थवाङ्ग अब तिमिले काठमाडौंलाई जित्नै पर्छ – मुक्ति गैरे

२०७३ पुष ४ गते, सोमबार

श्रमिक अाम उत्पिडित वर्गहरुकाे अधिनायकत्व राज्य सत्ता प्राप्ति गर्दै नयाँ जनवादी राज्य सत्ताको निर्माण मार्फत समाजवादी/साम्यवादी सिद्धान्तकाे विरुद्धमा लास्साल , प्रुम्धाे र बाकुनिनले अवसरवाद र अराजकताको बाटाे समातेर अबरोध गरे । बर्नस्टिनले माक्र्सवादका विरुद्धमा संशाेधनवाद खडा गरे । वर्नस्टिन भन्दा वाम लफ्फाजिमा काटस्किले दलाल पुँजीवादी संसदवादकाे बाटाे अपनाए । माक्र्सवादकाे रक्षार्थ लेनिनवादले रुषि सर्वहारा अधिनायकत्व सत्ता स्थापित गर्नुभयो । कम्युनिस्ट ईन्टरनेशनल संस्थागत गरेर माक्र्सवाद,लेनिनवादकाे झण्डा फहराउनु भयाे । समाजवादी राज्य सत्ता अाफ्नै सामुन्ने पर्कट र अभ्यास गर्नु भयाे । माक्र्सवाद , लेनिनवादकाे बाटाे पछ्याउँदै चिनियाँ नयाँ जनवादी क्रान्ति र सर्वहारा महान साँस्कृतिक क्रान्तिले अर्धअाैपनिवेशिक , अाैपनिवेशिक सामन्ती शासन भएका मुलुकहरु (संसार) मा सर्वहारा क्रान्तिकाे मार्ग कमरेड माअाेले खाेल्नु भयाे । त्याे अाज सम्म चलि रहेकाे छ । जित नहुदाँँ सम्म चल्ने छ । राेकिने छैन् ।
साेभियत कम्युनिस्ट पार्टीको नेतृत्वमा ख्रुश्चाेभी गुटले पुँजीवादी राज्य सत्ताकाे पुर्नस्थापना गर्दै समाजवादी राज्य सत्ताका साँमु सामाजिक साम्राज्यवादको घातक झण्डा उठाए । चिनमा पनि चिनियाँ समाजवादी शिविरका विरुद्ध ख्रुश्चाेभि संशोधनवादी गुट ल्युशाअाे , देङ्गशाअाेहरुले चिनका केही क्षेत्रमा कब्जा गर्याे । माअाेवाद र सर्वहारा साँस्कृतिक क्रान्तिका विरुद्धमा हमला गर्न (नेपालकाे मुख्यतः संशोधनवादी गुट जाे झापा विद्राेह पछि अात्मसर्पण गरि जन्मिएको माक्र्सवाद , लेनिनवाद स्विकारे जस्तो गर्दै मदन भण्डारीकाे नाममा निर्माण गरिएको जवसकाे सिद्धान्त मालेमावाद माथि नै हमला गर्ने गुट) माक्र्सवाद , लेनिनवादकाे अाड लियाे । यी प्रतिक्रान्ति विरुद्ध माक्र्सवाद , लेनिनवाद , माअाेवादले महान चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिलाई कमरेड च्याङ्ग चिङकाे नेतृत्वमा झन् सशक्त रुपमा उठाई संशाेधनवादकाे भण्डाफाेर गर्न सफल हुनुभयो । च्याङ्ग चिङ नेतृत्वले महान सर्वहारा साँस्कृतिक क्रान्तिकाे झण्डा उठाउदै गर्दा क.माअाेकाे निधन १९७६ मा भयाे । निधनकाे एक महिना पछि छिपेर बसेका ल्युदेङ्ग गुटले चिनमा प्रतिक्रान्ति “कु” गर्दै च्याङ्ग चिङ नेतृत्वलाई र उहाँका लाखौं क्रान्तिकारी साथीहरुकाे हत्या श्रङ्गखला जारी राख्याे । समाजवादी शिविर प्रतिक्रान्तिमा पतन भयाे ।
