बादललाई खुल्लापत्र – तपाई आफै कल्पना गर्नुस, तपाईंको इतिहास कस्तो होला ?
क. बादल
निरन्तर बगिरहेको नदिलाइ आफ्नो निश्चित यात्राको न त चिन्ता हुन्छ न त उसको बाटो काडेतारले बारिएको हुन्छ । निश्चलतामा उसले आफ्नो गन्तव्य लाई निरन्तर बढाउने सड्ढल्प लिएर आफ्नो समुद्री सतहको यात्रालाइ इमान्दारी पुर्बक सङ्लो मनले मन्ध मुस्कान को साथ बहकिदै तैरिनु उसको असल रुप मानिन्छ ।
तर डर यतिबेला हुन्छ जब बादलले चारैतिर आफ्नो आतंकित गडगडाड फैलाउछ अनि एउटा ठुलो चट्याङ ले अबसर प्राप्त गर्छ र आफ्नो लाचारी पनलाइ निसन्नाहाठ फैलाउछ अनि कोमल कोपिला माथिको चट्याङ रुपि तिरले नब जात शिशु को अल्पायुमै हत्या गर्छ अनि आफू सफल जीवन को सफलताको शिखरमा पुगेको आनन्द लिन्छ यो कस्तो बादलको सक्कली रुप है ?
क.बादल
मैले धेरै लामो तर घुमाउरो भुमिका बाधे मैले यहाँ दुइटा तपाईंले इतिहासमा बैमानी गर्नु भएको प्रसङ्ग प्रस्तुत गर्न खोज्दै छु ।
१. तपाई बितेका बर्ष मा पार्टीको आन्तरिक जीवन मा अन्तर संघर्ष चरम उत्कर्सा मा चुलिदा समेत तपाइले आफ्नो स्पष्टता प्रकट नगर्नु र क्रान्तिका नाममा भ्रान्तिको बाटो रोज्नु महान जनयुद्धको उपलब्धि मान्नु भएको होला यो सबै सबै तपाइँको मन्त्री पथसङ्ग अड्कियका माहानतम् दार्शनिक मान्याता रहेछन् । यो तपाई प्रती को हाम्रो बुझाइ को कमजोरी रयो ।
२. तपाइले आफ्नो राजनैतिक जीवन मा कहिल्यै निणार्यक भूमिकाको सक्कली अनुहार देखानु भएन किन कि,तपाईंमा राजनिती प्रती को बुझाइ आजात थिएन त्यसले आजको दिन सम्म तपाइमा जुन राजनिती प्रतिको अपेक्षा गरेका आम जन्ता कार्यक्रता थिए अब त्यो पनि बाकी राख्नु भएन । त्यसैले तपाई को भाषा मा लाल गद्दार को कोटामा पन्छिनु भो
क. बादल
म तपाईंको खिल्ली उडाउनका निम्ति यो कुरो गरिरहेको छैन । तपाई मलाई उत्तर दिनु । संसदबादी दलहरुले दोस्रो संबिधानसभाको चुनाब गराइरहेको बेला तपाईंले फुटाएको मत पेटिका कहाँ सुरक्षा को घेरा मा अवतरण गर्नु भयो र फेरि उहीँ साथ र उहीँ बाटो हुने भए किन ? अभिनय रंग मञ्चमा प्रस्तुत ? यसको जवाफ तपाईंले दिन सक्नु हुन्छ ? यो लाचार पन र तपाईंको जस्तो बैजेती राजनीति कसले जानेको छ र गर्न।
राजनीति भनेको सत्ता परिवर्तनको को निम्ति गरिने एउटा माहान कठिन यात्रा हो । जहाँ बर्गिय दुस्मन सङ्गको लुछाचुडी मा साम्यवादी समाजको स्थापना को निम्ति दुस्मन सितको बदला भाब पैदा हुनु पर्छ न कि तपाईंले जस्तो सहयात्री सङ्गको बदला भाबमा सहयत्री लाई भिर मा हुत्याएर आफू सुरक्षित ठाउँमा जाने धुर्त खेल होइन । तपाईं धुर्त खेलको नायक भैरदा तपाईं को इतिहास सम्झिन मन लाग्यो । प्रचण्ड ले जब तपाईं लाई सेना बिनाको सेनापती को फुलि चढाउदा तपाईं नै होइन बौद्ध भेला मा घाटिको नसा नै चुटिने गरेर प्रचण्ड लाई लाल गद्दार को बिल्ला भिराउने । आज तपाईं कुन गद्दार को टोकरी मा छट्पटी को जीवन खेपिरहनु भएको छ ।
माफ गर्नु होला क. बादल तपाई अहिले हर्ष मा हुनुहुन्छ र पो एकताको नाम मा लड्डु सङ्ग आफ्नो खुसी साटेर अखबारमा छाइरहनु भएको छ । मलाई र मेरो सहयत्री लाई तपाईंको जस्तो लड्डु सङ्ग खुसी साट्ने मलाई फुर्सद छैन । सहिद ,घाइते , अपाङ्ग , र बेपत्ताको आँसु ले भिजेको मेरो दिरानी लड्डु सङ्गको खुसिले सुकाउन सक्दिन । – विवशकुमार सेजुवाल