बिद्रोहको बिकल्प छैन – प्रशान्त लामा दोङ

२०७३ आश्विन १० गते, सोमबार

नेपाली राजनीतिमा यतिखेर राजनीतिक नेतृत्वलाई लिएर विभिन्न दृष्टिकोणबाट प्रश्न उठ्ने गरेको छ कि पटक पटक राजनीतिक नेतृत्वको नेतृत्वशैलीलाई लिएर । राजनीति , अर्थशास्त्र र गणितको नियम जीवन्त यात्रामा एक अर्काको परिपुरक क्षेत्रहरू हुन । अर्थशास्त्रले नीति र नेतृत्वको कुरा गर्छ तर गणितले गणनाको कुरा गर्छ । अर्थ शास्त्रले सैद्धान्तिक बिचारको गर्छ तर गणितले प्रक्रिया र प्रतिफलको कुरा गर्छ ।जस्तो दुई ओटा टोकरीमा माछा गणना गर्नुप गणितले गणनाको कुरा गर्छ , गुणस्तरको कुरा गर्दैन । तर अर्थशास्त्रले गुणस्तर सहितको संख्याको कुरा गर्छ ।राजनीतिलाई अर्थ शास्त्रको सैद्धान्तिक गणितीय सबै सिद्धान्तले डोर्याएको हुन्छ तर गणितले राजनीतिलाई डोर्याउन सक्तैन ।राजनीतिले अर्थशास्त्रलाई डोर्याएको हुन्छ तर गणितले राजनीतिलाई डोर्याउन सक्तैन । गणितमा अंक गणित जति महत्वपूर्ण बिषय बस्तु हो राजनीतिमा हुन सक्तैन । अब आयो जनमत सहितको गणितको नेतृत्व ठिक कि सैद्धान्तिक गणितको नेतृत्व ठीक भन्ने प्रश्न तेर्सिन सक्छ । यसको राजनीतिक जवाफ राजनीतिज्ञ “भोल्टाएरको” भाषाले ठिक हुन्छ कि सयौ मुसाहरू द्वारा संञ्चालित शासन भन्दा एउटा सिँहद्वारा शासित शासन ठीक ताकि नेतृत्व जनताको हितमा छ भने अनि बिधि र पद्धातिमाको हितमा छ भने । नेपालको राजनीतिमा यतिखेर अंक गणितले नेतृत्व गरिरहेको छ कि सैद्धान्तिक गणितीय नेतृत्वले ठाउँ पाइरहेको छैन ।चाहे समाजवादको नाममा राजनीति गर्ने राजनीतिक बिचार होस या साम्यवादको नाममा राजनीति गर्ने बिचार होस । नेपालको राजनीतिमा एकचोटी बिपिले सैद्धान्तिक बिचार दिएका थिए तर अंक गणितको नेतृत्व बाहेक सैद्धान्तिक बिचार सहितको नेतृत्व उनेले गर्न सकेन त राजाले उनको बिचार पनि उठ्न नपाउँदै नष्टपारे । त्यसैले उनको यो अधुरो यात्रा पुरा गर्ने त्यस्तो पात्रा काङग्रेसमा जन्मिएका छैन र आहिले बिपिको मखुण्डो ओढ्ने ढाडे बिरालाहरू उनको बिचार नेतृत्व त के काँग्रेसको अस्तित्व समाप्त पार्ला जस्तो छ ।अब आयो दुई ओटा नेपाली राजनीतिको बाम घटकको राजनीति ,नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कुरो । भाषाण गर्नाले त नेपाली राजनीति कथित नेपाली काँग्रेस यो देशमा पत्तासाप हुनुपर्ने तर काँग्रेस पत्तासाफ हुने स्थितिमा छैन । अब किन काँग्रेस पत्तासाफ भएन त ? जबाफ प्रस्ठ छ कि बामपन्थी राजनीतिमा सैद्धान्तिक गणितले नेतृत्व पाएनन । भाषाण अंक गणित हो तर भाषाणले वर्ग संघर्षको नेतृत्व गर्न सक्तैन अनि वर्गमुक्तिक कल्पना गर्न सक्दैन । अन्ततगत्व अंक गणितले तानाशाह जन्माउँछ । अब नेकपा एमाले कुरा गरौँ , इतिहासले नेकपा एमालेमा मदन भण्डारी जस्ता योद्ध जन्माए तर अंक गणितको खराव सिद्धान्तले उनी सहित उनको सैद्धान्तिक गणितीय सिद्धान्त नष्ट गरिदिए । अहिले अनुयायी हुँ भन्ने राजनीतिक नेतृत्व उनको बिचार कुरा त गर्छन तर नेतृत्व कहिल्यै सैद्धान्तिक गणितले गर्न पाउँदैनन । अंक गणितको नेतृत्वले नेतृत्व पाउँदा समाजलाई न माथि उठाउन सक्यो न तल नै झर्यो । यस्तो नेतृत्वले समाजलाई माथि उठाउने भन्दा तलतिर भास्ने संभावना बढी हुन्छ । यस्तै क्रियाकलाप एमाले भित्र रहीरहे इतिहासले एकदिन साबित गरिदिन्छ भन्न सकिन्न । अब आयो माओवादी केन्द्रको कुरो , नारा चर्को छ , सिद्धान्तले कल्पना नगरेको कल्पना नगरेको बिचार ताकि नामा माओवादी यथार्थमा मार्क्सवाद नै शब्दकोषमा छैन । माओवादी केन्द्रको भाषाण सुन्दा लाग्छ संसार हल्लिन्छ तर माओवादी केन्द्र लगाम सहितको घोडा बन्न सकेको छैन । देख्दा नि अचम्म लाग्छ सर्वहारा जनताको नेतृत्व इतिहासमा सबैभन्दा बढी नेतृत्व गरेका नेताहरू भन्दा धान्यट्य बन्न सफल ।यसले के अर्थ दिन्छ भन्दा माओवादी केन्द्रले मार्क्सावाद हैन कमाउवादको नेतृत्व गरेको छ भन्ने कुरो प्रष्ठ छ । यदि त्यसो नहुँदो हो त माओवादी राजनीतिको गुरू मोहन बैद्यले किन पार्टी छाडेर त्यही पार्टीको नाममा राजनीति गरे त ? यदि त्यसो होइन त नेत्रबिक्रम चन्दले किन फेरी बिद्रोहाको कुरा गर्दैछ त ? के राजतन्त्रको बिधिवत अन्त भएको हैन र ? अब जनताले यो बुझ्नु जरूरी छ कि माओवादी केन्द्र मार्क्सवादको अंक गणित पनि छैन । अबको बिकल्पको के भन्न प्रश्न उठ्न सक्छ ? राजनीति फरक धार हुन सक्तछ तर प्रतिफल फरक हुन सक्तैन । समाजवादीहरू समाजमा रहित समाजको परिकल्पना गर्न सक्तैन तर साम्यवादीहरू समाजवाद हुँदै साम्यवादको परिकल्पना गर्छ । यथास्थानमा बामपन्थीहरूले साम्यवादको त दुनियाँमा कल्पनाको कुरो धार्मिक अतिवाद बिरूद्धको परिकल्पना सहित जतिवेला सम्म गरिदैन तबसम्म बामपन्थीको गोलो धमिराको गोलो बन्न जान्छ काँग्रेसको समाजवादको गोलो खिया पर्न जान्छ । जनताले तेस्रो बिकल्प बिद्रोह बाहेक अरू बिकल्प रोज्न सक्तैन । त्यसैले आजको आवश्यकता राजनीतिमा सैद्धान्तनिक गणितीय बिचारको नेतत्व हो भन्दा फरक नपर्ला ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु