हामी नाममात्रको क्रान्तिकारी होइनौ – पुष्प गोपाल श्रेष्ठ
हामी २१औं शताब्दिका नाम मात्रको क्रान्तिकारी हैनौं, हौं त विज्ञानमा आधारित माक्र्सवाद–लेनिनवाद–माओवादलाई आत्मासात गर्दै, नयाँ युगमा प्रवेश गर्न नयाँ विचार सँगै नयाँ कार्यशैलिका साथ अगाडि बढन चाहने क्रान्तिकारी हौं । हामी यसो भनेर फेरि उहि, पुरानो तौरतरिकाको कार्यविधिमा अल्झेर, बिरालो बाँधि स्राद्ध गर्ने प्रथालाई नै अँगालेर हिंड्ने यस्तो परम्परावादी क्रान्तिकारी हैनौं । क्रान्तिकारीहरु त यथार्थवादी हुनुसँगै व्यावहारिक हुनु जरुरी छ । यथार्थावादी एवंम् व्यावहारिक बन्न र अग्रगामि सोचकासाथ नयाँ युगतिर लम्कनको निमित्त क.माओ भन्नु हुन्थ्यो –“पहिलो जनवाद, त्यसपछि केन्दियता, जनताबाट आउने जनतामै फर्कने, नेतृत्व र जनताको एकत्व ।” जनवाद बिना तपाई तल्लो निकायमा के भइरहेको छ भन्ने कुरो बुझ्न सक्नुहुन्न, परिस्थितिका बारेमा गुमाराहमै परिरहनुहुनेछ, सबैतिरबाट पुग्दो राय सुझाव सङ्कलन गर्न सक्नु हुन्न, माथिल्लो र तल्लो निकायका बिचमा कुनै प्रकारको सम्वाद स्थापित हुँदैन । र नेतृत्वले एकलकाँटे र गलत सूचनाका आधारमा निर्णय लिन पुग्ने छ जसले गर्दा मनोगतवादी हुनबाट बच्न गा¥हो पर्छ, बुझाई र काममा एकता कायम हुन सक्दैन र साँचो जनवादी केन्द«ीयता पनि लागु हुँदैन । यस्तो स्थितिमा अग्रगामि सोचकासाथ नयाँ युगतिर लम्कने भन्ने कुरो कोरा कल्पनामात्र हुन जानेछ । तसर्थ क्रान्तिकारीहरुले हरपल हर क्षण जनवादी केन्दियताको आवश्यकता व्यवहारतः आ–आफ्नो मन मसतिस्कमा ताजगि बनाई राख्नु नितान्त जरुरी छ ।
हामी क्रान्तिकारी युद्धका नेता तथा संगठनकर्ता र साथै आम जनताको जीवनका नेता र संगठनकर्ता पनि हौं । यस अर्थमा हामीले हाम्रो देश नेपालमा कायपलट गर्ने अत्यन्त गहन जिम्मेवारि बोकेका छौं र जिम्मेवारी निभाउन जिम्मेवार प्रत्यक कामरेडहरुले के बुझ्नु जरुरी छ भने, हाम्रो केन्द«ीयता जनवादको जगमा उभिएको छ, सर्वहारा केन्द«ीयता फराकिलो जनवादको जगमा उभिएको हुन्छ । पार्टी कमिटीका विभिन्न तह र तप्का त्यस्ता अङ्गहरु हुुन् जसले केन्द«ीकृत नेतृत्वलाई कार्यान्वयन गर्छ । तर पार्टी कमिटीको नेतृत्व सामुहिक नेतृत्व हो, कुनै पनि कुराको निर्णय पार्टीका अध्यक्ष एक्लैले मनोमानी ढङ्गले गर्न सक्दैन । पार्टी कमिटीभित्र जनवादी केन्द«ीयता नै हरेक क्रियाकलापको आत्मा हुनुपर्छ ।
जनवादलाई औपचारिकताको चौहदिभित्र बन्दी बनाइराख्नु सर्वथा गलत कुरो हो । किनभने यस प्रक्रियाले वस्तुगत यथार्थताबाट सिंगो पार्टीलाई नै ओझेलमा पारेर पुरै क्रान्तिकारी अभियानलाई पङगु बनाई दिन्छ । जनवादलाई व्यावहारतः कार्यान्वयन गर्न कुनै पनि मानेमा कन्जुस्याँइ गर्नु हुन्न । पार्टी समितिको विशेष बैठक, राष्ट्रिय भेला तथा राजनीतिक व्यूरोको बैठक जस्तोमा पेश गरिने प्रस्तावित मस्यौदा बैठकमा छलफल गर्नु गराउनु अधि उक्त मस्यौदा बैठकमा सहभागि हुने कामरेडहरुलाई वितरण गर्नुपर्छ । बैठकमा सहभागि कामरेडहरु विभिन्न क्षेत्र र ठाउँहरुबाट विभिन्न राज्यसमिति, जिल्लासमितिबाट आउनुभएका हुन्छन् । र आउनुभएका हुन्छन्, पार्टी समितिका विभिन्न फाँटहरुबाट । विभिन्न बिभागहरुबाट बैठकमा केन्द«ीत भएका हुन्छन् । ती कामरेडहरु मध्ये अधिकांशको जनस्तरमा सम्पर्क रहेको हुन्छ । त्यस्कारणले त्यहाँको वस्तुस्थिति र समस्याका बारेमा पार्टीको स्थायी समिति, राजनीतिक व्यूरो र केन्दि«य सचिवालयका कामरेडहरु भन्दा वहाँहरु बढी जानकार हुनुहुन्छ । फेरि वहाँहरु सबैले विभिन्न खालका जिम्मेवारी सम्हालीआइरहनु भएकाले वहाँहरुले विभिन्न कोणबाट कुरा उठाउनु हुने छ । वास्तवमा बैठक बोलाउनुको अर्थ वहाँहरुलाई आफ्ना राय–सुझाव दिन निम्त्याउनु हो । मस्यौदा वहाँहरुको हातहातमा पु¥याएकै हुनुपर्छ । यसरी मात्र हामी जनवादलाई पूर्णरुपमा प्रोत्साहित गर्न सक्छौं । सबैतिरबाट बुद्धिविवेक एककृत गर्न सक्छौं । र, सक्छौं थरिथरिका विचारहरुलाई तुलना गर्न । यसरी आएको ती राय–सुझावलाई परिमार्जित गरी त्यस मस्यौदामा थपघट गरेर मात्र प्रतिवेदन तयार पार्नुपर्छ ।
क्रान्तिकारी पार्टीका क्रान्तिकारीहरुले मनोमालिन्यतालाई कुनै पनि मानेमा पार्टी भित्र कुनै स्थान दिनुहुन्न । पार्टीभित्रका कतिपय राज्य–कमिटीहरु जिल्ला कमिटीहरु र यीकाइ पार्टी कमिटीहरुको परिस्थितिमा यस्तो खालको आभाषसम्म मिले पनि खेदलाग्दो कुरो हो, जहाँ प्रमुख सचिवले जे भन्छ त्यहि हुन्छ । यसरी एकजनाले जे भन्छ त्यसैमा सही थाप्नुपर्छ भने त्यो त हददर्जाको मनोमालिन्यता हो । र यस्तो मनोमालिन्यताले तानाशाह प्रवृति जन्माउन पुग्छ । भन्नुको मतलब सामान्य नियमित विषयबाहेक हरेक महत्वपूर्ण सवालहरुका बारेमा सामहिक रुपमा छलफल चलाउनुपर्छ । सँगसँगै देशमा देखापर्दै आइरहेको, परिस्थितिको जटिलता तथा विभिन्न कोणबाट आएको फरक विचारहरुलाई गम्भिरतापूर्वक सुनेर ती विचारहरुको जिम्मेवारी पूर्ण ढङ्गले विश्लेषण गर्दै परिस्थितिको विभिन्न कोणबाट मूल्याङ्कन गर्नुपर्छ । हरेक कामलाई होसियारिपूर्वक र लगातार गर्दै गर्नुपर्छ नत्र भने त्यो तानाशाह बन्नपुग्छ र त्यस्तालाई जनवादी केन्द«ीयताका ‘समूहको नेता’ भन्न मिल्दैन र भन्न सकिन्न ।
क्रान्तिकारी कम्युनिष्टहरुले बिर्सेर पनि भुल्न नहुने कुरा भनेको जनवाद र अन्तरपार्टी जनवादलाई व्यवहारिक रुपले जबसम्म दरिलो र मजवुट पार्न सक्तैनौं, जबसम्म जनवादी केन्द«ीकरणको मूल्य र मान्यतालाई स्थापित गर्न सक्दैनौं तबसम्म जनवादी व्यवस्था स्थापित गर्न सम्भव छैन । जनवादी व्यवस्थाविना साँचो सर्वहारा केन्द«ीकरण हात लगाउन सक्दैनौं उन्नत जनवाद बिना उन्नत केन्द«ीकरण हासिल गर्न कुनैपनि हालतमा सम्भव छैन र उन्नत केन्द«ीकरणबिना समाजवाद र साम्यवादको दिशातिर अाँखा लाउनसम्म पनि सक्दैनौं ।
त्यसैगरी जनवादी केन्द«ीयताबिना सर्वहारा अधिनायकवादलाई वन्धिलो बनाउनै सकिन्न । यस्को निमित्त पहिलो कुरो जनताको बिचमा जनवादको अभ्यास गर्नु र शत्रु पक्षमाथि अधिनायकवाद लादनु यी दुइवटा कुराहरु अभिन्न पक्ष हुन् भन्ने बुझ्नु प¥यो । जब यी दुईवटा पक्षहरु जोडिन पुग्छन्, त्यहि हो सर्वहारा अधिनायकवाद त्यसैलाई भनिन्छ जनवादी अधिनायकवाद, शत्रु पक्षहरु भन्नाले पुराना शक्तिहरु अर्थात समाजमा रहेका खराब तत्व तथा प्रतिक्रियावादीहरुमाथि अधिनायकवाद लादनु नितान्त जरुरी छ, नलादि हँुदै हुन्न । यसो भनेर फेरि उनीहरुलाई भौतिक रुपमै बुत्याउनुपर्छ भन्ने होइन बरु उनीहरुको प्रतिनिधित्व गर्ने वर्गलाई सिध्याउनु हो । यी विषयहरुमाथि क्रान्तिकारी कम्युनिष्टहरुले सैद्धान्तिक अदानलाई वरकरार राख्दै सचेततापूर्वक ध्यान केन्द«ीत गर्नु नितान्त जरुरी छ ।
सच्चा क्रान्तिकारीहरुले अत्यन्तै महत्वकासाथ मनन् गर्नु पर्ने कुरो भनेको ‘क्रान्तिकारीहरु’ घोकन्ते विद्यावारिधि हुनुको कुनै अर्थ छैन । यस्तो सोचाईबाट पुरै माथि उठेर, जनसमुह बिच व्यावहारिक रुपले घुलमेल भई उनीहरुको भरोसामन बनि, उनीहरुको मन जित्न सके मात्र उनिहरु क्रान्तिको निमित्त आत्मवलिदानीकासाथ तपाई हामीसँग हातेमालो गर्न तयार भई आउने छन् । अन्यथा, जनताको सहभागिता बिना क्रान्तिको परि कल्पना गर्नु केवल कोरा–कल्पना र भ्रम मात्र हुनेछ । क्रान्तिको निमित्त जनसहभागिता हुनु अनिवार्य सर्त हो । तसर्थ जन सहभागिता जुताउन कितावि ज्ञान मात्र पर्याप्त हुँदैन र होइन । त्यसको निमित्त सच्चा क्रान्तिकारीहरुमा क्रान्तिकारी आचरण, क्रान्तिकारी जनभाषा र क्रान्तिकारी व्यवहार हुनु नितान्त जरुरी छ । अर्थात जनवादी केन्द«ीयता नै यसको मूल आधार हो ।
क्रान्तिकारी कम्युनिष्टहरलाई सचेत गराउँदै क.माओ भन्नु हुन्थ्यो–“दर्शन शास्त्रलाई दार्शनीकहरुको प्रवचन कोठाहरु र पाठ्य पुस्तकहरुको सिमित घेराबाट मुक्त पार र यसलाई व्यापक जनसमुहको हातमा रहेको एउटा धारिलो हतियारको रुपमा फेर ।” क.माओको यो सारगर्भित उपदेश आत्मासातगर्दै यसलाई अक्षरस व्यवहारमा उतार्न जरुरी छ । यसको निमित्त सर्वप्रथम क्रान्तिकारीहरुले, देशको वस्तुगत स्थितिको जानकारी हासिल गर्नु नितान्त जरुरी छ । पुरानो सत्ता(संसदिय सत्ता)ले निरधारण गरिआएको नेपाली समाजको उत्पादन सम्बन्ध, त्यसले पैदा गरेको राजनैतिक एवम् साँस्कृतिक चेतनाले हाम्रो समाजमा नयाँ प्रकारको अन्तरविरोध पैदा गरेका छन् । यी अन्तर विरोधको समाधान नगरीकन नेपाली समाज अगाडि बढ्न सक्दैन यो अन्तरविरोध समाधानको उपाय मूलतः वर्गसंघर्ष नै हो । र हाम्रो मुलुक नेपालमा विद्यमान रहिआएको वर्तमानको वस्तुगत स्थिति एवंम् राजनैतिक–स्थितिभित्र नयाँ जनवादी क्रान्ति यसको आत्मा हो भने फेरी यसको गिदी (दिमाग) सर्वहारा जनवादी केन्दियता हो ।