माओवादी केन्द्र : पतितहरुको गठजोड – हस्तवहादुर केसी

२०७३ जेष्ठ ८ गते, शनिबार

बिभाजित माओवादी आन्दोलनलाई एकीकृत गर्ने नाममा ३०७३ जेठ ६ गते नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बनेको छ । नेपाली क्रान्तिका निम्ति बिभाजित माओवादी आन्दोलनलाई एकताबद्ध गर्न जरुरी थियो । बिभिन्न समूहमा छितरिएका माओवादी कार्यकर्ताहरुको चाहना माओवादी आन्दोलनलाई एकताबद्ध गर्नु पर्छ भन्ने रहेको थियो र यो चाहना बाँकी नै छ । नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति बिभाजित माओवादी आन्दोलनको क्रान्तिकारी एकता अनिवार्य आवश्कता भएकाले नेपाल कम्युनिस्ट पार्टी – माओवावादीको २०७१ बैशाख २१– २३ गते सम्पन्न पोलिट व्यूरो बैठकले बिभाजित माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने सैद्धान्तिक बैचारिक आधारहरु तय गर्ने क्रमामा तत्कालिन एमाओवादीलाई ६ बुंदे प्रस्ताव पठाएको सर्वविदितै छ । त्यस मध्य उसले नयाँ जनवादी क्रान्तिको कार्यक्रम अस्वीकार गरे पछि तत्कालिन एमाओवादी र ड्यास माओवादीका वीचमा क्रान्तिकारी एकता हुन सकेको थिएन । २०७२ असोजमा सम्पन्न ड्यास माओवादीले पुनः एमाओवादीलगायत माक्र्सवाद–लेनिनवाद–माओवाद बिचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने नेपालका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध गर्न आह्वान गर्ने निर्णय गरेको थियो तर एमाओवादी ड्यास माओवादीले अगाडी सार्दै आएका एकताका पूर्वसर्तहरु एमाओवादीले स्वीकार नगरेका कारण उसंगको एकता संभव भएन । तर, माओविचारधारा मान्दै आएको तत्कालिन नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत) सित २०७२ कार्तिक २२ गते एकता भै क्रान्तिकारी माओवादी बनेपछि पनि बिभाजित माओवादी आन्दोलनलाई एकताबद्ध गर्न अनिवार्य भएकाले क्रान्तिकारी एकताका लागी पहिलेकै ६ बुंदे प्रस्तावलाई एकताको आधार मान्ने सर्तहरु पुनः दोहो¥याएको थियो । तर, एमाओवादी ती सर्तहरु मान्न तयार नभए पछि उसंग एकता हुन सकिरहेको थिएन ।
तर २०७२ चैत्र १२ गतेबाट शुरु भएको क्रान्तिकारी माओवादीको एमाओवादीसित एकता गर्नका लागी एक सूत्रीय एजेण्डाका साथ बैठक शुरु भयो तर त्यस पार्टी भित्र पैदा भएको ‘वादल’ गुटले एमाओवादीसित विनासर्त एकता गर्ने भन्ने अडान राखे पछि पार्टी नेतृत्वले क्रान्तिकारी एकताका लागी सिद्धान्तनिस्ट एकताको पुरानै अडान कायम राखे पछि क्रान्तिकारी माओवादीभित्र वादल गुटसितको दुईलाइन संघर्ष चरम विन्दुमा पुगिरहेकै अवस्थामा वादल गुटलगायत विवादित माओवादी आन्दोलनभित्रका केही समूहहरु र गैरकम्युनिस्टहरूसमेतका गरी कथित १० वटा माओवादीका वीच यही जेठ ६ गते माओवीदी एकताका नाममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दिइएको एउटा पार्टी बनेको छ र त्यसले एमाओवादी एतकता भएको ठूलै हल्लाखल्ला मच्चाइरहेको छ र दुनियाँका वीचमा एमाओवादी एकता भएको र ६९९ सदस्यीय कमिटी गठन गरेर संसारकै सबैभन्दा ठूलो पार्टी भएको आपूmलाई दावी गरिरहेको छ ।
के हो त, माओवादी केन्द्र ?
माओवादी केन्द्र भनेको नेपालको विवाजित आन्दोलन भित्रका बैचारिक, सैद्धान्तिक रुपले विचलित र विसर्जित भएर पतित भई सकेकाहरुको एक पतित केन्द्र हो । माओवादी केन्द्र भनेको माओवादी आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलन भित्रका सिद्धान्तलाई परित्याग गरेका पदलोलुप, भ्रष्ट, अनैतिक, विभिन्न समयमा साँसद्, सभासद, मन्त्री वनेर संसदीय व्यवस्थाको स्वाद बेस्सरी चाखेका र फेरि पनि सांसद् बन्नका लागि गल्लीमा बसेर ¥याल काढिरहेको लोभी, पापी, स्वार्थी, चरम अवसरवादी, कम्युनिस्टका नाममा नेपाली समाजमा निकै नांगिएका र गनाइरहेका पतितहरुको साझा केन्द्र हो ।
माओवादी केन्द्र भनेको माक्र्सवाद–लेनिनवाद–माओवादका जामा पहिरिएका सबै खाले संशोधनवादीहरुको नाच नाच्ने एक नाट्यशाला हो । यसले नेपाली समाजमा माओवादी एकता सम्पन्न भएको ठूलो हल्लाह मच्चाई रहेको छ । यसको चारै तर्फबाट बिरोध र व्यापक रुपमा भण्डाफोर गर्नुको विकल्प छैन । नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान क्रान्तिकारी धाराको रक्षा र विकासको निम्ति र आम जनतालाई यसले फैलाउने गरेको भ्रमलाई चिर्नको निम्ति पनि यस केन्द्रको चौतर्फी भण्डाफोर गर्नुको विकल्प छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु