प्रधानमन्त्री ज्यु,तपाईं देशको जिम्मेवार ब्यक्ति कि हास्यब्यङ्य कलाकार ? – नवराज सिंखडा ‘जिज्ञासु’

२०७२ पुष २६ गते, आईतवार

सम्माननिय प्रधानमन्त्री खड्कप्रसाद वलि उर्फ के.पि वलि ज्यु यो क्षितिजपारिको मरुभुमी बाट नमस्कार।
प्रधानमन्त्री ज्यु,अहिले म परदेशमा भएपनि तपाईं देशको प्रमुख भएको देशको एक नागरिक हुनुको नाताले केही तितामिठा कुराहरुलाइ यहि मार्फत प्रश्तुत गर्न मन लाग्यो।कहि कतैबाट यो पत्र तपाइको हातमा पर्यो भने र पढ्नुभयो भने भन्नुहोला यी ठेट्नाहरु बिदेशमा बसेर फेसबुकमा कुर्लिन्छन।किन कि तपाइले त्यो भन्नू नौलो कुरा हैन।उखान टुक्का र हासिठट्टा तपाइको थेगो नै बनिसकेको छ।
प्रधानमन्त्री ज्यु यतिबेला नेपाली राजनिती र नेपालको अवस्थ तपाइलाइ सामान्य लागेपनी तपाइका पछि लाग्ने र सत्ता र भत्तामा रमाएकाहरु बाहेक अरुको निम्ति जटिल अवस्थामा गुज्रिरहेको कुरा मेरो नजरले देखिरहेको छ।सायद यो कुरा तपाइलाइ सत्य नलाग्न पनि सक्छ।अहिलेको जटिल परिस्थितिको मारमा तपाईं हुनुहुन्न किन कि तपाइको घरमा न त ग्यास सकिएको छ नत तपाइको गाडिमा पेट्रोल।
प्रधानमन्त्री ज्यु आजकल विभिन्न समाचार माध्यमबाट तपाइका अभिब्यक्तिहरु धेरै सुनिन्छ्न।जनतालाइ दिएका आश्वासनहरु धेरै देखिन्छन र सुनिन्छन ती आश्वासन पनि फिल्मी र नाटकिय शैलिमा।सायद तपाईं प्रधानमन्त्री उम्मेद्वार भएर सदनमा उभिएर अभिब्यक्ती दिदै गर्दा भन्नुभएको थियो,म प्रधानमन्त्री भएपछी जनताको निम्ति यस्तो काम गर्छु कि अहिले मलाइ प्रधानमन्त्री बनाउन भोट नदिनेहरुलाइ बाडुल्की लाग्नेछ।तपाइले सहि भन्नुभएको रहेछ आज तपाईं प्रधानमन्त्री बन्नुभएको ४ महिना पुग्नै लाग्दा करिब एक दर्जन पटक त साच्चिकै बाडुल्की लागिरहेछ।
किन कि तपाइले देशभरका तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिसक्नुभयो,धेरै मन्त्रालय लाई जोडेर थोरैमा झार्नुभएको छ,देश लोडसेडिङ मुक्त बनिसकेको छ,देश दाउरे युगमा प्रबेश गरेको नि छैन,तराइमा जारी आन्दोलन रोकिएको छ,नत खुलेको छ,ग्यासको अभाब छैन जनतालाइ नत डिजेलको,नत पेट्रोलको नै अभाब छ।भुकम्पपिडितहरु सबैको घर बनिसकेको छ उनिहरु सबैले सेवा सुबिधा पाइसकेक छ्न न त जाडोले कठाङ्गृएर नै कोहि मरेका छन।साथै अहिले हावाबाट बिजुली निकाल्ने काम पनि सुरु भैसकेको छ,त्यसको लगत्तै अहिले तपाइले काठमान्डौको प्रत्येक घरमा ग्यासको पाइप लाइन जडान गर्ने काम गर्नुभएको छ रे।अलि दिनमा प्याट्ट टुटि खोल्दा पाइपबाट पानीको सट्टा ग्यास आउँछ रे।सिलिन्डर बोक्न पर्दैन रे क्या आनन्द छ जनतालाइ।अनि बाडुल्की किन नलागोस र है प्रधानमन्त्री ज्यु ।
सायद अलि दिनमा तपाइले प्रत्येक जनताको घरघरमा एयरपोर्ट पनि बनाइदिनुहुन्छ होला,बादलमा खेती गरेर स्वाबलम्बी बन्ने ब्यबस्था पनि गर्दै हुनुहुन्छ होला है प्रम ज्यु?जे होस सपनामा भए पनि बर्बराएको पाराले भए पनि जनतालाइ हसाउने काम गर्नुभाको छ यसैमा खुसी छौ।तर कहिलेकाहीँ हामिलाइ दुबिधा हुन्छ तपाइको देशको प्रधानमन्त्रीको कुर्सिमा बिराजमान हुनुहुन्छ कि?हास्यब्यङ्य कार्यक्रमको कार्यक्रम स्थलमा?कतै तपाईं तासको बुक भित्रको जोकर त हैन नि?
प्रधानमन्त्री ज्यु के देशको कार्यभार समालेको मान्छेको काम सधै हसाएर जनतालाइ उल्याउने मात्र हो?के सधै उखान टुक्काले मात्र देश चन्छ?जम्मा भएका भिडहरुलाइ उखान टुक्काको माध्यमबाट हासोको फोहोरा छुटाउन बाध्य पारेर मात्र तपाइको कर्तब्य पूरा हुन्छ?तपाईं सिंहदरबारमा फोटो झुन्ड्याउन मात्र प्रधानमन्त्री बन्नुभएको कि देश र जनताको हरेक समस्या समाधान गर्न?तपाई बच्चा हो कि बुढो मान्छे अथवा देशको एक जिम्मेवार ब्यक्ती?बच्चा भनौ दारी जुङ्गा फुलिसकेको छ देशको कार्यकारी प्रमुखको रुपमा बिराजमान हुनुहुन्छ,बूढो मान्छे अथवा देशको जिम्मेवार मान्छे भनौ ९/१० बर्षको बच्चाले जस्तो अभिब्यक्ती दिदै हिड्नुहुन्छ।
तपाइमा किन देखिदैन जिम्मेवारीपन?तपाईं कुन पदमा हुनुहुन्छ हेक्का राख्नुहुन्छ कि राख्नुहुन्न?तपाइले बोल्ने कुरा के नेपाल र नेपालिले मात्र सुन्ने हुन कि अन्तरास्ट्रिय जगतले कहिल्यै सोच्नुभएको छ प्रम ज्यु?तपाइका भनाइ अनि जोक्स सुनेर के भन्छन होला अन्तरास्ट्रिय समुदायहरु?
प्रधानमन्त्री ज्यु के यसरी नै समस्याको समाधान हुन्छ?जिम्मेवारी बन्ने कहिले हो?भुकम्पपिडित जनताको उद्दार गर्ने कहिले?तराइ मधेशको समस्या समाधान गरि देशलाइ निकास दिने कहिले?जनता अभाबमा बाचिरहदा खान नपाएर मरिरहदा पनि संबेदनसिल बन्न सक्नुहुन्न भने तपाइबाट आम जनताले के अपेक्षा गर्ने?
प्रधानमन्त्री ज्यु देशको नागरिक हुनुको नाताले यति कुरा लेख्ने हिम्मत गरे।लेख्ने क्रममा केही गल्ती भए क्षमाप्रार्थी छु।
हाल – कतार

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु