आजको केन्दिय अभिभारा नयाँ जनवादी क्रान्ति – पुष्प गोपाल श्रेष्ठ

२०७३ कार्तिक २ गते, मंगलवार

नेपाली समाजमा अत्यन्तै प्रचलित कहावत छ “सुनलाई खोल चाहिँदैन” यो कहावत कुनै गजेदिहरुको बत्यो बादलको ढिस्कोमा महल बनाई रमाई बसेको जस्तो हावादारी गफ होइन । हो त सत्यमा आधारित कहावत हो । दुनियामा सच्चा कम्युनिष्ट एक मात्र यस्तो सजिव प्राणि हो, जो झुठको पर्दाभित्र लुकेर झुठको सहारामा हैन, जीवनको यथार्थतालाई विनालपन छपन स्वीकार्न हिमत राख्छ(गर्र्छ) । र त्यो यथार्थताभित्र गलत मनसायका साथ आफ् नो स्वार्थ अनुरुप बलमिच्चाई प्रवृति लादेर पुरै समाजलाई कुनथित पार्दै आइरहेकोलाई परिवर्तन गर्न चाहन्छ । उनीहरुलाई थाहा छ परिवर्तनको निमित्त बलमिचाई प्रवृतिसंग जुध्न निहत्था मान सिक्ता वोकेर जुध्न सकिन्न । त्यसैले त उनीहरु बलमिचाई विरुद्ध बलप्रयोगको सिद्धान्तलाई स्वीकारेको दुनिया सामु सगौरव उदघोष गर्दछ ।
माक्र्सवाद भनेको कठमुल्लावाद होइन । माक्र्सवाद ठोस अवस्थाको ठोस विश्लेषण गरेर अघिवध्ने विचार हो । माक्र्सवाद दिशा निर्देशन गर्ने सिद्धान्त हो । यसको दिशा निर्देशन ठोस अवस्थाको ठोस विश्लेषणमा आधारित छ । विज्ञानमा आधारित छ । माक्र्सवाद आध्यात्मवाद होइन । भौतिकवाद हो । विज्ञानवाद हो । जति जति विज्ञानको विकाश हुन्छ त्यति त्यति माक्र्सवादको पनि विकास हुन्छ । भन्ने कुरालाई आत्मासात गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको विकषित रुप र सैद्धान्तिक धरातललाई स्विकारी आएका हामी क्रान्तिकारीहरु आज माओवादको अगाडि क्रान्तिकारी शब्दको अलङकार भिराउनु नै पर्ने मनस्थितिमा किन पुगेका होलान भन्ने कुरा बुझि नसक्नु भइदिएको छ । माक्र्सवाद–लेनिनवाद–माओवाद आपैmमा क्रान्तिकारी(अवधारणा, सिद्धान्त) होइन र ? हो भने फेरि त्यो नेत्रहिन मान्छेको नाउँ नेत्रबाहादुर राखेभैंm गरी माओवादको अपव्याख्या हुनेगरि अनावश्यक रुपले शब्दको अलङकारमा आफ्नो अस्तित्व जताउन खोजने जस्तो गलत मानसिकताबाट माथि उठि विशुद्ध क्रन्तिकारी अवधारणाका साथ क्रान्तिकारी आचरणमा लिप्तभई मालेमावादलाई आत्मासातगरि अगाडि वध्नु आजको आवश्यकता हो ।
वर्तमान समयमा हाम्रो केन्दि«य अभिभारा हो नयाँ जनवादी क्रान्तिमा भाग लिन व्यापक जनतालाई संचालित गर्र्नु । यो नयाँ जनवादी क्रान्तिद्वारा साम्राज्यवाद विस्तारवाद तथा यीनकै परछाँया प्रतिक्रियावादी सरकारको तख्ता पल्टाई नेपालको राष्ट्रिय स्वाधिन्ताको समरक्षण गर्दै जनजिविकालाई सहजवनाउनु । जसले यस केन्दि«य अभिभारालाई पर्याप्त महत्व दिंदैन त्यो असल क्रान्तिकारी नेता कार्यकर्ता होइनन् र हुन पनि सक्दैन् । यस केन्दि«य अभिभारालाई जिम्मेवारीपूर्ण सफलिभूत बनाउन व्यापक जनपरिचालन गर्नुको विकल्प छैन भन्ने कुरा हाम्रो नेता तथा कार्यकर्ताहरुले यथेस्तमात्रामा बुझेका छन् भने र यदि उनिहरुले क्रान्तिलाई हर हालतमा मुलुकभर पैmलाउनु परेको छ भन्ने कुरो बुझेका छन् भने उनीहरुले विगतको त्यो ऐतिहासिक दस वर्षिय जनयुद्धकालमा जसरी व्यापक जनताको तात्कालिक हितको समस्या समाधान गर्न आफ्नो दाइत्व सम्झि लागिपरि आएका थिएलाई यथावत कायम् राख्दै, सहरको रमझममा अलझेर उनीहरुको भलाइको समस्यालाई बेवास्ता गर्ने छैनन् वा त्यसको कम मुल्याङ्कन गर्ने छैनन् । नयाँ जनवादी क्रान्ति आम जनताको क्रान्ति हो र आम जनतालाई संचालित गरेर र उनीहरुमाथि भरोसा राखेर मात्र यसलाई चलाउन सकिन्छ ।
यसो भनेर फेरि जन परिचालन गर्नुको नाममा यान्त्रिक रुपले जनपरिचालन गर्न मात्र खोज्यौं भने त्यो सम्भव हुन्न । किनकि यन्त्र संचालन गर्न पनि त त्यसको निमित्त आवश्यक इन्धनसँगै ग्रिज र मोविलहरुको आवश्यक पर्दछ । त्यसैगरि व्यापक जनपरिचालन गर्न पनि उनीहरुको प्रतक्ष भलाइको अर्थात तात्कालिक हितको समस्या–खाद्यान्न, वास तथा कपडा, इंधन, चामल, खानेतेल तथा नून, रोग तथा स्वास्थ्य रक्षा र विवाहका समस्या जस्ता सामाजिक समस्याहरु समाधान गरिदिने तर्पm लाग्नु पर्दछ । यसलाई छोटो अर्थमा भन्ने हो भने आम जनताको दैनिक जीवनमा आइपर्ने सारा व्यावहारिक समस्याहरुप्रति हाम्रो ध्यान जानु पर्छ । र आम जनतासंग प्रतक्ष, सरोकार राख्ने क्रान्तिकारी कार्यक्रम तय्गरी सिंगो पार्टी पङति जनता माझ होमिनु पर्छ ।
क्रान्तिको माला जप्दै वस्नु त ध्वंगिहरुको काम हो । क्रान्तिकारीहरुको हैन । अहिले हाम्रो नेपालको राष्ट्रिय स्वाधिन्ता दिनानु दिन अत्यन्तै जतिल बन्दै गइरहेको छ भने अर्को तर्पm व्यापक जन–जीवन चौतर्पिm संकटको घेरावन्दिभित्र मर्नु न बाँच्नुको दो साँघमा झुन्दिएर बाँच्न वाध्य हुनु परिरहेको स्थिति छ । गत वैशाख १२ गते सिंगो देशलाई लपेटनेगरि आएको महाभूकम्पले आम जनतालाई घरवार विहिन गरि खुल्ला आकाशमुनि त्यो पनि कहिले झरि, हुरि र वाधिको संट्रासमा त अहिले हयुउँदकोे चिसियानमा कथाग्रियर अत्यन्तै कष्टकर जीवन जिउन बाध्य छन् भने अर्कोतिर मुलुकमाथि भारतले गरेको अघोषित नाकावन्दिको फाइदा उठाउँन सत्तासिनहरुको समेत मिलेमतोमा यहाँका काला बजारियाहरुले सृजना गरेको आकाशिन्दो महँगिको मार भोग्न बाध्य व्यापक जन–समुदायलाई हँसिमा उदाउँदै निकम्बा सरकारका वर्तमान प्रधानमन्त्री के.पि. ओली आफ्नो कार्यकर्ताहरु माझ बडो प्रफुलित मुद«ामा हरेकको घरको चुलामा ग्याँस पाइप जडान गरी दिने जस्ता हावादारी र उलफत्याङग आश्वासन बाँधेर हिंड्नुले जनसमुदायको घाउमा मलम पत्ति होइन कि नुन र चुक छरिदिने काम हुनपुग्नुबाट व्यापक जन–समूदाय आक्रोसित बन्न पुगेका छन् ।
हामी मालेमावादी पार्टीका क्रान्तिकारी हुनुकोसँगै देशका जिम्मेवार नागरिक पनि हुनुको नाताले मुलुकमा विद्यमान समस्याहरु अर्थात किसानहरुको भूमि तथा कृषि सम्बन्धि समस्या र मजदुरहरुको श्रम तथा मज्दुरीका समस्यादेखि लिएर इंधन,चामल, तेल र नूनका समस्यासम्म आम जनताको भलाइसित सम्बन्धि रोजगारी जस्ता सबै समस्याहरुप्रति निकट ध्यानद दिनु हाम्रो नैतिक दाइत्व हो । सहर बजारको अस्तव्यस्तता र फोहोर मैलाको व्यवस्थापन तथा गाउँ घरको कुलो कुलेसो, बाल–बालिकाहरु पढने पढाउने पाठशाला, बाटो–घाटो प्ुल तथा जाली फताहाहरुको जगजगी जस्ता जनताको भलाईसित सम्बन्धित यस्ता सबै समस्याहरुलाई हाम्रो कार्य सूचीमा राखिनु पर्छ । हामीले त्यसमा छलफल गर्नुपर्छ , पैmसला लिनुपर्छ । पैmसलालाई कार्यान्वित गर्नुपर्छ र परिणामको जाँचबुझ गर्नुपर्छ । हामीले आम जनतालाई के पक्का विश्वास दिलाउनुपर्छ भने हामी उनीहरुको हितहरुको प्रतिनिधित्व गर्छौ र हाम्रो जिवन उनीहरुको जिवनसित घनिष्ट रुपमा गाँसिएको छ । हामीले आजको जुन उच्चस्तर अभिभाराहरु अर्थात नयाँ जनवादी क्रान्तिका जुन अभिभाराहरु प्रस्तुत गरेका छौ, ति अभिभाराहरुलाई उपयुक्त कुराहरुको आधारमा बुझन जनतालाई मद्दत गर्नुपर्छ, जसले गर्दा उनीहरुले नयाँ जनवादी क्रान्तिलाई समर्थन गर्ने छन् र मुलुक भर त्यसलाई पैmलाउने छन्, उनीहरु हाम्रो राजनैतिक अपिल अनुरुप चल्ने छन् र नयाँ जनवादी क्रान्तिको विजयका लागि अन्तसम्म लड्ने छन् ।
हामीले बिर्सेर पनि के भुल्नु हुन्दैन भने क्रान्तिकारी युद्धका नेता तथा संगठन कर्ता र साथै आम जनताको जिवनका नेता र संगठन कर्ता पनि हौ । त्यसैले नयाँ जनवादी क्रान्तिको संगठन गर्नु र आम जनताको जिवनमा सुधार ल्याउन हाम्रा दुइता प्रमुख अभिभारा हुन् । वास्तविक रुपमा भन्नु पर्दा यस सम्बधमा हाम्रा सामने कार्य–तरिकाको गम्भिर समस्या विधमान छ । हामी अभिभारा त निरधारित गर्ने तर पुरा नगर्ने, अभिभारा निर्धारित गरेर मात्र पुग्दैन, हामीले त्यसलाई पुरा गर्ने कार्य तरिकाको समस्या पनि समाधान गर्नु पर्छ । जस्तो कि हामीलाई नदी तर्नु छ भने नदी तर्न केहि न केहि साधनको आवश्यक पर्छ बिना साधन नदी तर्न सक्दैनौं । साधन भन्नाले पुल, डुङ्गा वा मोटरबाट । यिनीहरुको समस्या समाधान नगरीकन नदी तर्ने कुरो गर्नु अर्थ हिन हुन्छ । यसरी नै तरीकाको समस्या हल नगरीकन अभिभाराबारे चर्चा गर्नु निरर्थक छ ।
हामीले अत्यन्तै महत्वकासाथ जनताको भलाइको समस्यालाई नयाँ जनवादी क्रान्तिको समस्यासित गाँसेर क्रान्तिकारी कार्य–तरीकाको समस्या र आफ्नो क्रान्तिकारी अभिभारा पुरा गर्ने समस्या दुवैको एक–साथ समाधान गर्नु जरुरी छ । यसको निमित्त विवेकपूर्ण ढंगबाट खुव ध्यान दिएर समस्याहरु समाधान गर्दै र शुद्ध दिलले आफ्नो क्रान्तिकारी उत्तरदायित्व वहन गर्नु नितान्त जरुरी छ ।
क्रान्तिकारीहरुलाई पक्कै पनि यो थाहा नभएको कुरो होइन कि आफ्नो केन्दि«य अभिभारा पुरा गर्दै निर्धारित गणतव्य सम्म पुग्न, त्यो आधुनिक हतियारले सुसजित धेरावन्दिलाई नतोदि त्यहाँ पुग्न खोज्नु जाना–जान दुवै अाँखा चिमलेर अकाल मृत्युलाई अङ्गाल्न पुग्नु सरह हो । त्यसैले आफुसँग भएको जाजोल्लेमान माक्र्सवाद–लेनिनवाद–माओवाद जस्तो धारिलो वैचारीक हतियारको अल्लावा फलामको सच्चा किल्ला निर्माण गर्नु अत्यावश्यक छ । त्यस्तो फलामको सच्चा किल्ला भनेको के हो त ? त्यो त आम जनता हुन्, क्रान्तिलाई साँच्चिकै र दिलैदेखि समर्थन गर्ने लाखौं करोडौ जनता हुन । त्यो यस्तो फलामे किल्ला हो, जसलाई कुनै पनि शक्तिले कुनै हालतमा पनि ध्वस्त पार्न सक्दैन, बरु त्यसको उल्टोे, हामी त्यसलाई ध्वस्त पार्ने छौं । करोडौं जनतालाई क्रान्तिकारी नयाँ जनवादी सरकारको वरिपरि एक त्रित पारेर र आफ्नो नयाँ जनवादी क्रान्तिको प्रसार गरेर हामीले सम्पूर्ण नेपालमाथि अधिकार जमाउने छौं ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु