लोकमानमाथिको महाअभियोग पाखण्डिहरुको नौटंकी – हस्तवहादुर केसी
अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि व्यवस्थापिका संसदमा महाअभियोग जुन लगाएर उनलाई गलहत्त्याएर सगरमाथा पल्टाउने जस्तै गरि संसदवादी महाँ भ्रष्टहरुले जसरी सारा लोक हसाईरहेका छन् , यो संसदवादी महाभ्रष्टहरुको नौटंकी नाटक मात्रै हो । लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति गर्न हुदैन , ज्ञानेन्द्र शाहीकालका महाभ्रष्ट,अनैतिक ,पदको दुरुपयोग गरेका व्यक्ति र जनआन्दोलन २०६२/२०६३ का जनदमनकारी र जनहत्यारा प्रमाणित भइसकेका व्यक्ति हुन् , उनलाई कुनै पनि हालतमा अख्तियार प्रमुख जस्तो गरिमामय पदमा नियुक्त गर्न हुदैन भनेर सचेत नेपाली जनता , नागरिक समाज ,बुध्दिजीवि,वकिल,पत्रकार,क्रान्तिकारी क्म्युनिस्ट पार्टीहरूले समेत सडक आान्दोलन गर्दा सम्म पनि सबै कुरालाई मिचेर तत्कालीन ठूला दलका कथित शीर्ष नेताहरू नेकाका सुशील कोइराला ,एमालेका झलनाथ खनाल र एमाओवादीका पुष्पकमल दाहाल प्रचण्डले आफूहरु र आफ्ना दलका महा भ्रष्टहरुलाई भ्रष्टाचारी मुद्दामा नफसाइदिने सर्तमा २०७० साल बैशाख २५ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवद्वारा जवर्जस्त सपथग्रहण गराएर खुसीको स्वास फेरेका थिए ।
उनिहरुले जनताको आवाजलाई कुल्चेका थिए । नेपाली जनतालाई भेडा-बाख्रा सरह तुल्याएका थिए । जनताले पहिलो देखि नै नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घटाएका धमिजा काण्ड , लाउडा काण्ड र एमालेका पालामा नागरिक उड्यान मन्त्री भिम रावलले घटाएको चाइना साउथ यएर काण्ड , वामदेव गौतमको माले कालमा नागरिक उड्डयन मन्त्री यामलाल कंडेलले घटाएको चाइना चेज यएर काण्ड , नेपाली कांग्रेसको गृहमन्त्री कृष्ण सिटौलाले घटाएको सुडान घोटाला काण्डका भ्रष्ट नाइके हरुलाई कार्वाही गर्नु पर्छ भनेर व्यापकरुपमा आवाज उठाउदै आएका हुन । पछिल्लो अबधिमा तत्कालीन एमाओवादी हालको माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड लगाएतका माओवादी लडाकू व्यवस्थापन ( क्यान्टोनमेन्ट ) घोटाला काण्ड लगाएतका भ्रष्टचारिहरुलाई सख्त कार्वाही गरिनु पर्छ भन्ने माग गर्दै आएका थिए ।
माथि उल्लेखित काण्डका महाँ भ्रष्टचारिहरु लगाएत अन्य संसदवादी ,बहुलवादी बिभिन्न पार्टीका भ्रष्ट नेता कार्यकर्ताहरुलाई छानि छानि कार्वाही गर्नु पर्छ भनेर माग गर्दै आएका थिए र छन् ।
२०४६ सालको परिवर्तन पछि गाउँबाट रित्तो झोला खाली चप्पल लगाएर काठमाडौ भित्रिएका कांग्रेस -एमाले लगाएतका बिभिन्न पार्टीका नेता कार्कर्ताहरु पार्टीको आडमा राष्ट्रको ढुकुटिमाथि ब्रह्मलुट मच्चाए,रातारत करोडपति-अरबपति बनेका र काठमाडौं ।तथा मुलुकका अन्य ठूला शहरहरुमा आलिशान महल ठड्याएका भ्रष्ट्रचारिहरु र २०६३ पछि जंगलबाट निस्केर खाली हात काठमाडौं तथा मुलुकका अन्य ठूला शहर पसेका माओवादी का नेता कार्कर्ताहरुले लखनउ लुटको शैलीमा राज्य -कोषको ढुकुटी रित्याएर अकुत सम्पत्ति कमाएका भ्रष्ट हरुलाई सख्त कार्वाही गरेको देख्न चाहन्थे ।
माथि उल्लेखित भ्रष्टाचारिहरुलाई मुद्दा नलगाउने सर्तमा भ्रष्ट तथा अपराधी लोकमानलाई अख्तियार को प्रमुख मा नियुक्त यिनै भ्रष्टाचारिहरुले गरेका हुन ।
सर्त बमोजिम नै लोकमानले पनि माथिल्लो स्तरका एउटा पनि भ्रष्टाचारिलाई छोएन र तलतलका पिउन ,वनपाले ,खरदार ,सुब्बा , प्राइमरी स्कुलका शिक्षकहरुलाई धमाधम छोपेर मुद्दा लगायो । ठूला माछाहरुलाई पनि एकएक गरि समातिनेछ भनेर वेलावखतमा तर्साउने काम मात्रै गर्दै आएको थियो ।
लोकमान सिंह कार्की अख्तियार प्रमुख बन्न अयोग्य भएको साँचो हो । अयोग्यता का विषयलाई लिएर छानविन गर्न भनि सर्वोच्चमा मुद्दा परेको थियो सर्वोच्चले सरकार संग लोकमानको नियुक्ति फाएल माग्यो । माओवादी केन्द्र को प्रचण्ड सरकारले लोकमानलाई बचाउन सकिन्छ कि भन्ने उद्देश्यले कोकमानले दिएको जुक्ति बमोजिम भूकम्प ले सरकारि घर भत्कदा लोकमानको नियुक्तिको फाएल हराएको छ भनेर फाएल लुकाएर सर्वोच्च अदालतलाई ढाँट्ने प्रयत्न गर्यो । तर लोकमानको योजना र प्रचण्डको प्रयासबाट सर्वोच्च ढाँटिएन र सात दिन भित्र पुन: लोकमानको फाएल नपठाएको खण्डमा लोकमानको कार्वाही अगाडि बढाउने निर्णय सर्वोच्चले सुनायो । त्यसपछि हतासमा प्रचण्ड सरकारले लोकमानको फएल अफिसमै रहेछ , पाइयो भन्दै सर्वोच्चमा पठयो।
सर्वोच्चले लोकमानलाई पूर्जी काट्ने भयो । प्रचण्ड सरकारले एकातिर लोकमानलाई बचाउने ध्ययले लोकमानलाई लोकमानला लुक्नका लागि क्यानडा पठइयो । अर्कोतिर यता नेपालमा लोकमानको घरदैलोमा म्याद समेत टाँस गर्न नदिन प्रहरी समेत परिचालन गरपसर्वोच्च बाट खटिएका कर्मचारीलाई खेद्न लगाइयो । अन्तिममा सर्वोच्चले लोकमानको घरमा म्याद टाँस्ने बित्तिकै संसदमा एकातिर लोकमानलाई महाअभियोग लगाउन ११ सदस्यीय आयोग षठन गरि अर्कोतिर माओवादी कन्द्र र एमालेका सभाषदहरुलाई खुसुक्क लगाएर लोकमानका बिरुध्द महाँअभियोग दर्ता गरेर कलाहिन नाटक मञ्चन गरियो ।
वास्तविक कुरा के हो भने लोकमानलाई बचाउने जिम्मा प्रचण्डले लिएका थिए । त्यसो भएर भारतबाट फर्के पछि प्रचण्डले पार्टीका साथीहरू संग भनेका थिए , ” मैले लोकमानलाई भनि सके । अदालतलाई पनि ठिक गरि ढुक्क भएर बसे हुन्छ , अब कोही लाई पक्रदैन ” भनेका थिए । तर सर्वोच्चले लोकमानको घरमा म्याद टाँस्न सफल हुने वित्तिकै अब लोकमाननलाई बचाउन सकिएन लोकमानले हामी सबै भ्रष्टाचारिहरुलाई लाइन लगाएर समात्छ र जेलमा कोच्छ भन्ने सोचेर तुरुन्तै महाभियोग लगाएर लोकमानलाई निलम्बन गराएका हुन ।
लोकमान भ्रष्ट हुन , अनैतिक हुन । उनि जनअान्दोलन २ का दमनकारी हत्यारा हुन । पदको दुरुपयोग गरेका र गर्ने व्यक्ति हुन उनलाई रौ रौ केलाएर कार्वाही गर्नु पर्दछ ।
राज्यका सामु त लोकमान त एउटा व्यक्ति मात्र हो । शक्तिमा भएको वेला तत्कालीन शीर्ष नेताहरु कांग्रेस का सभापति सुशिल कोइराला , एमाले का अध्यक्ष झलनाथ खनाल र एमाओका अध्यक्ष प्रचण्ड यि तिनै जनालाई पहिले कार्वाही गर्नु पर्ने हो । सुशील कोइराला को त मृत्यु भइसकेको छ तर प्रचण्ड र झलनाथ खनाल त जिवितै छा लोकमानलाई भन्दा पहिले प्रच र झलनाथ खनाललाई महाअभियोक लगाइनु पर्दछ । बल्ल पो संसदवादी हरुले भन्ने गरेको कानुनी शासनको कुरा हुन्थ्यो होला ।
संसदीय व्यवस्था भनेको जाली ,फटाह,सिल्ली,ढाँट,भ्रष्ट ,अपराधी ,लुच्चा- लफङ्गाहरु, अनैतिक चोर,डाँकाहरु को व्यवस्था हो । अहिले लोकमानदेखि तर्सिएका भ्रष्ट हरुले जसरी तसरि भए पनि लोकमानलाई हटाएर कांग्रेस , एमालेले आ आफ्ना भ्रष्ट हरुलाई लोकमानको ठाउँमा ल्याउन चलखेल गर्दै छन् ।
यसको निचोड के हो भने आफैले जनताको आवाजलाई कुलचदै बनाएको लोकमानलाई आफैले फाल्ने जुन यि पाखण्डीहरुले नौ टंकी नाटक मञ्चन गर्दै छन् यो जत्तिको हास्यास्पद र जज्जासपद अरु केही पनि हुदैन । संसदीय व्यवस्था को मुख्य विशेषता पनि यही नै हो ।