साम्राज्यवादका दलालहरूकाे दुःख – भारत दाहाल

२०७३ असार ७ गते, मंगलवार

देशलार्इ विदेशीहरूकाे बन्धक बनाएर नागरिकहरूलार्इ बाहिर पलायन गराउने अपराधि शासकहरूले अफगानिस्तानमा हत्या गरिएका निरपराध नेपालीहरूकाे मृत्यूप्रति निर्लज्जताका साथ दुःख प्रकट गरेका छन् । अाफ्नाे देशलार्इ उपनिवेश बनाएर वितण्डा मचार्इ रहेका साम्राज्यवादीहरूकाे सेवामा नागरिक मार्ने दलालहरूकाे जति निन्दा गरे पनि पुग्दैन ।
अफगानी जनताकाे हत्या गरेर त्यस देशकाे सार्वभाैमसत्ता नियन्त्रणा गर्न गएका अमेरीकि र यूराेपीयन साम्राज्यवादीहरू र तिनका चाकरहरू वास्तविक अातंकवादी हुन् नकि अफगानीहरू । भाेली हाम्राे देशमा तिनीहरूकाे हमला भएकाे खण्डमा हामी पनि प्रतिराेध गर्छाैं । साम्राज्यवादीहरूले राष्ट्रिय प्रतिराेध अान्दाेलनहरूलार्इ अातंकवादकाे संज्ञा दिएर अाफ्नाे अाैपनिवेशिक नीतिलार्इ उचित देखाउन प्रयास गर्दैछन् ।
अफगानिस्तानमा नेपालीहरूकाे हत्या गराउने पश्चिमा साम्राज्यवादी र तिनका दलालहरू अातंकवादी मात्र हाेर्इनन्, यीनीहरूले नेपाल जस्ता देशहरूका नागरिक मराएर युद्धमा संलग्न गराउने प्रयास गर्न थालेका छन् । डीभि वा राेजगारीका अन्य बाटाबाट अमेरिका पुगेका नेपालीहरू मध्ये झण्डै ९ सयलार्इ अहिले अफगान युद्धमा हाेमिएकाे छ। लिविया र इराकमा पनि नेपालीहरू पठार्इएका छन् ।
अफगानीहरूकाे निन्दा गर्नु भ्रम हाे। अन्य देशका नागरिकहरूलार्इ अफगानमा प्रयाेग गर्ने हत्याराहरू यसका लागि दाेषि हुन्। साम्राज्यवादी स्वार्थमा नेपालीहरूलार्इ युद्धमा संलग्न गराउने यहाँका अाततायिहरू अपराधि हुन् । अमेरिकि सुरक्षाा पंक्तिमा जागिर लगाउने नीतिलार्इ वैधानिकता दिएर नागरिकहरूलार्इ भाडामा प्रयाेग गर्न दिने हत्याराहरूमाथि प्रश्न उठाउनु पर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु