अमेरिकी ४५ औं राष्ट्रपतिय चुनाव – ट्रंम्फ़लाई किन जिताउने ? – टीकादत्त शिवा

२०७३ कार्तिक १६ गते, मंगलवार

विश्वको सर्वशक्तिमान राष्ट्र भएको हिसाबले अमेरिकी राष्ट्रपतीय चुनावले विश्वका हरेक देशहरुलाई प्रभाव पार्ने गर्दछ । विश्वको अर्थतन्त्र देखि लिएर मध्य पुर्वमा भई रहेको अशान्ति, युरोपमा भैरहेको आप्रवाशीहरुको समस्या मात्र नभएर साउथ एशियामा अमेरिकाको नीति आदिमा समेत अमेरिकाको स्वार्थ र प्रत्यक्ष-परोक्ष भूमिका गाँसिएको छ । अमेरिका आप्रवाशीहरुको देश हो, जहाँ सबै जसो देशका मानिसहरुका आफन्त, नाता गोता कोहि न कोहि बस्छन । यो शक्तिशाली देशको शक्तिशाली पदमा रहेर विश्वलाई डोर्याउने कमाण्डर-इन-चिफको पदमा कसैलाई बहाली गर्नुभन्दा अगाडी त्यो पदमा आसिन गराउन निर्णायक भूमिका खेल्ने भाग्यमानी अमेरिकनहरु र खासगरी भोट हाल्ने हैसियत भएका नेपाली अमेरिकन मतदाताहरुले पनि गम्भीर तरिकाले सोच्नु पर्ने बेला आएको छ ।
“ म राजनीतिज्ञ होइन र हुने इच्छा पनि थिएन । तर जब मैले हाम्रो देशका समस्याहरु देखे, मलाई लाग्यो म अब धेरै चुप लागेर बस्न सक्दिन । मैले केहि गर्नै पर्छ । अहिलेको प्रणाली ध्वस्त भएको छ, परिवर्तन अहिलेको भत्किएको प्रणाली भन्दा बाहिरबाट आउनुपर्छ । वासिंगटनले मेरो क्याम्पेनलाई रोक्न धेरै प्रयास गर्यो । त्यहि नै प्रमाण हो जसले जीवनमा एक पटक आउने परिवर्तनलाई रोक्न खोज्दै छ । म अमेरिकन जनतालाई कोकोहोलो भन्दा माथि उठेर ध्वस्त प्रणालीका विरुद्ध विश्वास र आशावादीतालाई अंगाल्न आग्रह गर्दछु जुन अमेरिकन चरित्रको मुख्य अन्तरवस्तु हो । यो डोनाल्ड जे. ट्रंम्फ़ र अमेरिकन मतदाता विचको करार हो यसले हाम्रो इमान्दारिता, जवाफदेहिता र वासिंगटनमा परिवर्तनका दिनहरु फर्काउन सुरु गर्ने छ । ”
अहिले अमेरिकाका कतिपय राज्यहरुमा प्रारम्भिक मतदान शुरु भैसकेको छ । तर नतिजा चुनावको मुख्य दिन अर्थात ८ नोवेम्बर २०१६ पछि मात्र घोषणा गरिने हुँदा डेमोक्राटिक पार्टी कि उम्मेदवार हिलारी क्लिन्टनले जित्छिन कि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रंम्फ़ले जित्छन यसै भन्न कठिन छ । तथापी विभिन्न सर्वेक्षकहरुले आ-आफ्नो तर्फबाट चुनाव कसले जित्छ भन्ने दावी प्रस्तुत गरिरहेका छन । मुख्य निर्वाचनको दिन अझै ११ दिन बाँकी नै रहेको हुँदा अहिलेसम्मको निर्णायक शक्ति त्यो बिचमा मतदाताहरुको मन कता जाने छ भन्ने कुरामा नै निर्भर छ । विकशित देश अमेरिकाका सचेत मतदाताहरुको निर्णयलाई प्रभाव पार्ने आधारहरु भने उम्मेदवारका गतिविधि र तिनका योजनाहरु नै हुन ।
यस आलेखमा विभिन्न अनलाइन मिडिया, उम्मेदवारका रणनीति र योजना, अन्तर्वार्ता, व्यक्तित्व आदिका आधारमा अमेरिकन राष्ट्रपतिको दौडमा रहेका मुख्य दावेदारहरु मध्ये को चाहिं सहि छन ? कसलाई भोट दिंदा ठिक हुन्छ ? कसले अमेरिका लगायत विश्वलाई योगदान दिन सक्छन ? कुन उम्मेदवारले जित्दा नेपालका निम्ति समेत लाभदायक छ भन्ने निर्क्यौल गर्न नेपाली-अमेरिकन मतदाताहरुलाई मद्दत मिल्ने छ भन्ने विश्वास लिएको छु ।
डोनाल्ड जे. ट्रंम्फ़
डोनाल्ड जे. ट्रंम्फ़का पिता फ्रेडरिक ट्रंम्फ़ जर्मनीबाट सन् १८८५ मा न्युयोर्कमा बसाईं आएका थिए । त्यतिबेलाका प्रसिद्ध रियल स्टेट व्यवशायी फ्रेडरिक ट्रंम्फ़का छोरा डोनाल्ड जे. ट्रंम्फ़ले आफ्नो बाबुको व्यवशायलाई अगाडी बढाऊदै थप व्यवशायिक सफलता हाँसिल गरेका हुन । उनले न्युयोर्कको एलिट वर्गलाई प्रतिनिधित्व गर्दछन । तीक्ष्ण बुद्धि, मेहनती उनी कुशल नेगोसिएटरका साथै आफुलाई खर्बपतिको रुपमा स्थापित गर्ने एक सफल व्यवशायी हुन । उनको विभिन्न समयको भिडियो फूटेज र अन्तर्वार्ता हेर्दा उनलाई जसरी कतिपय मिडियाहरुले नराम्रो व्यक्तिको रुपमा चित्रण गरेका छन, त्यस्तो पटक्कै देखिदैन । यधपी उनी सिधा बोल्ने र खरो स्वभावका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ । पछिल्लो समयमा उनले दिएका अभिव्यक्तिहरुमा अवैध आप्रवाशीहरु प्रति कठोर हुने नीति र उनले महिला प्रति गरेको टिप्पणी निक्कै अलोचनाको विषय बन्यो । यी विषयहरुलाई प्रत्यासी हिलारी क्लिन्टनले मसला र बुट्टा भरेर प्रस्तुत गर्दै मतदाताहरुको ध्यान खिंच्न धेरै हदसम्म सफल भइन ।
के डोनाल्ड जे. ट्रंम्फ़ रंगभेदी हुन ?
अमेरिकाका लागि अवैध आप्रवाशीको समस्या ठुलो टाउको दुखाईको विषय धेरै अगाडी देखि बन्दै आएको हो । वर्तमान राष्ट्रपति बाराक ओबामाले समेत यो विषयलाई समाधान गर्ने छु भनि चुनावी मुद्दा बनाए । तर उनको लगभग ८ बर्षको कार्यकालमा कुनै सफलता हात लागेन । बरु, दिनानुदिन अवैध आप्रवाशीहरु बढ्दै गए र तिनीहरुबाट हुने लागु पदार्थको ओसारपसार लगायत अपराधको शृंखला पनि बढ्दै गयो । हालसम्म अवैध आप्रवाशी समस्यालाई समाधान गर्न कुनै ठोस कदम नचालिएको अवस्थामा कुनै कठोर कदम बिना यो समस्या समाधान हुन नसक्ने देखेर ट्रंम्फ़ले मेक्सिकोसंग जोडिएको दक्षिण तिरको बोर्डरमा पर्खाल लगाउने र अवैध आप्रवाशीहरुलाई डिपोर्ट गरिदिने योजना स्पष्ट रुपमा राखे । यो कदमले निश्चय पनि अमेरिकाको सबैभन्दा ठुलो आन्तरिक समस्या त समाधान हुने नै भयो । तर यसलाई तोड़ मरोड़ गरेर गोरा अमेरिकीहरुको मात्रै हित सोचियो, रंगभेदी नीति भयो भनि विपक्षीहरुले प्रचारप्रसार गरिरहेका छन । वास्तवमा अमेरिकालाई सुरक्षित बनाउदा त्यहाँ बसोबास गर्ने काला-गोरा, हिस्पानिक, ककेसियन, एसियन, ल्याटिन आदि सबै नागरिक सुरक्षित हुने हुन । यहाँ रंगभेदको गुन्जाइस नै छैन । उनले मात्र ‘अवैध’ आप्रवाशीहरुलाई अमेरिकामा प्रवेश कठिन बनाउने भनेका हुन नकी त्यहाँ बसोवास गर्ने वैध आप्रवाशीहरुलाई ! तसर्थ मतदाताहरुले अन्तर्मनले निर्क्यौल गर्न सक्नु पर्छ कि यथार्थ के हो र झुट के हो ।
के डोनाल्ड जे. ट्रंम्फ़ महिलाहरु प्रति नीच दृष्टिकोण राख्दछन ?
