लोकमान र सुजाताको चर्चा : संसदीय व्यवस्थाको उपज – हस्तवहादुर केसी
हिजो अाज सडकमा ,सदनमा ,सरकारमा ,पसलमा ,होटलमा ,घरघरमा जताततै लोकमान सिंह कार्की र सुजाता कोइरालाको चर्चा छ । यो कुनै नौलो कुरा होइन , यो त संसदीय व्यवस्था को उपज हो , संसदीय व्यवस्था को परिणाम हो । संसदीय व्यवस्था ले गर्ने काम यस्तै हुन्छ ।
यही भएर त माओले भनेका थिए ” संसदीय ( संसद ) व्यवस्था भनेको खसीको टाउको झुन्डाएर भित्र कुकुरको मासु बेच्ने पसल हो ।” हो , अाज आएर माओका यी भनाइहरु प्रमानित भइरहेका छन् । यो कुरा अाज नेपालमा लागु भइरहेको छ ।
हिजो जति बेला महान दश वर्षे जनयुद्धको नेतृत्व गरेका थिए , प्रचण्डले त्यतिबेला उनले सहि कुरा बोल्थे, सहि काम गर्थे । कमिकम्जोरिका बाबजुद प्रचण्डले महान दश वर्षे जनयुद्धको राम्रो नेतृत्व पनि गरेका थिए प्रचण्डले । त्यसको सहि मूल्यांकन पनि भएको छ ।
जव प्रचण्डमा विचलन अायो , तव उनले मालेमावादका सैधान्तिक मूल्य , मान्यताहरुलाई तिलाञ्जली दिदै गए । सर्वहारा वर्गको साथ छोडे , अाफ्ना सहयोध्दाहरुलाई लत्याएर प्रतिक्रियावादी वर्गका नेताहरुसित साथसंगत बढाउदै लगे । प्रतिक्रियावादी राजनीतिक शक्तिमा सामेल हुदै गए ।
परिणाम त: दश वर्ष सम्म जनयुद्ध लडेर अाएएको माओवादी पार्टी फुटेर टुक्रा टुक्रा हुन पुग्यो । माओवादीहरुले प्रचण्डलाई माओवादी कै नेता बनाउन चाहन्थे,सर्वहारा वर्गकै नेता बनाई राख्न चाहन्थे । तर उनिहरुको प्रयास सफल भएन । प्रचण्ड प्रतिक्रियावादी कित्तामा सामेल हुन पगे । प्रचण्डले वर्गलाई मात्र छोडेनन् , उनलेे महान जनयुद्धका प्रक्रिया अन्तर्ग निर्माण गरिएका जनसत्ता ,जनअदालत,जनसरकार, जनमुक्ति सेना हतियार सबै प्रतिक्रियावादी सत्तालाई बुझाएर र अहिले प्रचण्ड प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्न पुगेका छन् र प्रतिक्रियावादी हरुले जे जे गर भन्दछन्, त्यही त्यही गर्दै अगाडि बढी रहेका छन् । लोकमान सिंह कार्की र सुजाता कोइराला प्रकरण को परिणाम पनि यही नै हो ।
प्रचण्डले वर्ग मात्रै छोडेनन् उनलेे वर्गीय रुपमा अात्मसमर्पण गर्न पुगे । राष्ट्रिय , अन्तर्राष्ट्रिय रुपमा अात्मसमर्पण गर्न पुगे । प्रचण्डले साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर अात्मसार्पण गर्न पुगे र पुरै संसदीय व्यवस्था को दलदलमा उम्कनै नसक्ने गरि डुब्न पुगे ।
यसले महान नेपाली क्रान्ति लाई अपुरणीय क्षति हुन पुग्यो । अान्दोलन विभाजित भयो । शत्रु ले मौका पायो र चौका हान्न सफल भयो । ” भाई फाटे गंवार लुटे ” भन्ने भनाई चरिरार्थ हुन पुग्यो । शत्रु बलियो बन्यो ।
यही कारणले अाज महान जनयुद्धका शहिद,वेपत्ता, घाइते , अपाङ्ग अादिको जिन्दगी हालत छ तर प्रचण्ड चाँहि अाफना वरिपरिका अवसरवादीहरुको एउटा सानो झुन्ड लाई लिएर भारतीय विस्तारवादको कठपुतली प्रतिक्रियावादी सरकारको नेतृत्व गर्न पुगेका छन् र यही हो कम्युनिस्ट सरकार ,यही हो माओवादी सरकार भनेर नेपाली जनतामा व्यापक रुपमा भ्रम छरिरहेका छन् ।
अाज माओवादी सरकार मा ।अाजै इतिहासमै सबैभन्दा बढी महंगि बढिरहेको छ। कालाबजारीले सिमा नाघेको छ।तस्करि र भ्रष्टाचार इतिहासमै मौलाएको छ। कतै कार्वाही छैन । झनै प्रोत्साहन भइरहेको छ।
बेरोजगार समस्या किकराल कनिरहेको छ । लाखौं युवाहरु विदेशतिर पलायन भइरहेका छन् र शासकहरु रिमिटेन्सले मुलुक चलेको छ भनेर विनलाजै बगवास गरिरहेका छन् ।मुलुक इतिहास मै अस्तव्यस्त हुन पुगेको छ।
अाज जनता मुक्ति चाहन्छन् , देश स्वाधीनता चाहन्छ । तर शासक वर्ग र उसको प्रतिक्रियावादी सरकारले राष्ट्रिय स्वाधीनता माथि धावा बोलिरहेको छ । यसले राष्ट्रिय स्वाधीनता लाई बन्धकिमा राखेर सरकार चलाउन खोजिरहेको छ ।
गत महिना सत्ता जोगाउने उद्देश्यले नेपाल का प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सित २५ बुंदे राष्ट्र घाति संझौता गरेर विगतका शासकहरुले गर्दै आएको राष्ट्र घातको स्रिंखलामा अर्को नयाँ ईटा थप्न सफल भएका छन् ।
प्रचण्ड मण्डलिले कम्युनिस्ट का नाममा , माओवादीका नाममा कलंक फैलाइरहेका छन् ।
यति हुदाहुदै पनि महान नेपाली क्रान्ति अर्थात् महान नयाँ जनवादी क्रान्ति सम्चार गर्ने उद्देश्यले बैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी ) र विप्लवले नेतृत्व गरेको नेकपा ( माओवादी ) ले अा अाफ्ना रणनीतिक कार्योजनाहरु अगाडि बढाइरहेका छन् । यसका लागि क्रान्तिकारी हरुका विचमा ध्रुवीकरण र एकिकरणको अावश्यक्ता हुन्छ । त्यो प्रक्रिया पनि समयक्रममा निस्चित रुपमा अगाडि बढिरहने छ । क्रान्तिलाई कुनै पनि शक्ति ले रोक्न सक्तैन । क्रान्ति अवस्यमभावी छ ।
‘सरकारमा बस्नेहरूले अन्न नखाए हुन्छ ‘
वर्तमान भारतीय विस्तारवादको कठपुतली सरकारमा बसेकाहरुले अब अन्न नखाएर घाँस खादा राम्रो होला किनभने पशुले घाँस खान्छ ,उसलाई कुनै लाज घिन हुदैन । अाज नेपालको सरकारमा बसेकाहरुलाई पनि कुनै लाज छैन । मान्छेसँग त लाज घिन हुन्छ , सरम हुन्छ , नैतिकता हुन्छ तर अाज सरकारमा बसेकासंग यी चिजहरु केही पनि छैनन् ,त्यसैले उनिहरुले अन्न नखाएर घाँस खादा राम्रो हुन्छ ।
सुजाता कोइराला को हो ? उसंग कति धन सम्पत्ति छ ? सबैलाई थाहै छ । सुजाता कोइराला भूपू प्रधानमन्त्री गिरिजाप्रसाद प्रसाद कोइरालाकी एक्लि छोरी हुन् । गिरिजाका अन्य सनतान छैनन् । गिरिजाप्रसाद कोइरालाले अाफू पटकपटक प्रधानमन्त्री हुँदा धमिजा एयर घोटाला काण्ड , लाउडा एयर काण्ड घटाउदा मुलुकको अाधा सम्पति कुम्ल्याएका थिए । त्यो सम्पति कहाँ गयो ?
२०४७ सालको परिवर्तन पछि नमरुन्जेल पटकपटक गरि कोइराला करिब १३ वर्ष जति प्रधानमन्त्री हुदा उनले खुमबहादुर खड्का , चिरञ्जीवी वाग्ले , जयप्रसाद गुप्ता ,विजयकुमार गच्छदारलगायतका करिब ५ दर्जनभन्दा बढी भ्रष्टचारिहरुलाई कज्याउदा उनिहरुबाट आएको अरबौ रकम सुजाताले कहाँ हालिन र उपचार खर्च सरकारसग मागिन ?
यति ठूलो भ्रष्टाचारीलाई जनताको यति ठूलो बिरोधलाई सुन्दै नसुनि सुजातालाई लाजै नमानि रु.५००००००/- ( पचास लाख ) दिने सरकारमा बस्नेहरूले अन्न नखाई घाँस खानु बेस हुनेछ ।