द्धितिय विश्व युद्धमा समाजवादी शिविरका कम्युनिस्ट पार्टी भित्र प्रति क्रान्तिकारी गिराेह साम्राज्यवादले खडा गर्दा तिनलाई निष्काशन र दण्ड दिने कार्य र दुईलाईन संर्घषका शत्रुहरुलाई खत्तम पार्न क.स्टालिन नरम बन्न्नुु भयाे । झन् च्याङ्ग चिङ्ग नेतृत्वले ल्युदेङ्ग ह्वाकाे गुटलाई फेदै देखि निर्मुल पार्ने भुल गर्नु भयाे । पुँजिवाद र समाजवादकाे संक्रमणकालमा भिषण क्रान्ति र प्रतिक्रान्ति लहरका साथ उठेका हुन्छ्न् भने वर्गसंघर्ष तिब्रतामा बढ्दै जान्छ राज्य सत्ताका लागि प्रतिक्रान्ति निरन्तर उठिरहन्छ भन्ने कुराकाे हेक्का् नराखी प्रति क्रान्ति निर्मुल पार्नु पर्छ भन्नेमा मालेमावादी क्रान्तिकारीहरुले , सत्ताहरुले उचित स्तरकाे दमन गर्न उदारता देखाए । साम्राज्यवादी र संशाेधनवादीकाे अाक्रमणकाे जवाफ दिन क्रान्तिकारी सत्ताहरुले चुके । रुषि स्टालिन हेडक्वाटर प्रतिक्रान्तिकाे कम वास्ता गर्नु भाे । च्याङ्ग चिङ नेतृत्वले सत्ता पनि सबकुछ ठिकठाक देख्नु भाे । उल्टै साम्राज्यवादीहरु , प्रतिक्रान्तिकारीहरु र संशाेधनवादीहरुले स्टालिन , माअाेलाई दमनकर्ता , तानशाह भन्ने हामी मालेमावादी क्रान्तिकारीहरुलाई उल्टाे पढाँउछन् । अनि हामीले हाम्रो सर्वहारा अधिनायकत्वलाई भुलेर निरन्तर क्रान्ति र सत्ता प्राप्ति गर्ने बाटाेकाे लडाइँलाई छाँडेर संसदवादी बाटाे लिन सिकाे गर्छाैं । मालेमावादी माथिकाे हमला शुरु गर्छाैं । नेपालमा २००६ साल देखि कमरेड पुष्पलालकाे नेतृत्वमा गठन भएकाे कम्युनिस्ट पार्टीको जन्मबाट अहिले सम्मकाे लडाइँमा संशोधनलाई नपर्छारी र सर्वहारा राज्य स्थापना नै नगरी हामी ज्युउदै मरेका हरुले मालेमावाद नै गलत भयाे भनेर भन्नू कति सान्दर्भिकता हुन्छ ? यदि मालेमावाद नै गलत साबित र असान्दर्भिक हाे भने हामीले कम्युनिस्ट पार्टीको नाममा बदनाम किन गर्ने ?
काेलाेन मुद्दामा , मई १ दिवस प्रकरणमा मजदुरहरुकाे हत्या दमन , १९०५ काे रुषमा जारकाे दमन , राेजाकाे हत्या , हिटलरकाे दमन , फासिष्ट युद्धहरु , विश्व युद्धहरु , पेरिस कम्युनकाे काल देखि सबैले देखेका भाेगेका साम्यवादीहरुले मालेवादी क्रान्तिकारी हिस्साकाे ,माअाेवादी जनयुद्धको , क्रान्ति अधिनायकत्व र दमनकाे महत्त्व भुल्नै सकिदैन । तर नेपाली कम्युनिस्टकाे नेतृत्वकाे श्रृङखला संशाेधनवादमा फेरिन्छाैं ज्युउदै । हिंसा र हिंसात्मक क्रान्तिकाे महत्त्वलाई तिलाञ्जली दिदै अाएका छाैं । मुख्यतः मनमाेहन , माेहन बिक्रम , मदन भण्डारी , माेहन बैद्य नेतृत्वले ठाउँ लिदै क्रान्तिकारी दमनकाे प्रक्रिया लिदै अाएका छन् । यसैकाे अाँडमा संशोधनवादी गठबन्धन तयार गर्न खाेज्दै बिश्व जनलहरमा पैदा भएको बैकल्पिक समाजवादी लडाइँहरुका केन्द्रहरु (भाकपा माअाेवादी , फिलिपिन्सकाे बिद्रोह , अमेेरिकाकाे रेडगार्डकाे प्रर्दशन जाे सर्वहारा साँस्कृतिक क्रान्तिकाे पक्षमा वकालत गरियाे सडक मै , अफगानिस्तानकाे विद्रोह) माथि नै प्रश्न चिन्ह राख्ने गर्छाैं ।
दाेस्राे संविधान सभाकाे निर्वाचन प्रश्चात ब्रिट्रिस भारत संविधान जारी प्रक्रिया सम्म ट्रेनिङ दिदै अाएकाे नेपालकाे घरेलु दलाल प्रतिक्रियावादी नवअाैपनिवेशिक ब्रुर्जुवा सत्तालाई चलाख , धुर्त , शुद्ध बनाउदै अाफ्नाे सेवक (कमाराे/रैैति) बनाउन सफल भएकाे छ । फासिष्ट संविधान जारी गरेकाे छ । हामी क्रान्तिकारी माअाेवादीहरुले २०७३ असाेज २ गते जनगणतन्त्रकाे संविधान काठमाडौंकाे खुला मंन्च बाटै जारी गर्दै तिम्रो ब्रिट्रिस दलाल संसदीय व्यवस्थाका विरुद्ध जनताको जनप्रतिनिधि सभा , जनपरिषद् , जनअदालत समान्तर रुपमा संन्चालन गरेका छाैं । साम्राज्यवाद दलाल पुँजीवाद र संशाेशनवादका प्रकृति र चरित्रमा एउटै गुण बाेकेकाे छ। तर अाज नेपाली माअाेवादी भन्ने हामीहरुले समेत मालेमावादी क्रान्तिका प्रकृति चरित्रलाई क्रान्तिकारी युद्ध जनयुद्धका सिद्धान्तहरु असान्दर्भिक ठाने झै गरेका छाैं । संसदीय पार्टी ढाँचामा फस्दै छाैं कि ? । पार्टी गठन-संञ्चालनमा कतै साम्राज्यवादले नै माअाेवाद माथि हमला माअाेवादी पार्टीबाट नै प्रयाेग त गरेकाे छैन् ? फासिष्ट संविधानले नेपालकाे सत्ता मार्फत हाम्रा संगठनलाई काँचै निल्नेछ । नेपाली राज सत्ताका सामु हाम्रा हरेक संर्घष , शसस्त्र संर्घष , माअाेवादी जनयुद्ध समेतलाई एक सेनापति कटुवालकै छाँक पुगेनाैं । अबकाे माअाेवादी क्रान्तिकारीहरुकाे ऐतिहासिक भेला अगामी २०७३ फागुल्ण १,२,३,४,५,६,७, गतेकाे दिनमा थवाङ्ग तिमिले जित्नै पर्छ । सबै विषयमा केरकार र च्यातच्युत पार्दै क्रान्तिकारी माअाेवादीहरुले मालेमावाद विशेष:त माअाेवाद र सर्वहारा साँस्कृतिक क्रान्तिकाे अालाेकमा एकीकृत जनक्रान्तिकाे जित हुनै पर्छ । जसरी दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्धमा पटक-पटक खालि मतपेटिका रित्तै पठाए झै अब कदापि छुट नदिने गरि तिम्रो बाटाेमा काठमाडौं , झापा , विराटनगर , विरगंन्ज , पाेखरा , वुटवल , दाङ्ग , महेन्द्रनगर , धनगढी , महाकालीहरुलाई “थवाङ्गकाे जित” सिकाएर पठाउनु पर्छ ।
नेपाली गद्दार अात्मसर्पणकारी संशोधनवादीहरुका हजार दाँउका विरुद्धमा हामीहरुले एक लडाइँ मार्फत क्रान्तिकारी जितकाे कडाेर र निर्भिकता साथ हामी दुईलाईन संघर्ष घरेलु र बाह्य दुबै अपनाउदै नेकपा-माअाेवादी जन्मायाैं । भएन भनेर नेकपा(माअाेवादी) नै जन्माएका छाैं । हामी पुनः क्रान्ति गर्ने दाबी गरेका छाैं । हामी क्रान्तिकारीहरु क्रान्तिकाे पंक्तिहरुमा लामबद्ध भएका छाैं हुनु भएकाे छ ।
चिन र भारतको विस्तारवादी रणनीतिले लिपुलेक लगि सक्याे । उल्टि गर्ने छैन् । पचाई सक्याे । सुगौली दिल्ली सन्धि श्रृङखलाले नेपाली दलाल सत्ता मार्फत नवअाैपनिवेशिक शासन चलाई सक्याे । भारतिय हस्तक्षेपकाे मात्र नेपाल अायाम बनेकाे छ । त्याे अायाममा नेपालका मुख्य स्राेतहरु सम्पुर्ण सत्ता , ब्युराे केसि , सम्पुर्ण प्रशासनिक तह , प्राेजेक्ट , नदिनाला , हवाईहड्डा , उद्योग कलकारखाना , राष्ट्रिय मार्ग , उच्चस्तरीय कलेज/स्कुल , अस्पताल/मेडिकल कलेज , कच्चापदार्थहरु “नेपाल भारत मैत्रि सहयाेग”का नाममा उसले नै शासन चलाएकाे छ । चिन भारतकाे बिचमा हामी नवअाैपनिवेशिक भारतिय धरापमा घरेलु दलाल प्रतिक्रियावादले हामीहरुलाई घेराबन्दी पारेकाे छ।
राष्ट्रिय मुक्ति र माअाेवादी क्रान्तिका विचार कार्यदिशा निर्माण गर्ने ठाउँ नेकपा(माअाेवादी) नै बनेकाे छ । प्रतिक्रियावादी सत्तासँग सिगाैरी खेल्दै क्रान्तिकारी पार्टी निर्माण प्रक्रिया शुरु हुन्छ , हुनेछ , गरेका छाैं । अहिले पुर्ण रुपमा प्रति क्रान्तिकारी सत्ताकाे संविधान जारी भए देखि लागू भएकाे छ। हामीले लडाइँ हारे पनि युद्ध हारेका छैनौं । अात्मसर्पण गरेका छैनौं । माअाेवादीहरुले युद्ध लड्न छाड्दैनाैं । जब सम्म मालेमावाद बिशेष:त माअाेवाद र सर्वहारा साँस्कृतिक क्रान्तिकाे अाधारभुत सर्वमान्य युद्ध नियमकाे बाटाेमा एकीकृत जनक्रान्तिकाे जित नहुँदा सम्म हिड्ने छाैं । विजय जनक्रान्ति कै हुनेछ । अर्थात् एकिकृत जनक्रान्ति कै हुनेछ । नेकपा(माअाेवादी) कै हुनेछ । नेकपा(माअाेवादी) महासचिव कमरेड विप्लव नेतृत्व हेडक्वाटर सैन्य हेडक्वाटरमा रुपान्तरण भई सक्याे ।
प्रतिक्रियावादी नवअाैपनिवेशिक सत्ता , जारी भएकाे संविधान , पुरानो शासन सत्ताकाे समाज र क्रियाशिल दलाल संसदीय संविधान स्विकार गर्ने पार्टी हरु र अाफ्नै घर नत्यागि क्रान्तिकारी हुन्न सकिन्न अनि माअाे भने झै अाफ्नै टाउकाेमा अागाे नझाेसि क्रान्तिकाे मैदानमा खुट्टा टेक्न सकिन्न । राेल्पाकाे थवाङ्ग नचढ्ने साहास नगरी नेपालमा क्रान्ति हुन्न र नेतृत्व गर्न सकिन्न । अास्थाकाे थवाङ्ग तिमीले अब सबैलाई जित्ने काेेसिस गर । अबकाे दलाल संसदीय राज्य व्यवस्थाले गर्ने जुन सुकै अागामी निर्वाचनमा थवाङ्गमा जस्तै थुलाे चटाउने याेजना पास गर थवाङ्ग तिम्रो जनसत्ता मार्फतकाे ऐतिहासिक भेलाबाट ।
लेखक : अखिल(क्रान्तिकारी) गुल्मीका अध्यक्ष हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु