वर्गीय समाजको अनिवार्य शर्त सर्वहारा अधिनायकवाद – पुष्प गोपाल श्रेष्ठ
विश्व राजनैतिक रङ्गमञ्चमा देखापरिरहेको मौजुदा स्थितिलाई सरसरति होइन, राजनैतिक रुपले गम्भीरता साथ अरु गहिरिएर जिम्मेवारीपूर्ण तरिकाले निहाल्नु पर्छ । विश्वका एकाध बाहेक अरु सब आ–आफ्ना राष्ट्रिय सीमाभित्र देख्नमा त बेग्ला बेग्लै राज्य व्यवस्था देखिएका छन् । तथापि स्वरुप अनि आकारप्रकारमा भिन्न देखिएता पनि भित्रीयसार चाँहि उही एउटै रहनु अनौठो मान्न सकिन्न । हो जहाँ जुन वर्गको वाहुल्यता मजबुत छ, मजबुत पकड छ । त्यहाँ त्यही वर्गको अनि वर्गीय हितार्थ अनुरुपको राज्य संरचना कायम रहिआएको छ । यसै परिवेषभित्र आफ्नो वर्गीय चरित्र अनुरुपको स्थापित राज्य संरचनालाई बिना हिचकिचाहट स्वीकार्ने सर्तमा अनेकन नाउँको राजनैतिक दल खडा गर्नु गराउनु अनि यसैलाई माध्यम बनाई आपूm खुसी खेल खेलाउन तयार प्रजातान्त्रिक परिपाटी नाउँको खेल मैदान तयार पारी रमाइआएका छन् । यस खेल मैदानका प्रमुख अम्पायर स्वघोषित राष्ट्र प्रमुख हुन् जो आपूmलाई मानव समाजको उपल्लो दर्जाका हुँ भनिआएका छन् । लाइन्सम्यान चाहिँ यस परिपाटिलाई सहस्र स्वीकार्दै आएका राजनीतिक दल र दलका नाइके हुन भन्ने ती नै नाइकेको इसारामा झुम्न तयार कार्यकर्ता यसको खेलाडी हुनत, फुटबल श्रमजीवि जनसामुदाय बनाई आएका छन् । यसरी सुनियोजित ढंगले चारैतिर पूर्ण सुरक्षाको व्यवस्था मिलाई आनन्दित मनले एकछत्र राज जमाई बसेकाको विरुद्ध विरोधी पक्षले टाउको उठाई आफ्नो राज्य सत्तामाथि चिहाउनसम्म छुट नदिनुलाई प्रजातन्त्रिक आदर्श मान्नु पर्ने । तर अर्का पक्षको आफ्नो राज्यव्यवस्थाभित्र विरोधीहरुको हैकम जमाउन र आपूmभित्र रहिआएको विक्रिति अनि विसंगतिलाई पैmलाउन छुट नदिनुलाई एकदलीय अधिनायकवाद भन्ने जस्ता अनेकन खाले राजनैतिक गालिगलौज गर्दै हिँडने जस्ता निरलज्ज र छाडापनलाई के भन्ने ?
