नेपालीहरूकाे अहिलेकाे लडार्इं नयाँ संभावनाकाे महान सूचक हाे – भरत दाहाल

२०७३ बैशाख ३० गते, बिहीबार

भारतीय र पश्चिमा एजेन्टहरूले अब कान लुकाएर हिंड्नु पर्ने समय अाएकाे छ। खाएकाे लतबभत्ता र कमिशनकाे ऋण चुक्ता गर्न देश विरूद्ध बाेल्नु पर्ने बाध्यता नेपालीहरूकाे व्यापक निन्दा र भण्डाफाेरपछि जालि भाषामा सफार्इ दिनु पर्ने बाध्यता बन्दै गएकाे छ। याे नेपालीहरूमा उठ्दै अाएकाे देशभक्तिपूर्ण चेतनाकाे परिणाम हाे । अारजुका जुम्रा मारेर र घैंटेकाे रखवारी गरेर टाइसुट टंगाएकाे भरमा नेता भै टाेपल्ने दिनहरू छैनन्।
हरेक नेपाली साम्राज्यवादले खडा गरेकाे दलिय पर्खाललार्इ ताेडेर जसरी राष्ट्र र राष्ट्रियताकाे बहसमा उर्लिएकाे छ, याे साम्राज्यवाद-विस्तारवादका धुपाैरेहरूलार्इ चेतावनी हाे। दशकाैंसम्म “अजेय” शासक बनेर बसेका राेमानियाँका चाउचेस्कूले अाफ्नाे भक्ति गर्दै अाएका जनताबाट मारिनु पर्ने सपना पनि देखेका थिएनन् । उकुस मुकुसपूर्ण परिवेशकाे जन मनाेविज्ञानलार्इ मूर्खहरूले बुझ्दैनन्। जब जनता भड्किन्छ, तिनीहरूसंग राेदन मात्र बाँकि हुन्छ ।
अहिलेका विदेशी दलालहरूले समयलार्इ हिंजाे ठानिरहेका छन् । वर्तमा हिंजाेमा फर्किने भए अाफ्ना विरूद्धमा उर्लिएकाे जनभावनाप्रति माैनताकाे नाटक देखाएर यिनीहरू गुमनाम “भूमिगत” बस्नु पर्ने पनि थिएन । नेपालीहरूकाे अहिलेकाे लडार्इं नयाँ संभावनाकाे महान सूचक हाे । कायरहरूले जन अाक्राेसलार्इ छल्न पछि हटेकाे बहाना बनाउँछन्, माैकामा हमला गर्छन् । तिनीहरूलार्इ सम्हालिन नदिन लखेटेकाे लखेट्यै गर्नु पर्छ ।
चाराे झर्याे ?
एक कराेड नेपालीहरूले विदेशका मरूभूमि, खानीका सुरूङ, जाेखिमपूर्ण निर्माणका काम, वेश्यालय, घरेलु नाेकरका रूपमा कस्ताे जीवन बितार्इ रहेका छन् ? देशमा शासन चलाएकाे कालाे बजारीले नागरीकहरूकाे बाँच्न पाउने अधिकारलार्इ कुन स्तरमा खाेसि सकेकाे छ ? सत्ताकाे अाडमा देश लुट्ने लुटेरा दलहरूले कतिजना नेपालीकाे गास खाेसेका छन्। भारतीय भूमिमा दिनुहँ कति नेपाली लुटिन्छन् ? २ छाकका लागि विदेशमा धपार्इएका नेपालीहरू दिनहुँ कति मर्छन् ?
अरू अत्याचार मानव अधिकार हनन् भित्र पर्दैन ? सुडान घाेटाला, बेचिएका उद्याेगहरू, लडाकु शिविरमा लुटिइका चेक, राज्य लुटेर हुँर्इकार्इएका पजेराे गाडि अादिले नेपालीहरूकाे मानव अधिकार हनन् गरेका छन् कि छैनन्। बस्ने बास नभएकाहरूकाे मानव अधिकार हनन् भएकाे छ कि छैन ? तिमीहरूकै भाषालार्इ मानव अधिकार मान्ने हाे भने पनि यसकाे हनन् गर्ने, गराउने पात्रहरू सँधैभरी तिमीहरूले धुप बाल्दै अाएका मानिसहरू हुन् कि हाेर्इनन् ?
सक्छाै बाेल्न? शेरबहादुर, बाबुराम, प्रचण्ड, सिटाैला, माधव नेपाल, कमल थापा, जर्नेलहरू, अाइजिपीहरू, सचिवहरू, घरानियाँ पूँजीपतिहरू, तस्करहरू सबैकाे नाम किटान गरेर मानव अधिकार हनन् भएकाे मुद्दा उठाउन सक्छाै ? यि अपराधिहरूलार्इ कानूनकाे कठघरामा खडा गर्न सक्छाै ? कति झर्याे डलर र भारूकाे चाराे ? तिमीहरूका कुहिएका दिमागमा द्वन्द मात्र छ ? नेपाली जनतालार्इ भिडाउने र मानवाधिकार हनन्कर्ता खलनायकहरूलार्इ अभयदान दसलाउने तिमीहरूकाे साम्राज्यवादी नारा सबैले बुझेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु