वर्तमान नेपाली समाज र नयाँ जनवादी क्रान्तिको प्रश्न – हस्तबहादुर के.सी.
नेपाल राजतन्त्रको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । लोकतान्त्रिक गणतन्त्र सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्था भन्दा एक कदम अगाडिको व्यवस्था हो । तर नेपालमा पुजीवादी क्रान्ति भएको छैन । र पुजीवादी क्रान्तिको नेतृत्व गर्ने पुजीवादी राजनीतिक शक्ति पनि छैन । हाम्रो जस्तो अर्थसामन्ती र नवउपनिवेशिक मुलुकमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो र यस क्रान्तिको नेतृत्व सर्वहाराववर्गको राजनीतिक अग्रजस्ता कम्युनिष्ट पार्टीले मात्र गर्न सक्छ ।
अतः नेपाल अर्थसामन्ती र नवउपनिवेशिकमुलक हो की होइन ? वर्तमान नेपाली समाजको चरित्र के हो ? के नेपाल पुजीवादी देश हो त ? के नेपालमा नयाँ जनवादी क्रान्ति सम्भव छ त ? आदि विषयमा व्यापका वहस चलिरहेको वर्तमान अवस्थामा यो लेखद्वारा ति विषयहरुको बारेमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
नेपालको अर्धसामन्ती तथा नव–औपनिवेशिक अवस्था र प्रधानअन्तर्विरोधको प्रश्न
सन् १८१६ मार्च ३ मा ब्रिटिस–भारत र नेपालका बीचमा सम्पन्न राष्ट्रघाती सुगौली सन्धिपछि नेपाल अर्ध औपनिवेशिक अवस्थामा प्रवेश गरेको हो भने सन् १९३० को दसकदेखि नेपाल अर्धसामन्ती अवस्थामा प्रवेश गरेको हो । अतः नेपाल लामो समयदेखि अर्धसामन्ती र अर्ध औपनिवेशिक स्थितिबाट गुज्रिदै आइरहेको अवस्थामा अहिले केही फेरबदल भएको छ । परम्परागत रूपले सामन्तवादको नेतृत्व मूलतः राजतन्त्रले र अर्धऔपनिवेशिक अवस्थाको नेतृत्व भारतीय विस्तारवादका एकाधिकार तथा दलाल पुँजीपति वर्गले गर्दै अमाइरहेको अवस्थामा केही परिवर्तन भएको छ । स्पष्ट तथ्य के हो भने राजतन्त्रको अन्त्य पश्चात सामन्तवादको मूल राजनीतिक नेतृत्व विस्थापित भए तापनि सामन्तवादका राजनीतिक, आर्थिक तथा सांस्कृतिक आधारहरू भने अभै बाँकी छन् । राजतन्त्रको अन्त्य पश्चात राज्यसत्ता साम्राज्यवादको साथै मुख्यतः भारतीय विस्तारवादका दलाल, एकाधिकार तथा नोकरशाही पुँजीपति र जमिनदारवर्गको हातमा केन्द्रित हुन पुगेको छ । राजनीतिक रूपले साम्राज्यवादी मुख्यतः विस्तारवादी शक्तिको दलालको हातमा राज्यसत्ता पुग्नु नै नव–औपनिवेशिकरणको अभिव्यक्ति हो । फलतः त्यसदेखि यताका आन्तरिक राजनीतिक मामिलाहरूमा साम्राज्यवादी÷विस्तारवादी शक्तिहरू आफ्ना दलालहरू मार्पत प्रत्यक्ष वा परोक्ष रूपमा नियन्त्रण गर्दै आइरहेका छन् ।
यहाँनेर स्पष्ट हुनपर्ने कुरा के छ भने १२ बुँदे दिल्ली–सम्झौतादेखि नै साम्राज्यवादी–विस्तारवादी हस्तक्षेप तीव्र रूपमा बढ्दै आइरहेको हो । १२ बुँदे दिल्ली–सम्झौता र राजतन्त्रको अन्त्य पश्चात नेपालका हरेक आन्तरिक राजनीतिक मामलाहरूमा आफ्ना दलालहरूमार्पत एकाधिपत्य कायम गरिएको छ । राज्यको अग्रगामी पुनर्र्संरचनासहित संघीय संविधान निर्माणको विषयदेखि पहिलो संविधानसभाको विघटन, कठपुतली निर्दलीय कर्मचारी सरकारको गठन, कथित दोस्रो संविधानसभाको निर्वाचनको सवाल लगायत हरेक प्रश्नहरूमा साम्राज्यवादी–विस्तारवादी दलालहरूको प्रभुत्व कायम गरिएको छ ।
संसदवादी राजनीतिक दलका नेताहरू, ठूला मिडिया हाउसहरू, राज्यका विभिन्न अङ्गहरूको नेतृत्व लगायत हरेक क्षेत्रमा पद र पैसाको बलमा आफ्ना दलाल शक्ति तयार गर्ने प्रवृत्ति तीव्र बनाइएको छ । पद र पैसाको लागि राष्ट्रिय स्वामिमानलाई बन्धकी राख्ने जस्तो राष्ट्रिय आत्मसमर्पणवादी र राष्ट्रघाती प्रवृत्ति संसदवादी शक्तिहरूमा तीव्र रूपमा बढेको छ । राष्ट्रिय आत्मसमर्पणवादको पराकाष्ठा र राष्ट्रघाती विशेषता नै राजनीतिक क्षेत्रमा नव–औपनिवेशिक अवस्थाको जीवन्त उदाहरण हो ।
अर्को कुरा नव–उपनिवेशवादको मूल आधार आर्थिक–सुामाजिक उत्पादन सम्बन्ध हो । पहिलो र दोस्रो विश्वयुद्धसम्म साम्राज्यवादी शक्तिहरूले प्रत्यक्ष उपनिवेशको नीति अवलम्बन गरे । उनीहरूले प्रत्यक्ष उपनिवेश कायम गर्न नसकेका मुलुकहरूमा विभिन्न असमान सन्धि–सम्झौतामार्पत अप्रत्यक्ष रूपमा आर्थिक – सांस्कृतिक प्रभाव कायम गरी जुन उपनिवेश कायम गरेका थिए त्यसलाई अर्धऔपनिवेशिक भनिन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा साम्राज्यवादी शक्तिहरूको पराजय र राष्ट्रिय स्वाधीनताका आन्दोलनहरू प्रबल बन्दै गएपछि साम्राज्यवादी शक्तिहरूले आफ्नो रणनीतिमा केही परिवर्तन गरे र प्रत्यक्ष उपनिवेशको सट्टा प्रत्यक्ष रूपमा आफ्ना दलालहरू तयार गरेर ती मार्पत आफ्नो उपनिवेशलाई नयाँ ढंगले कायम गर्न खोजे । त्यसको लागि उनीहरूले अर्थतन्त्रमा निजीकरण, उदारीकरण, भूमण्डलीकरण र खुला बजार अर्थतन्त्रको नीति अवलम्बन गरे । बहुराष्ट्रिय कम्पनीहरू, गैरसरकारी संघ–संस्थाहरू ९ल्न्इरक्ष्ल्न्इ० को सञ्जाललाई व्यापक बनाए । साम्राज्यवादी शक्तिहरूबीच क्षेत्री बाँडफाँडभन्दा पनि बहुराष्ट्रिय कम्पनीहरू खडा गरी संयुक्त रूपले आफ्नो प्रभुत्व कायम गर्ने नीति अपनाए । त्यसमा अझ औपनिवेशिक मुलुककै आफ्ना दलालहरूलाई पनि ज्वाइन्ट भेन्चर वा सेयर आदिमार्पत हिस्सेदार बनाए । सेवा र घर–जग्गा लगायतको अनुत्पादक क्षेत्रमा वित्तीय पुँजीको लगानी बढाएर कृषि तथा औद्योगिक उत्पादनमूलक क्षेत्रलाई ध्वस्त बनाए । अनुत्पादक क्षेत्रको लगानी र चक्रीय ब्याज वृद्धिद्वारा मुलुकलाई झन्–झन् ऋणग्रस्त बनाउँदै लगियो । कृषि तथा औद्योगिक वस्तुहरूको उत्पादनको विस्थापनले मुलुक विदेशी वस्तुहरूको आयातमा निर्भर रहनुपर्ने बाध्यात्मक स्थिति सृजना गराउँदै लगियो । बढ्दो शोधनान्तर स्थिति, घाटाबजेट, मुद्रास्फीति, बढ्दो महँगी, वस्तुहरूको कृत्रिम अभाव आदि बढ्दै गयो र अन्ततः अर्थतन्त्रको क्षेत्रमा पूर्णतः परनिर्भरताको स्थिति पैदा भयो ।
नव–औपनिवेशिक आर्थिक–सामाजिक स्थितिले गर्दा अर्धसामन्ती र अर्धऔपनिवेशिक सामाजिक–आर्थिक सम्बन्धको परिणामस्वरूप जन्मेका वर्गहरूको स्वरूपमा पनि परिवर्तन भएको छ । नवउपनिवेशको परिणामस्वरूप राज्यसत्तामा मुख्यतः साम्राज्यवादी–विस्तारवादी एकाधिकार दलाल पुँजीपति वर्गको आधिपत्य कायम हुनु हो । परम्परागत सामन्तवर्गलाई आफ्नो अस्तित्व रक्षाको लागि साम्राज्यवादी एकाधिकार पुँजीको दलाली गर्नुपर्ने भयो र सामन्तवर्गको अस्तित्व कायम राख्न साम्राज्यवादको दलालीको विकल्प रहेन । अतः सामन्तवर्ग पनि दलाल सामन्तमा परिणत भएका छन् ।
त्यस्तै गरी अर्धसामन्ती र अर्ध औपनिवेशिक स्थितिको परिणामस्वरूप जन्मिएको नोकरशाही पुँजीपति वर्गको चरित्र पनि मूलतः दलाल चरित्रमा रूपान्तरिक भएको छ । किनभने नोकरशाही पुँजीपति वर्ग पनि राज्यसत्ता मूलतः साम्राज्यवादी–एकाधिकारवादी दलालहरूको हातमा केन्द्रित भएको अवस्थामा आफ्नो अस्तित्वको लागि या त दलाल पुँजीपति वर्गको दलालमा परिणत हुनु पर्ने या त राष्ट्रिय स्वाभिमानको निम्ति उदार पुँजीपति वर्गको रूपमा श्रमजीवी जनतासँग एकाकार हुनुपर्ने स्थिति सृजना भएको छ । यसरी नोकरशाही पुँजीपति वर्गको निम्ति पनि परम्परागत ढंगले अस्तित्व कायम गर्न कठिन हुँदै गएको छ । र, नोकरशाही पुँजपति वर्गको अस्तित्व कायम राख्नको लागि नोकरशाही दलाल पुँजीपति वर्गमा परिणत हुनुपर्ने स्थिति पैदा भयो । यसरी परम्परागत प्रकारको सामन्तवर्ग र नोकरशाही पुँजीपति वर्ग दुवैको निम्ति साम्राज्यवादी–विस्तारवादी शक्तिको दलाली नगरी अस्तित्व रक्षा हुन सक्ने अवस्था यसप्रकार मुख्यतः दलालीको भरमा टिक्नुपर्ने भएकोले सामन्ती र नोकरशाही पुँजीपतिवर्गको मुख्य चरित्र दलाल बन्नुपर्ने भएको छ । यसर्थ सबै प्रकारका प्रतिक्रियावादी वर्गहरूको मूल नेतृत्व एकाधिकार दलाल पुँजीपति वर्ग बन्न पुगेको छ । यसरी नव–औपनिवेशिक स्थितिको परिणामस्वरूप राज्यसत्तामा एकाधिकार पुँजपति वर्गको प्रभुत्व कायम भएकाले प्रधान अन्तर्विरोधमा पनि परिवर्तन आएको छ । विगतमा राज्यसत्तामा घरेलु प्रतिक्रियावादी शक्तिहरूमध्ये मुख्यतः सामन्त वर्गको प्रभुत्व रहेकाले त्यही शक्तिसँग नेपाली जनताको प्रधान अन्तर्विरोध रहे तापनि राजतन्त्रको अन्त्य पश्चात राज्यसत्तामा मुख्यतः साम्राज्यवाद र विस्तारवादका एकाधिकार दलाल पुँजीपति वर्गले प्रभुत्व कायम गरेकाले त्यही सत्तारूप (हाल काँग्रेस–एमाले) वर्गसँगको नेपाली जनताको प्रधान अन्तर्विरोध रहन पुगेको छ । दलाल पुँजीपति वर्गमा मात्र सीमित नरही निम्न पुँजीपतिवर्गको वर्ग विविधता रहेको सामाज भएकोले निम्न पुँजीपति वर्गबाट पनि साम्राज्यवादी वा विस्तारवादी जो कसैलाई पनि दलाल बनाई भुईंफुट्टा दलाल पुँजीपति वर्गमा परिणत गरेर आफ्ना नव–औपनिवेशिक राज्यसत्तालाई निरन्तरता दिने गरिरहेका छन् । नेपाली जनताके आधारभूत अन्तर्विरोध भने विश्व साम्राज्यवाद र भारतीय विस्तारवादका एकाधिकार दलाल पुँजीपति वर्गको अतिरिक्त सामन्तवर्ग, नोकरशाही पुँजीपति वर्ग लगायत सबै खाले प्रतिक्रियावादीहरूसँग यथावतै रूपमा रहेको छ ।
अर्धसामन्ती तथा नव–औपनिवेशिक अवस्थामा रहेको वर्तमान नेपालमा विभिन्न अन्तर्विरोधहरू जेलिएका छन् । नेपालमा लामो समयदेखि दुईवटा आधारभूत अन्तर्विरोधहरू विकसित हुँदै आएका छन्– पहिलो घरेलु प्रतिक्रियावाद र अझ जनसमुदायका बीचको अन्तर्विरोध तथा दोस्रो, वैदेशिक प्रतिक्रियावाद र नेपाल राष्ट्रबीचको अन्तर्विरोध । घरेलु प्रतिक्रियावाद दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्ग मिलेर बन्दै आएको छ भने वैदेशिक प्रतिक्रियावाद अन्तर्गत विभिन्न रूप र रंगका साम्राज्यवादका साथै मुख्ततः भारतीय विस्तारवाद पर्दछ । आज भारतीय विस्तारवादद्वारा निर्देशित तथा परिचालित दलाल एवं नोकरशाही पुँजीपति तथा सामन्तवर्ग र आम जनसमुदाका बीच प्रधान अन्तर्विरोध रहेको छ । नव–उपनिवेशवादको हैकम बढ्दै गएको र राजतन्त्रको अन्त्य भएको स्थितिमा यस प्रकारको अन्तर्विरोध सही तथा वस्तुवादी बन्न गएको छ ।
अतः अहिले मुलुकको प्रधान अन्तर्विरोध एकातिर देशीय दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग एवं सामन्तवर्ग तथा भारतीय विस्तारवाद र अर्कोतिर आम नेपाली जनसमुदायका बीच रहेको छ । क्रान्तिकारीहरूले यो अन्तर्विरोधलाई राम्रोसँग बुभ्न र त्यसको समाधान गर्ने दिशामा अगाडि बढ्न जरुरी छ । यस प्रकारको अन्तर्विरोधको समाधान नयाँ जनवादी क्रान्तिद्वारा नै हुन सक्छ । राष्ट्रियता र जनतन्त्र परस्पर सम्बन्धित छन् । नेपालको जातीय मुक्ति आन्दोलन एकातिर आन्तरिक राष्ट्रियता र अर्कोतिर सिंगो देशको राष्ट्रिय मुक्ति आन्दोलनसित पनि सम्बन्धित रहेको छ । यस अर्थमा राष्ट्रियता जनतन्त्र र जनतन्त्र राष्ट्रियत बन्न पुग्छन् । प्रधान अन्तर्विरोधको अध्ययन गर्ने प्रसङ्गमा यसबारे पनि आवश्यक ध्यान दिन जरुरी छ । प्रधान अन्तर्विरोधको प्रश्न राष्ट्रियता र जनतन्त्रसँग अन्तरसम्बन्धित प्रश्न हो । राष्ट्रियता र जनतन्त्रको प्रश्नमा लामो समयदेखि कैयौँ भ्रमहरू उत्पन्न हुँदै आएका छन् । राष्ट्रितयता र जनतन्त्रको प्रश्नमा देखापर्ने सबै गलत चिन्तन तथा प्रवृत्तिहरूका विरुद्ध संघर्ष चलाउन जरुरी छ ।
वर्तमान नेपाली नया“ जनवादी क्रान्तिको प्रश्नबारे
अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय परिस्थितिको बारेमा, नेपाली समाजको विद्यमान वर्गविश्लेषणका बारेमा, विभिन्न कम्युनिस्ट धारा, समूह र उपसमूह तथा मूल प्रवृत्तिहरूका बारेमा माथि नै व्यापक रूपमा चर्चा गरिएको छ । यहाँ नेपाली नयाँ जनवादी क्रान्तिका बारेमा सामान्य चर्चा गर्ने प्रयत्न गरिने छ ।
हाम्रो देश नेपाल अहिलेसम्म पनि अर्धसामन्ती र नव–औपनिवेशिक अवस्थामा रहेको छ । यसप्रकारको अवस्थामा रहेको मुलुकमा गरिने क्रान्ति भनेको सर्वहारावर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ताको रूपमा रहेको क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टीको नेतृत्वमा र मजदुर तथा किसानवर्गको सहयोगमा गरिने नयाँ जनवादी क्रान्ति नै हो किनकि नयाँ जनवादी क्रान्ति भनेको सामन्तवाद तथा साम्राज्यवाद विरोधी क्रान्ति हो र नेपालमा नयाँ जनवादी क्रान्ति सम्भव छ ।
नेपाल अहिले पनि नयाँ जनवादी क्रान्तिकै चरणमा छ । वर्तमान अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी) नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । र, यो नेपाली सर्वहारावर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो । यसको न्यूनतम लक्ष्य नयाँ जनवाद रहेको छ भने अधिकतम लक्ष्य समाजवाद र साम्यवाद रहेको छ । यो नै वर्तमान नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति पनि हो । यस पार्टीसँग नेकपा (एकीकृत), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जस्ता क्रान्तिकारी पार्टीहरूले पनि सहकार्य गरिरहेका छन् र एकताको प्रयास पनि भइरहेको अवस्था छ ।
वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा नेकपा (क्रान्तिकारी माओवादी) ले ठोस गरेको सशस्त्र जनविद्रोहको कार्यदिशा बन्न पुगेको छ । यसको सफल क्रियान्वयनको निम्ति सबै क्रान्तिकारीहरूले एकताबद्ध तुल्याई एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण, जनमुक्ति सेना नेपालको निर्माण र संयुक्त राजनीतिक मोर्चा निर्माणको कार्यलाई पूरा गर्नुपर्ने हुन्छ । जसलाई क. माओले क्रान्तिका तीन जादुमयी हतियार बताउनुभएको छ । क्रान्तिकारीहरूले यो महान् कार्य पूरा गर्नैपर्ने हुन्छ । यसका लागि नेकपा – माओवादीले सात तयारी गर्ने तयारी गरिरहेको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले अहिले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई अरु समृद्धशाली तुल्याउने योजना बनाइरहेको अवस्था छ । जनविद्रोहका तयारीको सिलसिलामा नेकपा (क्रान्तिकारी माओवादी)ले सहरलाई आन्दोलनको केन्द्रभाग र गाउँलाई पृष्ठभागको रूपमा वर्गीकरण गरेर तयारीमा जुटेको छ ।
समग्र नेपाली नयाँ जनवादी क्रान्तिप्रति र सशस्त्र जनविद्रोहको कार्यदिशाप्रति दक्षिणपन्थी संशोधनवादीहरू, अवसरवादीहरू, नवसंशोधनवादीहरू र नव माक्र्सवादीहरू समेतका विभिन्न रूप र रङ्गका संशोधनवादीहरूले विविध प्रकारका भ्रमहरू पैलाइरहेका छन् । यी भ्रमहरूलाई क्रान्तिकारीहरूले भण्डाफोर गर्न अति जरुरी छ । यस विषयमा नेपाली समाजमा महान् बहस चलाउन आवश्यक छ ।
नेपाली नया“ जनवादी क्रान्तिको पथप्रदर्शक सिद्धान्त
माक्र्सवाद–लेनिनवाद–माओवाद वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको पथप्रदर्शन सिद्धान्त हो । माक्र्सवाद कार्लमाक्र्स (सन् १८४८ – १८८३) र फ्रेडसिरक एंगेल्स (सन् १८२० – १८९५) द्वारा प्रतिपादित सर्वहारा वगर्पको मुक्तिको सिद्धान्त र विचारधारा हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको वैज्ञानिक सिद्धान्त हो । द्वन्द्वातमक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका सर्वहारावर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।
माक्र्सवादका तीन संघटक अंग रहेका छन् । ती हुन् – दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।
माक्र्सवादको माक्र्सवाद– लेनिनवाद–माओवादीमा आज जुन विकास भएको छ, त्यसका तीन गुणात्मक चरण छन्, ती हुन्ः –
(क) माक्र्सवादको चरण ः माक्र्सवाद एक वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्त हो र माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको क्रान्तिकारी सिद्धान्त र विश्व दृष्टिकोण हो ।
(ख) लेनिनवादको चरण ः माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकता बीचबाट लेनिनवादको जन्म भएको हो । लेनिन (सन् १८७० – १९२४) लेनिनवादका प्रतिपादक हुनुहुन्छ ।
(ग) माओवादको चरण ः माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्ती–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडितबाट आक्रान्त अविकसित देशहरूमा क्रान्तिारीका समस्याहरूको समाधान गर्नुपर्ने, सन् १९५३ मा स्टालिनको मृत्युपश्चात रुस एवं पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धमा लडाईं लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद – माओवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भएको हो । माओत्सेतुङ (सन् १८९३ – १९७६) माओवादका प्रवर्तक हुनुहुन्छ । सर्वहारा अधिनायकत्व अन्तर्गत सर्वहारा सांस्कृतिक क्रान्ति र शिक्षा अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त नै माओवादको मुख्य मान्यता हो ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवालाई आजको विश्वको माक्र्सवाद–लेनिनवादका रूपमा ग्रहण नगरीकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन ।
माक्र्सवाद आज अर्ध सामन्ती र नवऔपनिवेशिक अवस्थामा रहेको देशको सामन्तवाद तथा साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्तिको पथप्रदर्शक सिद्धान्त मात्र नभएर पुँजीवाद तथा साम्राज्यवाद विरोधी सर्वहारा क्रान्तिको युगको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ ।
नेपाल के पु“जीवादी देश हो त ?
नेपालका कतिपय अर्थविद्हरूले करिब दुई दसकअघिदेखि नेपाल अर्धसामन्ती–नवउपनिवेशिक अवस्थामा छैन र अब यो देश पुँजीवादमा फड्को मारिसक्यो भनेर तर्क गर्दै आएका छन् । यस प्रकारको भनाइप्रति कतिपय आपूलाई कम्युनिस्ट भनाउने पार्टी र समूहले र नवमाक्र्सवादी, उत्तरमाक्र्सवादी, उत्तरआधुनिकतावादीहरू एवं संशोधनवादीहरूले समेत सोही कुराको समर्थन गर्दै आएका छन् । के वास्तविकता नै यही नै हो त ? तर वास्तविकता यस्तो होइन । सन् १८१६ मार्च ३ मा सम्पन्न गरिएको इस्टइन्डिया कम्पनी सरकारसित राष्ट्रघाती–सुगौली सन्धि पश्चात नेपाल अर्ध औपनिवेशिक अवस्थामा फेरिएको कुरा जगजाहेर भएकै हो । यसै क्रममा दोस्रो विश्वयुद्धको प्रक्रियामा नेपालमा उद्योग व्यवसायको सुरुवात भयो र देश अर्धसामन्ती अवसथमा बदलिएको थियो । दोस्रा विश्वयुद्धपश्चात नवउपनिवेशवादको प्रक्रिया सुरु भयो र त्यसको असर नेपालमा पनि पर्नु स्वाभाविक थियो । यसरी आज नेपाल एकातिर अर्धसामन्ती र अर्कोतिर अर्ध औपनिवेशिक हुँदै नवऔपनिवेशिक अवस्थामा फेरिन पुगेको छ ।
हामीले विशेष ध्यान दिनुपर्ने कुरा के छ भने सामन्तवाद भनेको मूलतः जमिनमाथि सामन्ती स्वामित्व, कृषि प्रणाली र उत्पादन सम्बन्धमा आधारित शोषण उत्पीडनमूलक राज्य व्यवस्था हो । यसका अतिरिक्त सामन्तवादका अनेकौँ विशेषताहरू रही आएका छन् । राजनीतिक क्षेत्रमा सामन्तवाद निरंकुश राजतन्त्र र सामन्ती सोपान प्रणालीमा आधारित हुन्छ । कार्लमाक्र्सले भन्नुभएको छ– ‘सानो परिमाणको किसानहरूको खेती र स्वतन्त्र दस्तकारिता मिलेर उत्पादनको सामन्ती प्रणालीको आधार तयार हुन्छ ।’ (पुँजी, भाग १ पृष्ठ ३५९) त्यस्तै फ्रेडरिक एंगेल्स भन्नुहुन्छ, ‘सानो परिवारको व्यक्तिगत उत्पादनमा आधारित मध्ययुगीन समाज सामन्तवादमा आधारित थियो । यस प्रकारको समाजमा उत्पादनका साधन व्यक्तिगत उपयोग अनुरूप बनेका हुन्थे । त्यसै ती आदिम, भद्दा, छोटामोटा र क्रियाशीलतामा अत्यन्तै सीमित प्रकारका हुन्थे । उत्पादन सिधै उपभोगका लागि हुन्थ्यो, स्वयम् उत्पादनको उपभोगको लागि उसको सामन्ती स्वामीका लागि ।’ (माक्र्स–एंगेल्स रचना संग्रह भाग ३÷१, पृ. ८७) । अतः माक्र्स–एंगेल्सका उक्त भनाइहरूमाथि ध्यान दिँदै हामीले सामन्तवादका विशेषताहरूलाई आर्थिक, राजनीतिक र सांस्कृतिक विशेषताहरूको समग्रतामा बुभ्न आवश्यक हुन्छ ।
समग्र अध्ययनबाट के निष्कर्षमा पुग्न सकिन्छ भने नेपाल अहिले पुरानो प्रकारको वा शास्त्रीय सामन्तवादी प्रकारको नभएर अर्धसामन्ती फेरिएको चर्चा माथि नै गरिसकिएको छ । हिजो जस्तो नभएर अहिले नेपालमा केही हदसम्म पुँजीवादको विकास त भएको छ तर यो पुँजीवाद अर्धऔपनिवेशिक हुँदै नवऔपनिवेशिक उत्पीडनमा आधारित छ । पुँजीवाद नेपाली समाजको मूलप्रवृत्ति होइन, दलालहरू नोकरशाही पुँजीवाद नेपाली समाजको मूल प्रवृत्ति हो ।