मधेश उत्पिडनको भ्रम र वास्तविकता – पुष्प न्यौपाने
बसोबासका हिसाबले नेपाल आर्य–मंगोल र द्रविड जातिको त्रिपक्षिय संगम हो । नेपालको दक्षिण पश्चिमबाट पश्चिम उत्तरहुँदै पूर्वि नेपाल र अझ सिक्किम, भुटान र बर्मासम्म फैलिएको खस समुदाय जो आर्य खस वा क्षत्रि, बाहुनका नामले परिचित छ । नेपालको पूर्वोत्तर नाकाबाट काठमाडौंहुँदै छिटफुट पश्चिम नेपालसम्म फैलिएको मंगोल समुदाय हो ।
त्यो जनजातिका नामले परिचित छ । खासगरी नेपालको पूर्वी सिमानादेखि मध्यपश्चिमका हिमाली तथा पहाडी भू–भागमा यस जातिको सापेक्षिक सघन बसोबास छ । सिक्किम, दार्जलिङ र भुटानमा यसको बाहुल्यता अझ सघन छ । हिमाली जिल्लामा आफ्नै भाषा, लिपि र संस्कृतिमा रमेको मंगोल समुदाय पहाडी जिल्लाहरुमा आइपुग्दा नेपाली भाषाको बेसी प्रभाव, देव नागरिक लिपिको वर्चस्व र मिश्रित भाषा संस्कृतिका साथ क्षेत्री, बाहुनसँग घुलित रुपमै रमाएको देखिन्छ । नेपालको दक्षिण पूर्वी सिमाना तथा दक्षिण पश्चिम सिमानामा रहेको अर्को समुदाय हो द्रविड । यस समुदायमा पूर्वी तराईमा मेचे, कोचे, धिमाल र राजवंशी लगायत पर्छन् भने मध्य तराईदेखि पश्चिम तराईसम्म थारु जातिको बसोबास छ ।
१४, १५ सय वर्ष अघि आर्य, मंगोल र द्रविडका समुदायको प्रवेश नेपालमा सँगसँगै देखिन्छ । त्यसैले नेपालका लागि कोही धर्तिपूत्र र कोही आप्रवासी भन्ने कुरा यी तिन ओटै समुदायको हकमा सही होइन । जहाँसम्म नेपालको राष्ट्रियता र मधेशको विषय छ यो संवेदनशील विषय हो र अर्को नेपालको खस आर्य समुदाय र जनजाति समुदाय हो ।
यसलाई जबर्जस्त संवेदनशील बनाउने प्रयास अंग्रेज युद्धको सुरुवातसँगै भएको देखिन्छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणको क्रममा केही दुखद घटनाहरु पनि भए होलान तर विश्व इतिहासको एक शास्वत सत्य के हो भने राज्यको उत्पति, राज्य निर्माण, राज्य विस्तार र राज्यको सुरक्षा रगतको जगमाथि उभिएको तथ्यलाई बिर्सन मिल्दैन । कोही पराजित नभइकन कसैको बिजय हँुदैन । लडाइँ, हार जीतको खेल हो र एउटाको चिहानमाथि अर्काको सिंहासन हुन्छ यो एउटा निर्माणको सर्वमान्य सिद्धान्त हो । पटकपटकको पराजयपछि युद्ध ज्वालामुखीका रुपमा विष्फोट हुन्छ । त्यो भनेको जोखिमबाट जुवामा रुपान्तरित भइसकेको अवस्था हो । नेपोलियन बनोपार्टले आफ्नो सेनालाई भन्थे पछाडी फर्कने सबै बाटाहरु भत्काउंदै हिँड किनकी तिमीले रणमैदानमा दुश्मनलाई पराजित गरी थप अगाडि बढ्नेछौं या त लड्दा लड्दै त्यहीं सखाप हुनेछौ । तिमीलाई पछाडी फर्कने अधिकार छैन र फर्कनका लागी बाटो पनि राख्नुहुँदैन । भनाइको मतलब आफ्नो चरमोत्कर्षकालमा युद्धल मानवता गुमाइसकेको हुन्छ र अपराधको सिमारेखा आक्रोसको बारुदल मेटाइसकेको हुन्छ । सायद त्यही गर वा मरको महत्वकांक्षामा थिए पृथ्वीनारायण शाह । भनिन्छ युद्ध र प्रेम कुनै नाप तौल जस्तो हुँदैन । आफ्नो उत्कर्षमा त्यसले सम्पूर्ण बार बन्देज भत्काइदिन्छ । राज्य विरुद्धको १० वर्षे लामो लडाइमा नचाहँदा नचाहँदै पनि कयौं हद पार गर्नु परेको अनुभव हामी स्वयमसँग छ । उनको नियत के थियो त्यो अपराध होइन ।
जहाँसम्म नेपालको राष्ट्रियता र मधेशको विषय छ, पछिल्ला वर्षहरुमा यसलाई गोलमटोल पार्न खोजिदै छ । विषय स्पष्ट हुन जरुरी छ । नेपालको राष्ट्रियताका लागि तराईका जनता मुल पहरेदार हुन । उनीहरुको सम्मान गर्नुपर्छ । गएका दुई अढाई सय वर्षदेखि सीमा रक्षकका रुपमा रहेका मधेशी जनताले नागरिकता पाउन गणतन्त्र कुर्नुप¥यो । तरपनि उनको हातमा नेपालको नागरिकता बाहेक केही छैन । चर्को स्वरमा नेपाल विरुद्ध भड्काव ल्याउने अनाधिकृत बसोबास गर्ने र अंगिकृत नागरिक भजाउँदै सिंहदरबारको रस लिइरहने मधेशी र नेता र कार्यकर्तामाथि निर्ममतापूर्वक प्रहार गर्नुपर्ने बेला भएको छ । अंगिकृत नागरिक, दोहोरो नागरिकतावाला, सीमापारीका व्यापारी, तराईका महासामन्त, जमिनदार र दलालले वास्तविक तराईबासी तमाम इमान्दार मान्छेलाई आजिवन दासको व्यवहार गर्ने र तराईमा संभावित वर्ग संघर्ष ओझेलमा पार्न तथा आफ्नो सामन्ति हैकम यथावत राख्न छुट्टै राज्यको माग गर्दै त्यसमा स्वायत्तताको रङ मिसाउने र स्वायत्तता, आत्मनिर्णय, स्वशासन, विशेषाधिकार , क्षतिपूर्ति यि कुराहरु उत्पिडित जाति वा उत्पिडित वर्गले शासन गर्न पाउने सु–निश्चितता भइसकेपछि समतामुलक समाजको जग बसाल्न प्रदान गर्ने हो । सामन्त, जमिन्दार, दलाल, प्रतिक्रियावादी र लण्डुप प्रवृत्तिका राष्ट्रिघातिलाई प्रदान गर्ने होइन ।
भारतको पटनाबाट प्रकाशित पत्रिका फिलहालमा “आपने देश नेपालमे उपेक्षित धर्तिपूत्र” शिर्षकको लखमा लालबाबु राउत लेख्छन्, ‘मधेशीजन नेपालका मुल निवासी हुन् तर आज आफ्नै देशमा मधेशीलाई पहिचान छैन ।’ यो देशको राष्ट्रिपति, उपराष्ट्रिपति, सभामुख, प्रधानन्यायधिश, उपप्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रिमन्त्री जस्ता निर्णायक ओहोदामा मधेशी समुदायका व्यक्तिहरु विराजमान भइसकेको कुरालाई लालबाबु राउत कसरी ढाकछोप गर्न सक्छन् र ? बरु नेपालको आदिवासी जनजाति र थारु समुदाय एवं मुस्लिम समुदायले यसमा गुनासो गर्न सक्छन् । नेपालको जामे र कश्मिरी मस्जिदले प्रष्ट्याउँछ कि नेपालमा मुस्लिमको प्रवेश कहिले भयो ? उनीहरुलाई धर्तिपूत्र मान्ने कि नमान्ने ? गौतमबुद्ध र तिलौराकोटको इतिहास, सिम्रौनगढ र दाङको इतिहासमा यस्ता तथ्यहरुले थारुलाई धर्तिपूत्र मान्ने कि नमान्ने ? बहस यतापट्टी हुन जरुरी छ ।
राउत आफ्नो आलखमा अगाडी लेख्छन्, –‘शासन गर्ने जाति आर्य खसको जनसंख्या १२ प्रतिशत छ, क्षेत्रीय हिस्सा १४ प्रतिशत छ, यसको राज्यको सबै निकाय न्यायपालिका, कार्यपालिका, नीति निर्माण निकाय, फौज सबैमा ७५ प्रतिशत बढी छ । प्रहरी, सेना, राष्ट्रिय योजना प्रमुख लगायत विभिन्न प्रमुख पदमा मधेशी समुदायलाई पुग्न दिएको छैन । कर्मचारीतन्त्रमा नामका मधेशी समुदायका केहि व्यक्ति मात्रै सचिव हुन पाउँछन् जबकी मधेशीहरुको जनसंख्या ५० प्रतिशत भन्दामाथि छ ।’ सबभन्दा पहिले त उनले आर्य खसको जनसंख्या तथ्याङ्क नै थाहा पाएका रहेनछन् । न त मधेशी समुदायको । त्यसकारण उनको तथ्याङ्क काल्पनिक हो वास्तविक होइन भन्ने पुष्टि हुन्छ । दोस्रो कुरा, न्यायपालिका नेपालको केही जिल्लाकै सेरोफेरोमा सिमित छ । त्यो कसैल मनोनयन गर्ने र समावेशी बनाउने ठाउँ पनि होइन भन्ने कु्रा राउतले बुझ्नु जरुरी छ । तेस्रो कुरा, कार्यपालिका जिल्ला सभापतिको स्थान होइन । न त त्यो क्षेत्रिय प्रशासकको स्थान हो । त्यहाँ आवश्यक व्यक्तिहरु आफ्नो राजनीतिक बहुमतका आधारमा जान्छन् भन्ने कुराको सामान्य हेक्का उनले राख्न जरुरी छ । तैपनि सरकारमा समावेश गर्ने कुरामा मधेश छुटेको छैन । मधेशका गरिबले त वडामा पनि टिकट नपाएको अवस्था हो ।
चौथो कुरा, नीति निर्माणको तहको कुरा हो । त्यसबारे कर्णाली, सुदूरपश्चिम लगायतका अरु क्षेत्रका तमाम जातिहरु समावेश गरिएका छैनन् । त्यो गुनासो गर्नुपर्ने विषय हो कि होइन ? त्यहाँ जाने व्यक्तिहरु कुन स्थान, जाति र वर्गका हुन् ? भन्ने हलका टिप्पणी भन्दा तिनले गर्नुपर्ने जिम्मेवारी र उत्तरदायित्व पुरा गरे वा गरेनन् भन्नेबाट बहस थालिनुपर्छ ।
पाँचौं कुरा, सेना प्रहरीको सवाल छ । यसको मुल नेतृत्वमा नेपालको बाहुन, कामी, दमाइ, थारु आदि छैनन् । त्यो सुरक्षाको मामिला हो । शारिरीक रुपमा बलियो साहशिलो मान्छे आवश्यक हुन्छ । यस विषयमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराइको भारत भ्रमणमा एक जना पत्रकारको प्रश्न र भट्टराइको जवाफ सान्दर्भिक छ । पत्रकारले प्रजातन्त्र वाहलीपछि पनि मधेशीलाई सुरक्षामा नलिनु राजतन्त्रकालिन सोच नै होइन र ? किन मधेशको प्रतिनिधित्व फौजमा नभएको भनेर सोधेछन् । भट्टराइले हाँस्दै जवाफ दिएछन् –‘यस विषयमा म भन्दाबढी जानकार तपाईकै प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई सोध्नुस् भारतीय सेनामा विहारी कति छन् ?’
अझ भन्नुपर्दा भारतस्थित गोरखा भर्तिमा मधेशी मुलका व्यक्तिहरु किन छनोट हुँदैनन् । ब्रिटिस गोरखामा गुरुङ, मगर, राई, लिम्बु मात्रै किन जान्छन् ? यतापट्टी घोत्लिएर सोच्नुपर्छ । कर्मचारीतन्त्रमा मधेशी उल्लेख्य किन छैनन् भन्दा प्रविधि क्षेत्रमा आर्य, खस र मंगोल किन छैनन् ? यी रुचि, स्वभाव, क्षमता र दक्षताका कुराहरु हुन् । यसमा सतही टिप्पणी गर्नु हुँदैन । फ्रेडरिक एच गेचको ‘रिज्नलिज्म एण्ड नेशनल युनिटी इन् नेपाल’ भन्ने पुस्तिकालाई कोड गर्दै राउत लेख्छन्– ‘मधेशीहरुको जमिन र माइग्रेटेडहरुको सम्पति शासकवर्गले हडपेर लाग्थ्यो, सेनाको तलब जागिरका रुपमा हडपिन्छ । आजपनि विभेद कायम छ, यस विषयमा धेरै आवाज उठिरहेको छ । तर, विभेदको अन्त्य तबमात्र हुनेछ जब मधेशीहरुको आफ्नो स्वशासन हुनेछ ।
