प्लाष्टिक पर्यावरण र जनस्वास्थ्य – डा. हेमराज कोइराला
प्लाष्टिकको आविष्कार अठारौं शताब्दीको उत्तराद्र्धमा वेलायती बैज्ञानिक अलेक्जेण्डर पार्केशले गरेका हुन । उनैको नाममा त्यस बेला प्लाष्टिकलाई पार्केजाइन भनिन्थ्यो । पार्केशले यसको आविष्कार नाइट्रोसेलुलोजद्वारा गरेका थिए । प्रारम्भिक प्लाष्टिक अत्याधिक कठोर थियो । यसलाई तेल र कपुर मिलाएर मुलायम वनाइयो । प्लाष्टिक शव्दको उत्पत्ति ग्रिक भाषाको प्लाष्टिककोज शव्दद्वारा भएको हो, जसको अर्थ वनाउन या तयार गर्न भन्ने लाग्न जान्छ । प्लाष्टिक वनाउने व्यापारिक विधिका जन्मदाता भने “लियो ह्यान्ड्रिकस आर्थर बेकलैण्ड” हुन । उनले प्लाष्टिकको निर्माण सन् १९१० मा फिनोल र फर्मल्डीहाइडको रसायनिक क्रिया गराएर वनाएका थिए । यसपछि प्लाष्टिक निर्माणका नयँ नया तरिकाहरु आउन थाले । इथाइलिनको बहुलिकरण गरेर पोलीइथाइलिनको निर्माण पनि हुन थाल्यो । आज यस्ता पदार्थहरुवाट प्लाष्टिक तयार गरिन्छ, जसको गूणवत्ता र उपयोग बहुमूखी छ ।
प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यमा पूर्ण–रुपेण घुलमील भइसकेको छ । यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ । पोलेथिन व्यागदेखि लिएर खेलौना, भांडाकुडा, पाइप, फर्निचर, वट्टा आदि अनेक उपयोगि वस्तुहरुको निर्माण प्लाष्टिकद्वारा हुने गर्दछ । त्यसैले त प्लाष्टिक र शिशालाई आधुनिक रसायनको महत्वपूर्ण खोजको उपनाम दिइएको हो । यी दुई तत्वहरुलाई मात्र हाम्रो जीवनबाट हटाइदिने हो भने जीवन नै सांघुरो हुन जानेछ । यसरी एकातिर प्लाष्टिक हाम्रो जीवनको अभिन्न अंग वनिसकेको छ, भने अर्कोतिर चाढो नगल्ने, नसढ्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयंकर खतरा सावित हुंदै गइरहेको छ । मौसम, पानी, किरा, फटयांग्रा लगायत जीवाणु, विषाणु, लेउ, झ्याउ र ढुसी पनि यसलाई गलाउन असक्षम सावित भइसकेका छन् । अम्ल, क्षार, लवण लगायत अन्य रसायनहरुसंग क्रिया गराउदा पनि प्लाष्टिकलाई गलाउन नसकिने हुंदा प्लाष्टिकको फोहोर हाम्रो वातावरणमा दिनप्रतिदिन वढिरहेको छ । समून्द्रको तट होस् या हिमालय, मरुभूमि होस या घना जंगल, ताल तलैया हुन् या नदि–नाला लापर्वाहिक पूर्वक फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य भएका यि प्राकृतिक संरचनालाई दिनप्रतिदिन कुरुप वनाउदै गइरहेको छ ।
हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरुको उत्पादनमा ईष्टर–थ्यालेट भन्ने तत्व हालिएको हुन्छ । यो तत्व प्लाष्टिकजन्य वस्तुहरुलाई मुलायम, टिकाउ, दरिलो र वहुउपयोगि बनाउन प्रायोग गरिन्छ । तर प्लाष्टिक र ईष्टर–थ्यालेटको बीच कुनै पनि रासायनिक बन्धन नहुने हुंदा प्लाष्टिक पुरानो हुंदै गए पछि ईष्टर–थ्यालेटका धुलोहरु वातावरणमा फैलिने र श्वासनली, मुख, छाला आदि हुंदै शरीर भित्र प्रवेश गरि मिथोक्सि–एसीडिक–एसीड भन्ने अत्यन्त हानिकारक वीष बनाउदछ । यो वीषको अत्यन्त सूक्ष्म मात्रा पनि शरिरका विभिन्न अंगहरुका क्रियाशिल कोषहरुलाई मार्न सक्षम छन् । विशेष गरि अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसित हुने कोषहरुलाई मिथोक्सि–एसीडिक–एसीडले चाढै मार्ने गर्दछ । यी कोषहरुको मृत्यु पश्चात व्यक्तिमा नपुंषकता, बाझोपन, हरमोनहरुको गडवडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरु जन्मने जस्ता समस्याहरु आउदछन । ईष्टर–थ्यालेट र यसका स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरुमा हजारौ अनुसन्धानहरु भैरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरुको कारकतत्वको रुपमा बुझिदै गईएको छ ।
आज फेरी उही प्रश्न उठ्दछ कि, यो समस्यावाट मुक्ति कसरी पाउन सकिन्छ ? अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसंर्जनले पर्यावरण प्रदुषित गर्नका साथै जनस्वस्थ्यमा ठुलो क्षति पू¥याईरहेको छ । प्रायजसो हामी नगल्ने प्लाष्टिकवाट वच्नका लागि यसलाई जलाइदिन्छौ तर यसको जलनवाट वातावरणमा कार्वनडाइअक्साइड, कार्वनमनोअक्साइड र अन्य विषालु ग्यांसहरुको मात्रा वढ्न जाने हुदा जनस्वस्थ्यका लागि झन ठूलो समस्या सृजना गर्दछ । अर्कोतर्फ यसको जलनवाट उत्पन्न विशिष्ट उश्माधारीता वाला ग्यासको उत्पादनले पर्यावरण तातिदै जाने र “ग्लोबल वार्मिन” जस्तो भयावही समस्या उत्पन्न हुन गई जनस्वास्थ्य अझ विकाराल बन्न पुगेको छ । प्लास्टिक बिसर्जनको अर्को तरीका स्वरुप यसलाई हामी खाल्डो खनेर गाडिदिने गर्दछोै तर यसो गर्दा प्लास्टिक हाम्रो आखाको सामुन्ने बाट केहि छिनको लागी त हट्दछ तर सहि स्थान र सहि तरीकाले नगाडेमा यसले ल्याउने जैव उत्पादकत्व सम्बन्धि समस्याहरु झन बिकाराल छन् । माटाको पत्रभन्दा मुनि प्लास्टिकले आफ्नै पत्र बनाउदा यसलाई छेडेर पानिको आदान प्रदान हुन सक्दैन फलस्वरुप त्यो ठाउमा विजको अंकुरण हुन नसकि जैब उत्पादकत्व घट्दछ । अंकुरण भईहाले पनि जमिनमुनिको प्लास्टिक पत्रलाई छेडेर बिरुवाका जरा गहिराई सम्म पुग्न सक्दैनन् ।
यस्ता विभिन्न गुण र वैगुनले भरिएको प्लाष्टिकका राम्राभन्दा नराम्रा पक्षहरु ज्यादा छन् । विशेषतः पर्यावरणिय समस्याका साथसाथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखा परि रहेका भयावही रोगहरुका कारण पनि प्लाष्टिकलाई नै मान्न थालिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरुले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरुलाई कढाईका साथ प्रतिवन्ध लगाउदै गएका छन् । हाम्रो देशमा पनि पोलिथिनको उपयोग र विक्री वितरण लाई निरुत्साही गर्न विभिन्न कानुनहरुको व्यवस्था छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ अुनसार पोलिथनजन्य वस्तुहरुको उपयोग तथा विक्री वितरण गर्नेलाई रु १५ हजार देखि १ लाख सम्म जरिवाना हुने व्यवस्था भए पनि हाल सम्म कसैमाथी पनि कारवाही भने हुन सकेको छैन । नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थभन्दा पोलीथिन प्रयोगलाई मात्र निरुत्साही गर्ने खालको कानुन छन तर प्लाष्टिक भनेको पोलोथिन मात्र हैन, पोलोथिनलाई मात्र निरुत्साही गरेर यस समस्याको समाधान हुदैन । ढिलै भएपनि प्लाष्टिकजन्य पदार्थ र पोलिथिनको अव्यवस्थित विसर्जनले ढल–निकासमा हुने जामको मर्मत गर्दागर्दा वाक्क भएको काठमाडौं महानगरपालिकाले यो समस्याबाट मुक्ति पाउन पोलिथिन व्यागहरुको प्रयोगमा प्रतिवन्ध लगाउने उद्देश्यले जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै जाने निर्णय गरेको छ तर यसको कार्यान्वयन पक्ष कतिसम्म सफलिभुत हुन सक्छ त्यो त भविष्यले नै देखाउला । तथापि यसको प्रयोग गर्ने उपभोक्तालाई रु. ५०० र विक्रिकर्तालाई रु. १०००।– सम्म जरिवाना गर्ने काठमाडौ महानगरपालिकाको नीति मात्र कार्यान्वयन भई दियो भने प्लाष्टिकको प्रयोग निकै हदसम्म नियन्त्रण हुनेछ ।
वास्तवमा प्लाष्टिक तथा प्लाष्टिकयुक्त वस्तुहरु वातावरण र जनस्वास्थ्यका लागि अत्यन्त हानीकारकतत्व भएता पनि यसको उपयोग र विक्री वितरण यथावत नै चलि रहेको छ । प्लाष्टिकबाट बनेका वस्तुहरुका तात्कालिन फाइदा देखेर यसका जनस्वास्थ्यमा र वातावरणमा पर्ने दिर्घकालिन असरहरुलाई आंखा चिम्लिदिने हो भने एक दिन जीव, जीवन र जगतले अपुरणिय क्षति व्यहोर्नु पर्नेछ र यो दुर्घटनाबाट वच्ने एउटै उपाय भनेको यसको उत्पादनमा नै प्रतिवन्ध लगाउनु हो ।