माधव कमरेड, जनतालाई जबाफ चाहियो – प्रशान्त लामा दोङ
सुन्दा अचम्म लाग्ने, गणिकाको पोई खोइ भन्दा भोलि जो जोसंग सहवस हुन्छ उहि भने झैँ । १५ बर्ष एकछात्र पार्टीको नेतृत्व समाहलेका माधव नेपाल संसदमा ओलिको गद्धिमा अविश्वास प्रस्तावमा बोल्दै गर्दा ओलि पार्टीमा हाबी भयो रे । यो सरकारको चर्चा र परिचर्च बढी भयो रे । अनि आफ्नो नाम कहिल्यै लिएन रे ओलिले । जनताले धेरै गीत गायो रे ओलिको ।त्यही भएर ओलिमाथिको अविश्वासको प्रस्ताव ठिक । झन्डै भनेन माधव नेपालले ओलिले भारत बिरोधि काम गरे भनेर । उनको भनाइमा ओलि भारतीय रखौटी बनेन भन्दा उपयुक्त होला । अनि पार्टीमा चित्त बुझेझाएनन रे । वाह कमरेड वाह , आफू नेतृत्वमा रहाँदा जनताको लागि सिन्को नभाँच्ने , आफ्नो आसेपासे भरौटेहरूलाई जनता देख्ने । भारतीय दलाल बनी देशको हित बिपरित कथित असमान संझौता गरी भारतीय एजेन्ट बनेर देशको सारा प्राकृतिक स्रोत साधन निर्यात गर्ने ।काँग्रेसको गोजी तालिका बनेर ओलीको खैरो खन्ने । अनि मोदीको दुत बनेर राष्ट्रको अस्तित्व सुम्पिन तयार हुने । कति घिन लाग्दो चरीत्र ? माओवादी अध्यक्ष प्रचण्डले उनलाई सम्झे रे । ओलिले नाम पनि लिएन रे । अनि जनताले नाम पनि लिएन रे ! कमरेड बरू कोठीको गणिकाको भाउ होला, यस्तै व्यवहार गरिरहे जनताले तिम्रो भाऊ आलु र गोलभेँडा भन्न बेर लगाउँदैनन । कमरेड, तिम्रो पन्ध्र बर्षको रजाईले तिमी त हार्यौ त हार्यौ पार्टीलाई तेस्रो स्थानमा पुरयायौ । अनि चरित्रहीन आइमाईको सायरी बनाएर छौड्यौ । अहिले फेरी तिमीले पार्टीलाई त्यही मोडमा लान खोजेको हो ? देशलाई नेतृत्वको संकट पर्यो रे । कमरेड , कस्तो खालको नेतृत्व चाहिएको , भारत परास्त चाहिएको भए तिमी नै काफि छौ । त्यसैले त तिमीले भन्दा रहेछौ कि नेपाली माटो सुहाउँदो मार्क्सवाद । यही हो तिम्रो मार्क्सवाद ? जनतालाई सुविधा दिदा छाती पोल्ने अनि देशलाई स्वभिमान बनाउँछु भन्दा सास बन्द हुने । छिमेकी भाईचारा नाता राख्दा मुटु दुख्ने । धिक्कार छ कमरेड , यदि तिम्रो ठाउँमा म भइदिएको भए यो देशमा बामपन्थी खोल ओढेर देशलाई खियाउने तिमीहरू जस्ता धमिराहरू , तिम्रो मालिक भारतीय दलालहरू सत्तारोहण होइन फाँसीको सजाय भोगि सक्थौ । कमरेड , लाग्थो तिम्रा भाषण बामपन्थीभित्र पात्र रहेछ जो अन्तरराष्ट्रिय जगतमा बहुमुल्य छ । तर तिम्रो स्वार कोइलीको रहेछ अनि रोधन त गोहीको आँसु रहेछ । कमरेड जनता लाटो छैन जति शोषण गरेउ हिजै गरेउ अब शोषण गर्न पाईदैन । हिजो राजाको नाममा बन्दुक उठे अब स्वाभिमान र अस्तित्व रक्षाको निम्ति तिमीहरू जस्ता भारतीय दलाल बिरूद्ध उठ्न सक्छ । त्यो बेला न तिमीहरू रहन्छौ न तिम्रो कथित दलालहरू । कोही पनि अन्धभक्त होइनन कि तिमीहरू जस्ता घटिया नेताको पछाडि लाग्नु भन्दा मरिहात्ते गर्ने । भन कमरेड, यो देश तिमीहरूको बाउको बिर्ता हो ? अस्थिर राजनीति कहिलेसम्म ? जनतालाई नाङ्गो राखेर सत्तामा कति दिन सम्म टिक्ने इच्छा छ ? कमरेड माधव नेपाल, प्रचण्डले चरित्रहीन आइमाईको सायरी जस्तै संझौता गरेछन, नौ महिना पछि शेरबहादुर प्रधानमन्त्री हुने । राम्रै गरेछन है तिम्रो बिश्वासी नेताले । कमरेड माधव नेपाल , पोइ मरेर बर्षदिन भएको छैन सहवसको अर्को नाठो खोजे जस्तै सरकार बनेको दिनको ठेगान भएको छैन अर्को सरकार रे , कति राम्रो ! कमरेड, आफू सच्चिउ , पार्टीभित्र आफूलाई समाहित गर , जनता र कार्यकर्ताको मन जित तर वेफुङ्गमा मादल बजाएर मार्क्सवादको धज्जि नउडाउ । कमरेड, मर्नेवेलामा कम्तिमा एक शब्द जनताको लागि बोलेर त मर जनताले जयजयकार गर्नेछन । होइन भने गीद्धले मासु लुच्छेर लगे पनि सराप्न छोड्ने छैनन् । कमरेड, यसो भनि रहाँदा ओलिको चाकडी बाजले मलाई छुद्र प्रहार गरे भन्लान । न म केपिको मान्छे, न म अरू कसैको भाडाको टट्टु , म सर्वहारा जनताको सवालमा रातालाई रातै अनि गोर्हालाई गोह्रै देख्ने बामपन्थीको सिपाही हूँ । त्यसैले राम्रो गरे ताली पाईन्छ, नगरे गालि पाईन्छ । अनि यस्तै शब्दको प्रहार । जनतालाई यतिखेर स्थिर सरकार चाहिएको छ । जो जनताको जनजीविकासंग सरोकार राख्ने होस् ।कमरेड, यो संसद भित्रको सरकार बनाउने अनि गिराउने फोहोरी गणिका आइमाईको चर्तिकला कहिले सम्म देखाउने ? जनतालाई जबाफ चाहियो ….