लेटर ग्रेडिंग प्रणालीको औचित्य – प्रशान्त लामा दोङ

२०७३ असार ६ गते, सोमबार

नेपाली शैक्षिक इतिहासमा आठ दशक लामो समयपछि विधिवत तरिकाले एस .एल . सी मूल्याङकन प्रणाली विधिवत तरिकाले बिस्थापित गरेको छ । यो आठ दशक लामो एतिहासिक कालखण्ड अनेकन उत्तरजढाबको बीचमा चुनौतिहरूलाई सामना गर्दै आजको यो परिवेशसम्म आइपुगेको छ ।समय र परिवेश अनुकुल शैक्षिक जनशक्ति उत्पादन गरेको वास्तविक यथार्थ नकार्न सकिन्न । सिङ्गो मूलुक कृषिमा आधारित मूलुक हुँदा पनि यथार्थमा आधारित व्यवहारिक तीतो सत्यलाई नकार्न सकिन्न ।अनि अव्यवहारिक शैक्षिक वेरोजगार उत्पादन गर्दा कृषिमूखि अर्थतन्त्रमा ह्रास आइ कृषिको सम्मूनत विकास नभएको यथार्थलाई पनि नकार्न सकिन्न । सिकारूको व्यवहारिक भन्दा कोरा सैद्धान्तिक ज्ञानलाई तीन घण्टे लिखित मापन गर्ने संकुचित प्रणालीलाई पनि कसैले पनि फरक मत राख्न सकिन्न । यो परिक्षा प्रणाली शरीर र उमेरको वृद्धि र विकाससँगै चेतना मापन गर्ने औजार नबन्दा सिकारूको मनोभावना अनुकुल हुन सकिएन भन्ने शिक्षा नाममा भिल्ला ओढ्ने मनोचिकित्सकहरूको बुझाइ छ । जसको परिणाम स्वरूप आज परिक्षा मुल्याङ्कन प्रणाली परिवर्तन गरि लेटर ग्रेटिङको संज्ञा दिएको छ ।मूलकमा शान्ति व्यवस्थाको पूनर्वहाली पश्चात शिक्षामा गरिने मूल्याङकन अवहारिक भयो भन्दै शिक्षामा उदार कक्षोन्नति प्रणाली लागू गरेको छ ।मूल्याङ्कन प्रणाली आफैमा बेठीक हैन तर त्यसको व्यवस्थापन उचित नहुदा शिक्षा व्यवहारिक बन्न सकिएन । ढोडको बैसाखी टेकेर सगरमाथाको चुचुरो चुम्ने सपना देख्नु कति जायज हो ? अस्थव्यस्थ रूपमा स्थापित विद्यालयहरू शैक्षिक व्यवस्थापन स्थिति समाधानतिर लाग्ने कि विकसित प्रणाली लागू गर्न ? आज शिक्षामा मूल्याङ्कन प्रणाली बेठीक हैन ।आज हाम्रो शिक्षा क्षेत्रको मूल समस्या भनेको अवहारिक र अवैज्ञानिक वितरित जनशक्ति हो । आज शिक्षामा मूल्याङकन प्रणाली परिवर्तन भन्दा विद्यालयमा सन्तुलित जनशक्ति वितरण गरि विद्यालयमा सहज वातावरण निर्माण गर्नु हो तर त्यसको वेठीक तरिकाले परिक्षा प्रणाली परिवर्तन गर्दैछ । एक मानो चामल दिएर दश जनालाई भाग लगाउनु भन्दा सिकारूले पेटभरि खाना पाएला कि नपाएला ? कुरो त्यहाँनिर हो । समुचित शैक्षिक व्यवस्थापनको निम्ति न्यायोचित विद्यालय र शैक्षिक जनशक्ति व्यवस्थापन आजको आवश्यकता हो । परिक्षा व्यवस्थापन प्रणाली देखिएको अवेहारिक प्रकृति देख्दा कुनै पनि विद्यार्थीको उच्चत्तम ग्रेड हासिल गर्यो भनेर हौसिनुपुर्ने तथ्य देखिदैन । स्वाभाविक चिन्तनवाट सकरात्मक अभिव्यक्ति भन्दा बनावटी अभिव्यक्ति मापनमा निस्किएको परिक्षाफल कस्तो होला ? आज शिक्षक , अभिभावकहरू परिक्षा समयमा परिक्षा केन्द्रमा धाएर बजारको नक्कली पाठ्यपुस्तक , नक्कली कागज टुक्रहरू सार्न लगाउने व्यवस्था गरि मूल्याङ्कन प्रणाली भन्दा बाहिर गएर मूल्याङ्कनबाट परिणामलाई कस्तो खालको शैक्षिक उपलव्धि भन्ने ? वास्तवमा भन्ने हो भने विद्यालय तहको मूल्याङ्कन प्रणाली व्यवहारिक व्यवस्थापन छैन ।यसको मूलको कारण विद्यालयमा अनियमित र अवैज्ञानिक जनशक्ति व्यवस्थापन हो । तसर्थ अहिले शैक्षिक जनशक्ति सन्तुलित व्यवस्थापन बिनाको लेटर ग्रेटिङ प्रणाली रङ फेरिएको बोत्तल भन्दा फरक औचित्य नहोला।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु