डा. भट्टराईलाई आरोप लगाउनेलाई प्रतिप्रश्न – नवराज सिंखडा ‘जिज्ञासु’
पुर्व प्रधानमन्त्री एबम नयाशक्ती निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराई एमाओबादी छाडी नया शक्ति अभियानमा शुरु गरेपछि केही मान्छे(जो प्रचन्ड बाहेक अरुलाइ माओबादी गन्दैनन) उहामाथी लगाइएका केही आरोपहरुको प्रतिप्रश्न गर्न चाहन्छु।
(१)बिप्पा सम्झौता
बाबुरामलाइ बिप्पा सम्झौता गरि राष्ट्रघात गरेको आरोप लगाइएको छ।
बिप्पा सम्झौता ठिक वा बेठिक बिस्तारै प्रमाणित हुँदै जाला।भारत भन्दा पहिले अरु ५ वटा देश सङ्ग बिप्पा सम्झौता भैसकेको पनी छ।हो बिप्पा सम्झौता बाबुरामको भारत भ्रमणको बेला भएको हो।तर बिप्पा सम्झौता बाबुरामको ब्यक्तिगत निर्णय हैन यदि ब्यक्तिगत निर्णय थियो भने बाबुराम बिरुद्ध राष्ट्रघात गरेको आरोप लगाइ मुद्दा हाल्न वा कारबाही गर्न किन सकिएन?उनिमाथी कुनै पनि मान्छे वा एमाओबादी पार्टिले कारबाही गर्न नसक्नुले के पुष्टि गर्छ भने बिप्पामा बाबुरामको मात्र नभै प्रचन्डको पनि सहमती छ,होइन र?
(२)सेना समायोजन
बाबुराममाथी जनमुक्ती सेना विघटन को आरोप लाग्ने गरेको छ।तर त्यो कसरी कसैले पुष्टि गर्न सकेको छैन।हो बाबुराम प्रधानमन्त्री भएको बेला जनमुक्ति सेना र नेपाली सेनाको समायोजन भएको हो।जुन पुर्ब निर्धारित सहमती थियो।बाबुराम प्रधानमन्त्री भए पनि सेना समायोजन गर्ने बिषयमा भएको सहमति पत्रमा हस्ताक्षर गर्ने कमरेड प्रचन्ड नै हुनुहुन्थ्यो।सेना समयोजन सहमती पत्रमा हस्ताक्षर गर्ने प्रचन्ड दोष बाबुरामलाइ किन?
(३)मधेशी मोर्चा सङ्ग मिलेर मिलेर गैर लोकतान्त्रीक सरकार बनाएको
बावुराम माथी लाग्ने अर्को आरोप यो हो।हो बाबुराम प्रधानमन्त्री बन्ने बेला मधेशी मोर्चासङ्ग रातारात ४ बुदे सम्झौता गरि त्यसमा हस्ताक्षर गर्ने प्रचन्ड नै हुन?मधेशी मोर्चासङ्ग भएको सम्झौतामा हस्ताक्षर गर्ने प्रचन्ड अनि दोष बाबुराम माथी मात्र लगाउनु प्रचन्ड भक्ती बाहेक अरु के हुन सक्छ?
(४)प्रम हुदा के गर्यौ?
बाबुराम माथी बर्सने गरेको अर्को प्रश्न हो प्रधानमन्त्री हुदा के गर्यौ?यो सोध्नुभन्दा अगाडि किन सोच्न सकेनन कि बाबुराम प्रम हुदा बजेट समेत ल्याउन दिएको थिएन भनेर?बिना बजेट के गर्न सकिन्छ?हलो अड्काएर गोरु चुट्न कुन नैतिकताले दियो तपाइहरुलाइ?
(५)हिसिला यमिको भ्रस्टचार
प्रमाणित हुन नसकेको र समाचार लेख्ने ले कारबाही भोगिसकेको समाचार तेर्स्याएर बाबुरामको बदनाम गर्न हिसिलाको भ्रस्टाचार लाई जोड्नु कहासम्मको उचित हो?यो ब्यक्ती भक्ती बाहेक अरु के हुनसक्छ?यदि हिसिला भ्रस्टाचारि हुन भने अदालतमा गएर मुद्दा हाल्ने हिम्मत छ तपाइहरुसङ्ग?
(६) बाबुराम भारतिय दलाल र र अ को एजेन्ट
बाबुराम माथी अहिले लगाइने गरेको अर्को आरोप भारतिय दलाल र र अ को एजेन्ट हो।यदि बाबुराम भारतिय दलाल हुन र अ को एजेन्ट हुन उतैको निर्देशन अनुसार काम गथे भबे बाबुरामसङ्ग २५ बर्ष सङ्गै बिताउने र हरेक निर्णयमा बाबुरामको साथ खोज्ने कसरी भारतिय दलाल बाट अछुत हुन सक्छन?
(७)नया शक्तिमा पुरानो अनुहार
अहिले सबैभन्दा बिरोध भएको कुरा यो हो।बाबुरामको बिरोध गर्न पुरानोको बिल्ला भिराएर बदनाम गर्न खोज्नु मुर्खता हो।नया भने मान्छे हैन बिचार हो भन्ने बुझ्न नसक्नेले के को बिरोध गर्नु?मान्छे नया हुनलाई भर्खर जन्मनु पर्छ।कि दस साल पहिले इन्जिनियर बनेको मान्छे ले अहिले घरको नक्सा पास गर्यो भने त्यो पुरानो इन्जिनियरले गरेको भन्ने हो?