शिक्षामा देखिएको भद्रगोल स्थिति र समाधान – प्रशान्त लामा दोङ

२०७३ पुष १३ गते, बुधबार

शिक्षा यस्तो एउटा गतिशील चिज हो जसको प्रयोगले भोलि संभावनाको प्रतिबिम्व आज नै दिन्छ । प्रविधि यस्तो चीज हो जसको प्रयोगले सिकारूको दिमाग खाली राख्दैन । तर दुखको कुरो शिक्षाले अहिले पनि त्यही दन्त्य कथाको कुरो गर्छ अनि कसरी हुन्छ ? शैक्षिक गुणस्तरमा बिकास ? दिन प्रतिदिन राज्यको लगानीमा सरकारी विद्यालयमा शैक्षिक योग्य जनशक्तिको उपलब्ध नहुँदा शैक्षिक विकास नभएर गुणस्तरमा धरासय बन्दैछ । दिन प्रतिदिन शैक्षिक खाडल बन्दैछ । विद्यालयमा सय थरी शिक्षक , राज्यको अव्यवस्थित जनशक्ति व्यवस्थापनले शैक्षिक गुणस्तरमा पुगेको तीतो यथार्थ नकार्न सकिन्न । सामाजिक रूपान्तरण यथार्थमा भरपर्दो साधन शिक्षा नै हो तर नेपाली समाजको सामुदायिक विद्यालयमा बढ्दै गइरहेको विकृति र बिसङ्गतिले शैक्षिक अवस्था छिन्नभिन्न अवस्थामा छ । शिक्षामा देखिएका गुलिया नारा शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस भन्ने मनस्तिति तर शैक्षिक व्यवस्थापनमा फुतलो कृयाकलापले शिक्षा मानव विकासको सुचङ्कमा उचित फड्को मार्न सकिरहेको छैन । शिक्षामा नविन प्रविधि अनिवार्य आवश्यकता हो तर शिक्षामा देखिएको भद्रगोल स्थितिको जनशक्ति व्यवस्थापनले शिक्षामा नविन प्रविधिको उपयोग हुन सकिरहेको छैन । शिक्षामा राज्यले बढोत्रर हिसावले महत्वकाँक्षी राख्ने तर महत्वकाँक्षी उद्धेश्यलाई परिपुर्ति गर्ने जनशक्ति व्यवस्थापन गर्न नसक्दा शैक्षिक क्षेत्रको एउटा पाटो समुदाय गुणस्तर शिक्षा प्रति गैरजिम्वेवार भइदिदा शैक्षिक स्थिति गिरावट आएको यथार्थ नकार्न सकिन्न । स्वभाविक छ कि निजि विद्यालयले भन्दा सामुदायिक विद्यालयलाई गुणस्तर हिसावले प्रतिप्रश्न उठाएर घेराबन्धी पार्नुमा कि यसको दोषि जति समुदाय छ त्यो भन्दा दुईगुना बढी राज्य छ भन्दा फरक नपर्ला । सामुदायिक विद्यालयमा शैक्षिक व्यवस्थापनमा जति राजनीतिक हस्तक्षेप छ त्यति निजि विद्यालयमा छैन । सित्तैमा पिलाउन पायो भने ढुङ्ग पनि पिलाउन पछि नपर्ने नेपाली समुदाय तीतो यथार्थ हामीमा छ । यसको छुट राज्यले दिन्छ त कसको के लाग्छ ? सामुदायिक विद्यालयमा नेताको झोले शिक्षक भर्ति गर्ने प्रवृत्ति जे कुरा राज्यले सामुदायिक विद्यालयमा दिइरहेको छ , यो प्रवृत्ति राज्यले रोक्दैन भने आखिर दोषि को ? अनि समय र परिवेश अनुसार अपडेट हुन नसक्ने शिक्षकलाई राज्यले पञ्छाउने हिम्मत राख्दैन त दोषि राज्य नभएर को ? एउटा कुहिएको आलुले अरूलाई पनि कुवाहउँछ भन्ने तीतो यथार्थ नबुझेर सबै शिक्षक यसको दोषि छ भन्नु के राज्य गैराजिम्बेवार बन्नुको पराकाष्ट होइन ? राज्य विद्यालयमा राजनीतिको नाममा कुहिएको आलु रोप्ने कुरा छुट दिन्छ त दोषि को ? यसैले शिक्षामा राज्यको नीतिगत कुरामा व्यवस्थापन गर्नु अनिवार्य छ ताकि शैक्षिक क्षेत्रमा कुहिएको आलु रोप्ने काम बन्दा होस । यद्यापि सामुदायिक विद्यालय र निजि विद्यालय बीचको स्तर सन्तुलन राख्ने हो भने शिक्षाको माध्यम र प्रयोग गर्ने पाठ्य सामाग्रीको गुणस्तर एउटै हुनु अनिवार्य छ । यो राज्यले जिम्मा लिने या सामुदायले ? मुखले सामुदायिक विद्यालय , कृयाकलापले सामुदायिक विद्यालयको नाममा राज्यकोष सिमित मान्छेको ब्रह्मलुट गर्ने थलो राज्यले छुट दिइरहेको छ भने दोषि सरासर राज्य व्यवस्था छ । यदि सामुदायिक विद्यालय गुणस्तीय हिसावले व्यवस्थापन गर्ने हो भने देहाय बमोजिकको व्यवस्थापन गर्नु जरूर छ :-
☆ शिक्षाको सबै पक्षको जिम्बेवारी कि त राज्यले लिनुपर्छ कि त समुदायलाई जिम्बेवार कुनै पनि पक्षमा उत्तरदायि बनाउन सक्नुपर्दछ।
☆ शैक्षिक जनशक्ति व्यवस्थापन गर्न सक्ने शैक्षिक नीति राज्यले ल्याउनु पर्दछ जसको सेरोफेरो राजनीतिक हस्तक्षेपको काबुभन्दा बाहिर रहोस ।
☆ शिक्षामा शैक्षिक जनशक्ति व्यवस्थापन जरूरी छ सामुदायिक विद्यालयमा एउटै खाले शिक्षक होस ।
☆ शिक्षामा शैक्षिक जनशक्ति व्यवस्थापन गर्नु जरूरी छ कि सामुदायिक विद्यालयका समय र परिवेश अनुसार अपडेट हुन नचाहने कुनै पनि खालको शिक्षक बिदा गर्ने परिपाटी ल्याओस ।
☆ सामुदायिक विद्यालयमा पाठ्यसामग्री व्यवस्थापन गर्नु जरूरी छ कि निजि विद्यालय र सामुदायिक पाठ्य सामाग्री एउटै होस ।
☆ सामुदायिक विद्यालयमा समुदायलाई जिम्बेवारी बनाउन सकोस ताकि सामुदायिक विद्यालय पहँज बिहिन समुदायको विद्यालय नबनुन ।
☆ शिक्षामा नवीन प्रविधिको प्रयोग होस ताकि यसको साझा हिस्सेदार समुदाय परून ।
☆ शिक्षामा नविन पद्धतिको प्रयोग गरियोस ताकि शिक्षामा लगानीको सय अंशमा दश अंश समुदाय बनुन ।
☆ शिक्षामा समय सान्दर्भिक पद्धति लागू होस ताकि शैक्षिक जनशक्ती देखिएका समस्या विधि र पद्धतिले समाधान होस ।
☆ शिक्षामा नविन भाषाको प्रयोग होस ताकि सामुदायिक विद्यालय शिक्षा धार्मिक , जातिय अतिवादी पद्धतिवाट मुक्त होस ।
☆ शिक्षामा सामुदायिक विद्यालय शैक्षिक प्रयोशाला बनुन जसले गर्दा विद्यालय नविन प्रविधि र सिद्धान्तको आविस्कार गर्ने थलो बनुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु