विदेशिएका युवाहरुको नाममा – शिव डुम्रे

२०७२ फाल्गुन ३० गते, आईतवार

म बिस वर्ष पुगेको जम्मा दुई बर्ष भयो, मेरै उमेरका युवाहरुले घरबार जोडेका छन्, मेरै उमेरका युवाहरुले विदेशमा पुगेर सम्पत्ति कमाएर तराईमा घडेरी जोडिसकेका छन्, मेरो उमेरका युवाहरु केहीले पढिरहेका छन् केहीले आफ्नो भविष्य उज्जवल बनाउने ध्याउन्नमा छन्, जेहोस् सबैले आआफ्नो पेसा व्यवसाय, जिविकोपार्जन, दक्षता र क्षमताले भ्याएसम्म सबैले आआफ्नो कर्ममा तल्लीन छन् । अचेल भेटघाट गर्न सजिलो छ, साथीहरुले कहाँ के गर्दैछन् भन्नलाई नाम थर सम्झिए पुग्छ, फेसबुक काफी छ, सर्च गर्छु कहिलेकाही मसँगै पढेका युवा साथीहरु, महिलाहरु त कमैमात्र होलान अब विहे नगरेका र आमा नबनेका, तर युवाहरुलाई हेर्छु, धेरै साथीहरु करिब ६० प्रतिशत साथीहरु अहिले विदेशी भूमिमा आफ्नो सीप बेचेका छन् बेचेकै पनि नभनौं सम्पत्ति कमाएका छन्, उनीहरु सबैभन्दा धेरै समय अनलाईनमा देखिन्छन्, प्राय सबैसँग आईफोन र ल्यापटप हुन्छ या हुँदैन तर फोटो र भिडियोकल गर्दाचाहीँ प्रस्टै देखाउँछन्, सबैको हातमा सुनको बाला र माला जडितहुन्छ, उनीहरुका लाईक र कमेन्टले सहस्रताव्दी काटेको हुन्छ । धेरैजसो साथीहरु त बोल्दैनन्, ‘हलो’ भन्दा ‘विजी नाओ’ भन्ने आउँछ केही साथीहरु छन् हैरान कटाउँछन म्यासेन्जर कल गरेर फुर्सदिलो मान्छे यसो कुरा गर्छु सबैले आआफ्नो स्तरको कुरा गर्छन । ‘के छ यार देशको राजनीति कता पुग्दैछ’, के हुनु यार जे देखिएको छ त्यही हो नौलो के नै छ र, फेरी धेरैले यहि भन्छन्, ‘ तँ क्या कता छस् अचेल, दाम त टन्नै कमाईस होला, के गर्दैछस् यार देशमा’ साथीहरु चिन्ता व्यक्त गर्छन या प्रशंसा मैले बुझ्दीन । अवाक पर्छु । ‘मेरो केही छैन के छ बरु तिमीहरुले कमायौ यार दाम हामी त बेकामको भईयो यार यस्तै छ दिन काटिएको छ’ उताको जवाफ आउँछ ‘त्यस्तो खास केही छैन यार, एउटा ल्यापटप किने, देखिस (फोटो रिसिभ), कति प¥यो होला अनुमान गर भर्खरै चलेको बजारमा ७० हजार क्यास बुझाएको छु, हिजो भर्खरै एउटा फोन हाले एप्पल सिक्स न्यु भर्सन हो यार यसको पनि झण्डै लाख परेको छ, घरतिर फोन ग¥यो कि केही पठाईदे भन्छन अनी पठाउँनै प¥यो, दाम त केही कमाएको छैन यार यस्तै मोज छ साथीहरु छन् टन्नै घुम्यो, त्यस्तै मासिक ६०÷७० हजार त हानिन्छ यार अझ मेसो मिल्यो भने कसो एक लाख नै पुग्छ तलब त । तर के गर्नु यार खर्च गर्ने बानी नै हो थाहाँ छ नी तलाई, गग (चस्मा ) किनेको छु यार २४ हजार नेपाली परेको कस्तो होला अनुमान गर्न यार अनी बरु म अर्काे मार्चसम्म नेपाल झर्छु एउटा मेनरोडमा सटेको बुटवलमा घडेरी किन्नु छ हेर्दै गर्न यार महंगीएको छ रे यसो मिला न त बुटवलतिरै छस नि अचेल त’ हैरान पर्छु म्यासेज पढेर अनी केही लेख्ने आट आउँदैन ‘ओके’ फर्काउँछु ।
केही साथीले शहरतिर पढेका छन् केही पढ्नकै लागी दिल्ली पुगेका छन्, उनीहरुसँग गफ गर्छु ‘के छ यार स्थिती कत्तिको कमाई छ र पत्रकारितामा यार किन भुल्या यत्तिको सीप क्षमता भएको मान्छे विदेशतिर गए टन्नै पैसा कमाईन्छ नि,’ तिमी के गर्दै छौ त ‘खै यार आजसम्म बुवाले पैसा पठाएर पढिएको छ तर भविष्य बनाउन जहाँपनि संघर्ष गर्नुपर्छ सँगसँगै अहिले त कोरियन तयारी पनि छ यार अब विदेश जानु पर्ला, मिनिमम तलब नै डेढ लाख बनाएछ त यार कोरियाले यहाँ डक्टर बनेर ईन्जिनियर बनेर के गर्नु गाडी चढ्न सकिन्न यार, बरु तिम्ले नि सोच राजनीति पत्रकारिता भनेको उस्तै हो है पैसा विना केही हुँदैन’ म नि त्यहि सोच्दैछु यार ‘बेलैमा होस् गर यार घर परिवार, समाज, साथीहरु कहाँ पुगीसके अब पैसा कमाउनपट्टि पनि लाग्नु’ अनि केही लेख्ने आटँ आउँदैन अनी फेरी ‘ओक’ फर्काउँछु ।
केही साथी छन् पढ्न छोडीहाले विदेश गए, नेपालमै सानोतिनो रोजगार गरेका छन् , कोही ड्राईभर, कोही होटल कुक कोही विविध क्षेत्रमा व्यस्त छन् कहिलेकाही नयाँ कपडा लगायर घुमेको फोटो पनि ट्याग गर्न भ्याउँछन् उनीहरुसँग कुरा गरे भन्छन्, पैसा कमाएर मात्र के गर्नु यार तिम्ले बरु दाम पनि नाम पनि कमाएका छौ, कुन जिल्लाको अध्यक्ष पनि भयौं रे, राम्रो छ यार प्रगति गर्दै जानु’ अनि तिमीहरु के छौ भन्दा के गर्नु यार पासपोर्ट एप्लाई गरेको दलेले कहाँ लग्यो लग्यो यार, हिजो पुगेर त्यसको सटरमा आगो लगाईयो विदेश जान नि लेख्या रैनछ क्या भिसा नि झर्दैन, विहे गरियो यार परिवार त पाल्नै प¥यो नेपालको आठ दश हजारले के हुन्छ र यार विदेश जानुपर्ला के गर्नु पढ्न सकिएन तिमीहरुले प्रगति गर यार’ अनि अवाक भएर ‘ओके’ फर्काउँछु ।
अनी उनीहरुले लेखेको स्टाटस हेर्छु आफू विदेशमा छ अनी खाली नेतालाई गाली गरेको छ, उसले यसो ग¥यो र कसैले यसो ग¥यो रे, जसको हेर्छु आक्रोश, कोहीले माओवादीले देश बिगार्याे, कोहीले केपी, कोहीले कांग्रेसले भन्या छ, कोही विप्लवले, कोही पत्रकारले, कोही वकीलले, कोही कलाकारले भन्या छ । कसैको टाउको कसैको ज्यान बनाको छ, बेईज्जत गरेको छ, आफू भाडामा अरुको देशमा गएर काम गर्दापनि यहि देशको बेईज्जत गरेको छ, नेतालाई कार्टुन बनाको छ, फेसबुकतिर धेरै आलोचना भेटिन्छ सबलाई गोली ठोक्छु रे कहिले संसद भवनमा बम खसालिदे अमेरिका भनेर गुहार गर्छन् कोहीले राजनीति गर्नेहरु जति भुकम्पमा परेर मर्नुपरोस रे सबैको गाली । बाहेक कसैले पनि फरक लेखेको देखिदैन । ‘
अनी भएन चेतनशिल विवेक भएपनि मनले नमानेपछि एउटा स्टाटस लेख्नैपर्छ भनेर लेखे ‘विदेश गएका साथीहरु विदेशमा बसेर किन अरुलाई गाली गर्छाै, खाली मलाई देशले केही दिएन किन भन्छौं तिम्ले पो तिम्रो देशलाई के दिएका छौं र आफूले केही गर्न सकेनौं विदेश पुगेर खाली नेतालाई गाली गर्ने यस्तो पनि हुन्छ साथीहो गर्दागर्दै कहिलेकाही ईतिहासमा यस्तो हुन्छ भएको थियो । आफ्ना खेत बाझिएर विदेशमा गएका छन्, खेतलाई व्यवसायीक रुपमा कृषी गर्नु छैन खेतभर कालोपाती फुलेको छ, बुढाबुढीहरुले पीढि कुरेका छन् आफ्ना श्रीमतिहरु सहरमा छोरालाई पढाउने ध्याउन्नमा अर्कैले उडाएको थाहा छैन्, पैसा कमाएको भोली लगानी गर्नुपर्ला भन्ने सोच छैन, देशले केही दिएन भनेर के गर्छाै युवाशक्ति उर्जा सबै विदेशमा सकेर केही गर्न नसक्ने भएपछि भएको सम्पत्ति उत्तै सकेर नेपाल फर्क अनी फेरी नेपाललाई र नेतालाई नै गाली गर, कृषिमा लगानी बढाएको छ, युवा स्वरोजगारको अभियान ल्याएको छ, गाईपालन र भैसीपालन गर्न अनुदान दिएको छ, आत्मनिर्भरसम्बन्धि लगानी बढाएको छ आफूले केही गर्न नचाहाने, नसक्ने, नजान्ने नसिक्ने, बुझ्न कोसिस नगर्ने अनी विदेश जादाँ पिटाए खाए भनेर हुन्छ देशले मलाई के दियो भन्दा पनि साथीहरु देशलाई मैले के गरे भनेर पनि लेख न यार ।
अनी उनै साथीहरुले कमेन्टको झटारो हान्छन् के दियो र देशले हामीलाई म जस्तो युवालाई न राम्रो शिक्षा दिक्षा दियो, न रोजगार दिन सक्छु यहि देशमा बस भन्यो, हामीलाई विदेशमा जानेबेलामा समेत पासपोर्ट लुकाएर दलेले हैरान कटाउँदा बैदेशिक विभाग कानमा तेल हालेर बस्यो, न मेरो छोराछोरीलाई यो देशले केही दिनेछ, मेरा बुढा भाका बाबुआमालाई देशले पालिदिन सक्छ भने म विदेश आउँने थिईन साथी विदेशीएका हामी युवालाई त्यति कमजोर नठान हामी पनि ४५ डिग्रीको घाममा ५५ तलमाथी भवनमा ज्यानलाई हत्केलाले अड्यार आफ्नो ज्यानको माया नमानेर जीवन अरुको जिम्मामा दिएर नोकरको हैसियतले काम गरेका छौं तिम्रो देशमा त्यो दुख गरि कमाएको ५० हजार रुपैयाँ पनि घरसम्म सजिलै पुग्न सक्दैन, अब भन मैले मेरो देश किन शिरमा राख्नु पर्ने मेरो कान्छा अंकल मरेको ३५ दिन भयो आज मलेसियाको पोष्ट मार्टम गर्ने थलोको कुनामा काठको बाकसमा हुनुहुन्छ त्यो तिम्रो देशले मेरो अंकलको लास परिवारसम्म पु¥याईदिन अझ ३५ दिन भित्र पनि सक्दैन, थाहाँ छ तिमीलाई म विदेश आउँने बेलामा डिजिटल पासपोर्ट लिनको लागी लाईनमा बस्दा प्रहरीको चार बुट र दुई लौरा खाएको छु जबकी विदेश जान्छु पैसा कमाउन भन्दा पनि यो देशले सजिलोसँग दिदैन, न देशमा केही गर्ने बाटो देखाउँछ, अनी यो देशले विदेशमा बसेका युवाहरुले कति दुख गरेका छन् त्यो बुझ्दैन अनी रेमिट्यान्सबाट तलब बृद्धि गर्दा कस्को चित्त बुझ्दो हो साथी तिमी देशमा भएर के लछारेका छौ र ? विदेशीएका युवामाथी रिस पोखेका छौ ?’ अनी उत्तर फर्काउने शब्द पाउँदिन अर्काे भर्खरै विदेशिएको साथीले फेरी कमेन्ट लेख्छ, ‘म साथी नं. १ सँग सहमत छु, मित्र तपाईले खेत बाँझो भए साथीहो भन्नुभएको रहेछ, त्यो देशमा किन बस्नु जहाँ जोतेर खान्छु भन्दा विउँ दिदैन, राम्रो उत्पादनको लागी मल दिदैन, दुखसुख ग¥यो चार महिना खान पुग्दैन, हल गोरुको र जम्मा सबै खर्च गर्दा एक हल खेतको १२ हजारभन्दा माथी जान्छ अनी उब्जाउँ हुन्छ ६ हजारको मात्र, त्यही पनि भनेको सयममा के पाईन्छ र, बुढा बाबु आमा छन्, टन्नै खेतहरु छन्, ६ हल गोरु पाल्न सक्ने घाँस छ, १२ मुरी उत्पादन हुने कोदोबारी छ तर साथी त्यो देशमा एउटा किसानको जिवनको ग्यारेन्टी छैन कृषिप्रधान देशमा कुन खेती कहाँ गर्ने भनेर कहिल्यै तिम्रो कृषि विभाग जनताको खेतमा पुग्दैन खेती गर्छ अनी तीन महिनासम्म खान नपुगेपछि म किन बसिरँहु हलो जोेतेर, अब खेतमा पाती नफुलेर धान कहाँ झुल्छ र साथी विकल्पको कुरा गर यस्ता आर्दशले पेट भरिनेभए विपिले नै लेखेका हु्न् साथी पुष्पलाल ले नै गरेका हुन् छोड सबै तिमी विहे गरेका छैनौं, बाआमा पाल्नु पर्दैन तिम्लाई के था बाध्यता भनेको’ ।
अनी अर्काे साथीले झम्टिन्छ, लेख बाबु तिम्रो काम नै लेख्ने हो, म पनि डिग्री गरेर कतार आएको हुँ, कान्छा तिम्रो देशले पढाउने सबै विषयमा ८० भन्दा माथि ल्याउने विद्यार्थी हुँ तर के गर्नु बाबु यो देश नै यस्तै छ, न तिम्रो गणितको प्रयोग छ न मेरो साईन्सको यो देश नेताले नै विगारेका हुन् कान्छा तिमी जति तर्क गर न त्यो देशमा बाच्ने मान्छेको कुनै अर्थ छैन बरु गोली खाए ५० लाख पाईन्छ त्यही कारणले पनि आन्दोलनमा अगाडी बढेका छन् तिम्रा देशका जनता ।
सबैमा रुष्टपना देखिन्छ केही समय विद्यार्थी आन्दोलनमा सक्रिय मेरो साथी विदेशमा गएपछि खाली देशको राजनीतिको बारेमा चिन्ता गर्छ, उसले देश विग्रिएको बारेमा चिन्ता व्यक्त गर्छ मौलायको भ्रष्टचारको बारेमा चिन्ता व्यक्त गर्छ अनी भन्छ के गरौं यार देशमा त अझैं क्रान्ति गर्न बाकीँ नै छ बाध्यताले म विदेशमा आए तिमीहरु लागिरहनु म पनि अवश्य फर्कन्छु ।
अब स्टाटस ईटिड गरौं कि डिलिट गरौं रनभूलमा पर्छु त्यसपछि सोच्छु । साथीहरु देशले आफूलाई केही नदिएकोमा गुनासो गर्छन र भन्छन् केही छैन देशमा, देश विग्रियो यार । अनी म पनि अवाक् पर्छु यो देश बनाउन जिम्मा कस्को, कसलाई ठेक्कामा दिएका छौ हामीले ल देश बनाओ भनेर, साथीहरु विदेशमा दुख पाएको गुनासो गर्छन यो देशमा दुख गर्नेहरु पनि छन्, त्यती नै दुख गर्दा देशमा केही हुँदैन भन्छन् साथीहरु, यो देश बनाउने जिम्मा कुनै ठेकेदारलाई करारमा वा दिनगन्तीमा जिम्मा दिइएको छ । कुनचाहीँ ठेकेदारलाई जिम्मा दिनुपर्ने थियो, विदेशी कम्पनीलाई दिनुपर्ने हो की देशभित्रको नयाँ नेपाल कन्ट्रक्सनलाई । उनीहरुले एकपटक २००७ सालमा देशको जिम्मा दिए एकपटक २०३६ सालमा एकपटक २०४६ सालमा अझ विधिवत नै २०६४ चैत २८ गते लालमोहर लगाएर देश बनाउने जिम्मा ६०१ को भन्दै भोट हाने अनी फेरी २०७१ मंसिर ४ मा पनि भोट हाले र दिए जिम्मा उनीहरुलाई सुरक्षित विदेश पठाउने जिम्मा उनीहरुलाई सुरक्षित रुपमा विदेशमा काम गराउने जिम्मा दिएनन्, देशलाई समृद्ध बनाउन अब मलाई भन म के गरु भनेर कसैले सोधेन, मैले यहीँ देशमा के गरौं देखाउँ कसैले भनेन, यो देशमा कस्ले के गर्ने थाहाँ छैन, बुढापाकाहरु इतिहास सुनाएर केटाकेटीको दिमागमा अलमल बनाएका छन्, युवाहरु तीसौं लाख विदेशमा छन् १५औं लाख अझैं विदेश जानुपर्ने तयारीमा जुटेका छन् कयौं भारतीय भूमिमा चहारेका छन् कयौंहरु अब देश विग्रियो भनेर बसेका छन्, युवतिहरु भविष्यको बारेमा सोच्नै भ्याउँदैन आवश्यकता बढिरहेको छ त्यसको लागी उनीहरु बाध्य छन् यौन व्यवसाय गर्नको लागी, केही युवाहरु त्यतै भूलिरहेका छन् अनी बालकहरु झोला लिएर विद्यालयमा पुग्छन् र त्यही परम्परागत शिक्षा तिनै पुराना ईतिहास र धुजा परेको किताबहरु बोकिरहन्छन्, केही बोर्डिङमा पुग्छन् र गौतम बुद्ध वाज बोर्न ईन ईन्डिया, द हाईयस्ट माउन्ट अफ द वल्र्ड ईज लोकेटेड अन चाईना,’ पढिरहेका छन्, यहाँ नेपाली सिमानका बारेमा पढाईनुपर्छ, राष्ट्रियताको बारेमा पढाईनु पर्छ, स्वाधिनता र देशको सार्वभौम भनेको के हो त्यो पढाईनु पर्छ’ अनी यहाँका नानीबाबुहरुलाई देशमा के के गर्न सकिन्छ के गर्दा कति ठीक हुन्छ भन्ने पढाईनु पर्छ, कुन जग्गामा के उत्पादन हुन्छ भनेर पढाईनु पर्छ । कसरी आत्मनिर्भर हुने भनेर पढाईनुपर्छ छोड यि विज्ञान, गणित र अंग्रेजी यि विकल्पका विषय हुन अनिवार्य नेपाली किन पढाउँछौं जब पढेपछि उ विदेश जानुपर्ने छ र बुझ्नुपर्ने छ उसले कोरियाका भाषा, जापानको भाषा, साउदीकोभाषा, कतारको हभिबी माफी मुस्कील, अनी गणीतको विजगणित कहाँ प्रयोग हुन्छ, त्रिकोणमिति ऐच्छिक गणितको सबैभन्दा दुख लाग्ने शिषर्कको प्रयोग कहाँ हुन्छ तिम्रो तथ्याङ्कशास्त्रको मध्यममध्यिका त्यो ५५ डिग्रीमा काम गर्नेलाई के वास्ता, तिम्रो यो विज्ञानको अणुशुत्रहरुको प्रयोगले कस्ले यहाँ नयाँ ग्यास उत्पादन गरेको छ र नेपालमा । विनास्वादका पश्चिम संस्कृति अगालेको छ, पश्चिमा किताब, पश्चिमा कपडा, पश्चिमा पहिरन, पश्चिमा पढाई यो देश आफैंमा स्वाधिन कहिले होला, हिमालमा पढ्नेलाई जडिबुटीको बारेमा पढाउँ, पहाडमा पढ्नेलाई जंगलको प्रशोधन गर्दै बन्यजन्तु संरक्षण, पर्याबरणीय आधार, जल, जंगल र जडिबुटिबाट प्रशोधन गरेर हुने लाभको सीप देउँ एउटा प्रशोधन केन्द्र खोल विद्यार्थीलाई त्यतै लगाउँ, चिनले २२ देशलाई पुग्ने जलविद्युत एउटै बाधबाट उत्पादन ग¥यो एउटा अनिवार्य शिक्षामा विद्युत विषय राख, कसरी उत्पादन गर्ने मेसिनरी सबै सरकारले उपलब्ध गराउँ अनी बल्छ देश झलमल, अनी तिम्रो देश बल्ल हुन्छ गौरव गर्न लायक र युवाहरु अडिन लायक ।
धन्य ! फेसबुक बनाएछौं जुकरवर्ग, नत्र यि युवा युवतीहरुले यो देशका नेता, राजनीतिज्ञहरुलाई कहाँबाट गाली गर्थे होला । ¬उत्तर कोरियामा जस्तै फेसबुक चलाउन नपाउने नियम बनाएको भए, तर के गर्नु नेपालले न यसलाई रोक्न सक्छ न छोड्न यो त अमेरिकाको ब्राण्डको विक्रि भईरहेको छ । युवाहरुलाई हेक्का पसोस्, नेपालमै फर्किएर नेपाली युवाहरुले नै यसलाई समृद्धि बनाउने पहल नगर्ने हो भने कसैले पनि देश बनाईदिने वाला छैन । भ्रष्टचार गर्नेलाई कालोमोसो दल्न विप्लव माओवादीलाई किन भन्नुप¥यो युवाहरु जुटेर लगाईदिम न आउनुहोस्, तेल नबाड्नेलाई अख्तियारको निर्देशनमा डिपोमा छापा मार्न पुग्ने प्रहरी किन गाडसहित फर्कन्छ, युवाहरुले गरौं चेक, कुनै पार्टी बनाउन पर्दैन कुनै संस्था गठन गर्न पर्दैन, सबै युवाहरु लागेर देशको कुनाकुनामा पुगेका युवाहरुले आआफ्नो ठाउँबाट आफ्नो गाउँ बनाउन लाग्ने हो भने देश यसै बन्छ, कुनै एनजिओ र आईएनजिओलाई मुर्सान जानु पर्दैन चेतना भया युवा मित्रहरु !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु