तिको भरपर्दाे र निर्णायक शक्ति हो । यही शक्तिको दुरूपयोग गर्दै विभिन्न अवसरवादी संगठनहरूले आफ्नो स्वार्थपूर्ति गर्दै आइरहेका छन् । मजदुरहरूको मुक्ति अभियानलाई शिखरमा पुग्न नदिनका लागि विभिन्न प्रतिक्रियावादी तथा संशोधनवादी पार्टी संगठनहरू क्रियाशील रहेका छन् ।
देश गम्भीर संकटमा फसिरहेको वर्तमान अवस्थामा अब मजदुरवर्ग विशेष सचेत र सतर्कताका साथ अघि बढ्नु पर्ने बेला आएको छ । कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न एउटा सही नीति र सिद्धान्त बोकेको पार्टी मात्र सक्षम हुने गर्दछ । बिभिन्न कारणले गर्दा आज मजदुर आन्दोलन एकदम कमजोर अवस्थामा पुगेको छ । त्यसो त विश्वकै मजदुर आन्दोलन त्यति शक्तिशाली छैन । विभिन्न अवसरवादी संगठनहरूको भ्रमको जालो हटाएर, राष्ट्रियताको रक्षा र आन्दोलनमा मजदुरहरू एकताबद्ध हुनु जरूरी र आवश्यक्ता पनि देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु