बाबुरामको पीएचडी र करिश्माको अन्डर एस्एलसिको तालमेल – शोभा गजुरेल
जेष्ठ ३० को नया सक्तिको कार्यक्रम बाबुरामको पीएचडी र करिश्माको अन्डर एस्एलसिको तालमेलबाट संचालन गरिएको थियो । तामझामका साथ राता टोपी लगाएका मान्छेहरुको लस्कर लाग्दै आमसभामा परिणत भएको त्यो कार्यक्रम सामान्य मान्छेका लागि यौटा रमिता जस्तै थियो । रमिता देखाउने यौटा चटकी वरिपरि बाटामा कति मान्छे झुप्पिन्छन मिनेट मै त्यस्तै थियो नया सक्तिको त्यो कार्यक्रम । कति मानिस करिश्माको उद्घोषण कस्तो हुदो रहेछ भनेर सुन्न पुगे भने कति करिश्मालाई नजिकबाट हेर्नको लागिपनि पुगे । सिनेमाको पर्दामा देखिने करिस्मा अब बाबुरामको आसपाश आउन लागिन भन्ने हल्लाले मानिसमा कौतुहलता जगायो । हुन त बाबुरामको नियत नै त्यहि थियो कसैलाई प्रयोग गरि आफु चर्चामा आउने । उनको त्यो पुरानो बानी हो । पहिला गरिब जनताका छोरा छोरीलाई बलि चढाएर चर्चामा आए अब ति सहिदलाई चटक्कै बिर्सिएर करिस्मा र तिनै सोझा जनता मार्ने सेनालाई अगि पछि लाउदै ३० गते फेरि चर्चामा आए । पहिला सिधा गाउलेलाई सत्ता परिबर्तन गर्नपर्छ भनि उक्साए । कलम कापी फ्याक्न लगाई बन्दुक बोकाए । सहिद हुने जति त भए तिनै बाच्नेहरुलाई आज अनपढको बिल्ला भिराए । अब उनको लागि अनपढ र गरीबहरुको काम छैन । अब त उनले देशका धनाड्य र शिक्षितहरुसग हात मिलाए । केहि अन्डर एस्एलसी भएपनि पैसाका बिटादेखि उनीहरुसग साठ गाठ बढाए । यो सबै यिनको देखाउने दात हो । तर असलमा यिनी पहिला पनि भारतबाट संचालित थिए भने आज पनि उसकै योजनामा नया सक्तिको नाटक मन्चन गरिरहेका छन । करोडौको बिज्ञापन गरेर ब्यापारिक तामझामका साथ अगाडी बढेको नया सक्तिलाई भारतले पैसाको पोको खान्यायो , अनि उनि बोल्दै गए भारत विस्तारबाद होइन , यो हाम्रो मित्र हो । मधेसी बिदेसी होइनन उनीहरुलाई मन्त्रीको पद देउ । कसले भनेको छ र मधेसलाई विदेश त्यो नेपालको भुमि हो । अनि नेपाली भूमिमा बस्ने मधेसी कसरी बिदेसी बने । हामी त भन्दै छौ तराइमा हुरी आए पहाडले छेक्नुपर्छ , पहाडमा पहिरो गए तराइले रोक्नु पर्छ । हिमालका झरनाबाटै तराई सिचीएको छ । तराइका अन्न पातले हिमालीको भोक टर्छ । बाबुरामको नीति यसबाट छर्लंग छैन र तराइलाई बेच्ने तिम्रो यो योजना अब धेरै टिक्दैन । बाबुरामजी पहिला त जनताले तिमीलाई चिनेनन् । अनि तिम्रो मुखको राम राम बगलीमा छुरा सोझा जनताले देखेनन् । अब त चिनी सके भारतको दलाल हौ ,कति दिन पाल्ने रहेछ भारतले तिमीलाई यो पनि हेर्दै जाऊ । जुन दिन \सम्म तिम्रो यो पैसा आउछ , त्यो दिनसम्म नया सक्तिको बिज्ञापन गर। जुन दिन तिमिलाई सारा नेपालीले चिन्ने छन् त्यो दिन तिम्रो अन्त नेपालीले होइन तिनै भारतीय शासकले गर्ने छन् । बिप्पा सम्झौता गरेर रिझाएको जस्तो सजिलो छैन अब भारतीय बिस्तारबादलाई खुसि पार्न । उचाइमा गएको जनयुद्धलाई पैसामा सम्झौता गरि मोलमोलाई गरे जस्तो सजिलो छैन अब करिस्मालाई झुक्याउन ।अब तिमिलाई नचिन्ने कोहि छैन । तर तिमि अन्योलमा छौ । अझै मसग पछि लाग्ने मान्छे छन् भन्ने भ्रममा नबस । तिम्रो पछि अहिले जो लाग्दै छन् तिम्रै नियतका मान्छे छन् , मौकाको खोजि गर्दै छन् । तिमि जस्तै कसैलाई बिकाएर आफनो नाम अनि दाम चाहनेको भिड तिम्रोपछि सल्बलाएको छ । त्यसमा तिमि मख्ख छौ । पत्रिकाका पहिलो पेजमा नाम र आफ्नो फोटो राख्न करोडको खर्च गर्न सक्ने तिमिले ति सहिद परिवारको पेट भर्न हजारको खर्च गर्न नचाहेकोमा तिमीलाई इतिहासले पक्कै पनि धिक्कार्ने छ । त्यो दिन तिमीले देख्न नपाए पनि तिम्रा छोरा छोरी नाती नातिनीलाई तिम्रो रगत हुन परेकोमा अपसोच हुनेछ । तिम्रो तस्बिरमा माला चढ| उदा उनले गर्ब होइन तिम्रो पापको सजाय आफुले भोगेको महसुश पक्कै गर्ने छन् । यी तिमिपछि लाग्ने आउरे बाउरे त्यतिबेला तिमीलाई नाचिनेको नाटक गर्ने छन् । त्यो बेला तिम्रो आत्माले ति सहिदलाई पक्कै सम्झने छ । जसले तिम्रा लागि ज्यान दिए । तर तिमी तडपिन बाहेक अरु केहि गर्न सक्ने छैनौ । त्यो अवस्थामा तिमि मात्र गद्दारको नाम बोकेर आफैले आफैलाई घिणा गर्नेछौ । तिमि ति पबित्र जनसेनाको रगतको पोखरीमा आफुलाई गद्दारको बिल्ला भिराई डुबी डुबी निसास्सिने छौ। तिम्रो यो तडपाइमा तिमीलाई न भारतीय विस्तारबादले साथ देला न यी तिम्रो पैसाकोपछि लाग्नेहरुले । मेरो यहि प्राथना रहने छ, बाबुराम यो सब तिम्ले नमरी भोग्न पाउ । यो सब सहिदका परिवारले देख्न पाउनु पर्छ । ति घाइतेले तिम्रो तडपाई देख्न पाउनु पर्छ । इतिहासले मात्र होइन तिम्रो यो तड्पाई बर्तमानले पनि हेर्न पाउनु पर्छ । यो हुन आबस्यक छ । नत्र यो प्रिथिबिमा तिमि जस्ता गद्दारको जन्म भैरहने छ । अब तिमिजस्ता गद्दारको जन्म नेपाल आमा चाहन्नन् , अह पटक्कै चाहन्नन् । सोध उनलाई उनि तिमि जस्ता गद्दारको अब अन्त चाहदैछिन । – हाल फ्रान्स