मधेशका जमिन अहिलेपनि जमिन्दारकै हातमा छ । गरिबहरु उनिहरुको रैतिकै रुपमा छन् । माइग्रेटको हुन् ? र तिनको कुन सम्पति कसले कहाँ हडप्यो ? यसको कुनै तथ्य छैन । चौधरी ग्रुप, खेतान गु्रप, दुगड गु्रप, उपेन्द्र महतोलगायत क–कसको सम्पति हड्पियो ? फ्रेडरिक एच गेज र लालबाबुले स–विस्तार खुलाइदिए अभारी हुने थियौँ । अप्रिल २०१५ को वर्ष १७ अङ्क –०७–०८ को हिन्दी पत्रिका फिलहालमा जितेन्द्र सोनले लेख्छन्– ‘इतिहास साक्षी छ कि नेपालका मधेशीहरु फिजिको महेन्द्र चौधरी जस्तो नेपाल आएका होइनन् ।’ वर्तमान आँखा अगाडि छ कि मधेशमा अन्ततः नागरिकताको विवाद र दोहोरो नागरिकताको अनुपातमा तिब्रता छ । अंगिकृत नागरिकतावालाहरुले त्यसलाई नेतृत्व गरेका छन् । जसकारण नेपाल र भारतको दुबै क्षेत्र राजस्व, कर र अपराधको दृष्टिले असुरक्षित छन् । सोनले लेख्छन्– ‘सुगौली सन्धी (१८१६) मा ब्रिटिस भारतको लफ्टििनेट कर्णेल टेसरिस वैश्य र गजराज मिश्र तथा चन्द्र शेखर उपाध्याय मिलर सीमा सम्झौता गरेपछि त्यस आधारमा मधेशी नेपालको वर्तमान सीमाभित्र आएका हुन् ।’ सोनलले इतिहासको तथ्य बिर्सन हुँदैन कि सुगौली सन्धी भारतको लफ्टिनेन्ट कर्णेलसँग होइन इष्ट इण्डिया कम्पनीका कर्णेलसँग भएको हो । खासमा त्यो सन्धी व्रिटिस साम्राज्यसँग गोर्खा साम्राज्यको सन्धी हो । गोर्खा साम्राज्य त्यतिबेला दुईवटा ऐतिहासिक लडाइको अग्नी परीक्षामा उत्रियो । एकातिर ब्रिटिस साम्राज्य र अर्को चिनी ड्यागन फोर्ससँग । एसियाली मुलुक खासगरी दक्षिण एसियामा ब्रिटिस र चीनसँग लड्ने सामथ्र्य कसैसँग थियो भने त्यो गोर्खा साम्राज्यसँग मात्रै थियो । अर्को कुरा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भारतको निगाहमा नेपालको भु–भागमा आएका होइनन् । लखनउमा नेपालीले युद्ध लडेको आफ्नै इतिहास छ । पूर्वको टिष्टादेखि पश्चिम काँकडासम्म नेपालले सिमानाको लागि अन्तर्राष्ट्रिय कानुनी लडाई लड्न बाँकी छ । दक्षिणमा त्यो लखनउसम्म पुग्छ ।
नेपलको खस राज्यको इतिहास र संस्कृतिले पृथ्वीनारायण शाहअघि सिंजा र दुललुको मल्ल शासनले पनि काँशीदेखि मानसरोवर सम्मको भू–भाग आफ्नो रहेको प्रष्ट्याएको छ । जाडोमा दुललु, गर्मीमा सिजामा राजकाज चलथ्यो भने मृत्युपछिको अन्तिम संस्कार काँशी र तपस्वी स्थान मानसरोवर हो । हामी कहाँ अहिले पनि सिरान मानसरोवर र विश्राम काँशी भनिन्छ । त्यसैले सुगौली सन्धीपछि मधेशीहरु नेपालको वर्तमान सिमामा आएका होइनन् । ब? १९५० को अपमानजनक सन्धी र सुगौली सन्धीले मान्यता पाएका कारण अझ भनौं नेपालले अहिलेसम्म आफ्नो सिमारेखाबारे तथ्यसहित दावी गर्न नसकेका कारण करोडौं तराईवासी जनसंख्या नेपालको हातबाट गुमेको हो । पत्रिकाको सोही अंकमा रामकुमार शर्माको ‘समानान्तर सरकारकी घोषणा करेगें’ शिर्षकको लख छ, त्यसमा कुनै टिप्पणी छैन । प्रचण्ड हवालाको समानान्तर सरकारको धम्की दशक पुरानो भइसक्यो । त्यसमा कुनै दम छैन ।