निश्चितैरुपले २० औँ शताब्दीको विश्व कम्युनिष्ट आन्दोलनमा केही कमी कमजोरी हुन पुगेकै हो । जसलाई सिद्धान्तप्रति इमान्दार जो कोहीले पनि स्वीकार्नु पथ्र्यो र स्वीकारे पश्चात गल्तीवश हुन पुगेको कमी कमजोरीलाई सच्याउने हिम्मत गर्न राजनितिक इमान्दारीता प्रदर्शन गर्नु पथ्र्याे । माक्र्सवाद लेनिनवाद सिद्धान्त अनुरुप जनवादी केन्द«ीय नेतृत्वलाई वदलिँदो परिस्थिति अनुरुप समय सापेक्ष रुपले अरु मजबुत पार्दै परिवर्तित समयको माग अनुसार वर्ग–संघर्षलाई चुस्त र दुरुस्त पार्दै अरु जोश र जाँगर साथ निखार्दै लानु पथ्र्याे । सो हुन सकेन मात्र होइन । मार्कसवादी लक्षतिर अग्रसर हुनुको नाउँमा पार्टी एवम राज्य सत्तामा व्यक्तिविशेषको नेतृत्व हावी हुँदै जानुबाट सृजित विक्रिति र विसंगतिको परिणाम अन्तत विश्व कम्युनिष्ट आन्दोलनले भोग्न वाध्य हुन पुगे । बिगतका यस्ता कमीकमजोरीबाट पाठ सिक्दै विश्व कम्युनिष्ट आन्दोलनभित्र रहिआएको गलत प्रवृत्ति तथा सोच अनि क्रियाकलापलाई पन्छ्याइ, त्यसभित्र रहेको पूर्ण सकारात्मक विषय–वस्तुलाई आत्मासात गर्दै आजको यो २१ आँै शताब्दीको नयाँ परिवेषमा नयाँ जोश र जाँगरसाथ नयाँ ढंगले अगाडि बढ्नु आाजको आवश्यकता हो । निश्चितै रुपले यो होइन कि पुँजिवादी अधिनायकवादी तथा सम्राज्यवादीहरुको लहलहैमा लागेर कम्युनिष्ट राज्यसत्तालाई एकदलीय अधिनायकवादी शासन प्रणाली हो भनी स्वीकार्नु । कम्युनिष्ट शासन प्रणाली हिजो पनि एकदलीय थिएन,आज पनि होइन र भोलि पनि एकदलीय शासन प्रणाली हुने छैन । हो त निश्चितै रुपले भिन्न छ प्रक्रिया, पूँजिवादी शासन प्रणालीमा आफ्नै वर्गको हित गर्ने गरी विभिन्न दलको नामाकरण गरी बहुदलीय शासन प्रणाली भन्ने गरेका छन् । त्यस्तै कम्युनिष्ट शासनप्रणालीमा पनि सर्वहारावर्गीय हित गर्न मुलुक भित्र रहिआएका तमाम वर्गीय प्रतिनिधित्व सहितको जनवादी केन्द«ीयताको आधारशीलमा उभिएर उत्कृष्ट लोकतान्त्रिक पद्धति अनुरुप राज्य संचालन हुने गर्छ । माक्र्सवादीहरुको अहिले सम्मको अन्तिम गणतव्य भनेको आ–आफ्नो मुलुक भित्रको वस्तुस्थिति हेरी विभिन्न चरण पार गर्दै वर्ग विहिन समाज सृजना गरेपश्चात सिँगो विश्वलाई नै साम्यवादी राज्यमा परिणत गर्नुनै हो ।
वर्तमानको यो विश्व कुनै खास एक वर्गको होइन । हो त यो विभिन्न वर्गको साझा जन्म थलो हो । यो वर्गीय समाजलाई साधारणतया दुई कित्तामा छुट्याई हेर्ने काम भइ आएको छ । शोषक वर्ग र शोषितवर्गको रुपमा । मानव समाजको विकास संगै यसै समाजभित्रका मुठ्ठिभर धूर्त र चतुर व्यक्ति र व्यक्तित्वले आ¬¬–आफ्नो धूत्र्याइँपूर्ण हरकतद्वारा संकलित पुँजिलाई माध्यम बनाई अनेकौँ क्रियाकलाप अपनाई सोझा सिधा श्रमजीवि¬ जनसामुदायमाथि चरम शोषण गर्न अवैज्ञानिक अंधविश्वास एवंम¬ आध्यात्मवादका अनेकन¬ अचूक अनि धारिलो हतियारको रुपमा प्रयोग गर्दै आइरहेका थिए र छन् । यस समाजभित्र रहि आएका यस्ता अनेकन विक्रितिपूर्ण प्रकृयागत विषय–वस्तुलाई केन्दि«¬त गरी, हाम्रा पूर्वज सर्वहारावर्गका महान अगुवा कार्लमाक्सद्वारा आफ्नो बुद्धि र विवेकलाई समयमित पाराले विज्ञान संमत तौरतरिका अपनाई स्वयम आपूmले देखी, सुनी, भोगेका अनि विकास र अवरोधभित्र प्रत्यक्ष अप्रत्यक्ष पाराले आपंैmमा जेलिएर कुण्ठित अवस्थामा रहेका अनेकन विषय–वस्तु, विशेषत आर्थिक, सामाजिक, धार्मिक एवंम राजनीतिलाई वैज्ञानिक दृष्टिकोणबाट बडी सतर्कतासाथ चिरा चिरा पारी केलाएर विश्वमान चित्रको विकासक्रमको गहिराईसम्म पुग्नु । अनि त्यसभित्र रहेको गतिरोध हटाई सरल र सहज तरिकाले अग्रगमनतिर लम्कन, द्वन्दात्मक ऐतिहासिक भौतिकवादको आधारस्तम्भ खडा गरी वर्ग–संधर्षको स्वभाविक प्रकृया नै एकमात्र माध्यम रहेको सावित गरिदिनु । माक्र्सवाद भनेको कठमुल्लावाद होइन । माक्र्सवाद ठोस अवस्थाको ठोस विश्लेषण गरेर अघि वढने विचार हो । माक्र्सवाद दिशा निर्देशन गर्ने सिद्धान्त हो । यसको दिशा निर्देशन ठोस अवस्थाको ठोस विश्लेषणमा अधारित छ । विज्ञानमा आधारित छ । माक्र्सवाद अध्यात्मवाद होइन । भौतिकवाद हो । विज्ञानवाद हो । जति–जति विज्ञानको विकास हुन्छ त्यति–त्यति माक्र्सवादको पनि विकास हुन्छ । यसै मानेमा शोषणका प्रकृति र प्रवृति विरुद्ध समस्टिगत रुपले शोषण रहित समाज सृजना गर्न गरिएको वर्ग–संघर्षद्वारा पुरानो राज्य सत्तामाथि कब्जा जमाउनु कुनै अनौठो कुरा होइन । त्यसतै कब्जा जमाइसकेपछि पुरानो सत्तालाई आमूल परिवर्तन गर्नुलाई पनि अन्यथा मान्न मिल्दैन । यसो गर्दा देशको वस्तुस्थितिलाई पनि जिम्मेवारीपूर्ण ढंगले मध्य नजर राख्दै आवश्यक कामकुरालाई सक्रियता अपनाउनुु युक्ति संगतनै हुन्छ । हाम्रो जस्तो अर्ध सामन्ती राज्यव्यस्था र अर्ध औपनिव्यसिक अर्थनिति रहेको कृषि प्रधान देश र बहुजातीय सामाजिक बनावट एंवम बहुधार्मिक आस्थालाई समेत समानुपातिक ढंगले हर क्षेत्रमा सन्तुलित कायम गरी समावेशी राज्यसंरचना अर्थात मुलुकभित्र उत्पीडनमा परेका आदिवासी जनजाति, दलित, महिला, मधेशी तथा अरु अनेकन समुदायबाट स्थानीय र क्षेत्रीय अनि केन्द«मा समानुपातिक प्रतिनिधित्व हुने गरी गठन गरिने संघीय राज्य संरचनाको माध्यम नै नयाँ जनवादी राज्य व्यवस्थाको प्रस्थान विन्दु हो ।
वर्ग विभाजित समाजमा जुन वर्गले मुलुकको राज्यसत्ता कब्जा जमाएको हुन्छ, त्यहाँ त्यही वर्गले आफ्नो वर्गीय हितका साथ मुलुकको स्वतन्त्र सार्वभौम सत्ता भौगोलिक अखण्ड राष्ट्रमाथि कुनै कतैबाट पनि अवांछित क्रियाकलाप हुनुबाट जोगाई मुलुकको सर्वाङ्गीण विकास कार्य अगाडि बढाउन पूर्णतया सतर्कता अपनाउनु स्वाभाविक प्रक्रिया हो । यसरी नै सामाजिक, धार्मिक, आर्थिक एवंम राजनीति ढाँचालाई आपूmले अंगिकार गरिआएको सिद्धान्त अनुकूल बनाई राज्य संचालन गर्नुलाई अन्यथा मान्नु मिल्दैन । निश्चितै रुपमा सर्वहारावर्गको नेतृत्व जनवादी केन्द«ीयताको आधारशीलामा देशका तमाम आदिवासी, जाति, जनजाति एवंम विभिन्न जनवर्गीय संघसंगठनहरुको उचित र सवल प्रतिनिधि सहितको राज्य व्यवस्था हो । राज्य संचालन गर्न फेरि छुट्टै हात्तीको जस्तो देखाउने दाँत प्रदर्शन गरिरहनु पनि जरुरी छैन । र त त्यहाँ अनेकानेक दलगत नाउँ समावेश गरेको पाइन्न पनि । तर वर्तमान विश्व राजनैतिक रङ्गमञ्चमा हावी भई आइरहेका स्वघोषित कुलीन (उपल्लोवर्ग) द्वारा विपन्न श्रमजीवीवर्गमाथि प्राकृतिक न्याय विपरीत शोषण, दमन र उत्पीडन जस्ता घोर आपत्तिजनक कृयाकलापलाई वैधानिकीकरण गर्नु । अनि यसैको आडमा सम्पूर्ण राज्यशक्तिलाई दुरुप्रयोग गर्दै प्रजातन्त्रको माला जप्दै लुटतन्त्र मच्चाउनुलाई वर्गीय पेशाको रुपमा स्थापित गर्दै आएका छन् । अनि यसै लुटतन्त्रलाई यथावत कायम राखिरहन दुनियाको कुनै पनि हद (सीमा) पार गर्न पछि पर्दैन भनी पुष्टि गर्न अनेकन घटना हाम्रो सामु दिनको घाम जतिकै छरलङ्ग छ । यस्तो कार्यविधि कुनै एक राष्ट्रमा मात्र सीमित छैन । लुटतन्त्रलाई विभिन्न बहानाबाजीमा व्यापक रुपले अन्तर्राष्ट्रियकरण गरी ल्याएको छ भन्ने उदाहरण विगतको घटनालाई लिन सकिन्छ । जुन हाम्रो नाङ्गो आँखा सामु प्रजातन्त्रका मुकुटधारी लुटेराहरुले सोमालियालाई कहालीलाग्दो पाराले नाङ्गो पारी थाङ्गनामा मर्नु न बाँच्नुको दोसाँधमा उत्तानो पारिदिएका थिए । हालको त्यस्तै ताजा घटनालाई लिनु हुन्छ भने विश्वलाई प्रजातन्त्र र मानवाधिकारको पाठ पढाउँदै हिंडने संयुक्त राज्य अमेरिकाको नेतृत्वमा बेलायत सहितको संयुक्त सैनिक मोर्चा गठन गरी राष्ट्रसंघलाई समेत अटेर गर्दै तेलका धनी, स्वतन्त्र सार्वभौम राष्ट्र इराकमाथि अनाधिकार रुपले धावा बोलेर सिंगो राष्ट्रलाई नै तहस नहस पारिदिएका छन् । यस्ता अनेकन घटनाहरु हाम्रो मानसपटलमा अनगिन्ती छन् । र पनि यस्ता अनेकन असैह्य र अनैतिक घटनाप्रति आँखा चिम्लिएर उल्टै यस्ता मानवता विरोधी राजनैतिक दुष्टहरुको लहलहैमा बिना हिचकिचाहट, आपूmलाई माक्र्सवादी लेनिनवादी कम्युनिष्ट पार्टीका क्रान्तिकारी नेता भन्न लाउन रुचाउने कतिपयले, कम्युनिष्ट राज्य व्यवस्थालाई एकदलीय अधिनायकवादी राज्य व्यवस्थाको रुपमा स्वीकारोक्ति जनाई, घरपालुवा कुकुरले भैंm आप्mनो मालिकलाई पछ्याउन पुच्छर हल्लाउँदै विनम्रता जनाउँदै हिंडनु भनेको राजनैतिक रुपले अँजुलीभरिको पानीमा हामफालेर आत्महत्या गर्नु सरह भएन र ?
अब विकास क्रमको पाटोलाई तुलनात्मक रुपले नियाल्न तिर लागौं । हाम्रो सामु पुँजिवादी प्रजातान्त्रिक राज्य व्यवस्था र जनवादी गणतन्त्रीय राज्य व्यवस्था छन् । यी दुईखाले छुट्टाछुट्टै राज्य व्यवस्थाका आ–आफ्ना राजनैतिक अवधारणाहरु पनि प्रष्ट छ । यी मुलुकहरुमा बितेका दिनहरुमा गरेका भएका प्रगति र अवनतिलाई समेत तुलनात्मक हिसाबले हेर्न त्यति टाढा अन्यत्र कतै जान आवश्यक छैन । हाम्रै मुलुकको अती घनिष्टतम् छिमेकी मित्र राष्ट्र उत्तरमा गणतन्त्र चीन छ भने दक्षिणमा भारत । फेरि यी दुवै राष्ट्र राजनीतिको हिसाबले पनि एक अर्काको विपरीत ध्रुवमा उभिएका छन् । चीनमा कम्युनिष्टको कब्जामा नयाँ जनवादी राज्य व्यवस्था कायम गरेका छन् । भारतमा पुँजिवादी प्रजातन्त्रिक राज्य व्यवस्था स्थापित रहिआएका छन् । सो हुँदाहुँदै पनि यी दुई मुलुकबिच विगतमा संयोगवश एक समय झन्डै उस्तै उस्तै पीडादायी जीवनयापन गर्न मजबुर थिए भन्दा फरक नपर्ला । त्यो क्षण उपनिवेशवादको क्रुरतम बुटमुनि पिल्सिएर मर्नु न बाँच्नुको दोसाँधमा झुण्डिएर बाँच्नु परेका थिए । समय गतिशील छ, विश्वका हर विषयवस्तु गतिशील छन् । यही गतिशीलताले जनचेतनामा राजनैतिक तरङ्ग ल्याइपु¥यायो । त्यही तरङ्ग सामु अर्काको स्वतन्त्र राष्ट्रमाथि अनाधिकार खुनी पञ्जा गाडेर बसेका हिंसक उपनिवेशवादीहरु अन्ततः नतमस्तक भई आफ्नै कण्डामुनि शिर लुकाई भाग्न विवस हुन पुगे । यसरी यी दुवै राष्ट्र करीब करीब एकै साथ भने जस्तो उपनिवेशवादी चंगुलबाट मुक्त भएका थिए । यी दुवै राष्ट्र मुक्त हुनु अघि विदेशीहरुको छिनाझपटीमा परेर चीन उठ्नै नसक्ने गरी करिबन जर्जर अवस्थामा धसिएको थियो । त्यस्तै भारत पनि त्यो स्थितिबाट अछुतो थिएन । दुवै राष्ट्रले मुक्ति संग्राममा जेजस्ता कठिनाई झेल्नु परेका थिए त्यो आ–आफ्नै ठाउँमा छन् । पहिला चीन तिर जाउँ । मुक्ति र स्वतन्त्रता पश्चात सदियौँदेखि समान्तवादी एवंम विदेशीहरुको थिचोमिचो र छिनाझपटी अनि मुक्ति संग्रामको अति कष्टकर स्थितिबाट सिंगो राष्ट्रलाई नै थिलथिलो पारेका थिए । यस्तो स्थितिबाट मुलुकलाई उकास्न साहसिक एवंम धैर्यताको ठूलो आवश्यकता महशुस हुनु अनौठो कुरा होइन । र यो सजिलो कार्य पनि होइन । त्यसमाथि मुक्ति संग्रामदेखि नै आत्मीयता जताई सहयोग गरी आइरहेको सहयात्रीसंगको सैद्धान्तिक मतभेद सृजना हुनुबाट राष्ट्रिय पुनर्संरचनाको सुरुवातसंगै साथ छुटदा मुलुकमाथि के कस्तो स्थिति सृजना हुन पुगेको होला, त्यो कल्पनादेखि बाहिरको कुरा । त्यस्तो नाजुक स्थितिलाई पनि धैर्यतासाथ आफ्नो काबुमा राखी माक्र्सवादी लेनिन्वादी सिद्धान्तको धरातलमा उभिएर सर्वहारावर्गको महान नेता माओत्सेतुङ्गले आफ्नो बुद्धिमत्तापूर्ण सबल र सक्षम नेतृत्वको बलबुतामा अडिग रही राष्ट्रिय संकट विरुद्ध सहजरुपले सामाना गर्नु । यस्तो नाजुक अवस्थामा पनि विश्वका कोही कसैका अगाडि हात पैmलाउनुको बदला स्वावलम्बी नीति अख्तियार गर्दै छोटै समयावधिमा अरु विकसित मुलुकको दाँजोमा उभ्याई क्षतविक्षत मुलुकलाई आत्मनिर्भर तुल्याउनु भनेको सानोतिनो उपलब्धि होईन । यस्तो महानतम् उपलब्धि हासिल गर्न माक्र्सवादीहरुसंग कुनै जादुको छडी भएर सम्भव भएको होइन । हो र छ त माक्र्सवादीहरुसंग विज्ञानसम्मत माक्र्सवादी सिद्धान्त छ र अनि श्रमजीवी तथा स्वाभिमानी निष्कपट जनसमुदाय छन् । यसै प्रसङ्गमा कमरेड माओले भन्ने गर्नुहुन्थ्यो–सयौँ विचारलाई परस्परमा प्रतिस्पर्धा गर्न देउ, हजारौं पूmललाई फुल्न देउ । यो भनाइलाई व्यवहारमा समेत सहज र सरल तरिका अपनाउनुको परिणति हो मुलुक समृद्धशाली बन्नु ।
अर्को पाटो हेरौँ दक्षिणतिरका हाम्रा छिमेकि मित्र राष्ट्र भारत । विश्वको ठूलो प्रजातान्त्रिक राष्ट्रमा गनिन्छ । मुक्तिपछि विकास क्रमको तुलनात्मक हिसापले हेरी भन्नु पर्दा मुक्ति अघि र मुक्ति संग्राम ताक चीनको तुलनामा भारतले त्यति छेतविछेतको स्थितिमा गुज्रनु परेको थिएन । त्यस्तै मुक्त भएको दिनदेखि आजसम्म भएगरेका विकासलाई हेरी भन्नु पर्दा चीनको अगाडि नगन्यरुपमा उभिएको छ भन्दा भारतप्रति अन्याय गरेको किमार्थ ठहरिन्न । भारतीय जनताको आत्मनिरभर्ता दिनानुदिन गिर्दाे छ नभनि हालेता पनि बिलकुल गीर्दाेबाट जोगाउन सक्षम भएको छ भन्न सक्ने स्थिति पनि पक्कै छैन ।
विश्व मानचित्रमा रहेका बेग्लाबेग्लै राज्यमा आ–आफ्नो राजनैतिक सोच अनुरुप नामाकरण गरी राज्य संचालन गरी आएको स्पष्ट छ । यसलाई सबले बुझ्ने गरी सरल भाषामा भन्ने हो भन्ने राज्य संरचनाको जतिसुकै थरिका नाउँहरु भएता पनि सिद्धान्तमा दुई प्रकारको सिद्धान्तमा आधारित राज्य संचालन भई आएको देखिन्छ । त्यो भनेको जनसाधारणले समेत बुझ्ने भाषामा भन्नु पर्दा एउटा शोषण युक्त (शोषणमा आधारित) राज्य व्यवस्था हुन् । यसै राज्यव्यवस्थालाई प्रजातान्त्रिक राज्यप्रणालि हो भन्दै आएका छन् । जसलाई एकमात्र सही प्रजातन्त्र हो भनी सावित गर्न विभाजित वर्गीय समाजबीच प्रजातन्त्रवादीको अगुवामध्येका एक अब्राहम लिंकनद्वारा परिभाषित जनताका लागि जनताको सरकार, जनताद्वारा र जनताको निमित्त संचालन गरिने राज्यव्यवस्थालाई(Government of the people, by the people, for the people) अगाडि सारेर दुनियाँको आँखामा छारो हाल्दै आएका छन् । यहाँ नेर हेक्का राख्नु पर्ने कुरो के छ भने सर्वहारा वर्गका महान नेता माओत्सेतुङ्गले विश्व वर्गीय समाजलाई गहन रुपले चिरफार गर्दै वर्ग विश्लेशण गर्ने क्रममा मूलत कुनै पनि मुलुक भित्रका सम्पूर्ण नागरिकहरुलाई एकै धररामा राखेर जनताको दर्जा दिन सकिन्न भनी किटान गरिदिएका छन् । त्यो आम नागरिक माझ साधारणतया दुई कित्तामा विभाजित गरी देखाइ दिएका छन्–शोषक र शोषित । शोषकवर्ग भन्नाले देशका सम्पूर्ण नागरिक संख्याको हिसाबले बढीमा पाँच प्रतिशत रहेको देखिन्छ । जुन वर्ग स्वभावत श्रमजीविवर्गको जन्मजात शत्रुवर्गमा गनिन्छ । जस्को व्यवहारत मिलन विन्दु कतै देखिन्न र छदै छैन पनि । तसर्थ यी दुई वर्गबीच स्पष्ट किटान साथ सीमांकन गर्न अत्यावश्क ठहराएका थिए । निश्चितै रुपले आज यो विश्वको वस्तुवादी सामाजिक चित्रण हो भन्नै पर्ने भएको छ ।
चीन र भारतमा भैmँ विश्वका अरु मुलुकहरुमा पनि आ–आफ्नो राजनैतिक सोच अनुरुपको राज्य व्यवस्थाले अपनाई आएका आधारभूत संरचना र समयावाधिलाई समेत तुलनात्मक दृष्टिकोण अपनाई भन्नु पर्दा, निसंकोच रुपले पुँजिवादी प्रजातान्त्रिक राज्यव्यवस्था भन्दा नयाँ जनवादी (कम्युनिष्ट) राज्यव्यवस्थानै हर दृष्टिकोणले उन्नतशील र जनपक्षीय राज्यव्यवस्था हो भन्न करै लाग्छ । विश्व भरि यसरी नै दिनको घाम जतिकै छर्लङ्ग र स्पष्ट वस्तुपरक विषय–वस्तुलाई अनेक बहानामा तोरमतोर गरी कम्युनिष्ट राज्यव्यवस्थालाई एकदलीय अधिनायकवाद भन्ने जस्ता अनेकन राजनैतिक गाली गलौज गरी दुनियामा भ्रम फिँजाई हिँड्ने हरकतलाई राजनीतिक दिवालीयापन हो नभने अरु के भन्ने ??