करिब ११ बर्ष अघि एउटा बसभित्र ट्रंम्फ़ले महिला प्रति गरेको अश्लिल टिप्पणीको भिडियो केहि साता अघिमात्र सार्वजनिक भयो । महिलाको यौन अंगलाई इंकित गरि बोलिएको त्यो वार्तालाप निश्चय पनि निन्दाजनक छ जसको लागि ट्रंम्फ़ले सार्वजनिक रुपमा नै माफी मागी सके । तर यो घटनाको अर्को पक्ष हेर्ने हो भने अमेरिका त्यति बन्द समाज पनि होइन । वयस्क पुरुष-पुरुष वा महिला-महिला वा महिला-पुरुषका वीचमा बन्द कोठाभित्र हुने यौनिक कुराहरु त्यति असामान्य पनि होइनन । हामी देख्न सक्छौ – हलिवुडका फिल्महरु जसमा यस्ता भाषा र दृष्यहरु सामान्य लाग्ने गर्दछन । तर चुनाव हुनु भन्दा केहि हप्ता अघि मात्र यस्ता भिडियो सार्वजनिक हुनुलाई चुनाव प्रभावित पार्ने उदेश्य हो भनि स्पष्ट बुझ्न सकिन्छ । त्यसपछि पोर्न स्टार लगायत १२ जना महिलाहरुले आफुलाई ट्रंम्फ़ले ‘सेक्सुयल ह्यार्यासमेन्ट’ गरेको अभिव्यक्ति दिएका छन् । ति मध्ये लन्डनबाट प्लेनमा आउदा एक महिला जेसिका लिड्सलाई ट्रंम्फ़ले हातपात गरेको आरोप लगाईरहंदा ति महिलाका विरुद्द त्यो बेला त्यहि प्लेनमा यात्रा गरिरहेका प्रत्यक्षदर्शी ब्रिटिश नागरिक एन्थोनी गिल्बरथोर्पले त्यस्तो केहि नभएको मिडियालाई बताए । एन्थोनीले त्यस्तो आरोप सुन्ने वित्तिकै लण्डनबाट अमेरिका आई मिडियालाई बयान दिएका थिए । यहाँ स्पष्ट हुन्छ कि ति १२ जना महिला मध्ये कतिले सहि भनेका होलान वा नहोलान । प्रश्न यो हो कि यी आरोपहरु चुनावको अन्तिम चरणमा आएर किन सार्वजनिक भयो ?
यी आरोपहरुको बारेमा ट्रंम्फ़ले भनेका छन् उनले ति सबै झुटा आरोपीहरुलाई चुनाव सकिने वित्तिकै कानूनको कठघरा उभ्याउने छन । आशा गरौं, त्यो बेला स्वयं न्यायालयले नै सत्य तथ्य पत्ता लगाउने छ । यहाँ मनन गर्नुपर्ने कुरो के हो भने यी आरोपहरुका पछाडी गम्भीर षडयन्त्र पनि हुनसक्छ जसको वजुद त्यस्ता बयानहरु चुनावलाई प्रभाव पार्ने उदेश्यले अन्तिम चरणमा सार्वजनिक हुनु हो । ति दोषारोपण गर्ने महिलाहरु आफ्नो प्रख्यातिका निम्ति पनि यस्तो घिनलाग्दो हर्कतमा उत्रिएका होलान । कसले जान्दछ !
डोनाल्ड ट्रंम्फ़का योजनाहरु के हुन् ?
ट्रंम्फ़का योजनाहरु बुझ्नका लागि उनले २२ अक्टोबर २०१६ मा गेट्टिस्बर्गमा दिएको स्पीच हेर्दा स्पष्ट हुन्छ । उनले आफु निर्वाचित भएमा निर्वाचित भएको १०० दिनभित्रका एक्सन प्लान स्पष्ट राख्नु भन्दा अगाडी यसो भने –
“ म राजनीतिज्ञ होइन र हुने इच्छा पनि थिएन । तर जब मैले हाम्रो देशका समस्याहरु देखे, मलाई लाग्यो म अब धेरै चुप लागेर बस्न सक्दिन । मैले केहि गर्नै पर्छ । अहिलेको प्रणाली ध्वस्त भएको छ, परिवर्तन अहिलेको भत्किएको प्रणाली भन्दा बाहिरबाट आउनुपर्छ । वासिंगटनले मेरो क्याम्पेनलाई रोक्न धेरै प्रयास गर्यो । त्यहि नै प्रमाण हो जसले जीवनमा एक पटक आउने परिवर्तनलाई रोक्न खोज्दै छ । म अमेरिकन जनतालाई कोकोहोलो भन्दा माथि उठेर ध्वस्त प्रणालीका विरुद्ध विश्वास र आशावादीतालाई अंगाल्न आग्रह गर्दछु जुन अमेरिकन चरित्रको मुख्य अन्तरवस्तु हो । यो डोनाल्ड जे. ट्रंम्फ़ र अमेरिकन मतदाता विचको करार हो यसले हाम्रो इमान्दारिता, जवाफदेहिता र वासिंगटनमा परिवर्तनका दिनहरु फर्काउन सुरु गर्ने छ । ”
भ्रष्ट्राचार रोक्न ट्रंम्फ़का योजनाहरु:
१. पहिलो – कंग्रेसका सदस्यहरुको पदावधि निश्चित समयसम्मका लागि मात्र हुने व्यवस्था गर्न संविधान संसोधनको प्रस्ताव गर्ने,
२. दोश्रो – सेना, सार्वजनिक सेवा र सार्वजनिक स्वास्थ्य बाहेकका संघिय कर्मचारीहरुको भर्नालाई कम गर्ने,
३. तेश्रो – हरेक संघीय कानुनका लागि २ वटा नियमहरुलाई खारेज गर्ने,
४. चौथो – व्ह्वाइट हाउस र कंग्रेसका पदाधिकारीहरुको सेवा समाप्त भएपछि ५ बर्षसम्म पैरवी हुन निषेध गर्ने,
५. पाँचौं – व्ह्वाइट हाउसका पदाधिकारीहरुले विदेशी सरकारको पैरवी गर्न जिन्दगीभरका लागि निषेध गर्ने,
६. छैटौं – अमेरिकाको चुनावका लागि विदेशी पैरवीहरुले आर्थिक चलखेल गर्न पूर्णतया निषेध गर्ने,
अमेरिकन कामदारहरुको हितलाई रक्षा गर्न ट्रंम्फ़का योजनाहरु:
१. पहिलो – NAFTA सम्झौताका बारेमा पुन:विचार गर्ने वा त्याग्ने,
२. दोश्रो – Trans-Pacific सम्झौतालाई त्याग्ने,
३. तेश्रो – चीनलाई मुद्रा हेरफेर गर्ने राष्ट्रको रुपमा लेबल लगाउने,
४. चौथो – अमेरिकी कानून तथा अन्तराष्ट्रिय कानूनको उल्लघंन गर्दै भएका सम्झौताहरुलाई पहिचान गरि त्यसको छानविन गर्ने,
५. पाँचौं – ५० ट्रिलियन डलर बराबरको जागिर दिन सक्ने अमेरिकाको उर्जा, ग्यास र सुद्ध कोइलाको उत्पादनमा भएको बन्देजलाई हटाउने,
६. छैटौं – उर्जाको क्षेत्रमा ओबामा र क्लिन्टनले गरेका अबरोधहरुलाई हटाउने र Keyston Pipeline जस्ता परियोजनाहरुलाई अघि बढाउने,
७. सातौं – संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनका कार्यक्रमहरुलाई तिर्नुपर्ने खर्बौं डलर रद्द गर्ने र सो रकम अमेरिकाको पानी एवम पर्यावरणिय पूर्वाधार निर्माणमा लगाउने
सुरक्षा र संविधानको रक्षा गर्न ट्रंम्फ़का योजनाहरु:
१. पहिलो – राष्ट्रपति ओबामाले जारि गरेका सबै असंवैधानिक कार्य, ज्ञापन र आदेश खारेज गर्ने,
२. दोश्रो – न्यायाधिश स्कालिया लगायत २० जनालाई पदपूर्ति गर्ने जसले अमेरिकाको संविधानलाई रक्षा गर्नेछन,
३. तेश्रो – Sanctuary शहरहरुलाई दिईएको सबै खर्च खारेज गर्ने,
४. चौथो – २ मिलियन अपराधिक अवैध आप्रवासीहरुलाई हटाउने र तिनको भिजा खारेज गर्ने,
५. पाँचौं – आंतकवादबाट प्रभावित क्षेत्रका आप्रवासीहरुको आवेदनलाई निरुत्साहित तथा विशेष निरीक्षण गर्ने
ट्रंम्फ़ले कंग्रेसमा निम्न व्यवस्थाहरु लागु गराउन लड्ने घोषणा गरेका छन् :
१. मध्यम वर्गलाई ट्याक्समा राहत दिने सरलीकृत ऐन बनाउने,
२. अमेरिकन कम्पनीहरुलाई पलायन हुन् रोक्न Offshoring Act लाई अन्त्य गर्ने,
३. उर्जा र पूर्वाधारको विकाशका लागि आगामी १० वर्षसम्म १ ट्रिलियन बराबरको निजि-सार्वजनिक साझेदारीमा लगानी गर्ने,
४. बच्चाहरुलाई आफ्नो इच्छा अनुसार सार्वजनिक, निजि, चार्टर, धार्मिक स्कुल वा घरमा पढन दिने । common core शिक्षालाई अन्त्य गर्ने र स्थानीय समुदायहरुको सुपरिवेक्षण निहित गर्ने,
५. ओबामा केयर स्वास्थ्य विमा ऐन हटाउदै स्वास्थ्य सेभिंग एकाउन्टद्वारा किफायती र सरल स्वास्थ्य सेवा प्रदान गर्ने,
६. थोरै आम्दानी गर्ने परिवारसंग मिल्ने गरि बालबालिका तथा प्रौढका निम्ति खर्च ट्याक्सबाट कटौती गर्न सकिने व्यवस्था गर्ने,
७. अवैध आप्रवासी कानूनलाई खारेज गर्ने,
८. समुदायको सुरक्षाको लागि सामुदायिक सुरक्षालाई पुनर्बहाली गर्ने,
९. राष्ट्रिय सुरक्षा ऐनलाई पुनर्बहाली गर्ने,
१०. वासिंगटनको भ्रष्ट्राचारलाई अन्त्य गर्ने
ट्रंम्फ़का योजनाहरु मुख्यतया उनको नारा – Make American Great Again झैं पहिला अमेरिकालाई बनाउने तिर लक्षित छन । वास्तवमा अहिले अमेरिका कठिन अवस्थामा गुज्रिरहेको यथार्थ हो । आर्थिक बृद्दि मात्र १% प्रक्षेपण गरिएको परिप्रेक्षमा उनको यो नारा अत्यन्तै सान्दर्भिक पनि छ ।
हिलारी क्लिन्टन
स्कुले जीवन देखि नै राजनीति प्रति रुचि भएकी हिलारी क्लिन्टनको राजनीतिक यात्रा निक्कै लामो छ । उनका श्रीमान तथा पुर्व राष्ट्रपति बिल क्लिन्टनको ८ बर्षको कार्यकाल देखि लिएर पुर्व परराष्ट्र सचिव र न्युयोर्क राज्यको सिनेटरका रुपमा उनले देशको केन्द्रिय भूमीकाहरु निभाउदै आएकी छिन । उनी अत्यन्तै महत्वाकांक्षी, स्वार्थी र शक्ति कि पुजारी महिला हुन । बिल क्लिन्टनसंगको उनको पारिवारिक र राजनीतिक जीवनको सहयात्रालाई हेर्ने हो भने उनले बिल क्लिन्टनका अवैध यौन सम्बन्धहरुलाई ढाकछोप गर्ने र सार्वजनिक भई सकेका घटनाहरुमा आफैंले जसलिने जस्ता सम्मका कामहरु गर्ने गरेको पाइन्छ ।
बिल क्लिन्टन राष्ट्रपति हुँदा एक जना पत्रकार सोधेका थिए – “तपाईहरुले बिहे गरेको हो कि एरेन्जमेन्ट गरेको हो” ?
जवाफमा क्लिन्टनले आक्रामक रुपमा “ एरेन्जमेन्ट होइन, बिहे नै हो ” भन्ने जवाफ दिएका थिए ।
पत्रकारले यो प्रश्न सोध्नुका पछाडी बिलका हरेक गल्तिहरुलाई हिलारीले ढाकछोप गर्नु रहेको छ । यति मात्रै होइन, यौन काण्डका कारण बिल क्लिन्टनको प्रतिष्ठामा आँच आएपछि ती घटनाबाट कसरी हिलारीको राजनैतिक छवि उजिल्याउन सकिन्छ भन्ने सोंचमा समेत छलफल गरि उनले आफ्नो राजनीतिलाई अगाडी बढाएकी छिन । उनी महिला भएर पनि महिला प्रति भएको अन्यायमा पुरुष कै पक्षपोषण गर्दै आएकि थिइन । उदाहरणका लागि पौला जोन्ससंग बिल क्लिन्टनको सम्बन्धलाई बाहिर आउन नदिन हिलारी क्लिन्टनले ८ लाख ५० हज्जार डलरमा सम्झौता गरेकी थिइन । एक बाह्र बर्षीय बालिकाको बलात्कारको मुद्दामा उनि प्रतिरक्षा वकिल हुँदा ति बालिका प्रति भएको निर्मम घटनामा बेस्सरी हाँस्दै खिल्ली उडाएकि थिएन । बिल क्लिन्टनले गरेका अनेकन महिला यौन शोषणकाहरुमा पिडित महिलाहरुलाई यतिसम्म सताएकि छिन् कि कतिपय महिलाहरुले हिलारीलाई एक भयानक, निर्मम राक्षसी महिलाको रुपमा चित्रण गर्ने गरेका छन् । यसबाट स्पष्ट हुन्छ कि उनी महिला भएर पनि महिलाका पक्षमा कहिल्यै थिईनन ।
विकिलिक्स र हिलारी क्लिन्टनका इमेलहरु :
विकिलिक्सका संस्थापक जुलियन असाञ्जका बारेमा कुनै बेला हिलारी क्लिन्टनले भनेकी थिइन – ‘ किन हामी यो मान्छेलाई ड्रोंन हान्न सक्दनौ ? ’
यसबाट स्पष्ट हुन्छ उनि विकिलिक्स प्रति कति रुष्ट छिन् । हुन पनि पछिल्लो लगातार २२ दिनदेखि विकिलिक्सले हिलारी क्लिन्टनका क्याम्पेन म्यानेजर जोन पोडेस्टाका इमेलहरु खुलासा गर्दै आएको छ जसबाट हरेक दिन उनका काला कर्तुतहरु विश्वले थाहा पाउदै छ । उनले गरेका भ्रष्ट्राचार, क्लिन्टन फाउन्डेसनमा लिएको करौडौं डलर डोनेसन, जोन सोरोस जस्ता विवादास्पद व्यक्तिबाट प्राप्त आर्थिक सहयोग, वाल स्ट्रीटमा उनले आफ्नो बारेमा भनेको दोहोरो व्यक्तित्व – ‘ म व्यक्तिगत हिलारी क्लिन्टन र सार्वजनिक हिलारी क्लिन्टन हुँ ’ तथ्य, युरेनियम बिक्रि गर्ने अधिकारको काण्ड आदि इत्यादि ।
विकिलिक्स साच्चिकै उनको राष्ट्रपतीय क्याम्पेनका लागि तगारो बन्दै गएको छ । यहि बिचमा उनको क्यामेंनले विकिलिक्सको सर्भर ह्याक गर्ने असफल कोशिस समेत गरेको खुलासा जुलियन असाञ्जले गरेका छन । विकिलिक्सले अहिलेसम्म जोन पोडेस्टाका ५० हज्जार मध्ये ३५ हज्जार इमेल सार्वजनिक गरिसकेको छ र नोवेम्बर ८ सम्म सबै इमेलहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । यस बीचमा अन्य कति उनका ‘कच्चा चिट्ठा’ खोलिने हुन् हेर्न बाँकि नै छ । उनको अपराधको गाम्भीर्यताका बारेमा जुलियन असाञ्जलाई रसियन टुडेले सोधेको एक प्रश्नका सम्बन्धमा असाञ्जले भनेका छन् – ‘उनी राष्ट्रपतिका लागि होइन बरु जेल जान सक्ने पर्याप्त आधारहरु हामीले प्राप्त गरिसकेका छौं ।’
हिलारी क्लिन्टन र मेन स्ट्रिमका मिडिया
यस पटकको राष्ट्रपति निर्वाचनमा अमेरिकाका मेन स्ट्रिमका धेरै जसो मिडियाहरु अभुतपुर्व रुपमा एकपक्षीय भएको पाइयो । सीएनएन, एबिसी, एमयसएन विसी, न्युयोर्क टाइम्स, वाशिंगटन पोस्ट जस्ता प्रख्यात मिडिया हाउसहरु स्पष्ट रुपमा हिलारीको पक्षमा रहेका छन । न्युयोर्क टाइम्सले त यतिसम्म भन्यो कि – ‘ हामीलाई थाहा छ पत्रकारिताको आचार संहितालाई हामीले उल्लघन गरेका छौँ तर हामीलाई यसले फरक पार्दैन । हामीलाई डोनाल्ड ट्रंम्फ़लाई हराउनु छ ’ ।
मिडिया हाउसले उम्मेदवारहरुलाई गर्ने आर्थिक सहयोगमा क्लिन्टनले १ लाख १४ हज्जार डलर प्राप्त गरेकी छन् भने ट्रंम्फ़ले मात्र १४ हज्जार प्राप्त गरेकैबाट स्पष्ट हुन्छ कि अधिकांश मिडियाहरु क्लिन्टनको पक्षमा र ट्रंम्फ़को विपक्षमा रहेका छन । यस विषयमा ट्रंम्फ़ले भन्ने गरेका छन् – ‘ क्लिन्टनले कैयौं कर्पोरेट हाउसबाट सहयोग प्राप्त गर्नु अश्वभाविक होइन किनकी उनी तिनैका लागि काम गर्छिन ।’
हिलारी क्लिन्टनले डिलिट गरेका इमेल र एफ बि आईको पुन: छानविन:
हिलारी क्लिन्टनको सबैभन्दा ठुलो टाउको दुखाईको विषय उनले परराष्ट्र सचिव हुँदा प्रयोग भएको इमेल डिलिट गर्दाको काण्ड हो । उनले आफु परराष्ट्र सचिव हुँदा ३५ हज्जार वटा इमेल प्राप्त हुनै नसक्ने गरि डिलिट गरेकी थिइन् । उनले संघिय सरकारका इमेलहरुलाई आफ्नो घरको सर्भरमा राख्ने गरेकी थिइन । कंग्रेसले उनलाई ‘सपिना’ आदेश जारि गरेपछि पनि उनले ती इमेल र १३ वटा मोबाइल डिभाइसहरु समेत ह्याम्मर हानेर ध्वस्त बनाएकी थिइन । यो नितान्त अपराधिक कार्य थियो ।
यो घटनाले लगभग उनलाई राष्ट्रपतिको उम्मेदवार हुनबाटै रोक्ने परिस्थिति बन्दा बन्दै पनि एफ बि आईले त्यो बेला मुद्दा नलगाउने भएपछि बालबाल बचेकी थिइन । तर चुनाव हुनुभन्दा मात्र ११ दिन अघि एफ बि आईले यो मुद्दा उपर अपराधिक छानविन पुन: शुरु गरेको छ । एफ बि आईले पुन: छानविन गर्नुका पछाडी हिलारी कि मुख्य सहयोगी हुमा अबेदीनका श्रीमान एन्थोनी विनरका वीचमा हिलारी क्लिन्टनसंग सम्बधित राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने विषयहरुको संदेश आदान-प्रदान भएको तथ्य फेला परेको कारण रहेको छ । एफ बि आईको यो कदम हिलारीका निम्ति फलामको च्युरा सावित हुने पक्का छ । यदि एफ बि आईले दावी गरे झैँ प्रमाण फेला पर्यो भने हिलारीले चुनाव जितिन नै भनेपनि जेल जानुपर्ने हुन्छ । त्यो भन्दा अगाडी नै उनको चुनावी दौडलाई नै यो घटनाले नराम्ररी प्रभावित पार्ने निश्चित छ जसले गर्दा उनी प्रति मतदाताको विश्वास झन् गुम्न गई सम्भवत चुनाव नै हार्न पनि सक्छिन ।
हिलारी क्लिन्टन राष्ट्रपति किन हुनु हुँदैन ?
हिलारी क्लिन्टन किन राष्ट्रपति हुनुहुदैन भन्ने विषयमा २०० वटा प्रमाण सहितका कारणहरु यहाँ पढ्न सकिन्छ, एक पटक हेरौं:
भोट कसलाई दिने त ? नेपाल र नेपाली-अमेरिकनको हित कसले जित्दा हुन्छ ?
हिलारी क्लिन्टन किन राष्ट्रपति हुनुहुदैन भन्ने विषयमा २०० वटा प्रमाणहरु र माथि चर्चा गरिएका कारणहरुबाट समेत स्पष्ट भैसके पछि ट्रंम्फ़ र हिलारी मध्ये हिलारी गम्भीर अपराधिक कार्यमा संलग्न उम्मेदवार हुन् भने ट्रंम्फ़ तुलानात्मक रुपमा धेरै हदसम्म सफल, इमान्दार, स्पष्ट र आशावादी उम्मेदवार हुन । हिलारीले आफ्ना योजनाहरु कहीं कतै स्पष्ट रुपमा राखेकी छैनन । मात्र ट्रंम्फ़ले महिला प्रति गरेको भनेको टिप्पणीलाई बारम्बार मतदाताहरुको कानमा भरेर ट्रंम्फ़लाई महिला विरोधीको रुपमा प्रस्तुत गर्दैमा उनले आफुलाई ट्रंम्फ़ भन्दा अब्बल दावी गर्न सक्दिनन ।
ट्रंम्फ़ले अरु केहि गर्न सकेनन भने पनि कम्तिमा अमेरिकालाई आर्थिक क्षेत्रमा निश्चित सुधार गर्ने छन् जुन अमेरिकाको लागि अहिलेको चरम आवश्यता हो । ट्रंम्फ़को जीवनको सफलतालाई हेर्दा पनि मतदाताहरु यस विषयमा आस्वस्त हुनसक्छन । वास्तवमा उनी यति धनि छन् कि धन कमाउनलाई उनले भ्रष्ट्राचार गर्नुपर्ने कारण छैन, तर हिलारीले राजनीतिलाई धन कमाउने अस्त्रको रुपमा प्रयोग गर्दै आएकी छिन । कम्तिमा पनि क्लिन्टन फ़ाउण्डेसनले आर्जन गरेको अकुत सम्पतिले यहि नै पुष्टि गर्दछ ।
ट्रंम्फ़ले अमेरिका भित्र रोजगारीहरु सिर्जना गर्ने छन जसबाट अमेरिकी जनता सहित नेपाली-अमेरिकनहरु समेत लाभान्वित हुनेछन । ट्रंम्फ़ले लागु पदार्थको ओसारपसारलाई रोक्नका निम्ति समेत दक्षिणतिरको बोर्डरलाई अझ सुरक्षित बनाउने छन जसले अमेरिकावासीहरुलाई खतरनाक अपराधीहरुबाट धेरै हदसम्म सुरक्षित राख्ने छ ।
ट्रंम्फ़ले पहिला आफ्नो देश बनाउने तथा देश भित्रको समस्या समाधान गर्ने विषयलाई धेरै नै महत्व दिएको हुँदा उनी राष्ट्रपति भएपछि अमेरिकाको अन्तराष्ट्रिय क्षेत्रमा अनावश्यक हस्तक्षेप तुलनात्मक रुपमा कम हुने अपेक्षा गर्न सकिन्छ । यसले विश्वमा धेरै हदसम्म शान्ति कायम हुने अपेक्षा पनि गर्न सकिन्छ । ट्रंम्फ़ राष्ट्रपति भएमा विश्वका शक्तिशाली राष्ट्रहरु रुस र चीनसंग अमेरिकाको सम्बन्ध अहिले जस्तो चिसो र शत्रुतापुर्ण हुने संभावना कम रहन्छ, मध्यपुर्व लगायत विश्वका द्वन्दरत राष्ट्रहरुमा पनि शान्ति छाउन सक्छ ।
ट्रंम्फ़ राष्ट्रपति भएमा निश्चित रुपमा आप्रवासी कानून कडा हुने अपेक्षा गर्न सकिन्छ जसले गर्दा अवैध आप्रवासीहरुको प्रवेश लगभग कठिन नै हुने छ । यसले गर्दा नेपाल लगायत अधिकांश विकासोउन्मुख देशहरुले भोग्ने गरेको बौद्धिक र दक्ष शक्तिको पलायन रोकिन ठुलो मद्दत गर्ने छ । ट्रंम्फ़ले भने जस्तै – ‘ एकै ठाउँमा अति धेरै शक्ति संचय हुनु हुँदैन ’ झैँ संसारभरिका सक्षम र बौद्धिक व्यक्तिहरु अमेरिकामा मात्रै थुप्रिंदा अन्य देशहरुको विकाशमा प्रतिकुल असर परिरहने छ । ट्रंम्फ़ राष्ट्रपति भएमा नेपाल जस्तो देशले भोग्दै आएको सबैभन्दा ठुलो बौद्धिक पलायनको समस्या धेरै हदसम्म कम हुनसक्छ ।
अन्त्यमा, बिल र हिलारी क्लिन्टनको शासन अमेरिकी जनता र विश्वले देखेकै हो । हिलारीले बिल क्लिन्टन र ओबामाको लिगेसी नै पछयाउने हुन जुन धेरै हदसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा असफल सिद्ध भईसकेको छ । तर ट्रंम्फ़ जस्ता रचनात्मक र फ्रेस राजनीतिक व्यक्तिको शाषन अमेरिकी जनता तथा विश्वले देख्न पाएको छैन । कुनै पनि देश सफल र शक्तिशाली तब हुन्छ जब त्यो देशको अर्थतन्त्र मजबुत हुँदै जान्छ – दृष्टान्त चीनलाई हेरौं । यस पटक अमेरिकाले एक जना सफल व्यवशायीलाई राष्ट्रपतिको उम्मेदवार पाएको छ जसलाई थाहा छ ‘ हाउ टु मेक मनि ’ ! त्यसैले, यस पटकको अमेरिकी चुनावमा सबैभन्दा सहि उम्मेदवार डोनाल्ड जे. ट्रंम्फ़ नै हुन । ट्रंम्फ़लाई भोट दिएर जिताएमा नै अमेरिकन जनता, अमेरिका, नेपाली-अमेरिकन समुदाय, नेपाल लगायत विश्व कै हित हुन्छ । रोजाई मतदातामा निहित छ !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु