ओलीको वोली र सम्भ्याव्यता – पृथीछक बुढा मगर

२०७३ जेष्ठ १६ गते, आईतवार

तुक्केवाज प्रधानमन्त्री खड्क प्रसाद ओली उर्फ केपी ओली अचेल मेडियामा बहुत्तै छाएको देखिन्छ । उसको टुक्कालाई हुक्कामा भरी धुवाँ उडाउनेको कमि छैन यहाँ । विभिन्न छापा र सामाजिक संजालहरुमा ब्याङ्ग्यात्मक कर्टुनहरु छ्याप्छ्याप्ती देखिरहेका छौँ । यसको अर्थ प्रम ओलीको कुरा गलत छ भन्नू अर्थ लाग्छ । असम्भब हो भन्ने अर्थ लाग्छ । मैले यसको तीन वटा कारणहरु देखेको छु । लामै समय देखि संक्रमण कालबाट गुज्रीदै आइरहेको देशमा सरकार परिवर्तनको खेल मात्रै देख्दै आइरहेका जनता र मेडिया हाउसहरु एक्कासि यस्तो कुरा सुन्दा असम्भब जस्तै लाग्नु पहिलो कारण हो । दोस्रो कारण, बिषयको प्रस्तुतीकरण । उहाँ कुनै पनि बिषयलाई उखान र टुक्का जोडेर ब्याङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्नु हुन्छ । जसले गर्दा सहि बिषयले पाउनु पर्ने जुन ओज छ त्यो पाउदैन । तेस्रो कारण, नेपाली राजनितीक समाजको खुट्टा तान्ने प्रवृत्ति । कसैले अशल कुराको शुरूवात गर्न थालेको छ भने त्यसलाई गर्न नदिने । बिरोध गरि हाल्ने ।
ओलीका केहि जल्दावल्दा बाचाहरु,
प्रधानमन्त्री ओलीका योजनाहरु यस्ता छन्, दुई तीन वर्ष भित्रमा लोडसेडिङ अन्त्य गर्ने, उत्तर दक्षिण र पुर्ब पश्चिम रेलमार्ग बनाउने, काठमाडौँबाट निजगढ सम्मको फास्ट ट्रयाक नेपालीले नै बनाउने, नेपालमा नै पेट्रोलरडिजेल निकाल्ने र बिभिन्न किसिमका खानीहरु निकाल्ने, काठमाडौँ उपत्यका बासीहरुको घर घरमा पाइपबाट खाना पकाउने ग्यास पुर्याउने, नेपालले आफ्नै पानी जहाज किनेर समुन्द्रमा चलाउने र देशलाई आत्मनिर्भर बनाउने आदि । झट्ट सुन्दा असम्भब लाग्छ । अन्य देशहरुको लागि भने यसलाई सम्भब मानिन्छ भने नेपालको लागि असम्भब । नेपालको लागि यो असम्भब लाग्छ किन ? गरिव मुलुक भएकैले होइन ? त्यसैले त हामी उठ्न नसकेको हो । जब हामी उठ्नै खोज्दैनौं त कसरी उठ्न सक्छौं ? हामी कुनै पनि कामलाई कठिन मान्छौँ । असम्भब मान्छौँ ।
नेपाल लोडसेडिङको मुक्त हुनको लागि १३०० मेगावाट विद्युतको आबस्यक्ता पर्छ । हाम्रो देशको जल विद्युत उत्पादनको १०४ बर्षको इतिहासमा जम्मा ७०० मेघावाटको उर्जा उत्पादन गर्न सकेका छौँ । त्यो पनि सुख्खा याममा घटेर ३५० मेघावाटमा झर्छ । भनिएको छ, नेपालमा भएका जलस्रोतहरुबाट कुल ८३ हजार मेघावाट भन्दा बढी उर्जा निकाल्न सकिन्छ । यती वरावरको उर्जाले छिमेकी राष्ट्रहरु चीन र भारतलाई नेपालकै उर्जाले सजिलै धान्न सक्छ । यो अलि परको योजना भयो । अहिले हाम्रो अगाडी लोडसेडिङ छ र त्यही लोडसेडिङबाट नेपाल मुक्त कहिले हुन्छ भन्ने कुरा चासोको बिषय मुख्य हो । ८३ हजार मेघावाट उर्जाको क्षमता भएको मुलुकमा यो १०४ बर्षमा जम्मा ३५० मेघावाट ? बिडम्वना होइन ?
केपि शर्मा ओलीले भने जस्तै दुई बर्षमा लोडसेडिङबाट मुक्त हुन असम्भब लाग्दैन । ठिकै बोल्नु भएको हो । इच्छा शक्ति हुने हो भने तीन बर्ष भित्रमा लोडसेडिङको अन्त्य हुन्छ । बरु नेपालका नेताहरु बढी बोल्छन । बैचारिक पक्षलाई भौतिक चिजमा (व्यवहार) रुपान्तरण गर्न खोज्दैनन । समस्या यो हो ।
विद्युतको कुरा गर्दा पूंजीलाई लिएर नेपाल आफैले बिजुली निकाल्न सक्दैन त्यसैले कुनै बिदेशी कम्पनीहरुलाई दिनु पर्छ भन्ने मत धेरैले ब्यक्त गरेको सुन्छौँ । यो सरासर परनिर्भर मानसिकताको उपज भन्न मन लाग्छ । जलविद्युत लगानी तथा बिकाश कम्पनीका कार्यकारी अधिकृत दिपक रौनियारका अनुसार एक पटक कम्पनीले २ अर्वको लागि शेयर लगानीको आबहान गर्दा ४५ अर्वको पूंजी जम्मा भएको थियो । यो हिसावले भन्न सकिन्छ कि यदि सरकार तदनुरुकता साथ लाग्ने र जनतालाई बिश्वास दिलाउन सक्ने हो भने नेपालमा बिजुली निकाल्न कुनै बिदेशी कमपनीलाई गुहार गरिरहनुको आबस्यक पर्दैन । बिश्वासिलो लगानीको योजना ल्याउने नै हो भने खाडीमा मज्दुरी गरिरहेका नेपालीले नै पैसाको ओइरो लगाउने छन । त्यसैले नेपाललाई बिजुली निकाल्ने कठिनाई छैन । यो दुई बर्षमै पूरा गर्न सकिन्छ । यस अर्थमा प्रम ओलीको बोलीमा स्तम्भकारको समर्थन रहन्छ । व्यवहारमा हेर्न बाकी छ ।
प्रम ओली गत महिना चीन भ्रमणमा विभिन्न सम्झौता गरेर फर्किए । ती सम्झौता मध्येको मुख्यतः पारबहन सम्झौता महत्वपूर्ण थियो । अचेल ती सम्झौताको जगमा टेकेर ञनेपालले आफ्नै पानी जहाज किन्ने र तीन दिन भित्रमा काठमाडौमा सामान आइपुग्नेझ प्रमले कुरा ओकली हाले । नेपाल आफैले पेट्रोल निकाल्ने, बिजुली, रेल, काठमाडौमा घर घर ग्यासको पाइप पुर्याउनेसम्म त ठिकै थियो । तर जब पानी जहाजको कुरा आयो तब धेरैले सोचे ञओलीको मगज खुस्केछझ । धेरैलाई लाग्यो, समुन्द्र नभएको देशमा कसरी पानी जहाज आउन सक्छ ? यो स्तम्भकारले यसमा पनि ओलीकै पक्ष लिन्छ । कसैले बहुलायो भने भनुन । तर सत्य यहि हो ।
पहिलो कुरा, संयुक्त राष्ट्र संघको बडापत्रमा भुपरिबेष्ठित देशहरुको पारबाहन सम्बन्धी कुरा बकाइदाका साथ उल्लेख गरिएको छ । जसले गर्दा भुपरिबेष्ठित देशहरुले छिमेकी देशको आफुलाई पायक पर्ने बन्दरगाह प्रयोग गर्न पाउने अधिकार सुनिस्चित गरिएको छ । दोस्रो कुरा, भुपरिबेष्ठित देशहरुले पानी जहाज किन्नु हुँदैन भन्ने छ ? हावामा चल्ने जहाज किन्न मिल्छ भने पानीमा चल्ने जहाज किन्न किन मिल्दैन ? संसारको सबै भन्दा ठूलो भुपेरिबेष्ठित देश मङ्गोलियाको २६० भन्दा बढी पानी जहाज छ भनिएको छ त । नेपालले जहाज किन्न सक्छ र हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा बाहक पानी जहाज चलाउन अधिकार खुल्ला छ । यो २७ साल तिर तत्कालीन राजसस्थाको पालामा पनि भएकै हो । जहाजको पहिलो किस्ता बुझाईसके पछि कलकत्ता बन्दरगाहसम्म आएकै हो । दोस्रो किस्ता बुझाउन नसके पछि नेपाली झन्डा बाहक पानी जहाजले हावा खाएको हो । यस अर्थमा यो भन्न सकिन्छ कि, नेपाल आफैले पानी जहाज किन्न र समुन्द्रमा चलाउन सक्छ । आफ्नै बन्दरगाह प्रयोग गरेर काठमाडौमा सामान पुराउन सक्छ । यहि बिषयसङ्ग जोडेर ओलीले ञचिनियाँ नेपाल रेल सेवाझको कुरा पनि अघि सार्नु भएको छ । धेरैले यो कुरालाई बकम्फुसे कुरा भन्ठान्लान । नेपालको बिकास गर्नु छ भने उत्तर तर्फको रेल सेवा शुरु गरिहाल्नु पर्छ । यो सम्भब छ । चीन देखि नेपालसम्मको दुरी भन्दा अधिक लामो रेल मार्ग संसारमा नभएको होइन । चाइनाको रेल मार्गहरुलाई अबलोकन गरियो भने पहाडै पहाड प्वाल पारेर रेल कुडाएकै छ । त्यसैले सगरमाथा भित्र सुरुङ्ग मार्ग मार्फत चिनबाट काठमाडौ रेल आउने कुरा असम्भब होइन । चाहियो त केवल इच्छाशक्ति । इच्छाशक्ति जगाउने हो भने सम्भब छ ।
गत बर्ष भुकम्पले ठिलो ठिलो पारेको देशमा नेपालको संविधानका कतिपय धाराहरु प्रती असहमत जनाउदै मधेसी दलहरुको नामबाट भारतले लामै नाकाबन्दी लगायो । ग्यास र तेलको हाहाकारै मच्चियो । अभावमा ग्रस्त नेपालीहरुको बिचमा प्रम ओलीले बोली फुस्काए ञदुई बर्ष भित्रमा नेपालले तेल आफै उत्पादन गर्छ । काठमाडौका जनताहरुको घर घरमा पाइपबाट ग्यास बितरण गरिन्छ ।झ यसमा पनि ओलीको बोली हावामा उडाए धेरैले । बिषयलाई भित्र गुदिसम्म नपुगेर बोल्ने हामी नेपालीहरुको पुरानै बानी हो । प्रम ओलीको वोलीमा पनि केही सत्यता लुकेको छ ।
आज भन्दा २५ बर्ष पहिले जापानीज ञजाइकाझ भन्ने सस्थाले काठमाडौको २५ किलोमिटर रेन्च भित्र ७२ वटा मिठेन ग्यासको कुवा रहेको र त्यसले काठमाडौका २० हजार परिवारलाई ५० बर्षसम्म पुग्ने प्रतिबेदन प्रस्तुत गरेको थियो । नेपालको केही ठाउँहरुमा प्राकृति ग्यास चुहेर बलिरहेको यथार्थ पनि हामीले देखिसकेका छौँ । यस कारण नेपालमा पनि ग्यास भन्डार छ भन्न सकिन्छ । जहाँसम्म पेट्रोलको कुरा छ जुन चाहिँ प्रम ओली केही बढी नै बोल्नु भयो लाग्छ । उहाँले दुई बर्ष भित्रमा नेपालको आफ्नै तेल हुन्छ भनेर भन्नू भएछ । पेट्रोल त छ तर कति छ भन्ने अनुसन्धान शुरु भईसकेको छ । अनुसन्धान पूरा हुन मात्रै तीन बर्ष लाग्ने अनुमान गरिएको छ । अनुसन्धान पूरा भए पछि मात्रै काम शुरु हुने हो । यस अर्थमा पेट्रोलै भए पनि त्यसलाई निकालेर स्टेशनसम्म पुग्न कम्तिमा पनि चार बर्ष लाग्छ । प्रम ओलीको बोली यसमा भने फेल खान्छ । बोलेर सक्ने त नेपाली नेताहरुको बानीनै हो । हाम्रो प्रम कहाँ अछुटो रहन सक्नु हुन्छ र ! यो बाहेक प्रमले धेरै कुराहरु गर्छु भनेर बाचा गरिसक्नु भएको छ । उहाँ आफैले गर्न मलाई त्यति बिश्वास नभए पनि गर्न सकिन्छ भन्ने मत मेरो छ । जसको लागि इच्छा शक्ति चाहिन्छ ।
ओलीले ध्यान दिनु पर्ने पहिलो कुरा,
प्रम ओलीले जे जति बोल्नु भयो जसमा कुनै पनि बिमत्तिको बिषय छैन । नेपालले चाह्यो भने सजिलै गर्न सक्छ । इच्छा जगाउनु पर्छ । नेपाली नेताहरु प्रती जनता र विश्व समुदायको बिश्वास गुमेको छ । जनतालाई बिश्वास दिलाउन सक्नु पर्छ । विश्व समुदायलाई बिश्वास दिलाउन सक्नु पर्छ । नेपालमा पूंजी छ । जनतासङ्ग पूंजी छ, परिचालन गराउने बातावरण मिलाउनु पर्छ । राज्यसङ्ग ब्यबस्थापकीय क्षमता न्यून छ । त्यो जगाउनु पर्छ । राज्यले नेपाली जनतालाई बिश्वास पनि गर्नु पर्छ । केही समय पहिले अनलायन भिजा प्रोसेसिङको लागि ञनेपाली जनताहरुसङ्ग सफ्टवेयर बनाउने क्षमता नभएको हुनाले यो कामको लागि बिदेशी कमपनीलाईझ दिने जुन योजना सरकारले भन्यो तब धेरै सक्षम मान्छे निरास बने । त्यसैले सरकारले मुलुक भित्रको दक्ष जनशक्तीलाई परिचालन गर्न सक्नु पर्छ । परनिर्भर मानसिकताबाट मुक्त हुनु जरुरी छ । मुख्यतस् सरकारको प्रमुख निकाय कर्मचारी तन्त्रलाई गतिशिल बनाउन अति जरुरी छ ।
ओली माथीको आशंका,
ओलीको वोलीमा बोली मिलाउने मध्य म एक छु । उहाँ बोल्नु त भयो तर पूरा गर्न अहिलेको तयारीले पुग्दैन । भुकम्पले देश तहसनहस बनेको एक बर्ष भन्दा बढी भईसक्यो पिडीतको पीडामा कुनै मलहम लगाउने काम शुरु भएकै छैन । गोदाममा थन्केको चामल त बितरण गर्न सक्दैन । चामल गोदाममै कुहिन्छ । उता भुकम्प पिडीतहरु भोकभोकै बस्न बाध्य छन् । यो त केही जल्दोबल्दो ताजा उदाहरण हो । यस्ता कयौं अत्याबस्यक कुराहरुमा सरकारको ध्यान नपुग्दा कतै प्रम आफ्नो प्रसिद्धिको लागि बोलीएको शब्द हुन कि भन्ने पनि लाग्छ । प्रम ओलीलाई आफ्नै नेतृत्वको सरकारको दिर्घायुमा उहाँ आफै बिश्वस्त हुनु हुन्न । सरकारको चावी प्रचन्डको हातमा छ भन्ने बुझिसकेका ओलीले प्रचण्डले हात झिक्ने बित्तिकै सरकार चिप्लिन्छ भन्ने कुरा पनि राम्ररी बुझेको छ । यदि त्यसो भयो भने आम जनतामा ञप्रधानमन्त्रीले त काम गर्नै खोजेका थिए तर सरकार गिराएर गर्नै दिएनन्झ भन्ने स्पेस रहोस भन्ने हेतुले पनि ओलीको बोली फुरेको हुन सक्ने मेरो झिनो अनुमान छ । मेरै लागि भए पनि, जनताको लागि भए पनि मेरो झिनो अनुमान गलत होओस, म यहि चाहन्छु । किनभने देशमा केही नगरी बस्ने समय यो होइन ।
निचोड,
अन्य बिकसित देशहरुको तुलनामा हामी एक शताब्दी पछि छौँ त्यसैले विश्राम नगरी एक सय बर्ष अगाडि बढीसकेको देशहरुसङ्ग प्रतिस्पर्धामा उत्रिनु छ । त्यसैले गतिमा दम दिने समय हो । विश्राम लिने समय होइन । यसो भयो भने नयाँ नेपाल सम्भब छ । पाँच कुराहरु मनन गर्नु आबस्यकता छ, सुर्य नेपालमै छ उर्हा बनाऔं । नदि नेपालमै छ, बिजुली निकालौं । जमिन नेपालमै छ, उत्पादन बढाऔं । जंगल नेपालमै छ, औषधी बनाऔं । खानी नेपालमै छ, उत्खनन गरौं । युवा नेपालमै छ, परिचालन गरौं । यति भयो भने नेपाल स्विटजरल्यान्ड होइन, सिङ्गापुर होइन, राम्रो नेपाल बनाउन सकिन्छ । यो सम्भब छ । तब मात्रै ओलीको वोलीले सार्थकता पाउने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु