नेपाली जनवादी क्रान्तिको परिणाम र पुन : क्रान्तिको आवश्यकताको प्रश्न – नविनकुमार विश्वकर्मा

२०७३ असार ९ गते, बिहीबार

“वर्गीय क्रान्तिको अन्तिम सार भनेको पुरानो राज्य व्यवस्थाको चेपुवामा परेका उत्पीडित किसान, मजदुर जाती, जनजाती, उतपीडित क्षेत्र र वर्गको क्रान्तिले शासक वर्गको सम्पूर्ण पुरानो राज्य व्यवस्थालाई विस्थापित गर्ने र त्यसको ठाउंमा नयां राज्य व्यवस्था स्थापित गर्ने हो” । यो पंतिmकारले कम्यूनिष्ट राजनितिमा लागेदेखि बुझेर आत्मसात गरेको कुरो यही हो । यो सत्य कुरालाई आफु र आफ्नो वर्गको मूल उद्देश्य ठानी विधार्थी कालदेखि भुमिगत भएर माओवादी जनयुद्धमा होमिने निष्कर्ष निकाले र पार्टीको निर्णयमा २०५४ साल असोज २८ गते भुमिगत भएं र त्यहीबाट मेरो पूर्णकालिन राजनिति जीवनको शुरुवात भयो । महान जनयुद्ध विकासको तिव्रता संगै पार्टीले दिएका विभिन्न खाले जिम्मेवारीहरु स.गौरव कुशलतापूर्वक वहन गर्दै आईयो । पार्टीको दास्रो राष्ट्रिय सम्मेलन नहुनु अघि २०५७ सालसम्म पार्टीको मूल लाइन, कार्यदिशा र कार्यनीतिक कार्यक्रमहरुमा म पूर्ण रुपमा विश्वस्त नै थिएं । जव २०५७ सालमा भारतमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनको आयोजना भयो, त्यसबेला देखि मेरो मनमा चिसो पस्न थाल्यो । भुमिगत मार्ग प्रयोग गर्दै सम्मेलन प्रतिनिधीको रुपमा कालीकोट जिल्लाबाट मैले पनि त्यस सम्मेलनमा जाने अवसर पाएं । त्यस सम्मेलनमा सहभागि हुन पाउंनु भनेको गौरवको कुरा थियो । किनभने जनयुद्धको नायक भनिएका र मानियका क.प्रचण्ड लगायत प्रमुख सवै नेताहरुको अनुहार अगाडी आम्ने, साम्ने भएर पहिलो पटक नेपाली जनवादी क्रान्तिको वारेमा प्रत्यक्ष रुपमा विचार सुन्नु नै महत्वपूर्ण कुरा थियो । नेपाली जनवादी क्रान्तिका नेतृत्वको विषयमा देशी विदेशी प्रतिकृयावादीहरुले थुप्रै प्रकारका भ्रमहरु श्रृजना गरेकाले प्रत्यक्ष नेता देख्नु पनि थियो ।
यसै क्रममा हामी इन्डियाको कुनै अपरिचित भूगोलमा पुगेको ठिक पछिल्लो दिनमा सम्मेलनको उद्घाटन सत्र सुरु भयो । सम्मेलन हलको वातावरण र सवै नेताहरुको उपस्थिति देख्दा म गर्वले फुरुङ्ग भए । क.प्रचण्ड लगाएत प्रमुख सवै नेताहरु वास्तवमै नेपाली जनताका मुक्तिदाता भएको महसुस गरे । म मात्र होइन सम्मेलनमा सहभागी सवै प्रतिनिधी साथीहरुको बुझाई पनि मेरा भन्दा फरक सायदै थिएन । युद्धको मैदानबाट थुप्रै हार र जीत का तिता मिठा अनुभव सहित सहभागी सवै नेता कार्यकर्ता वीचको भलाकुसारी, समीप्यता र वर्गीयताले ओतप्रोत दह्रो हातहरु एक अर्काेमा मिलाउदै गर्दाका दृश्यहरु देख्दा मानौ कि हामी कुनै अर्कै ब्रह्माण्डमा जन्मिएका मानिस हौं जस्तो लाग्दथ्यो । त्यो सम्मेलन हलमा विकसित वातावरणले नेपाली जनवादी क्रान्ति जितिरहेका र पुर्ण विजयका लागी जुटिरहेका जस्ता लाग्थ्यो । जव सम्मेलन बन्द शत्रमा प्रवेश ग¥यो र क.प्रचण्डको राजनीतिक प्रतिवेदन वाचन र त्यसमाथी समुह—समुहमा छलफल शुरु भयो, मेरो मनमा भित्र भित्रै शंकाको घेरा झन बढ्दै जान थाल्यो । त्यसको एउटै कारण थियो क. प्रचण्डको राजनीतिक प्रतिवेदनमा सर्बपक्षीय सम्मेलन , अन्तरिम सरकार र संबिधान सभाको निर्वाचन उल्लेख गरिएको नाराले पार्टी र क्रान्तिको भविष्य माथि प्रश्न चिह्न खडा गरिरहेको जस्तो अनुभूति हुन्थ्यो मलाई । यद्धपि यो कुरा मैले मनमनै मात्र सोचिरहनुको विकल्प थिएन किनभने क्रान्तिका नायकको अगाडि म आफुलाई अर्घेलो बनाएर प्रस्तुत हुन पनि सक्दिनथें । सम्मेलनले क.प्रचण्डका राजनीतिक प्रतिवेदन एकमतले पारित ग¥यो । पार्टीका सर्वमान्य नेताका रुपमा अध्यक्षमा क.प्रचण्डलाई चयन गरियो । पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ अवलम्वन गर्ने निर्णय गरियो । पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरि फर्केको ठिक एक वर्षपछि २०५८सालमा पुरानो सरकारसंग वार्ता गर्ने, संविधान सभाको चुनावबाट संविधान सभाको गठन र संविधान निर्माण गर्ने जस्ता विषयहरु विस्तारै पार्टीभित्र मुल एजेण्डाको रुपमा आउन थाले ।
२०५८ सालमा पुराना सरकारसँग पहिलो वार्ता भएपछि पार्टीको स्थितीमा क्रमश ः वर्ग संघर्षभन्दा पनि वर्ग समन्वय तिर जाने खालका तमाम् संकेतहरु छरप्रष्ट हुन थाले । २०५८ जेठ १९ गते राजा विरेन्द्रको वंशनास र त्यसपछि राजा ज्ञानेन्द्र उदय भएपछि परिस्थितीमा निकै ठुलो बदलाव आयो । ज्ञानेन्द्र निरंकुश ह्ँदै जानुले त्यसका विरुद्धमा संसदवादी र माओवादी एउटै मोर्चामा रहनु पर्ने परिस्थिती सृजना भयो । यो परिस्थितीलाई विचलनको वाटो रोजेको माओवादी नेतृत्वलाई के खोज्छस कानी आँखा भनेजस्तो भयो र माओवादी नेतृत्वलाई महान जनयुद्धलाई निशस्त्र पार्ने दिशातिर लान सजिलो भयो । नेतृत्व गलत दिशातिर गएपछि यसको परिणाम स्वरुप पार्टीभित्र लाईन संघर्षको विकासले गति लिदै गयो । पार्टीको मुल नेतृत्व स्वयमले महान नेपाली क्रान्तिलाई प्रतिक्रान्तितिर मोड्न सफल भयो र पार्टीलाई देशी विदेशी प्रतिक्रियावादीहरुले तयार पारेको महाभुमरीमा ल्याएर अवतरण गराईयो । यो सर्वहारा वर्ग र क्रान्तिकारी पार्टीहरुको निम्ति अति दुखद घटना हो । राप र तापमा अगाडी बढेको नेपाली जनवादी क्रान्तिको मूल नेतृत्वमा १८० डिग्रीको विचलन देखा प¥यो नेपाली क्रान्तिको नेतृत्वमा वैचारिक विचलन आउनु भन्दा ठिक अगाडीको एक स्टेप महाक्रान्तिकारी भएर प्रस्तुत भएको देखिन्छ । पार्टीलाई शान्ति प्रकृयामा अवतरण गराउनुभन्दा ठिक अगाडी नेपालमा जनवादी क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने योजना क.प्रचण्डले प्रस्तुत गर्दा हामीले त्यसमा कुनै प्रकारका गैह्रक्रान्तिकारी समस्या देख्दैनथ्यौं यो भ्रमलाई बुझ्न नसक्नु क्रान्तिकारीहरुको समस्या हो । यो समस्या बुझेर पनि समाधानका लागी तत्काल हामीसँग अर्काे विकल्प थिएन । मुल नेतृत्वमा नैे विचलन आइसकेपछि समग्र क्रान्ति धरापमा पर्नु स्वाभाविक हुदो रहेछ ।
शान्तिप्रकृयामा अवतरण सँगै पार्टीको उधोगतिको प्रकृया शुरु हुन्छ । जनयुद्धका महान उपलब्धी जनमुक्ति सेना, जनसत्ता र जनअदालतहरु क्रमशः सवै—सवै पुरानो सत्तालाई हस्तान्तरण गर्न थालियो । पार्टी र जनताको मुख्य शक्ति भनेको जनमुक्ति सेनाको आधाभन्दा बढि शक्तिलाई अयोग्य भन्दै निराश तुल्याएर घर पठाइयो भने अर्काे तिर त्यस जनमुक्ति सेनाका सिमित शक्तिलाई देशी÷विदेशी प्रतिक्रियावादीहरुको स–गौरव उपस्थितीमा तामझामकासाथ समायोजनका नाममा पुराना सत्तालाई बुझाइयो । अनि वर्गीय क्रान्ति, सर्वहारा वर्गको पुर्ण मुक्ति तथा आमुल परिवर्तन भनेको वास्तवमै के रहेछ भनेर म अझ गंभिर्यतापुर्वक सोच्न थाले र नेपालमा सात साल देखि यता भएका सवै आन्दोलन र क्रान्ति बारे एक पटक मन मनै विश्लेषण गरें ।
२००७ सालमा नेपाली काँग्रेसको नेतृत्वमा भएको प्रजातान्त्रिक आन्दोलनले राणा शासनको अन्त्य गर्दै राजा सहितका प्रजातन्त्र स्थापित ग¥यो । त्यतिवेलको सापेक्षतामा त्यो एकप्रकारको उपलब्धी नै मान्नुपर्छ । तर त्यसवाट नेपाली जनताको मुक्ति भएन र सम्भव पनि थिएन । बरु त्यस प्रजातान्त्रिक आन्दोलनले नेपाली काँग्रेस पार्टीभित्रको सिमित तप्काको मुक्ति र परिवर्तन भने अवश्य भयो । त्यसवेला आन्दोलनमा वीरतापूर्वक योगदान गर्ने मुक्तिसेना, युद्ध सामाग्री वोकेर हजारौं माइल राता रात हिड्ने कार्यकर्ता र आन्दोलनमा विभिन्न तवरबाट साथ सहयोग दिने जनताको स्थितीमा भने कुनै प्रकारको परिवर्तन देखिएन । त्यस्तै नेपाली काग्रेस र वामहरु मिलेर गरेको २०४६ सालको पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा पनि नेपाली जनताले सात सालकै नियति भोग्नु प¥यो । यसमा थपीएको परिवर्तन भनेको कम्यूनिष्ट भनिएका सिमित केही मानिसहरुको पनि मुक्ति भयो । त्यतिवेला देखि कम्युनिष्ट भन्नेहरु पनि शासन व्यवस्थाको अंसियार बन्न पाए । यसवाट देश र जनताको भलो नभएपछि नेपालमा २०५२ साल फाल्गुण १ गते जनवादी क्रान्तिको उद्घोष सहित ने.क.पा. (माओवादी) नामको वास्तविक कम्यूनिष्ट पार्टीको जन्म भयो । वर्षाैदेखि शोषण, दमन र उत्पीडनमा पिल्सिएका नेपाली जनताले माओवादी जनयुद्धबाट ठुलो मुक्ति र परिवर्तनको आशा वोकेका थिए । दुर्भाग्य भन्नुपर्छ समग्र क्रान्तिको नेतृत्व समालेको मुल नेतृत्वमा नै विचलन पैदा भएपछि सात सालदेखिका सवै आन्दोलनमा जनताले पाउदै आएका धोका र वेइमानीको नियतिले ०६२÷६३ मा पनि निरन्तरता पायो । क्रान्तिकारी शक्ति सहितको ०६२÷६३ को जनआन्दोलनबाट नेपाली जनताले गरेका परिवर्तन र मुक्तिको आशा र सपनाहरुमा चिसो पानी खन्याइयो । निराश पारियो र जर्वजस्त प्रतिक्रान्ति लाद्ने मार्गमा अगाडी बढिदैछ । यसमा पनि मुट्ठिभर नेताको मात्र मुक्ति र परिवर्तन हुने नियति हटेन ।
जनता र राष्ट्रका सुन्दर सपनाहरु विपनामा परिणत हुन सकेनन । जनता र राष्ट्रको लागी फेरि अर्काे धोका दिने काम भयो । चिहानमा पुगेको घृणित र असफल संसदीय व्यवस्थालाई जर्वजस्त पुर्नजिवीत तुल्याइयो र संसदीय व्यवस्थाका शोषण र विभेदकारी मुल्य र मान्यता नेपाली जनतामाथि लादेर शासन गर्ने कुन्ठित प्रयास गरिदैछ । खवरदार माओवादी विचार र आन्दोलन सँधैको लागी सिद्धिएको छैन । पुरानो सत्ताको विकल्पमा जनताको जनवादी सत्ता, जनसेना र अनअदालत आवश्यकतामा फेरी तयार हुनेछन र दश वर्षे जनयुद्धका शिक्षा र अनुभव सहित नेपालको सापेक्षतामा नेपाली आम शोषित, पिडित र परिवर्तनकामी जनताले मौलिक ढंगले क्रान्ति पूर्णरुपमा सम्पन्न गर्नेछन । आफुले चाहेका अधिकार र मुक्ति प्राप्त गर्नेछन । यसको नेतृत्वकर्ता वास्तविक माओवादी जन्मिसकेको छ । क्रान्ति समाज परिवर्तनको अनिवार्य सर्त हो भन्ने कुरा सवैलाई चेतना भया ।
– लेखक पूर्वराज्यमन्त्री हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु