विदेशी दलालहरूकाे राष्ट्रवादी घट्ट – भरत दाहाल
राष्ट्रवादलार्इ एउटा स्वतन्त्र दर्शनका रूपमा बुझ्ने चिन्तन र प्रवृतिकाे विकास हुन नसक्दा नेपालमा याे मुद्दा विदेशी दलालहरूलार्इ मागि खाने भाँडाे र जनतालार्इ मूर्गा बनाउने खेल भएकाे छ। विदेशी साम्राज्यवादीहरूले अाफ्नाे विरूद्धमा रहेका नेपालीहरूलार्इ स्वतन्त्र रूपमा संगठित हुन नदिएर अाफ्ना दलालहरूकाे वरिपरि घुमार्इ राख्नका लागि यस्ताे चाल सँधैभरि चलिरहन्छन्।
दलालहरूकाे चाल यस्ताे हुन्छ- साेनियाँकाे दलाल सत्तामा गयाे भने सडकमा कराउने विजेपीकाे दलाल राष्ट्रवादी ! विजेपीकाे दलाल सत्तामा गइपछि सडकमा भाैंतारिने साेनियाँकाे दलाल राष्ट्रवादी ! दिल्लीका दलालहरूकाे टीम सत्तामा गएपछि सिअाइएका दलालहरू राष्ट्रवादी ! सत्ता कब्जा गरेकाे एउटा दलालकाे विराेधमा सडकमा बस्ने सबैतिरका दलालहरूकाे माेर्चाबन्दी राष्ट्रवादी !
एउटा दलालले नेपालका विरूद्धमा कुनै काम गर्याे भने त्याे भन्दा कम गर्न पाएकाे राष्ट्रवादी ! अहिलेकाे दलालले गरेका अपराधहरू नयाँ हुने हुँदा याे भन्दा पहिले गरेका अपराधहरू पूराना भैसक्ने हुँदा पहिले अपराध गर्ने दलाल अहिलेका लागि राष्ट्रवादी ! सत्तामा बसेकाे दलाललार्इकुर्सिबाट फ्याँक्नका लागि जस्तासुकैसंग पनि गठबन्धन बनाउनु राष्ट्रवादी ! कुनै व्यक्ति मन नपराउने सबै राष्ट्रवादी !
दलालहरूका बीचमा पनि अन्तर्विराेधहरू हुन्छन्। एउटा शक्तिकेन्द्रकाे दलालकाे अर्काे शक्तिकेन्द्रसंग अन्तर्विराेध हुन्छ। कहिलेकाहिं वार्गेनिङमा सर्त नमिलेर दलाल/मालिकका बीचमा मतभेद हुन्छ। कहिले दुर्इ वा बढि साम्राज्यवादीहरूका बीचमा एक अर्कालार्इ गुल्ट्याउने वा लेनदेनकाे हाेडबाजि भएर एउटाकाे दलालले अर्काे साम्राज्यवादीलार्इ घुर्क्याउन त्यसका विरूद्धमा काम गर्छ। दलका झाेलेहरू याे वा ब्राण्डकाे दलालका वरिपरि कुद्नुकाे कारण यहि अज्ञानता हाे।