प्रचण्डलाई खुल्लापत्र – ‘के भनेर म तिमीसँग एकताको हात मिलाउ !
प्रचण्डजी सलाम !! अहिले म ब्यस्त समयको बाबजुद सानो सन्देशमूलक पत्र कोर्दै छु । प्रचण्डजी आजभोलि त खुब लाजिम्पाटको बाहिर मूल ढोकामा एकताको हाट बजार लागेको छ रे म सोच्दै छु एकताको हाटबजारमा पनि उस्तै–उस्तै पात्रको जमघट रहेछ । फुर्सदको समय निकालेर अखबारका पाना पल्टाउने गर्छु । र, देख्छु मणि थापा, मातृकाप्रसाद यादब, रामबहादुर थापा यस्तै यस्तै अब तपाईंको एउटा ठूलो धर्म हुनेछ । जसले तपाईंलाई युद्धमा साथ दिएनन् र क्रान्तिका अनेकौँ कठिनाइसँग तपाईंको नाता र अस्तित्व निस्तेज पार्ने काममा सहयोग गरे । उनै तपाईंको विश्वशनीयताको मुख्य पात्रको भूमिकामा उभिँदै छन् । यसमा मलाई गर्ब लाग्छ, किनकि तपाईं र तपाईंको सहयोगी यस्तै–यस्तै पात्रले यो उचाइमा पु¥याउन सहयोग गरेको हुन्– किन एकताको नामको हल्ला फिजाउँदै गोयबल्सशैली अपनाउँदै आफ्नो समय खेर फाल्दै छौँ । अब त सबैले चिनिसके प्रचण्ड एक जमनाको अलि मानिने क्रान्तिकारी धार भित्रको शङ्कास्पद तर अपत्यारिलो निरङ्कुशताको श्रीपेजबिनाको महाराज भनेर सम्मानित गरेकै हुन् । तर, जब तिमीमा एउटा अहम् चढ्नु अनि तिमीले अजय सुमार्गीसँगको घनिष्ठता बढाउनु यी त सबै तिम्रो जीवनको संयोजक परिघटना मात्र हुन् । वास्तविक तिमीले आफ्नो सक्कली अनुहार देखाउन हामीले धेरै समय कुर्नु परेन आखिर परिचय दिएरै छोड्यौँ ।
– तिमीलाई याद नहोला तिम्रो जीवन रक्षाको निम्ति भनेर मैले आफ्नो भौतिक जीवनको प्रबाह नगरी अहिलेसम्म पनि शरीरमा बमका छर्राहरु बोकेर कस्टकर जीवन मरुभूमिको बालुवामाथि चह¥याइरहेको घाउसँग बिताइरहेको छु । मसँग उतिबेला अरु केही सपना थिएनन् किनकि म आफैँ पनि शोषणबाट अपहेलित भएको पात्र थिए, मलाई मुक्ति चाहिएको थियो । र, त्यसको निम्ति म तिम्रो जीवन रक्षा गर्दै थिए । अफसोच ! तिमीले मेरो शरीरमा भएको बमको छर्रा र मेरो सपनालाई धितो राखेर आफ्नो जीविकोपार्जनको माध्याम बनायौँ ।
– यो कस्तो तिम्रो सही नसक्नु निरङ्कुशता सुनेको छु, हिट्लर जस्तो तानाशाह अहिलेसम्म विश्वमा कोही निस्केको छैन । तर, त्यो हिट्लरको भन्दा पनि तिम्रो खपी नसक्नु तिम्रो यो यातनाकोमा आरोपित पात्र हुँ । तिमीमा यो दूरदृस्टि थियो, होला मैले बुझ्न सकिन, किनकि म मेरो बाबाको र मेरो हजुरबाबाको अपहेलित भएर बाँच्ने बिरासत तोड्न चाहन्थे । मजस्तै छापामरको जीवन मरुभूमिमा सुकाउने र अड्किएका बमका छर्राहरुसँग आँशुको मूल्य उठाउने तिम्रो नियति बल्ल बुझियो ।
– बादल पनि पनि तिम्रै खेमाका मान्छे हुन्, तिनी तिमीमा बिलय हुनुमा अनौठो मानेको छैन । तिमीसँगको सम्बन्ध बिच्छेदमा पनि बादल पतिङ्गर भएर आएको हो । अहिले हूरीले कायापलट ग¥यो खसै यसले अर्थ राख्दैन । अब चैते र काइतेको सङ्गत तिम्रो लागि काफी छ । हामीसँग तिमी बस्न सक्ने अबस्थामा छैनौँ किन हामीसँग घाइते शरीर छ । हामीसँग सहिदको रगत छ र हामीसँग उतिबेला तिमी हामीसँगै हुँदा बाँडेका सुन्दर सपनाहरू छन् । यसले तिमीलाई यो बाटो रोज्न अप्ठ्यारोमा पारेको छ मैले बुझेको छु । त्यसैले तिम्रा लागि क्रान्तिकारी बाटोभन्दा गद्दारीको बाटो नै शुम होला – धन्यवाद
– विवशकुमार सेजुवाल
उहीँ मरुभूमिमा सडिएको घाइते पूर्ब छापामार